हामी नवीन यात्रा तय गर्दैछौं

‘राजनीत राम्रो बनाउन प्रतिद्वन्द्वीलाई आफ्नै हातले माला लगाइदिएँ’



निर्वाचनमा आफुलाई पराजित गर्ने सुरेन्द्र कार्कीसँग सेल्फी लिँदै विश्वप्रकाश शर्मा
निर्वाचनमा आफुलाई पराजित गर्ने सुरेन्द्र कार्कीसँग सेल्फी लिँदै विश्वप्रकाश शर्मा

म धेरै पछाडि जान चाहन्नँ। पछिल्ला केही कालखण्डको मात्र चर्चा गर्न चाहन्छु। अहिलेको शान्त नेपाल नेपाली कांग्रेसको नेतृत्वमा बनेको हो तर हामीले स्थानीय तहमा त्यो कुरा स्थापित गराउन सकेनौं। त्यसैले हामी हार्यौं। शान्ति प्रकियाको अगुवा कांग्रेसले जस लिन सकेन, त्यसैले हामी हार्यौं।

चार चार जना कम्युनिष्ट नेताले नसकेको संविधान निर्माण हामीले गर्यौं। त्यसका लागि हामीले दोस्रो संविधानसभामा जनतालाई भन्यौं– ठूलो दल बनाइदिनोस्, हामी संविधान बनाइदिन्छौं। जनताले ठूलो दल बनाइदिए, हामीले सुशील कोइरालाको नायकत्वमा संविधान लेखेर देखायौं र जनताको हातमा पुर्याइदियौं। तर यो कुरा हामीले जनतालाई बुझाउन सकेनौं। त्यसैले हामी हार्यौं।

कमरेड केपी ओलीले सभा गर्न नसकेको र आन्दोलनका क्रममा दर्जनौं मान्छे मारिएको मधेशलाई विश्वासमा लिएर, देशलाई विश्वासमा लिएर कांग्रेसले एक गोली खर्च नगरी स्थानीय निर्वाचन गरायो। तर हामीले यसलाई तल्लो स्तरसम्म स्थापित गराउन सकेनौं, त्यसैले हामीले यो निर्वाचन हार्यौं।

देशका ४० प्रतिशत मान्छेका घरमा मात्र खानेपानी पुगेको थियो। हामीले ८० प्रतिशतको घर घरमा पानी पुर्याउनेगरी काम गर्यौं। तर त्यो कुरा भन्नै चुक्यौं। बहुदल आउँदासम्म एउटा क्याम्पस थिएन। कांग्रेसले जग्गादान गरेर क्याम्पस बनाउन सुरु गर्यो। आज देशभर क्याम्पस नै क्याम्पस फैलिएका छन्। हिजो म कर्णाली हिंडेरै गएको छु। गिरिजाप्रसाद कोइरालाको सरकारले सुर्खेतबाट खनेको २३४ किलोमिटर बाटो आज कर्णालीसम्म पुगेको छ। तर हामीले त्यो कुरा बुझाउन सकेनौं।

देशभर सडकले जोड्यौं। घरघरमा फोन र हातहातमा मोवाइल कांग्रेसका कारण संभव भयो, त्यो नै बुझाउन सकेनौं। बत्ती हामीले निकाल्यौं तर मतदाताले पोल र तार तान्नेलाई मत दिए। घर अगाडि जस्ले पोल गिराइदिए, मतदाताले तिनलाई मत दिए। दोष मतदाताको होइन हाम्रै हो, जसलाई हामीले बुझाउन सकेनौं। पोल र तारले बत्ती दिँदैन, बत्ती त कतै निकालिएको पावरहाउसले दिन्छ भनेर हामीले सरल मतदातालाई सम्झाउन सकेनौं। देशमा शान्ति ल्याउने, संविधान बनाउने, मधेशलाई मिलाउने र समृद्धिको थालनी कांग्रेसले गरेको हो भन्ने कुरा जनमानसमा बुझाउन सकिएन। त्यसैले देशव्यापी रुपमा कांग्रेस हारेको हो।

हो, कांग्रेसले नेतृत्व गर्दैगर्दा केही उद्योगहरु डुबे, त्यो हामीले सार्वजनिक रुपमा स्वीकार गरेका छौं। तर सरकारको काम जुत्ता, चाउचाउ उत्पादन गरेर बस्ने होइन। सरकारको काम औषधी उत्पादन गर्ने हो, स्कुल बनाउने हो। सरकारको काम बाटो बनाउने हो। हामीले सुरु गरेको उदाहरणीय नीतिका कारण आज कैयौं बैंकहरु खुलेका छन्। कयौं एयरलाइन्सहरु, अस्पतालहरु खुले। कयौं उद्योगहरु खुलेका छन्। कयौंले रोजगारी पाएका छन्। हामीले यो कुरा बुझाउन सकेनौं। त्यसैले हामीमाथि उद्योग बन्द गराउने कारकको रुपमा गरिएको प्रचारबाजीले जनता भ्रमित भए।

