सम्पादकीय

नेपालखबर दोस्रो वर्षमा



Kshamadevi Group


दोस्रो वर्ष प्रवेशसँगै आगामी छ महिनाभित्र नेपालखबर फाउण्डेसन स्थापना गरी त्यसमार्फत् सामाजिक उत्तरदायित्वमुखी केही काम सुरु गर्ने जानकारी गराउन पाउँदा हामीलाई गौरव लागेको छ।

नेपालखबर अनलाइन पत्रिका आज शनिबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। यो अवधिमा हामीले नयाँ खबर, विश्लेषण र गम्भीर विषयका सामाग्री बाँड्ने प्रयास गरेका छौँ। पाठकबाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौँ, जसले हामीलाई थप सशक्त रुपमा अगाडि बढ्ने शक्ति दिएको छ।

एक वर्षअघि, आजकै दिन सञ्चारको अत्याधुनिक माध्यमका रुपमा नेपालखबर डटकम शुभारम्भ भएको थियो। नेपाल र नेपाली सन्दर्भका सामाग्री व्यावसायिक रुपमा प्रस्तुत गर्ने र डिजिटल संवाद फोरमका रुपमा विश्वभर रहेका नेपालीलाई जोड्ने उद्देश्यमा हामीले अपेक्षा गरेभन्दा राम्रो सफलता पाएका छौँ। यो छोटो समयमै नेपालखबर लोकप्रिय अनलाइनका रुपमा स्थापित भएको छ।

यो एक वर्षमा पाठक, शुभेच्छुक र विज्ञापनदाताले देखाएको विश्वास र सहयोगले हामीलाई अझै सशक्त रुपमा अगाडि बढ्ने प्रेरणा मिलेको छ। दोस्रो वर्ष प्रवेशको अवसरमा हामीलाई विश्वास गर्ने पाठक र व्यावसायिक रुपमा अगाडि बढ्न प्रोत्साहित गर्ने व्यावसायी सबैलाई धन्यवाद दिन चाहन्छौँ।

आफ्नो घेरा फराकिलो बनाउँदै जाने क्रममा हामीले छ महिनाअघि नेपालखबरको हङकङ संस्करण सुरु गरेका छौं। हङकङ र मकाउमा रहेका नेपाली समुदायका गतिविधि र रिपोर्ट प्रस्तुत गर्दै अगाडि बढ्ने क्रममा नेपालखबरको हङकङ संस्करण नेपाल र हङकङलाई आर्थिक र कुटनीतिक रुपमा जोड्ने माध्यम पनि बनेको छ। छ महिनामै हङकङका नेपालीमाझ नेपालखबर लोकप्रिय सञ्चार माध्यम बनेको छ।

हाम्रो अहिलेको प्राथमिकता नेपालखबरलाई व्यावसायिक रुपमा अझै बलियो बनाउने हो। तर व्यावसायिक सफलतासँगै हामीले आफ्नो सामाजिक उत्तरदायित्व पनि बिर्सने छैनौँ। नेपालखबरले लोककल्याणकारी अभियान वा व्यक्तिगत पहलहरूलाई महत्वका साथ प्रस्तुत गर्दै आएको छ। र, आफै पनि कुनै न कुनै रुपमा यस्ता अभियानमा जोडिने लक्ष्य राखेको छ।

दोस्रो वर्ष प्रवेशसँगै आगामी छ महिनाभित्र नेपालखबर फाउण्डेसन स्थापना गरी त्यसमार्फत् सामाजिक उत्तरदायित्वमुखी केही काम सुरु गर्ने जानकारी गराउन पाउँदा हामीलाई गौरव लागेको छ।

नेपालखबर अनलाइनले एक वर्ष पूरा गरेको अवसरमा हामी फेरि दोहोर्‍याउन चाहन्छौँ, सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा हामी कसैसँग सम्झौता गर्ने छैनौँ। राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबर सधैँ प्रतिबद्ध रहने छ।

पाठकको सुझाव र प्रतिक्रियालाई हामीले सधैँ मार्गदर्शनका रुपमा लिएका छौँ र त्यसले नै नेपालखबरलाई अझै परिष्कृत बनाउँदै लाने विश्वास बाँड्न चाहन्छौँ। आफ्नो घेरा र गुणस्तर बढाउँदै थप संस्करणहरू ल्याउने लक्ष हामीले राखेका छौँ।

नयाँ खबर र विश्लेषण सहित नेपालखबर सधैँ तपाईंसँगै हुनेछ।

 

प्रकाशित २४ असार २०७४, शनिबार | 2017-07-08 15:22:53
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...