अतिथि दृष्टि

यसरी गर्न सक्छ नेपालले प्रगति





पशुपतिनाथ
पशुपतिनाथ

भारतीय पर्यटकका लागि पनि पशुपतिनाथको मन्दिर, बुद्धको जन्मस्थल लुम्बिनी, काठमाडौँ, पोखरासहित अनेकौँ आकर्षक गन्तव्य छन् नेपालमा।

NIC ASIA

नेपाल भारत र चीनजस्ता दुई ठूला राष्ट्रको बीचमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण एक सुन्दर देश हो। यसको मुख्य परिचय नै यही प्राकृतिक सुन्दरता हो। आजभोलि हामी देखिरहेका छौँ, नेपाललाई प्रगतिको मार्गमा अघि बढ्न या त भारतको भर चाहिन्छ या चीनको सहारा।

तर हामीले यो देशको भौगोलिक अवस्थितिलाई एक नजर हे¥यौँ भने स्पष्ट हुन्छ, नेपाल प्राकृतिक स्रोतसम्पन्न देश हो। यो देशमा पर्याप्त खेतीयोग्य जमिन छ, हिमालबाट तलतिर झरेका अनेकौँ नदीहरुको सञ्जाल छ, तालतलैया र झरनाहरुको संख्या पनि धेरै छ। जसले स्वच्छ पिउने पानीको मात्र होइन, खेतीपातीको आवश्यकता पनि पूरा गर्दछन्।

बुद्धको जन्मस्थल र पर्यटन
नेपाल भगवान शिवको बासस्थान र गौतम बुद्धको जन्मस्थल पनि हो। भारतमा स्थापित १२ ज्योतिर्लिंगका शीर्षको रुपमा नेपालमा पशुपतिनाथको मन्दिर रहेको छ। संसारको सबैभन्दा उच्च शिखर सगरमाथा यहीँ छ। त्यसैले नै संसारभरीका पर्यटक घुम्न नेपाल आउँछन्। भारतीय पर्यटकका लागि पनि पशुपतिनाथको मन्दिर, बुद्धको जन्मस्थल लुम्बिनी, काठमाडौँ, तानसेन, बुटवल, पोखरासहित अनेकौँ आकर्षक गन्तव्य छन्।

नेपालमा वनक्षेत्र पनि निकै ठूलो छ, जहाँ औषधीय गुण भएका अनेकौँ जडिबुटी प्राकृतिक रुपमै उत्पादन हुन्छन्। यस्ता जडिबुटीलाई आयुर्वेद औषधि बनाउन पनि प्रयोग गर्न सकिन्छ र यसलाई विश्वबजारमा उच्च मूल्यमा बेच्न सकिन्छ।

तर यी सबै काम पूरा गर्न यसबेला नेपालले आफ्नो पूर्वाधार विकास गर्न आवश्यक छ। यसका लागि नेपालले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली पूर्वाधार लगानी बैंकजस्ता कुनै संस्था वा देशसँग ऋण लिएर सडक, रेल, हवाइ सेवा, पुल, बाँध, जलाशय, नहर, स्कुल, अस्पताल, आधुनिक कृषि, फलफूल तथा पशु अनुसन्धान केन्द्र, चिकित्सा, इञ्जिनियरिङ संस्थान, आदि निर्माणमा लगानी गर्न सक्छ। यस्तै संस्था भोलि गएर नेपालको समृद्धिको आधारस्तम्भ बन्ने छन्।

भारत र चीन बजार
आजभोलि संसारभर वातावरण संरक्षणलाई मुख्य जोड दिन थालिएको छ। यस्तोमा विदेशबाट ऋण लिएर नेपालमा वातावरणमैत्री उद्योग खोल्न सकिन्छ। यस्ता उद्योगमा सबैभन्दा अग्रस्थानमा कृषि आधारित उद्योग पर्दछन्। खाद्य प्रसाधन पनि एक महत्वपूर्ण उद्योग हो।

