मधेसी राजनीतिको यस्तो विचित्र पक्ष





दल एकिकरण समारोहमा कांग्रेस सभापति देउवासँग गच्छदार
दल एकिकरण समारोहमा कांग्रेस सभापति देउवासँग गच्छदार
रोशन सापकोटा
NIC ASIA

आजको नेपाली राजनीतिमा वाम र लोकतान्त्रिक गठबन्धनको चर्चा ब्यापक छ। सँगै मधेसी राजनीति पनि चर्चामै छ।

तीन कारणले मधेसी राजनीति चर्चामा छ।

पहिलो, काठमाडौंमा धेरैले गरेको अपेक्षा विपरीत प्रदेश नम्बर–२ को निर्वाचनमा मधेसी दलहरुले राम्रो मत ल्याउन सफल भएको कारण।

दोस्रो, यो संविधान बनेदेखि नै मधेसी दलहरु विरोधमा थिए। त्यसले काठमाडौंमा एक प्रकारको संसय पैदा गरेको थियो। कतै मधेसी दलहरुले भनेजस्तै संविधान संसोधन भएन भने तिनीहरु स्थानिय तहको निर्वाचनमा भाग नलिने त होइन ?

तर त्यस्तो केही भएन, मधेसी दलहरुको सक्रिय सहभागितामा सहजरुपमा निर्वाचन सम्पन्न भएकोले काठमाडौंमा हर्षमिश्रित खासखुसे चर्चा चलेकै छ।

तेस्रो, निर्वाचन जति जति नजिकिँदै गएको छ, मधेसका अनेक दल र नेताहरु आफनो सुरक्षित भविष्यको खोजीमा ठूला दलमा ओत लाग्दैछन्। यो दलबदलु प्रवृतिका कारण पनि मधेसी राजनीति र मधेसी नेताहरु उपहासकै पात्रका रुपमा सही, तर चर्चामा रहन सफल छन्।

मधेसी राजनीति त्यतिबेला बिशेष चर्चाको विषय बन्यो, जतिबेला हृदयेश त्रिपाठीको एक समूह एमालेको सुर्य चिन्ह लिएर आगामी निर्वाचनमा जाने भयो। यही कडीमा आज विजय गच्छेदार आएर जोडिएका छन्। गच्छेदारको यो कदम अपेक्षित थियो र स्वभाविक छ। तर त्रिपाठीको एमालेगमन धमाकेदार र दुरगामी महत्वको पनि छ।

२०६३ साल पछिका केही बर्ष मधेसी राजनीतिमा जो पनि जोडिन पुग्थे । तर त्यसअघिको मधेसी राजनीतिको बिँडो थाम्ने सिमित नेताहरुमा हृदयेश त्रिपाठी पर्दछन् । मधेसी राजनीतिबाट उहाँको पलायन त एउटा सामान्य समाचार हुनसक्थ्यो । तर एमालेसँगको सहकार्य सुन्दैखेरी अलिक अप्ठयारो लाग्ने विषय बनेको थियो । त्यो चर्चा सेलाउन नपाउँदै आज पुनः गच्छेदारजीको कांग्रेसमा पुनर्मिश्रण हुनपुगेको छ।

मैथिलीमा एउटा कहाबत छ, एक त करैला अपने तित, उपर से निम के पत्ता के चटनी (अर्थात् खानामा करैलाको सब्जी आफैँमा पर्याप्त तितोको स्वाद दिइरहेकै थियो। त्यसमाथि निमको पातको अचार।

दीपावलीको शुभ सन्ध्यामा मधेसी नेताहरुद्वारा समग्र नेपालीलाई यो भन्दा ठूलो धमाका के हुनसक्छ!

