प्रस्ताव

नेपालको २५०औं जन्मोत्सवमा नागरिक महोत्सव





ऐतिहासिक घटनावली र भूराजनीतिक दृष्टिकोणले हेर्दा आधुनिक रूपमा नेपाल राज्यको प्रादुर्भाव सन् १७६८ ईस्वी (विक्रम सम्वत १८२५) भएको देखिन्छ।

तर राज्यको रूपमा हाम्रो मुलुक जन्मेको चतुर्थांश सहस्राब्दी (हजार वर्षको चौथो भाग) कहिले पर्दछ भनेर आम नेपाली नागरिकहरुलाई सोध्ने हो भने सम्भवतः अहिलेको तीन करोड जनसंख्याको ०.००३ प्रतिशतले, अर्थात् हजार जनाले पनि जवाफ दिन गाह्रो होला।

किनभने मुलुकको द्विशताब्दी समारोहका विषयमा यस लेखकले हालै गरेको एउटा छोटो तर द्रुत सर्वेक्षणको क्रममा काठमाडौँ शहरका उच्चतम प्रबुद्ध व्यक्तिहरुमध्ये २५ जना जतिलाई सोध्दा तीन जनालाई मात्र उक्त समारोहबारे ज्ञान रहेको थाहा पाइयो।

सन्दर्भ र पृष्ठभूमि
यस्तो ऐतिहासिक विस्मृतिको समस्या हामीमध्ये धेरैजसोलाई अनौठो नलाग्न सक्छ। तर यस सन्दर्भमा बिर्सन नहुने कुरा के हो भने आउँदो वर्ष (२०१८) नेपालका लागि अति नै महत्त्वपूर्ण र गरिमामय वर्ष हो।

सन् १७६८ ताका विश्वको मानचित्रमा मात्र २१ वटा देशहरु थिए। प्रतिशतका हिसाबले हाम्रो मुलुक राज्य–राष्ट्रको विश्व समूहमा शीर्ष दशौं स्थानमा पर्दछ। यसरी हेर्दा सन् १७६८ ईस्वीमा जन्मेको नेपाल राज्यले सन् २०१८ ईस्वीमा हजार वर्षको चौथो भाग (२५० वर्ष) पूरा गर्न लागेको छ। चतुर्थांश सहस्राब्दी अथवा चतुर्थांश्राब्दी।

आम नेपालीका लागि यो गौरव गर्न लायक विषय हो। त्यसो हो भने नेपालले सन् २०१८ भव्य रुपमा समारोह गर्दै मनाउनुपर्ने होइन?

सन् २०१८ ईस्वीमा मुलुकको पहिलो कलेज त्रिचन्द्र स्थापना भएको पनि १०० वर्ष (शताब्दी) पुग्दैछ। साथै सन् २०१८ अर्को सुखद संयोगको वर्ष पनि हुन गइरहेको छ। किनभने विश्वका एक महान् मानवतावादी दार्शनिकको द्विशतवार्षिकी पनि यसै वर्ष पर्न गएको छ– ती हुन् कार्ल मार्क्स। जसले सन् २००० मा बीबीसीले विश्वका २० जना उत्कृष्ट दार्शनिकहरूबारे गरेको मत सर्वेक्षणमा सर्वाधिक मत (२८ प्रतिशत) पाउन सकेका थिए।

महोत्सव किन?
मुलुकले आफ्नो चतुर्थांस्राब्दी मनाउँदा राज्यको समारोह आयोजना गर्ने क्षमता मात्र प्रदर्शन हुँदैन। साम्राज्यवादी आक्रमणको सफलतापूर्वक प्रतिरोध गर्दै र बाह्य दवाबको सशक्त सामना गर्दै आफ्नो सार्वभौमिकता र स्वतन्त्रता अक्षुग्ण रुपमा जोगाएर राख्ने यस मुलुकको अन्तर्निहित क्षमता पनि उजागर हुनेछ।