युरोपेली देशहरुमा अर्गानिक कृषि उत्पादनको ठूलो माग छ। नेपालका कृषि उत्पादन पहिलेदेखि नै ती देशहरुमा निर्यात भइरहेका छन्। त्यसैले युरोपेली बजारमा मात्रै पनि पर्याप्त निर्यात गर्न सक्ने हो भने नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्छ। त्यस्तै खाडी राष्ट्रहरु पनि नेपालका लागि ठूलो बजार बन्न सक्छन्। त्यसबाहेक नेपालले अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, भारत र चीनलाई पनि आफ्नो बजार बनाउन सक्छ।

नेपाल स्वीट्जरल्याण्डभन्दा तीन गुणा ठूलो छ। स्वीट्जरल्याण्डको क्षेत्रफल ४१ हजार २९० वर्ग किलोमिटर छ भने नेपालको १ लाख ४७ हजार २ सय वर्ग किलोमिटर छ। दुवै देश समुद्रसँग जोडिएका छैनन्। यसको अर्थ दुवै देश आउजाउ गर्न अन्य देशमा निर्भर छन्।

तर स्वीट्जरल्याण्डको अर्थव्यवस्था दूध, दही, पनिर, चीजजस्ता दुग्ध उत्पादन, चकलेट, घडी, औषधि, गहनाजस्ता उत्पादनका कारण फैलिइरहेको छ। यी सबै कुराका लागि आवश्यक कृषियोग्य भूमि, पानी, वन र पशुधन हुँदाहुँदै पनि आधारभूत पूर्वाधारको कमीका कारण नेपालमा यस्ता उद्योग लगभग छैनन्।

मह, दुध, वाइन, चिया र बिजुली
नेपालले अर्गानिक मलबाट उत्पादित कृषिजन्य पदार्थहरुलाई विश्वस्तरमा ब्रान्डिङ गर्न जरुरी छ, ताकि त्यसलाई राम्रो दाममा बेच्न सकियोस्। नेपालमा परम्परागत रुपमा जंगल, भीरपहरा आदिबाट भीरमौरीको मह काढ्ने प्रचलन प्राचीन समयदेखि नै चल्दै आएको छ। यसलाई पेशेवर रुप दिएर प्राकृतिक महबाट मात्रै पनि नेपालले ठूलो नाफा कमाउन सक्छ।

गाई पालनलाई मात्रै पनि व्यवसायिक रुप दिन सके नेपालले दुग्ध उत्पादनको अलग पहिचान बनाउन सक्छ। किनभने नेपालमा चरनक्षेत्र विशाल छ, जहाँ वैज्ञानिक र व्यवसायिक तरिकाले पशुका लागि चारो उत्पादन गर्न सकिन्छ। यसका लागि नेपालले स्वीट्जरल्याण्डबाट पशुपालनको प्रशिक्षण र कारखाना स्थापना गर्न पनि सहयोग लिन सक्छ। त्यस्तै पशुचिकित्सा र दूध उत्पादन बढाउनका लागि अनुसन्धान संस्थानहरु स्थापना गरेर उन्नत जातका पशुहरुको प्रजनन् पनि गर्न सकिन्छ। यसो गर्दा दूध र अन्य उत्पादनलाई घरेलु र विदेशी बजारमा बेचेर ठूलो मात्रामा राष्ट्रिय आय वृद्धि गर्न सकिन्छ।

नेपालको हावापानी अंगुर उत्पादनका लागि एकदमै उपयुक्त छ। यहाँ कालो र हरियो अंगुरको खेती गर्न सकिन्छ। जसबाट अंगुर व्यापार मात्र होइन, वाइन उद्योग पनि फस्टाउन सक्छ। नेपालको छिमेकी चीनमा तीस वर्षअघिसम्म वाइन पिउने प्रचलन थिएन। तर जब चिनियाँहरु धनी हुँदै गए, उनीहरुले वाइन पिउन सुरु गरे। हुँदाहुँदै चीन वाइनको ठूलो बजार बन्यो। बजारको भविष्य देखेपछि चिनियाँ उद्यमीहरुले अष्ट्रेलिया, न्युजिल्याण्ड, फ्रान्स, जर्मनी, इटालीलगायतका देशमा पुगेर वाइन बनाउने काम सिके। त्यसपछि आफ्नै देश फर्केर अंगुर खेती सुरु गरे र अन्ततः आफ्नै ब्राण्डको वाइन पनि तयार गरे। अहिले चीनमा बनेका वाइन देशभित्र र बाहिर दुवैतिर व्यापक मात्रामा बेचिन्छ।

