ओलम्पिकले कोरियामा शान्ति ल्याउनेछैन





प्योङचाङ ओलम्पिकको क्रममा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम योङका साथ दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन
प्योङचाङ ओलम्पिकको क्रममा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम योङका साथ दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन
एपी

प्राचीन ग्रीसेली राज्यहरुमा जस्तै अहिले पनि खेल सकिनेबित्तिकै खतरा फेरि फर्किनेछ।

NIC ASIA

प्योङचाङ हिउँदे ओलम्पिकले उत्तर कोरियालाई कम समस्यामूलक बनाउँछ भन्ने कुरामा मूर्खले मात्रै विश्वास गर्दछ। खेल समारोहहरुमा दुई कोरिया अहिलेसमेत दश पटक एउटै झण्डामुनि मार्च गरिसकेका छन् तर शान्तिको नजिक कहिल्यै पुगेका छैनन्। समापन समारोह सम्पन्न हुनेबित्तिकै एकअर्कामाथिको प्रहार र कटाक्ष पुनः सुरु हुनेछ किनभने खेल प्रतियोगिता भनेको खेलमा मात्र होइन राजनीतिक अंक हासिल गर्ने अवसर पनि हो।

आधुनिक ओलम्पिकको १२२ वर्षे इतिहासमा हामीले शान्ति र मेलमिलापको आशा चकनाचुर हुँदै आएको देखेका छौँ। १९१६ र १९४४ का ओलम्पिक युद्धका कारण रद्ध भएका थिए। १९७२ को म्युनिख ओलम्पिकमा प्यालेस्टाइनी आतंकवादीको आक्रमणबाट ११ इजरायली खेलाडीको मृत्यु भयो। अमेरिका र उसका गठबन्धन देशहरुले १९८० को मस्को ओलम्पिक बहिष्कार गरे भने सोभियत संघ र उत्तर कोरियासहितका उसका गठबन्धन देशहरुले १९८४ को लस एञ्जलस ओलम्पिक बहिष्कार गरेर पैँचो तिरे। १९९६ मा एटलान्टामा एक बम विस्फोट हुँदा दुईको मृत्यु र १०० भन्दा बढी घाइते भए। दुई विश्वयुद्ध र एसियामा जापानी आक्रमण बाहेक पनि कोरिया, भियतनाम, इराक, बाल्कन क्षेत्र, अफगानिस्तान, सिरिया र यमनमा अनेकौँ द्वन्द्व भए।

ओलम्पिक अभियानका संस्थापक प्येर दे कुबेर्तांले यसले एक स्वस्थ, खुसी र शान्त विश्वतिर लैजाने परिकल्पना गरेका थिए। उनले खेलाडीहरुलाई शान्तिदूतका रुपमा हेरेका थिए (यद्यपि महिलाहरुले खेलमा भाग लिन नहुने उनको दृढ मान्यता थियो किनभने उनका लागि महिलाले खेल खेल्नु ‘अव्यवहारिक, निरस, गैरतन्दुरुस्त र गलत थियो)। १९ औँ शताब्दीको अन्त्यतिर जर्मनी र इटाली निर्माणका लागि रक्तपातपूर्ण द्वन्द्व भइरहेको युरोपमा फ्रान्सेली शिक्षाविद्को यस्तो शब्दलाई अँगाल्दै शान्ति अभियान चलेको थियोः ‘राष्ट्रहरुले एकअर्कालाई गलत रुपमा बुझ्दा युद्ध सुरु हुन्छ। पूर्वाग्रह अन्त्य नहुञ्जेल हामी शान्तिको लक्ष्य प्राप्त गर्न सक्दैनौँ। यो लक्ष्य प्राप्त गर्न समयसमयमा सम्पूर्ण देशका युवाहरुलाई शारीरिक शक्ति र चुस्तताको सौर्हाद्रपूर्ण परीक्षणका लागि एक ठाउँमा भेला गर्नुभन्दा उत्तम उपाय के हुन सक्छ?’

