कस्तो होला प्रम देउवाको चौथो प्रस्थान?





शेरबहादुर देउवा
शेरबहादुर देउवा
द काठमाण्डू पोस्ट
NIC ASIA

पूर्वी नेपालतर्फ लागेका राप्रपा अध्यक्ष कमल थापाले मंगलवार विराटनगर पुगेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आफ्नो पार्टीले समर्थन दिएपनि आफै सरकारमा जाने नजाने कुरा चाहिँ यकिन भइनसकेको बताएका थिए। तर, पश्चिम नेपालतर्फ लाग्दा सरकारमा जाने सम्बन्धमा उनको योजनामा फरक आइसकेको थियो। बुटवल पुगेका अध्यक्ष थापाले खुलाशा गरे, ‘निर्वाचन सुनिश्चितताका लागि राप्रपा पनि सरकारमा सहभागी हुँदैछ।’

थापाको पछिल्लो भनाईले के संकेत गर्छ भने, देउवा छिट्टै कुनै धमाकेदार राजनीतिक कदम चाल्दैछन्। थापाको देउवा सरकारमा प्रवेश आफैंमा एउटा अर्काे सानोतिनो राजनीतिक धमाका हो । थापालाई सरकारमा ल्याएर देउवा एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई जवाफ दिन चाहन्छन् कि, 'कम्युनिष्टहरुको सहयोग विनापनि राजनीतिक रथ अगाडि बढाउने क्षमता आफूसँग छ।' तर, यो सानो धमाका ठूलो राजनीतिक धमाका विना सम्भव छैन।

त्यो ठूलो धमाका भनेको माओवादी केन्द्रलाई सरकारबाट बाहिर्‍याउनु हो। ५६ सदस्यीय मन्त्री मण्डलको नेतृत्व गरिरहेका देउवासँग त्यस्ता मन्त्रालय छैनन्, जो उनले थापा र राप्रपालाई दिन सकुन्। बरु राजनीतिमा दीपक बोहोराको विश्वसनीयता होला। तर मन्त्री मण्डलमा ल्याउने बचनविना नै थापाले देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेका होलान् भनेर पत्याउन सकिने आधार छैन। राप्रपालाई सरकारमा भित्र्याउने हो भने, देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्नैपर्छ। 

तर, यो पक्का हो कि, व्यवस्थापिका–संसदको आयु रहुन्जेल देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने छैनन्। त्यसो गरे भने उनीविरुद्ध तत्काल एमाले–माओवादी केन्द्र मिलेर उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेछन्। त्यो प्रस्ताव उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको सहयोगमा पारित हुनसक्ने सम्भावना ज्यादा छ। कांग्रेस नेतृत्वको गठबन्धनमा आफ्नो दलको सहभागिता माओवादी केन्द्रलाई सरकारबाट बर्खास्त गर्ने शर्तमा होइन भन्ने कुरा यादवले स्पष्ट पारिसकेका छन्। 

त्यसैले के अनुमान गरिएको छ भने, व्यवस्थापिका– संसद विघटन हुनुअघिसम्म देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने छैनन्। तर, त्यसअगावै थापा लगायत राप्रपाका सांसदहरुलाई विना विभागीय उपप्रधानमन्त्रीमन्त्रीको हैसियतमा नियुक्त र शपथग्रहण गराउन सक्छन्। संसद विघटनपछि गैरसांसदलाई मन्त्री नियुक्त गर्न नपाउने संवैधानिक प्रावधान रहेकाले उनीसँग योमात्र विकल्प बाँकी छ।

विघटन भएपछि माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेर थापा लगायत राप्रपाका उपप्रधानमन्त्रीमन्त्रीहरुलाई माओवादीले सम्हाल्दै आएका मन्त्रालयको जिम्मा दिनसक्छन्। एमालेसँगको गठबन्धनमा सामेल हुने माओवादी केन्द्रको निर्णयपछि निकै ठूलो धक्का महसुस गरेका देउवा त्यसयता मौनप्रायः छन्। जसरी एमाले–माओवादी केन्द्रले एकता घोषणा गरी देउवालाई दशैंलगत्तै 'सरप्राइज' दिएका थिए, तिहारलगत्तै देउवालेपनि यसैगरी एमाले–माओवादी केन्द्रलाई 'सरप्राइज' दिनसक्छन्।