हामीले कसैका छोराछोरीलाई सउदी अरब, कतार, दुबई नजानोस्। एकदिन यो हिंसा थामिनेछ र संविधान बन्नेछ। संविधान बनेपछि शान्ति छाउनेछ। शान्ति भएपछि उद्योग खुल्नेछ। उद्योग खुलेपछि तिमीले जागिर पाउनेछौ। त्यसपछि तिम्रो पेट भरिनेछ। त्यसैले अहिले पटुकी कसेर बस भन्न मिल्दैनथ्यो। बेरोजगार युवाहरु विदेशिन बाध्य भए। त्यसैले दुबई, कतार गएका युवाहरु समक्ष म क्षमा माग्न चाहन्छु। तपार्इंहरुलाई देशमा रोजगारीको प्रबन्ध गर्न सकेनौं।

मैले चुनावमा पनि भनेको थिएँ– यो देशको बेथिति सुधार्न राजनीति सुधार्न जरुरी छ। राजनीति सुधार्न नेतृत्व सुध्रिनु आवश्यक छ। हामीले कमजोरी गरेनौं म भन्दिनँ। हामीबाट ठूलठूला कमजोरी भएका छन्। हाम्रा नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरुबाट कमजोरी भएको छ। यो हामीले स्वीकारेका छौं। नेतृत्वबाट भएका बारम्बारका त्रुटी र कमजोरीबाट हाम्रो चुनावी परिणाम पनि प्रभावित बन्यो।

हामीले एमाले र माओवादीको अन्र्तविरोधलाई चिर्न सकेनौं। यसमा केन्द्रिय प्रचार संयन्त्रको कमजोरी रह्यो। त्यसका बाबजुद देशभरबाट आएको मतपरिणाम हेर्नोस्– समानुपातिकमा कांग्रेसले पाएको गणित हेर्नोस्। यदि हाम्रा प्रतिद्वन्द्वी दलहरु मोर्चाबन्दी गरेर नगएको भए, संयुक्त घोषणापत्र लिएर नगएको भए, सिङ्गल सिङ्गल भिडेको भए, अहिलेको चुनावमा पनि कांग्रेसले नम्बर एक दलको रुपमा जित्ने रहेछ। हामीले गुनासो गर्ने ठाउँ छैन। हामीले राम्रो मत प्राप्त गरेका छौं। स्थानीय निर्वाचन परिणाम आउनासाथ मैले भनेको थिएँ– मन जित्न सकिएको थिएन,, त्यसैले मत जित्न सकिएन। तर यसपालि अवस्था फरक छ, मन चाहिं जितियो तर मत जितिएन।

हाम्रा कारणले मात्र हामीले चुनाव हारेका चाहिं होइनौं। चुनावकै मुखमा वाम गठबन्धन बन्नासाथ मलाई थाहा थियो, यसपालि कांग्रेस देशभरी हार्दैछ। स्थानीय निर्वाचनको पहिलो दल एमाले र तेस्रो दल माओवादी मिलेपछि हामी हार्दैछौं भन्ने थाहा थियो। तर हामी हार्दैछौं भन्ने थाहा हुँदाहुँदै पनि देशभरी नै मतगणनामा रातभर बस्यौं। हामीले कतै धाँधली भयो भनेर मतगणना प्रक्रिया बहिष्कार गरेर हिंडेनौं।

हामी हार्ने जस्तै भैसकेपछि फोनमा रुनेहरु थुप्रै थिए। घरमा आउँदा त्यहाँपनि रुवावासी चलिरहेको थियो। तर म किन्चित बिचलित थिएनँ। म विपि कोइरालाको आदर्श र संस्कारलाई लिएर हिंडेको मान्छे। म प्रतिद्वन्द्वी साथीलाई खोज्दै बधाई दिंदै हिडें। ‘माला ओइलिएला तर जनताले दिएको भावनालाई ओइलिन नदिनुहोला, जिम्मेवारीपूर्वक काम गर्नुहोला’ भन्दै आफ्नै हातले माला लगाइदिएँ। यो मैले हाम्रो क्षेत्र, देश र राजनीति राम्रो बनाउनका लागि गरेको हुँ। यो भन्दा ठूलो स्वार्थ अरु के नै हुनसक्छ र?

यो मतपरिणामले हामीलाई नवीन बाटोमा हिंड्न उत्प्रेरित गरेको छ। ‘काँग्रेस उकोलोमा पनि मुस्कुराउँछ, ओरालोमा पनि मुस्कुराउँछ’ भन्ने विपिको विचारले हामीलाई हारबाट पनि उर्जा र उत्साह प्राप्त भएको छ। अब हामी नवीन यात्राको शुभारम्भ गर्न गैरहेका छौं।

हिंसाको राजनीतिबाट सत्तामा आउन चाहने कम्युनिष्ट दलहरु विपिको लोकतान्त्रिक र संसदीय बाटोबाट ठूलो भएका छन्। यसअर्थमा विपिको विचारले जितेको छ। हामीले जितेका छौं। त्यसैले हारका बाबजुद म सबै मतदातालाई बधाई दिन चाहन्छु।

(कांग्रेसका युवा नेता शर्माले झापा १ बाट माओवादीका सुरेन्द्र कार्कीसँग पराजित भएपछि झापाको आभार अभियानमा मंगलबार दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित २६ मंसिर २०७४, मंगलबार | 2017-12-12 18:45:18


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।