टाढाबाट

ओलीप्रति हुरुक्क भएर सुष्मा नेपाल हान्निएकी हुन् र?





मेरो अन्र्तमनले भन्छ– नाट्यकर्मी सुनीललाई राज्य, ठाउँ, परिवेश र समयले नै थकाएको हो। ठिक उल्टो उता इरफान खानलाई राज्य, ठाउँ, परिवेश र समयले नै जगाएको हो, जगाइरहेको छ।

NIC ASIA

केही महिना अघि नेपाली नाट्यकर्मी सुनील पोखरेलका भनाइहरु पढिरहेको थिएँ। उनी भनिरहेका थिए– शैलेश आचार्यको एउटा पत्रले मलाई भारतबाट नेपाल फर्कायो।

जसले सुनील पोखरेललाई भारतबाट नेपाल फर्काए, उनै शैलेश आचार्य अहिले आफु स्वयं भने नेपालमा छैनन्। त्यतातिर धेरै नजाउँ। यत्ति मात्र भनौं– अमेरिकामा अहिले हामी छिमेकी हौं।

अमेरिकाका छिमेकी शैलेश आचार्य जो फिल्म निर्देशक, गितकार र पत्रकार पनि हुन्– उनीसँग केही दिन अघि भएको संवादले मलाई झसंग बनायो।

शैलेश आचार्य भनिरहेका थिए– जतिबेला हाम्रा सुनील पोखरेल भारतमा थियटर पढिरहेका थिए, त्यही समुहमा इरफान खान पनि थिए। र, सुनील सधैं इरफान भन्दा अगाडी थिए।

शैलेश आचार्यले यत्ति भनिसकेपछि म बिथोलिएँ। अहिलेका नेपालका सुनील पोखरेल र अहिलेका भारतका इरफान खान मेरो दिमागमा एकैचोटी आए।

नाटकका लागि लड्दा लड्दा थाकेका वा हारेका सुनील पोखरेल। र, नाटकबाटै बलिउड हुँदै हलिउडसम्म भ्याएका इरफान खान।

हेर्नुस् त, कति फरक पर्दोरहेछ जिन्दगीमा। समय र ठाउँले हो रहेछ मान्छेलाई तलमाथि पार्ने।

अहिले सुनील पोखरेल कता के गर्दैछन्, म अनभिज्ञ छु। सुनील आफैं थाकेका हुन् कि राज्य, ठाउँ, परिवेश र समयले उनलाई थकाएको हो? म सोचिरहेको छु।

मेरो अन्र्तमनले भन्छ– सुनीललाई राज्य, ठाउँ, परिवेश र समयले नै थकाएको हो। ठिक उल्टो उता इरफान खानलाई राज्य, ठाउँ, परिवेश र समयले नै जगाएको हो, जगाइरहेको छ।

शायद २०५० वा ५१ सालतिर हुनुपर्छ, मैले सुनील र निशा शर्मा अभिनित फ्रेन्च नाटक ‘एन्टिगोनी’ हेर्न पाएको थिएँ। जसबाट म असाध्यै प्रभावित थिएँ। त्यही प्रभावका कारण हामी (म र विजय घिमिरे) ले एउटा समिक्षा पनि लेख्यौं, जुन कान्तिपुर दैनिकको विचार पृष्ठमा छापिएको थियो। नाटकको समिक्षा विचार पृष्ठमा छापिनु नेपालको सन्दर्भमा विरलै हो।

त्यस्ता सुनील र निशा अहिले म त्यत्ति सुनिरहेको छैन। इरफान खान त छाएकै छन् भारतमा। केही दिनअघि इरफान खान अभिनित फिल्म ‘हिन्दी मिडियम’ हेरेपछि त मलाई हाम्रा सुनील पोखरेलको झन् बढी सम्झना आयो। सम्झना यसकारण कि हाम्रा सुनील पोखरेल राम्रा पनि थिए र, छन। अझ अब्बल इरफान खान भन्दा।

तर हामीले सुनीललाई न हाम्रो बनाउन सक्यौं, न राम्रो रहन दियौं। बरु उल्टो, इरफान खान हाम्रा र राम्रा हुँदै गएका छन्, हामी भित्रै। अनुप बराल पनि कम्ति थिएनन्, इरफान भन्दा। जति म इरफानलाई सुनिरहेछु र देखिरहेको छु, हिजोआज सुनील र अनुपलाई सुनिरहेको छैन।

सुनील र अनुप प्रतीक मात्र हुन्।

नाट्य क्षेत्रमा मात्र होइन, अरु सबै क्षेत्रमा हाम्रापनि राम्रा थिए र छन्। तर हाम्रा राम्रालाई हामीले न हाम्रो बनायौं, न राम्रो बनायौं।

हेर्नुस त, एकताका खाएकै थिइन त हाम्री मनीषा कोइरालाले बलिउडलाई। कहाँ कम थिइन र हाम्री नेपाली चेली?