'सरप्राइज' नै हुने खालका निर्णय गर्न देउवा माहिर पनि छन्। केपी ओली प्रधानमन्त्री छँदा एमाले–माओवादी केन्द्रबीचको गठबन्धन भत्काउने प्रयोजनका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीको 'अफर' त्यसैमध्ये एक हो। नकरात्मक नै सही, २०५८ मा प्रधानमन्त्री हुँदा पनि उनले यस्तै दुई धमाकेदार 'सरप्राइज' दिएका थिए। एक, दरवारको योजना अनुसार प्रतिनिधि सभाको विघटन गरेर । दुई, पार्टीले आफूलाई साधारण सदस्यबाट निस्कासन गरेपछि कांग्रेस विभाजन गरेर।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झैँ,देउवापनि आवेग र तरंग सहितको जीवन मन पराउने नेता हुन्। प्रचण्डजस्तै उनीपनि जस्तोसुकै निर्णय गर्न सक्छन्। तर, यहाँ चर्चा गर्न खोजिएको विषय देउवाले गर्ने त्यस्ता ‘साहसिक निर्णय’ को होइन। बरु त्यस्तो निर्णयबाट उनले बेहोर्नुपर्ने जोखिमको हो। आफ्नै निर्णय देउवाका लागि विगतमा यतिधेरै प्रत्युत्पादक भएका छन् कि, उनको सिंहदरवार प्रवेश निकै शानदार हुने गरेको छ तर प्रस्थान निकै पीडादायी ।  

पहिलो प्रस्थान

२०५२ भदौमा देउवाको सिंहदरवार प्रवेश लोकप्रिय कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई विस्थापित गर्दै भएको थियो। प्रतिनिधि सभामा एमाले सबैभन्दा ठूलो दलको रुपमा थियो। नौ महिने सरकारमा गरेका लोकप्रिय कामका कारण एमाले जनताका बीचमा लोकप्रियपनि थियो। राप्रपा र सद्भावनाको विश्वास प्राप्त गरी देउवा प्रधानमन्त्रीका रुपमा सिंहदरवार छिरेका थिए। 

तर सिंहदरवारबाट प्रस्थान चाहिँ निकै रुपमा भयो।  देउवा सरकारको पक्षमा बहुमत सिद्ध गर्नेमा यति विश्वस्त भए कि, आवस्यक नभएपनि उनले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव लगे। तर, विश्वासको मत उपरको मतदानमा कांग्रेसकै दुई सांसद अनुपस्थित भइदिए।

देउवाले पेश गरेको विश्वासको प्रस्तावमा बहुमत जुटेन।अन्तर्घातका कारण देउवा सिंहदरवारबाट निस्कनु पर्‍यो।

दोस्रो प्रस्थान

देउवा २०५८ साउनमा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए। सर्वशक्तिमान कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई विस्थापित गर्दै प्रधानमन्त्रीका रुपमा उनको दोस्रो कार्यकाल सुरु भएको थियो। दोस्रो कार्यकालको सुरुवातपनि पहिलोजस्तै किन शानदार थियो भने, एक, होलेरी काण्डपछि दरवारसँग बिग्रिएको सम्बन्धका कारण कोइरालाले राजिनामा दिएपछि विद्रोही माओवादी र दरवार दुवैको चाहना बमोजिम प्रधानमन्त्री भएका थिए। दुई, यसपटक उनले सुशील कोइरालालाई संसदीय दलको नेतामा पराजित गरेका थिए।

पहिलो पटक पार्टीभित्रकै दुई सांसद विश्वासको प्रस्ताव उपरको मतदानमा अनुपस्थित भइदिँदा सिंहदरवारबाट हट्नु परेको थियो। दोस्रो पटक उनलाई जसले प्रधानमन्त्री बनाउन भूमिका खेलेका थिए, उनीहरुले दिएको धोकापछि हट्नुपर्‍यो। दाङमा भएको आक्रमणपछि माओवादी विरुद्ध सेना परिचालन भयो। देउवाले माओवादीविरुद्ध सेना परिचालन गरे, देउवा–माओवादीबीचको सम्बन्ध शत्रुतामा परिणत भयो।