चियाखेतीका लागि उत्तरी नेपालको पहाडी क्षेत्र अत्यन्तै उपयुक्त छ। ती स्थानमा उत्तम खालका चिया औद्योगिक स्तरमै गर्न सकिन्छ। चियाको बजार त पूरा विश्व नै हो। भारतमा मात्रै चियाको खपतको कुरा गर्ने हो भने, त्यहाँ ३३ हजार करोड रुपैयाँको बजार छ र करिब ९० प्रतिशत मानिस चिया पिउँछन्। भारतमा एक वर्षमा प्रतिव्यक्ति ७.५० ग्रामभन्दा बढी चिया खपत हुन्छ। मागको यो स्तर हेर्दा भारतका लागि सबैभन्दा ठूलो चिया निर्यातकर्ता नेपाल बन्न सक्छ। यसबाहेक टर्की, आयरल्याण्ड, बेलायत, रुस, मोरक्को, न्युजिल्याण्ड, इजिप्ट, पोल्याण्डसमेत अन्य कैयौँ देशमा चियाको प्रचलन छ। त्यसैकारण नेपालले आफूलाई चिया निर्यातकर्ताको रुपमा स्थापित गर्न सक्छ।

नेपालमा जति नदीनाला छन्, त्यसबाट प्रचुर मात्रामा विद्युत उत्पादन गर्न सकिन्छ। पहाडमा हावाबाट र सौर्य उर्जाकेन्द्र पनि स्थापना गर्न सकिन्छ, जसले नेपालको विद्युतको माग पूरा गर्न सक्छ। ग्रामीण क्षेत्रमा गाईवस्तुको गोबरबाट बायोग्यास प्लान्ट पनि बनाउन सकिन्छ। बिजुली उत्पादनपछि त्यसलाई मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

यी सबै उद्योगबाट नेपालमा ठूलो मात्रामा रोजगार उत्पन्न हुनेछ। यसबाट घरमै बसेर धनआर्जन गर्न चाहने युवाहरुका लागि फाइदा पुग्नुका साथै राष्ट्रिय आयमा पनि योगदान हुनेछ।

फिल्मः चीनबाट प्रविधि, भारतमा बजार
नेपालको भाषा–संस्कृति अलग र विशिष्ट छ। मनोरञ्जनको क्षेत्रमा यहाँ एक फिल्म उद्योग र बजार त छ तर त्यो बजारको आवश्यकता पूरा गर्न सक्ने स्तरमा मनोरञ्जन उद्योग विकास भएको छैन। जसका कारण प्रायः भारतीय फिल्मले नेपालको मनोरञ्जन क्षेत्रको कमी पूरा गर्छन्। यसबाट नेपालको धन विदेशिन्छ।

त्योसँगै नेपाली भाषामा बनेका गुणस्तरीय फिल्मको बजार नेपालमा मात्र होइन, भारतका हिमाञ्चल, उत्तराखण्ड र दार्जिलिङमा पनि छ। त्यसबाहेक भारतमा ठूलो संख्यामा रहेका नेपालीको मनोरञ्जनको आवश्यकतालाई पनि यसले पूरा गर्न सक्छ। यसका लागि नेपालले चीन वा भारतको मनोरञ्जन उद्योगको प्राविधिक पक्षसँग मिलेर काम गर्न सक्छ र नेपालले चीनबाट राम्रा उपकरण किन्न सक्छ।

चीनमा फिल्म उद्योगसँग सम्बन्धित थुप्रै उपकरण कम मूल्यमा पाइन्छ। साथै नेपाली सिनेक्षेत्रका मानिसहरुले विदेशमा गएर पनि नयाँ प्रविधि सिक्नुपर्छ, ताकि उनीहरुले आफ्ना फिल्मको प्राविधिक पक्षलाई बलियो बनाउन सकुन्। यसको परिणाम के हुन्छ भने विदेशी फिल्ममा नेपालको निर्भरता घट्नेछ र घरेलु फिल्म उद्योगको बजार र पकड बलियो हुनेछ।

यसका साथै नेपालले आफ्नो देशमा त्यस्ता उद्योगहरुलाई प्रोत्साहित गर्न जरुरी छ, जसले देशको प्रगतिमा टेवा दिन सकोस् र वातवरण संरक्षणमा पनि योगदान पु¥यायोस्। परिवर्तनको यो समयमा संसार खुम्चिरहेको छ। केही देशहरु विदेशी लगानी आकर्षित गरिरहेका छन् भने केही देश विदेशमा व्यापार स्थापित गर्न अन्तर्राष्ट्रिय सन्धि गरिरहेका छन्।

थुप्रै देशको अर्थव्यवस्थालाई बलियो बनाउन प्रविधि हस्तान्तरण र विदेशी लगानीले निकै ठूलो भूमिका पनि खेलेका छन्। नेपालले पनि आफ्नो प्राकृतिक क्षमतालाई ध्यान दिएर अर्थव्यवस्थाका फरकफरक क्षेत्रमा उचित कार्यक्रमसहित अघि बढ्ने हो भने न्युजिल्याण्ड, स्वीट्जरल्याण्डजस्ता राष्ट्रहरुजस्तै यो देश पनि एक आर्थिक शक्तिको रुपमा विश्व मानचित्रमा स्थापित हुन धेरै समय लाग्नेछैन।

000

(नेपाल अध्ययन गरिरहेका वा नेपाललाई नजिकबाट हेरिरहेका विदेशीहरू धेरै छन्, जो नेपालको विकास र प्रगतीबारे फरक दृष्टिकोण राख्न सक्छन्। नेपालको समग्र विकास क्रमलाई विश्व दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास अन्र्तगत नेपालखबरले नेपालबारे आफ्नो विचार राख्न चाहने विदेशीहरूलाई यो स्तम्भमा स्वागत गर्नेछ।)

 

 

प्रकाशित १९ पुस २०७४, बुधबार | 2018-01-03 07:04:02
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

author photo

पंकज श्रीवास्तव बेइजिङस्थित सिआरआइ हिन्दी सेवामा कार्यरत भारतीय पत्रकार हुन्

पंकज श्रीवास्तवबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
  • नेपालखबर तेस्रो वर्षमा

    दुई वर्षअघि सञ्चारको आधुनिक माध्यमका रुपमा नेपालखबर डटकम प्रारम्भ भएको थियो। अनलाइन मिडियामा व्यावसायिक र विश्वसनीय रुपमा प्रस्तुत हुने र डिजिटल...

  • मस्को विश्वकपमा चिनियाँ फ्यान

    कहिले खेल्छ चीनले विश्वकप?

    मात्र ३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्डले रसियामा भएको विश्वकप फुटबल खेल्दै गर्दा एक अर्ब ४० करोड जनसंख्या भएको चीन भने कहिले विश्वकपमा...

  • २० जुनमा बेइजिङको तिआनमेन स्क्वायरस्थित माओको समाधीमा माल्यार्पण गर्न जाँदै प्रधानमन्त्री ओली

    चिनियाँ रेलः एक कदम अगाडि

    अहिलेसम्मको संकेत हेर्दा सी नेपाल आउँदा केरुङ–काठमाडौं रेलमार्ग चीनको अनुदान सहयोगमा निर्माण गर्ने सम्झौता हुन सक्नेछ।

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • डा बाबुराम भट्टराई

    महत्वकांक्षा राख्दैमा देश पूरै उत्तर फर्कंदैन

    पचासौँ वर्षदेखि नेपालमा रहेका तिब्बती शरणार्थी सम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले चीनसँग खुलेर छलफल गर्नुपर्छ।

  • दुई वर्षअघि बेइजिङमा द्विपक्षीय वार्ताको नेतृत्व गर्दै प्रम ओली र राष्ट्रपति सी

    चीनसँग ओलीका तीन विकल्प

    चीनसँगको सम्बन्धमा अहिले प्रधानमन्त्री ओलीका अगाडि तीन विकल्प छन्। पहिलो विकल्प हो, नाकाबन्दीको बेला जस्तै अडान लिने, जसमा जाने संभावना छैन। दोस्रो...

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...