यो एउटा संयोग मात्रको विषयपनि हुनसक्छ कि मधेस राजनीतिमा कुनै बेला हृदयेश त्रिपाठी र विजय गच्छेदार एक अर्काका प्रतिस्पर्धी थिए । तर एक दशकभित्रै दुबैलाई मधेसी राजनीतिबाट बिकर्षण पैदा भएको छ । र, दुबै दुई विपरीत खेमामा समाहित भएका छन्।

प्रसंग २०६४ सालको हो । माओवादीहरु जनयुद्ध त्यागेर शान्ति प्रक्रियामा आएको दुई बर्ष पनि पुगेको थिएन । २०६३ माघ महिनामा अन्तरिम संविधान जारी भएलगत्तै मधेसमा ठूलोे विद्रोह भएको थियो । देशीविदेशी सबैका लागि अपरिचित अनुहार उपेन्द्र यादव त्यस विद्रोहका नेता थिए।

उता देशैभरि माओवादीको जगजगी थियो। देशभर नेपाली काँग्रेसको अवस्था कमजोर थियो । पहाडमा जताततै माओवादी, मधेसमा फोरम!

यही परिवेशमा संविधानसभाको निर्वाचन गराउनु थियो । पहाडमा माओवादीलाई नियन्त्रण गर्न कठिन थियो । तर कांग्रेसको भोट व्यांकमा मधेसमा माओवादी वा वाम पृष्ठभूमिका उपेन्द्र यादबको फोरम मात्र प्रभावशाली नबनोस् भन्ने उदेश्यले मधेसमा एक नयाँ पार्टी जन्माउने प्रयास हुँदैथियो।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को स्थापनाको गृहकार्य लगभग पुरा भएको थियो । कांग्रेसबाट महन्थ ठाकुर, विजय गच्छेदार, एमालेबाट महेन्द्र राय यादव, सद्भावनाबाट हृदयेश त्रिपाठी, राप्रपाबाट सर्वेन्द्रनाथ शुक्ल, रेणु यादब र फोरमबाट जेपी गुप्ता लगायतका सहभागी हुने लगभग निश्चित थियो ।

मधेसमा उपेन्द्र यादबलाई र देशभर माओवादीलाई टक्कर दिने शक्तिको रुपमा तमलोपाको कल्पना गरिएको थियो । खासमा भन्ने हो भने कांग्रेसलाई हुने क्षतिको लाभ माओवादीले नपाओस् बरु मधेसमा एउटा छुट्टै शक्ति स्थापित होस् भन्ने उद्देश्यले तमलोपा गठनको तयारी हुँदै थियो।

शुरुमा महन्थ ठाकुरलाई पार्टीको सर्वमान्य नेता र विजय गच्छेदारलाई कार्यकारी अध्यक्ष बनाउने योजना थियो । हृदयेश त्रिपाठी र जेपी गुप्ता महासचिव हुने र अन्य पार्टीबाट आउने नेताहरुलाई यथोचित सम्मान दिएर तमलोपालाई एउटा मजबुत पार्टीको रुपमा अघि सार्ने योजना बनाइँदै थियो।

विजय गच्छेदारले केही समय माग्दै थिए। गच्छेदार कार्यकारी अध्यक्ष हुने कुरा त्रिपाठीलाई मन परिरहेको थिएन। त्रिपाठी सकेसम्म गच्छेदारलाई रोक्न चाहन्थे। गच्छेदार नआउँदा महन्थ ठाकुर नै तमलोपाको ‘सुप्रिमो’ हुने पक्का थियो र त्रिपाठीको लागि त्यो सहज हुने थियो। गच्छेदारले मागेको एक दुईको समय उनलाई दिइएन । हतार–हतार तमलोपाको घोषणा गरियो । फलस्वरुप गच्छेदारले केही महिनापछि कांग्रेस त छाडे। तर, तमलोपामा नगई उपेन्द्र यादव नेतृत्वको फोरम ‘ज्वाइन’ गरे।

समय निकै बलवान हुँदो रहेछ। राजनीतिमा ‘जायज–नाजायज’ शब्दको खासै अर्थ रहँदैन। समयले कोल्टो  फेर्‍यो। विजय गच्छेदारले उपेन्द्र यादव नेतृत्वको फोरममा एक बर्ष पनि बिताएनन्।