२०५८ जेठमा दरवारको षडयन्त्रमा संसद विघटन गरेपछि एकातिर देउवा कांग्रेसबाट बर्खास्त गरिए, अर्काेतिर माओवादीसँगको सम्बन्ध शत्रुतामा परिणत भयो । त्यही मौका छोपेर राजा ज्ञानेन्द्रले १८ असोज ०५९ मा बर्खास्त गरे। देउवा मन्त्री मण्डलका सदस्यहरुमाथि भ्रष्टाचारको मुद्दा लगाइयो। दोस्रो पटक देउवाको प्रस्थान ‘कहिले हस्तिनापुरको राज, कहिले चपरीमुनिको वास’ भनेझैं भयो।

तेस्रो प्रस्थान

देउवाकै शब्दमा ‘गोर्खाली राजाले न्याय गरेपछि’ २०६० मा तेस्रो पटक देउवा प्रधानमन्त्री भए । अघिल्लो दुईपटक उनी निर्वाचित भएका थिए, यसपटक निगाहबाट प्रधानमन्त्री मनोनित भए, राजा ज्ञानेन्द्रबाट। ०४६ को परिवर्तन यता यदि कुनै प्रधानमन्त्री अपमानपूर्वक सिंहदरवारबाट बहिर्गमित भएका छन् भने देउवा भए । १९ माघ ०६१ मा राजा ज्ञानेन्द्रले देउवासँगै नेपाल अधिराज्यको संविधान २०४७ र बहुदलीय प्रणालीउपर नै कू गरे । देउवा बर्खास्त गरिए। देउवालाई पक्राउ गरियो, नजरबन्दमा राखियो र शाही आयोग गठन गरेर भ्रष्टाचारको मुद्दा समेत लगाइयो।

अर्थात्, देउवा तीनैपटक शानदार रुपमा सिंहदरवार छिरे, तीनैपटक नमीठो अनुभवका साथ सिंहदरवारबाट बाहिरिए।

चौंथो प्रस्थान

वुटवल पुगेर राप्रपा अध्यक्ष थापाले बुधबार जे कुरा बोलेका छन्, यदि साँच्चिकै थापा दुई महिने देउवा सरकारमा जान लागेकै हुन् भने देउवाको चौंथो वहिर्गमनपनि अघिल्ला तीन वहिर्गमन भन्दा फरक हुने देखिदैन। माओवादी आफै सरकार छाड्ने मुडमा छैन। झन् गठबन्धनपछि उसले एमालेको समेत साथ पाएको छ। अध्यक्ष ओली लगायत एमाले नेताहरुलाई माओवादी केन्द्रलाई भनिरहेका छन्, ‘कुनै हालतमा सरकार छाड्नु हुँदैन, माओवादी केन्द्रविनाको सरकार भयो भने चुनावमा देउवाले जेपनि गर्न सक्छन्।’

थापाकै लागि देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त गरे भने, मुलुक सिधै भीडन्ततर्फ जानेछ। हुन त, नेपालखबरसँगको कुराकानीमा माओवादी नेता शक्ति बस्नेतले निर्वाचनको ग्यारेन्टी हुन्छ भने माओवादी केन्द्र सरकार वाहिरै रहँदापनि फरक नपर्ने बताएका छन्। तर, आफ्ना मन्त्रीहरुको बर्खास्तगीलाई माओवादी केन्द्रले सामान्य रुपमा लिने देखिदैन। गृह मन्त्रालयको बागडोर सम्हालेको माओवादीले आफ्ना मन्त्रीहरुको बर्खास्तगीलाई चुनावमा धाँधली गर्ने देउवाको प्रयासका रुपमा लिनेछ। एमाले र माओवादी केन्द्र संयुक्त रुपमा सडकमा जानेछन्।