साथै आम नेपालीमा व्यापक रुपमा नयाँ आस्था, नयाँ उत्साह, नयाँ संकल्प र नयाँ किसिमको उर्जा र उत्प्रेरणा छर्दै राजतन्त्रबाट गणतन्त्रतिर भर्खर बामे सर्न लागेको नवप्रसून संघीय राज्य र गणतन्त्रलाई चाहिने लोकतान्त्रिक संस्कारका लागि आवश्यक मलजल गर्न सहायक हुनेछ। बेलाबेलामा विखण्डनको माग उठिरहेको बेला यस्तो महोत्सवले ‘हामी एक थियौं, एक छौं, र एक रहनेछौं’ भन्ने सन्देश पनि दिनेछ।

महोत्सव कसरी?
प्रस्तावित महोत्सवले देशभित्र र बाहिर हिमाल, पहाड र तराई–मधेसका गाउँ बस्ती र शहरहरुबाट हजारौंहजार नागरिकहरूलाई समारोहका विभिन्न स्थान र कार्यक्रममा भाग लिन भेलामा उपस्थित हुने अवसर प्रदान गर्नेछ। जुन कुरा विविधता र विशालताका दृष्टिकोणले सम्भवतः मुलुकको इतिहासमा पहिलो पटक हुन जाला।

मेला, जात्रा, प्रदर्शनी, झाँकीहरु, प्रतियोगिता, वार्ता, संगोष्ठी र सम्मेलनमा हुनजाने स्थानीय, क्षेत्रीय, राष्ट्रिय, उपमहाद्वीपिय र अन्तर्राष्ट्रिय स्तरका लोकतन्त्र र विकाससम्बन्धी विभिन्न विषय र एजेन्डामा छलफल र परिचर्चाले आउँदा वर्षमा राज्यले अवलम्बन गर्नुपर्ने नीति, योजना र भविष्यको कार्यक्रमबारे विशाल लहर पैदा गरेर मुलुकको शिशु गणतन्त्रले आउँदा दिनमा लिनुपर्ने दिशानिर्देश पनि पाउने सम्भावना रहनेछ।

यस उपक्रममा वर्षका १२ महिनामा १२ वटा विभिन्न क्षेत्रमा केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्दै महोत्सव मनाउने हो भने मुलुकभित्र रहेका नेपाली जनता र नेपाल आउने प्रवासी नेपाली र विदेशी पर्यटकहरुलाई आफूलाई मन पर्ने अथवा सुहाउने खालको कार्यक्रम, उत्सव र ठाउँमा भाग लिने फराकिलो उपयुक्त अवसर प्रदान गर्नेछ।

साथै आयोजक समूहलाई पनि आफ्नो संसाधन, लगानी र समय क्षेत्र र विषय अनुसार सर्वोत्तम र प्रभावकारी रुपमा उपयोग गर्ने अवसर दिनेछ। जस्तै भनौं, जनवरीलाई कला, संस्कृति, सम्पदा र इतिहासको महिना र डिसेम्बरलाई विकासको महिनाको रुपमा घोषणा गर्ने हो भने आगन्तुक सहभागीहरुले आफ्नो रुचिअनुसार कायक्रम र समय छनौट गर्न पाउनेछन्।

सम्भावना भएका क्षेत्र
कला, संस्कृति, इतिहास, खेलकुद, लोकतन्त्र, स्वास्थ्य, धर्म, वातावरण, सुरक्षा, शिक्षा, विज्ञान–प्रविधि, यातायात, अर्थव्यवस्था, विकास।

महोत्सव आयोजना
समारोहको आयोजना गर्दा महोत्सव आयोजना समिति गठन गरेर अनि राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्तिहरुको ट्रस्ट बनाएर कार्यक्रम सञ्चालन गर्न सकिन्छ। स्रोतसाधनका हकमा यसमा अभिरुचि राख्ने व्यवसायी संघ, संस्था, संगठन र समूहको सहभागिता र लगानी आवश्यक हुनेछ।

महोत्सवको मुख्य उद्देश्य यसलाई आम ‘नेपाली नागरिकहरुको पर्व’ बनाउनु भएकोले सहभागीहरुका लागि यो जीवनभरमा एक पटक मात्र आउने अवसर हुन जाला। कारण, जुन स्तरको समारोह यस आलेखमा परिकल्पना गरिएको छ, त्यस्तो पर्व अहिलेसम्म मुलुकमा पहिले शायद मनाइएको छैन।