‘सेनापति प्रकरणमा प्रचण्डले लोकतन्त्रमाथि प्रहार गरेको र उपेन्द्र यादवले त्यसलाई सघाएको’ भन्दै फोरम फुटाएर माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए। गच्छेदारको दृष्टिमा त्यो सरकार पनि ‘लोकतन्त्रकै रक्षा र नेपाली सेनाको संस्थागत गरिमालाई कायम राख्नको लागि’ बनेको थियो। त्यतिबेला पनि गच्छेदारजीको एक मात्र उद्देश्य 'लोकतन्त्रको रक्षागर्नु' थियो।

यसबीच बागमतिमा धेरै पानी बगिसक्यो। समयले फेरि एकपटक कोल्टे फेरेको छ। त्यतिबेला ‘राष्ट्रियता, लोकतन्त्र र नेपाली सेनाको संस्थागत गरिमामा आँच पुर्‍याउन ’ खोजेका प्रचण्ड आज माधव नेपालको पार्टीसँग एकिकरण गर्न तम्सिएका छन्।

प्रचण्डको विरोध र लोकतन्त्रको रक्षाको लागि उतिबेला माधव नेपाललाई साथ दिएका विजय गच्छेदारले आज ती दुवै बाम नेताका पार्टीबीचको गठबन्धनबाट लोकतन्त्र खतरामा परेको भन्दै, रुवावासी गर्दै आफ्नो पुरानो पार्टी नेपाली कांग्रेस फर्केका छन्। लोकतन्त्रमाथि हुने हरेक प्रहारको बहादुरीका साथ लडेर सामना गर्ने उद्घोषका साथ गच्छेदारको कांग्रेस वापसी भएको छ।

लाग्दछ, ज्योतिष विज्ञानमा गहिरो विश्वास राख्ने हृदयेश त्रिपाठीलाई शायद यी सबै कुराको पूर्व अनुमान थियो। त्यसैले, उनले पहिल्यै नै एमालेको सूर्यको ओत लागिसकेका छन्। यसरी कुनै बेला मधेस राजनीति बलियो हुँदा दुबैमा प्रतिस्पर्धा थियो होला। तर आज न मधेस राजनीति बलियो रह्यो, न त दुबै बलवानहरु बीच कुनै प्रतिस्पर्धा नै।

प्रकाशित ३० असोज २०७४, सोमबार | 2017-10-16 19:12:49
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
  • नेपालखबर तेस्रो वर्षमा

    दुई वर्षअघि सञ्चारको आधुनिक माध्यमका रुपमा नेपालखबर डटकम प्रारम्भ भएको थियो। अनलाइन मिडियामा व्यावसायिक र विश्वसनीय रुपमा प्रस्तुत हुने र डिजिटल...

  • मस्को विश्वकपमा चिनियाँ फ्यान

    कहिले खेल्छ चीनले विश्वकप?

    मात्र ३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्डले रसियामा भएको विश्वकप फुटबल खेल्दै गर्दा एक अर्ब ४० करोड जनसंख्या भएको चीन भने कहिले विश्वकपमा...

  • २० जुनमा बेइजिङको तिआनमेन स्क्वायरस्थित माओको समाधीमा माल्यार्पण गर्न जाँदै प्रधानमन्त्री ओली

    चिनियाँ रेलः एक कदम अगाडि

    अहिलेसम्मको संकेत हेर्दा सी नेपाल आउँदा केरुङ–काठमाडौं रेलमार्ग चीनको अनुदान सहयोगमा निर्माण गर्ने सम्झौता हुन सक्नेछ।

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • डा बाबुराम भट्टराई

    महत्वकांक्षा राख्दैमा देश पूरै उत्तर फर्कंदैन

    पचासौँ वर्षदेखि नेपालमा रहेका तिब्बती शरणार्थी सम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले चीनसँग खुलेर छलफल गर्नुपर्छ।

  • दुई वर्षअघि बेइजिङमा द्विपक्षीय वार्ताको नेतृत्व गर्दै प्रम ओली र राष्ट्रपति सी

    चीनसँग ओलीका तीन विकल्प

    चीनसँगको सम्बन्धमा अहिले प्रधानमन्त्री ओलीका अगाडि तीन विकल्प छन्। पहिलो विकल्प हो, नाकाबन्दीको बेला जस्तै अडान लिने, जसमा जाने संभावना छैन। दोस्रो...

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...