अर्कोतिर राष्ट्रप्रमुखबाट समेत देउवामाथि असहयोग सुरु हुनेछ । किनभने, सत्ताको बागडोर राष्ट्रपति र उपराष्ट्रपति दुवै एमाले र माओवादीबाट छन्। स्थानीय तह निर्वाचनमा पहिलो र तेस्रो स्थानमा रहेका दुई दल सडकमा पुग्ने र राष्ट्रपतिबाट समेत असहयोगको स्थिति देउवाका लागि महंगो पर्नेछ। देउवाको नेतृत्वमा हुने निर्वाचन आफ्ना लागि स्वीकार्य नहुने, निर्वाचनका लागि राष्ट्रिय सरकारको माग गर्दै एमाले–माओवादी केन्द्रले सडक संघर्ष गर्न सक्छन्। उनीहरुको संघर्ष थाम्ने ल्याकत देउवामा देखिदैन। यी सबै घटनाको परिणाम के हुनेछ भने, निर्वाचनको अनिश्चय।

प्रधानमन्त्री देउवाको मुख्य जिम्मेवारी भनेकै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउनु हो। मुलुक निर्वाचनको संघारमा छ। एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई राजनीतिक स्वभाविक घटनाको रुपमा लिएर, पक्ष–प्रतिपक्ष सबैको विश्वास हासिल गरेर निर्वाचन सम्पन्न हुने वातावरण सिर्जना गरे भने अघिल्ला तीन कार्यकाल भन्दा उनको बहिर्गमन फरक र सम्मानजनक हुनेछ। 

निर्वाचनको सम्मुखमा थापा र राप्रपालाई सरकारमा सामेल गरेर निर्वाचन सुनिश्चित गर्ने इच्छा र उद्देश्य हो भने बरु थापासागै एमालेलाई पनि सरकारमा आउन आग्रह गर्न सक्छन् । माओवादी केन्द्रलाई सरकार नछाड्न आग्रह गरिरहेको एमालेपनि त्यो अवस्थामा सरकारमा नआउला भन्न सकिन्न 

तर, एमाले–माओवादी केन्द्रबीचको मिलनबाट आत्तिएर संसद विघटनसँगै अस्वाभाविक कदम चाल्न थाले भनेचाहिँ निश्चित छ, ओलीजस्ता चतुर नेतालाई समेत चक्मा दिँदै चौंथो पटक सिंहदरवार प्रवेश गरेका देउवाको चौंथो प्रस्थान पनि अघिल्ला तीनभन्दा फरक हुनेछैन।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 20:51:57
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • डा बाबुराम भट्टराई

    महत्वकांक्षा राख्दैमा देश पूरै उत्तर फर्कंदैन

    पचासौँ वर्षदेखि नेपालमा रहेका तिब्बती शरणार्थी सम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले चीनसँग खुलेर छलफल गर्नुपर्छ।

  • दुई वर्षअघि बेइजिङमा द्विपक्षीय वार्ताको नेतृत्व गर्दै प्रम ओली र राष्ट्रपति सी

    चीनसँग ओलीका तीन विकल्प

    चीनसँगको सम्बन्धमा अहिले प्रधानमन्त्री ओलीका अगाडि तीन विकल्प छन्। पहिलो विकल्प हो, नाकाबन्दीको बेला जस्तै अडान लिने, जसमा जाने संभावना छैन। दोस्रो...

  • मधेसी किन बजेट होइन सत्ता बिमर्श गर्दैछन्?

    १३ खर्बको बजेटबारे अध्ययन, विश्लेषण वा टिप्पणी गर्ने १३ जना मधेसी पनि देखिएका छैनन्। तर फोरमको सत्तारोहण वा प्रदेश–२ को प्रान्तीय सरकारमा...

  • नागार्जुन दरबारमा अन्तिम राजालाई भेट्दा

    ‘प्रत्येक दिन संसारमा भइरहेको परिवर्तनलाई म निगरानी गरिरहेको हुन्छु। म फेसबुक, ट्वीटर चलाउँछु र टिभी हेर्छु। त्यसभन्दा महत्वपूर्ण कुरा प्रत्येक दिन...

  • प्रधानमन्त्री ओली ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग, ७ चैत्र ०७४

    संघीयता अभ्यासका सय दिन

    अबको नेपाली राजनीति ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउने कि धेरै अधिकार केन्द्रमै राख्ने’ भन्ने सवालमा ध्रुबीकृत हुनसक्छ। यो ध्रुबीकरणले भविष्यमा...

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...