...

...

तर १९८४ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको गठनसँगै सुरु भएको शान्तिको खोजीले कहिल्यै सार्थकता पाएन। बरु यसले देशहरुबीच राष्ट्रवाद र देशभक्तिको लहर सिर्जना गरेर प्रतिद्वन्द्वितालाई अझ बढायो भन्न सकिन्छ।

ओलम्पिकको विचार प्राचीन ग्रीसबाट आएको हो। त्यसबेला बाह्र शताब्दीसम्म प्रत्येक चार वर्षमा सहरी राज्यहरुबीच रहेको अन्तहीन द्वन्द्वको शृंखलालाई रोकेर योद्धाहरुलाई खेलमा सहभागी गराउन एक महिना युद्धविराम गरिन्थ्यो।

प्योङचाङ ओलम्पिकमा सहमति गरेर उत्तर र दक्षिण कोरियाले यही विचार अवलम्बन गरेका छन्। दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यास स्थगित गरिएको छ भने ओलम्पिक अवधिभरी उत्तर कोरियाले सम्भवतः आणविक बम र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण नगर्ने वाचा गरेको छ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बेहद आकर्षक बहिनी किम यो जोङले कोरिया युद्धयता दक्षिण कोरियामा पाइला टेक्ने सत्तासीन वंशको पहिलो सदस्य बनेर इतिहास रचिन्। उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई शिखर बैठकका लागि आफ्नो दाजुको सन्देश दिइन्, जसले यस्तो बैठकका लागि उपयुक्त अवस्था बनाइनुपर्ने बताए। यस्तो निर्णयमा दक्षिणको सैन्य सहयोगी अमेरिकाले निर्णायक भूमिका खेल्नेछ। अहिलेलाई ऊ अनिच्छुक देखिएको छ। अमेरिकी उपराष्ट्रपति माइक पेन्स ओट्टो वार्मबियरको पितासँग देखा परे। वार्मबियर उत्तर कोरियामा ब्यानर चोरेको अभियोगमा पक्राउ परेका थिए र कोमाको अवस्थामा अमेरिका फर्केपछि गत जुनमा उनको मृत्यु भएको थियो।

केहीबेर ध्यान दिएर सोच्न जरुरी छ किनभने प्योङयोङले आफ्नो सेनाको ७० औँ स्थापना दिवस ओलम्पिक समारोहको अघिल्लो दिन परेडसहित मनाउने निर्णय लियो। जबकि अघिल्लो वर्ष सो समारोह अप्रिल महिनामा गरिएको थियो। दुवै कोरियाको आइस हकी खेलका लागि संयुक्त टोली बनाउने निर्णयले पनि दक्षिण कोरियामा असन्तुष्टि जन्मायो। उत्तरका कमजोर खेलाडीलाई टोलीमा समावेश गर्न दक्षिणका खेलाडीलाई टोलीबाहिर राखिएको थियो।

यी सबै कुराका पछाडि आणविक मुद्दा छ, जुन दुई कोरियाबीचको वार्ताबाट हल हुन सक्दैन। हालसम्म उत्तर कोरियाले यति धेरै विकास गरिसकेको आणविक कार्यक्रम तत्काल छोड्ने कुनै सम्भावना छैन। प्योङचाङका लागि यो निराशावादी दृष्टिकोण हो तर पहिले जे हुँदै आएको छ, त्यसलाई हेर्दा यथार्थ यही नै हो। प्राचीन ग्रीसेली राज्यहरुमा जस्तै अहिले पनि खेल सकिनेबित्तिकै खतरा फेरि फर्किनेछ।

(१२ फेब्रुअरीमा एससिएमपीमा प्रकाशित आलेखको भावानुवाद)

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 20:50:02
Max TV
Max TV
Zen Travels

author photo

पिटर कामरर हङकङस्थित अष्ट्रेलियन लेखक हुन्


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।