उदीत नारायण झा हाम्रै हुन्।

प्रबल गुरुङ हाम्रै हुन्, जो अमेरिकाको फेशन जगतमा छाएका छन् र जसको डिजाइनले ह्वाइट हाउससम्मलाई प्रभावमा पारेको छ।

सम्राट उपाध्याय हाम्रै हुन्, जसले अमेरिकामा लेखक बनेर खाएकै छन्। गोर्खामा जन्मिएकी प्रोमीस तामाङ, जो हलिउड भनेर चिनिने लस एन्जेलसमा ‘मेक–अप आर्टिष्ट’ का रुपमा छाएकै छिन।

सितारा देवी हाम्रै हुन्।

सुष्मा श्रेष्ठ वा पूर्णिमा हाम्रै हुन्।

तेन्जिङ शेर्पा हाम्रै हुन्।

अरनिको हाम्रै हुन्।

वीपी कोइराला हाम्रै हुन्।

देवकोटा हाम्रै हुन्।

यस्ता कति थिए कति थिए। कति छन् कति।

भन्न खोजेको के मात्रै हो भने हाम्रा पनि राम्रा थिए र, छन्।

हामी त ‘लिच्चड’ भएरै हो बिग्रेको। हामीले हाम्रा राम्रालाई राम्रा रहन दिन नै जानेनौं।

खै के समस्या छ कुन्नी हामीमा।

हामी हाम्रा राम्रालाई पनि हाम्रो र राम्रो देखाउन सक्दैनौं।

हाम्रा राम्रा निराश छन्। निराश देखिन्छन्। अन्तकाले हामीलाई थिचेका छन्। थिच्न दिएका छौं। हामीलाई स्वाद, जो यसैमा बसेको छ।

हामी आफुलाई माछा र अरुलाई माझी बनाउन बढी रुचाउँछौं। यो रुची, नेपाली राजनीतिमा मात्र होइन, बुद्धिजीवी भनिनेहरुमा पनि छ।

नेपाली मिडियाको अग्रपंक्तिमा देखिने एकथरी बुद्धिजीबी र पत्रकारहरु पनि कस्ता छन् भने ती आफना वृत्तभित्र सबै राम्रो देख्छन्, वृत्तबाहिर उनका आँखै पर्दैनन्। आँखा परेपनि ‘टेढा’ पर्छन्। ती जालको आकारको र साइजको तुलना गर्छन्, तर समग्र जालमा परेकोमा फिटिक्क चिन्ता गर्दैनन्।

ती केपी शर्मा ओली प्रधानमन्त्री बन्नुअघि र बनिसकेपछि साउथ ब्लकले नेपालप्रति देखाएको बढ्ता आत्मीयतालाई जीत ठान्छन्। र गर्छन्– दिल्ली काठमाडौं धाउन थालेको कुरा।

ती बुझेर पनि बुझ पचाउँछन् वा अर्कै कुनै मनोदशाबाट ग्रस्त छन्, थाह छैन। तर टाढाबाट हेर्दा भारतले नेपालप्रति अहिले देखाएको ‘कथित आत्मियता’ समान्य रुपमा ‘इन्गेज–डिप्लोमेसी’ मात्र हो। आफुमा ‘इन्गेज’ गराइरहने।

सुष्मा स्वराज नेपालप्रति वा ओलीप्रति हुरुक्क भएर नेपाल हान्निएकी हुन् र? हामीलाई ‘इन्गेज’ गराउन मात्र आएकी हुन् उनी त।

‘इन्गेज’ दुई तरिकाले गरिन्छ, एउटा थर्काएर वा तर्साएर। अर्को, फकाएर। अहिले फकाएर ‘इन्गेज’ गर्ने रणनीति भारतले अख्तियार गरेको छ। भारतका हकमा ‘इन्गेज’ भनेको जसरी पनि आफ्नो जालोमा पारिरहने हो। भारत त्यही गरिहेको छ। जाल थापिरहेको छ, हामी जालको साइजबारे बहस गरिरहेका छौं।

अहिले ‘ओली–गण’ भारतले ‘हामीलाई थापेको जाल ठूलो र राम्रो’ भनिरहेको छ। माछाले माझीदेखि तर्सने हो, जालको साइजको कुरा गर्ने होइन।

‘म परेको जाल, तिम्रो भन्दा ठुलो’ भन्नु माछाको बुद्धिमानी होइन, मुर्खता हो। मात्रै मुर्खता। बुद्धिमानी त जालमै नपर्नुमा पो छ त।

टाढाबाट अहिले यत्ति मात्रै भनौं।

र, यो पनि जोडौं– हाम्रा राम्रालाई बचाउँँ, जोगाउँ, सम्वद्र्धन वा प्रवद्र्धन गरौं। जाल थाप्ने माझीहरुसँग तर्सनै पर्दैन। 

 

 

प्रकाशित १९ फागुन २०७४, शनिबार | 2018-03-03 19:40:29
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।