महोत्सवमा नागरिक समाज, छात्रवर्ग, शैक्षिक र पेशागत समूह तथा गैरसरकारी संस्थाहरुले स्वेच्छाले भाग लिएमा यो कार्यक्रम सबै नागरिकको र नेपालीको, नेपालका लागि र नेपालीद्वारा मनाईने महोत्सव हुनसक्ला।

चतुर्थांस्राब्दी एजेन्डामा मुलुकभित्र र बाहिर दुवैतिरबाट सम्बन्ध र अभिरुचि राख्ने वा महोत्सवमा शरीक हुन चाहने कुनै पनि व्यक्ति वा संस्थाले दिन सक्ने राय, उपाय, र अनुदान संकलन गर्न वेबसाईट र सामाजिक संजालका माध्यमहरु खडा गरिनु पनि श्रेयस्कर होला।

 

 

 

 

 

प्रकाशित २१ असोज २०७४, शनिबार | 2017-10-07 18:30:49

author photo

आनन्द आदित्य अनुसन्धानकर्मी लेखक हुन्


प्रतिकृया दिनुहोस

Loading...
  • केपी ओली

    के सोच्दैछन् ओली सरकारप्रति चीन र भारत?

    आजसम्म नेपाली मैदानमा खेल्न पाएको भारत पूर्ण रूपमा मैदानबाट हटाइँदा निराश भएर प्रतिशोधमा उत्रिन सक्छ भने आफ्नो पक्षधरको सत्ता आएको मौकामा चीनले पनि...

  • प्रधानमन्त्री केपी ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै

    नयाँ प्रधानमन्त्री वीपीजस्तो कि महेन्द्रजस्तो?

    वीपीले भन्ने गरेको माटो र महेन्द्रले भन्ने गरेको माटोमा फरक छ। हो, यो माटोको फरक बुझ्न सकिएन भने फेरि पनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ नेपालमा...

  • प्योङचाङ ओलम्पिकको क्रममा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम योङका साथ दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन

    ओलम्पिकले कोरियामा शान्ति ल्याउनेछैन

    उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बेहद आकर्षक बहिनी किम यो जोङले कोरिया युद्धयता दक्षिण कोरियामा पाइला टेक्ने सत्तासीन वंशको पहिलो सदस्य...

  • एमाले-माओवादी एकता समयको आवश्यकता

    यतिबेला नेपालमा कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुगेको छ। दुई ठूला पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीचको एकीकरण प्रयासले मूर्त रुप लिन लाग्दा...

  • निल्ने कि मिल्ने?

    नेपाली कांग्रेसको कुनै दोस्रो वा तेस्रो तहको नेतालाई एमालेले प्रधानमन्त्री बनाउँछु, मेरो पार्टीमा आउनुस् भन्यो भने ऊ पनि सरक्क एमालेमा जानेछ। र,...

  • फेसबुकका जुकरबर्गलाई अर्बौं डलरको प्रश्न

    जसलाई फेसबुकले शिष्ट भाषामा ‘इन्गेजमेन्ट’ भन्छ विशेषज्ञले त्यसलाई ‘लत’ का रुपमा व्याख्या गर्छन्। यही ‘इन्गेजमेन्ट’ जुकरबर्गले निकै जोड दिएर भन्ने...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • कुलमान घिसिङ / फाइल फोटो

    कुलमानको प्रश्नः बिजुलीको बिल महँगो तिर्नु परेको त छैन?

    अहिले हामीले पूरै देशलाई लोडसेडिङमुक्त गरेका छौँ। औद्योगिक क्षेत्रमा भने रातको समयमा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको छ। यो व्यवस्थापन गर्न सारै...

  • संविधान संशाेधनमा भारतका एजेन्डा छाेड्दै फाेरम

    प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत लिँदा दुई तिहाईभन्दा बढीको समर्थन पाए।

  • नेपाल एयरलाइन्सकाे जहाज

    दुई महिना थन्किएको ‘सगरमाथा’ ले हङकङबाट उडान थाल्यो

    नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।

  • भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन नेपाल फकाउँदै ओली

    ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने...