नेपाल-अध्ययनमा 'अन्तर्राष्ट्रिय स्तर' भनेको के हो?

अन्तर्राष्ट्रिय हुनु भनेको झुर अंग्रेजीमा लेख्नु अथवा राम्रो अंग्रेजीमा नेपालसम्बन्धी झुर कुरा लेख्नु होइन



Kshamadevi Group


सोसल साइन्स वहाका अनुसन्धान पुस्तक सार्वजनिक गरिँदै
सोसल साइन्स वहाका अनुसन्धान पुस्तक सार्वजनिक गरिँदै

फुको सान्दर्भिक हुन्छन् भने बालकृष्ण सम किन सान्दर्भिक हुँदैनन्, के नेपाली भाषामा लेखकै आधारमा असान्दर्भिक हुने हो?

नेपाल अध्ययनका सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरसम्बन्धी भएका बहसहरू रमाइला छन्। 

हाम्रो एउटा साथी, जो नेपालभन्दा बाहिरको युनिभर्सिटीमा पढाउँछन्, प्रोमोसनका लागि भएको इन्टरभ्युमा उनलाई तैंले लोकल जर्नलमा छापेको रहेछस् भनेर पीडित बनाइयो। उनको प्रमोसन त भयो तर एक वर्ष पछि धकेलियो, यस्ता खालका जर्नलमा आर्टिकल छापियो भन्ने निहुँ देखाएर।

नेपालमा बेलाबेलामा हुने बहसहरूमा अक्सफोर्डमा यस्तो–यस्तो हुन्छ, हामीले नेपालमा यस्तो गर्न सकेका छैनौं भन्ने खालका बहस सुन्न पाइन्छ। अथवा अक्सफोर्ड, हावर्ड, लण्डन आदि अन्तर्राष्ट्रिय भनिने ठाउँ वा विश्वविद्यालयमा जो छन्, ती सबै अन्य ठाउँमा छन्, यहाँ चाहिँ छैनन् भन्ने बहसले हामी साह्रै पीडित छौं।

यो पीडित हुनुको दुईटा कारण छन्, एउटा त सार्वजनिक वृत्तमा लेख्ने मान्छेहरूले लेख्दालेख्दै यो विषयमा लेखेनन् होला। दोस्रो चाहिँ, नेपालमा भइरहेका कर्महरूबारे राम्रोसँग र सँगै बसेर सोच्न नचाहने र सधैं यो अन्तर्राष्ट्रिय भन्ने कुरा अन्य देश (अन्य ठाउँ)मा हुन्छ भन्ने हाम्रो बटमलाइन मानसिकता छ, त्यसबाट पीडित भएर होला।

यो ‘अन्तर्राष्ट्रिय स्तर’ भन्ने एउटाभन्दा बढी छ। नेपाल अध्ययनमा प्रकाशित सामग्रीको आधारमा त्यो देखाउन सकिन्छ। म तीनवटा आर्टिकलहरूको चर्चा गरेर त्यसको प्रकाशन भएको सन्दर्भहरू, त्यसका पियर रिभ्युका सन्दर्भहरू राख्छु।

हामी प्राज्ञिक कर्ममा लागेकाहरूमा दुईतीनवटा बेठिक कुरा छन्। एउटा प्राज्ञिक कर्म विश्वविद्यालयभित्र र विश्वविद्यालयबाहिरको संस्थाका दुई मुख्य ढर्रा छन्। एउटा ढर्रामा तुलनावादी र सैद्धान्तिक चासो बढी भएकाहरू छन्। एउटै विषयमा केन्द्रित विश्वविद्यालयका विभागहरूमा पनि गएको बीस वर्षमा विभिन्न यो वा त्यो नाममा, आफ्नो कर्मलाई आफ्नो कर्मको विधाभन्दा अल्लि टाढाका मान्छेहरूलाई पनि त्यसमा रूची होस् भन्ने नाममा, केही सैद्धान्तिक विषयमा बढी चासो छ। भलै कसैले नेपालको कुनै उपन्यास लिएर यो संसारका डिकोलोनाइजेसन सम्बन्धी लेखिएका उपन्यासहरूसँग मिल्ने किसिमको भन्ला, अर्को मजस्तै एक दुईजना मान्छेहरू छन्, जसलाई इम्पेरिसिस्ट हिस्टोरियन भन्न मिल्छ। त्योचाहिँ कस्तो भनेदेखि डिटेल्स (विवरणहरू) बटुल्ने र तिनकै आधारमा तर्क गर्ने।

म मिहिन विवरणहरूमा काम गर्छु। पढ्दा झ्याउ नै लाग्ने खालको मैले कुनै बेलामा लेखेको र सन् १९९९ मा छापिएको भानुभक्त हामी सबैको बाजे कसरी हुन आए भन्ने लेख त्यस्तै छ। त्यस्तो डेन्स प्रस्तुति मैले त्यसभन्दाअघि कहिले गरेको थिइनँ र अहिलेसम्म पनि गरेको छैन। त्यस्तो डेन्स प्रस्तुति गर्नुमा तत्कालिन अवस्थामा एउटा उद्देश्य थियो। कसैले तैंले यो–यो मात्र आफंूलाई मनपर्ने खालको प्रमाण जुटाइस्, अरू छुटाइस् भन्लान् भन्ने पीरबाट मुक्त हुन त्यसो गरेको थिएँ। एउटा क्षेत्रमा विशिष्ट तरिकाले डिटेल्स बटुलेर काम गर्ने अध्येतालाई मैले डिटेल्सबहादुर भन्ने गरेको छु। डिटेल्सबहादुर भनेका भ्याएसम्मको डिटेल नछाड्ने बहादुर भनेको हो।

हामी ‘सिनास’ जर्नल सम्पादन गर्ने आठ जनाबीच एउटै विचार छैन। हामी लिबरल भएकाले नै यो चलेको छ। सबैको एउटै विचार हुने जर्नलहरू नेपालमा धेरै दिन टिक्दैनन्। यो याद गर्नुस्, धेरै टिकेको अनुभव भएको देखाउन सकिएको छैन। खुल्लमखुल्ला, न सम्पादकहरूका बीचमा कुनै मत मिल्छ, न सम्पादकहरूले आफ्नो दृष्टिकोण लाद्न एकथरीमात्र लेखकहरू खोजेका छन्। हामी सबैथरी लेखकहरूलाई स्वागत छ भन्छौं।

यसमा सापेक्ष रूपमा नयाँ र अभ्यासरत लेखकको पनि प्रकाशित हुन्छ, सैद्धान्तिक लचकता पनि छ। उहाँहरूको लेख हामीले प्रकाशित गर्दा पनि नेपालसम्बन्धी आर्टिकल, नेपालसम्बन्धी डिटेल्सचाहिँ उहाँहरूको थ्यौरिटिकल डान्स गर्नलाई मात्र नहोस् भनेर हामीले भन्ने गरेका छौं। नेपालका घघडान सोसोलोजिस्ट आर्टिकल पनि हामीले रिजेक्ट गरेका छौं।

यसलाई एउटा कङ्क्रिट उदाहरणसहित भनौं। प्रमोद भट्टको ‘प्राइभेटाइजेसन थु्र अफिलिएसनः ट्राजेक्टरीज अफ हाइयर एजुकेसन एक्सपान्सन इन पोस्ट नाइन्टिन नाइन्टी नेपाल’ नामको आर्टिकल हाम्रो डिसेम्बर २०१५ मा छापियो। यो मार्टिन चौतारीमा मैले कोअर्डिनेट गरेको रिसर्चबाट आएको हो। पियर रिभ्यु प्रोसेसको इन्टिग्रिटीको लागि हामीले यो चारजनालाई पढ्न पठायौं। एक जना नेपालमा पच्चिस वर्षदेखि उच्च शिक्षाको सुधार प्रक्रियामा भाग लिएको प्राज्ञिक प्रशासक। दोस्रो, त्रिविमा पढाइरहेको स्थायी विभागीय सदस्य। तेस्रो, मार्टिन चौतारीकै सहकर्मी र चौथोँ चाहिँ भारतमा उच्च शिक्षामा काम गर्ने जापानी स्कलर।

हामी हाम्रो लिडिङ नेपाल स्टडिज जर्नल भनेर भन्छौंं, यो कम्पेरिटिभिस्ट जर्नल होइन। कुनै खास विचारसँग जोडिएको सैद्धान्तिक आबद्धता भएको जर्नल पनि यो होइन। हाम्रो पहिलो प्रारम्भिक चासो भनेकै नेपाली इतिहास र समाजको गहिरो ज्ञान हो।

हामीले लेखकलाई पहिलो पाठकको टिप्पणी पढ्न भन्यौँ। नेपालमा बाहेक बेलायती पद्धति अनुसरण गरेको भारतमा पनि सम्बन्धन व्यवस्थाको चक्कर चलेको हुनाले भारतको पूर्वअध्ययन थप खोज्नुपर्छ र त्योसँग इन्गेज गर्न सक्नुपर्छ भन्यौं। त्यसैअनुसार त्यो लेख परिमार्जन भयो। परिमार्जनपछि एडिक्वेट भयो कि भएन त्यो पाठकहरूले भन्ने कुरा हो। तर कुरा के भनेदेखि, हामीले अन्तर्राष्ट्रिय भन्ने खालको जर्नलमा छापिएपछि यो स्पष्ट रूपमा अन्तर्राष्ट्रिय क्वालिटीकै जर्नल आर्टिकल हो भन्ने मेरो विश्वास छ।

अब एउटा काल्पनिक कुरा गरौँ। सन् १९७१ मा बेलायतबाट सुरू भएको ‘कम्पेयरः अ जर्नल अफ कम्पेरिटिभ एन्ड इन्टरनेसनल एजुकेसन’ भन्ने जर्नल छ। यसको माउसंस्थाले पैसा खोजेर हरेक दुई वर्षमा कम्पेयरमा लेख्न सक्ने बनाउँछ तर अहिले विभिन्न कारणहरूले अलिकति एडिक्वेट नभएका मान्छेहरूका लागि वर्कसप पनि आयोजना गर्छ। संयोगवश, त्यो वर्कसप यसपाली काठमाडौंमै भइरहेको छ। मानौँ, कम्पेयरमा प्रमोदको आर्टिकल पठाएको भए के हुन्थ्यो? मानौँ, कम्पेयरले चारजना रिभ्युअरलाई आर्टिकल पठाएर उस्तै खालका रिभ्यु कमेन्ट पायो। कम्पेयरका जर्नल एडिटरहरूमध्ये, पूर्वएडिटरहरूमध्ये नेपालमै अध्ययन गर्नुभएका, नेपालमै पिएचडी रिसर्च गर्नुभएका मान्छे पनि हुनुहुन्छ। यस्तो नेपालप्रति सहानुभूति राख्ने सम्पादक सदस्यहरू हुँदाहुँदै पनि मोस्ट लाइक्ली यो लेख अस्वीकृत हुन्थ्यो। किनभने शीर्षकमा कम्पेरिटिभ इन्टरनेसनल एजुकेसन भनिसकेपछि प्रमोद अथवा अरू कुनै लेखकले त्यस लेखमा अफिलिएसनसम्बन्धी एडिक्वेट कम्पेरेटिभ डान्स गर्न नसकेको अवस्थामा अथवा सो कल्ड मोस्ट रिसेन्ट लिटरेचर रेलेभेन्ट राइटरहरूलाई साइट गर्न नसकेको अवस्थामा कि रिजेक्ट कि सिरियस्ली रिभाइज्ड एन्ड बि सबमिट भन्ने कमेन्ट आउँथ्यो। यो चाहिँ मैले इन्टरनेसनल क्वालिटी द्याट इज इम्पेरिकली सोलिड र एरिया स्पेसिफिकको उदाहरण दिएको हो।

म अब उदाहरणका लागि अलिकति माइकल हट को कामबारे भन्न चाहन्छु।

माइकल हटलाई मैले पहिलोचोटी १९९४ मा पहिलोचोटी लण्डनमा भेटेँ। सन १९९५ मा मैले र मेरी डेसिनले माइकल हटको ‘नेपाल इन द नाइन्टिज’ भन्ने किताबको मोस्ट डिभास्टेटिङ रिभ्यु द्याट एनिबडी एल्स एभर रिटन अबाउट एनिथिङ माइकल हट ह्याज एभर पुट टुगेदर लेख्या हो। त्यसमा हामीले दुई तीनवटा एकदमै सामान्य कुरा भनेका थियौं। कालान्तरमा गएर माइकल हट र मचाहिँ एउटा प्रोजेक्टमा सँगै जोडिन पुग्यौं र हामीले २०१० देखि २०१३ सम्म ब्रिटिस एकेडेमीको एउटा ग्रान्ड पायौं। त्यो ग्रान्डले रिसर्च गर्नका लागि पैसा दिएको थिएन। त्यसले नेपाल र युकेको एकेडेमिकहरूको एक्स्चेन्जको लागि पैसा दिएको थियो। दुईटा वर्कसप गर्न दिएको थियो र त्यो वर्कसपमा प्रस्तुत भएका पेपरहरू केही महिनाअघि छापिएको छ।

त्यही रिसर्च प्रोजेक्टको दौरानमा नेपालमा एकचोटी २०११ मा आउँदा माइकल हटलाई योगमायाको चस्को पसेछ। अरूण भ्यालीमा पनि उनी एउटा ट्रिपमा गए। उनले यसबारेमा रिसर्च गर्ने विचार गरे। २०१३ मा ‘द डिसपेरेन्स एण्ड द रिअपेरेन्स अफ योगमायाः रिकभरिङ अ नेपाली रिभोलुस्नरी आइकन’ भन्ने लेख कन्टेम्पररी साउथ एसिया भोलुम २१ मा प्रकाशित भयो। कन्टेम्पररी साउथ एसिया, एरिया स्पेसिफिक जर्नल हो। मलाई थाहा भए अनुसार, भुतपूर्व अवस्थामा र अहिलेसम्म पनि यो कन्टेम्पररी साउथ एसिया (सिएसए)मा नेपालमा अध्ययन गर्ने कुनै पनि स्कलर यसको सम्पादकीय बोर्डमा कहिले पनि सदस्य भएको छैन। माइकल हटको लेखको संरचना हेरौं, यहाँ लेखिएको छ, बायोग्राफिकल्ली एक्जिस्टिङ मान्छेको अन्त्य भइसकेपछि अन्त भएको पनि धेरैपछि मात्र त्यो व्यक्तिको आइकन कसरी रि डिस्कभर हुन्छ र त्यसको प्रयोग कसरी हुन्छ भन्ने विषयको आर्टिकल भयो यो। यो २०१३ मा पब्लिस भयो। यो लेख छापिनुुभन्दा केही समयअगाडि सायद २०११ को अन्त्य अथवा २०१२ को सुरूवाततिर यही लेख माइकलले एउटा लेक्चर सिरिजमा प्रस्तुत गरेका थिए।

गएको पच्चीस वर्षमा नेपालमा योगमायासम्बन्धी बहस अस्मिता भन्ने नारीवादी पत्रिकामा भएको थियो। त्यसका केही ठूला हस्तीहरूले यसबारे धेरै लेखेका छन्। माइकलको त्यो लेक्चरमा अस्मिताको एकजना सम्पादक पनि उपस्थित हुनुहुन्थ्यो। लेक्चर सकिएपछि उहाँ मकहाँ आउनुभयो, म पनि त्यो लेक्चरमा उपस्थित थिएँ, उहाँजस्तै। उहाँले मलाई सोध्नुभयो, ‘आज माइकलको लेक्चरमा नयाँ कुरा के थियो?’

उहाँले मलाई सोध्नुको कारण थियो, उहाँले म माइकलसँग मिलेर योगमायाबारे रिसर्च गर्दैछु भन्ने सुन्नुभएको रैछ। हो चाहिँ के भने, माइकल हटको त्यो भिजिटचाहिँ हाम्रो प्रोजेक्ट, उसको र मेरो सहप्रोजेक्ट जुन थियो, त्यसबाट फन्डेड थियो। त्यसैले अलिअलि हल्ला त्यसरी सुन्नुभएको रहेछ। मैले उहाँलाई भनें, ‘त्यो रिसर्च मैले गरेको होइन।’

अब एउटा असम्भव कल्पना गरौं, कन्टेम्पररी साउथ एसियाले माइकलको यो लेख पाइसकेपछि अस्मिताको सम्पादक मञ्जु थापालाई पियर रिभ्यु गर्न पठाएको भए के हुन्थ्यो? मञ्जुजीले त्यसमा कुनै नौलो कुरा छैन भनेर लेख्नुहुन्थ्यो होला। अगेन, वी आर कन्डक्टिङ अ हाइपोथेटिकल एक्सरसाइज टु बिकम एनालिटिकल्ली क्लियर अबाउट माइ अदर पोइन्ट, देयर आर मेनी वे अफ बिकम इन्टरनेसनल।

सोसल साइन्स वहाका अनुसन्धनात्मक गोष्ठीको तस्बिर

सोसल साइन्स वहाका अनुसन्धनात्मक गोष्ठीको तस्बिर

यो आर्टिकल म कहाँ आएन, आएको भएदेखि म के भन्थें होला भने उहिले मैले पनि भानुभक्तबाजे हामी सबैको आइकोन कसरी बने भनेर अध्ययन गरेको हो, सुरूमा थ्यौरिटिकल डान्स गरेजस्तो अथवा हिरोजहरू कसरी आइकोनाइज हुन्छन् भनेर थ्यौरीटिसियन्सलाई कोट गरेर डान्स गर्नुको सट्टा बरू मैले भानुभक्त बाजेको बारेमा गरेको डान्स अथवा त्योभन्दा पनि रिलेभेन्ट जनजाति आन्दोलनभित्र लखन थापा वा दलित आन्दोलनभित्रका अरू व्यक्तिहरूको आइकोनाइजेसन कसरी भएको छ, त्योसँग तिमीले योगमायाको आइकोनाइजेसनको तुलना ग¥यौ भने पो पोस्ट नाइन्टिज नेपालबारे धेरै कुरा थाहा हुन्छ।

सुरूमा यो आइकोनाइजेसन कसरी भएको थियो भनेर हाउ आवर हिरो इज आइकोनाइज्ड भन्ने डान्स लेखेर मैले के बुझ्छु र अथवा योर कम्पेरिटिभ इन्साइट आइ वुड ह्याभ लन्र्ट मोर भन्थें होला। भलै सिएसएले त्यो रिभ्यु गर्न मलाई पठाएन, माइकल हटले समेत यो आर्टिकल पढ्न मलाई रिक्वेस्ट गरेनन्।

भन्न खोजेको के भने, त्यसलाई बेलायतमा बसेका ठूल्ठूला मान्छेले चलाउँछन् र माइकल हटजस्तो आफ्नो युनिभर्सिटीको डिन पनि भइसकेको मान्छेले प्रकाशित गर्छन् भने मैले त्यसलाई अन्तर्राष्ट्रिय छैन भन्नेवाला छैन। तर म भन्नेवाला चाहिँ के छु भने, द्याट इज वान वे अफ विकमिङ एन इन्टरनेसनल्ली पब्लिस्ड अथर, दिस काइन्ड अफ राइटिङ ह्याज अ नेम टु। त्यो नेमचाहिँ के हो भनेदेखि सिमिङ्ली थ्यौरिटिकल, बेसिकल्ली इम्पेरिकल टाइप।

सिमिङ्ली थ्यौरिटिकल किनभने यो कन्टेम्पररी साउथ एसियामा छापिएको हुनाले त्यहाँका एडिटरहरूले पक्कै पनि माइकललाई के भनेका हुन्छन् भने यो नेपालबारे चासो राख्ने मान्छेहरूले मात्र नपढ्ने भएको हुनाले अलिकति पोर्टेबल आइडियाज निकाल न भनेका हुन्छन्। यसमा नभए पनि अरू लेखमा उनलाई त्यो भनिएको कुरा मलाई थाहा छ।

तेश्रो, कम्पेरिटिकल थ्यौरिटिकल टाइपहरू हुन्। यसको चाहिँ मैले नराम्रो उदाहरण प्रस्तुत गर्नेछु। मैले भनिसकेको छु, नेपालमा माओवादी आन्दोलन भएपछि यस विषयमा रिसर्च गर्ने नेपाली र नन नेपालीहरूको चासो बढ्यो।

टेरोरिज्म एन्ड पोलिटिकल भायलेन्स भन्ने जर्नलमा २०१५ मा ‘ह्वाइ आइ बिकेम अ कम्ब्याटन्टः अ स्टडी अफ मेमोयर्स रिटन बाइ नेपाली माओइस्ट कम्ब्याटन्ट्स’ प्रकाशित भयो। खगेन्द्र आचार्य र ओरला टि मुल्डुनले लेखेको यो लेखमा सयौं साइटेसनहरू छन्। संसारका माओवादी आन्दोलनहरूको फलानो ठाउँमा यो, त्यो लेखिएका सन्दर्भ छन्। सम्पादकको रूपमा काम नै यही गर्दै आएकोले यस्ता आर्टिकलको थ्यौरिटिकल डान्स क्रसचेक गर्न अन्तिम पेज पल्टाएर हेरिहालिन्छ।

चौतारीबाटै छापिएको माइकल हटको २०१२ को आर्टिकल, माओवादी विषयकै कैलाश राईको आर्टिकलको रेफरेन्स पनि छैन। मैले खगेन्द्रजीलाई यहाँको लाइब्रेरी प्रयोग गर्न आएको बेला जोकैजोकमा हाम्रो आर्टिकलमा तपाईंका आँखा परेनछ कि क्या हो भनेँ। वहाँको उत्तर रमाइलो लाग्यो, ‘दोस्रोमा त हाम्रो आँखा नपरेकै हो, नेपालीमा छ। पहिलो चै हामीलाई सान्दर्भिक लागेन।’

अनि मेरो दिमागमा मेरी डेशेनले १९९५ को नोभेम्बरमा कोर्नेल युनिभर्सिटीमा गएर दिनुभएको भाषण झ्वाट्ट याद आयो, जुन २००७ को हाम्रो सिनासमा जस्ताको तस्तै छापिएको छ। नेपालमा रिसर्च गर्न आउने मानवशास्त्रीहरूका लागि त्यसमा एक लाइन छ, ‘इफ फुको इज रेलेभेन्ट, ह्वाइ इज नट बालकृष्ण सम रेलेभेन्ट? जस्ट बिकाउज हि राइट्स इन नेपाली?’

यहाँ कम्पेरेटिभ वा थ्यौरिटिकल प्रयास सबै यस्तै कमजोर हुन्छन् भन्न खोजिएको होइन। तर नेपालसम्बन्धी अध्ययन गरिरहेका मान्छेहरूमा मैले के देखेको छु भने, नेपाली स्कलर्स र नेपालका भाषाका स्कलर्सहरूको वास्ता नगर्ने र नेपाली जर्नलहरूमा लेखिएका सामग्रीलाई पनि वास्ता नगर्ने। किनभने अब यसको पियर रिभ्यु कस्ले गर्ने त? यसको पियर रिभ्यु कुनै पनि नेपालीहरूले गरेको होला भनेर मलाई पत्याउन गाह्रो छ।

नेपाली आमवृत्तमा हामी लघुताभाषसहित अन्तर्राष्ट्रिय स्तरको काम अन्य ठाउँमा हुन्छ भनिरहेका छौं। मैले यहाँ कुरा बुझाउने प्रयास गरें। अब हामीले अन्तर्राष्ट्रिय स्तर विभिन्न हुन्छन् र ती नेपालमा पनि अभ्यास भइरहेका छन् भनेर ढुक्कसँग भन्न सक्नुपर्छ। त्यो भन्नका लागि हामीले आफुले गरिरहेको कामबारे रिफ्लेक्ट गर्नुप¥यो। त्यो रिफ्लेक्सन कम्प्याराटिभ हुनुप¥यो। आज मैले जसरी कम्प्याराटिभ रिफ्लेक्सन गर्ने प्रयास गरें त्यो गर्दा कसैले तेरो चाहिँ लोकलभन्दा हामी पीडित हुन आवश्यक छैन। जसरी हाम्रो एकजना साथी पीडित हुनुभयो, एक वर्ष प्रोमोसन रोकियो, तर इन्टेलेक्चुअल्ली इन्गेज गर्दा पीडित हुनु आवश्यक छैन।

सायद १९९५ को अन्त्य वा १९९६ को सुरूमा हर्क गुरूङले एक्लाएक्लै भेटमा मलाई ‘भाइ तिमीले जर्नलचाहिँ नचलाऊ’ भने। मलाई त्यो अनौठो लागेको थियो। मैले ठानें, यो मान्छेले मलाई निरूत्साहित गर्दैछ, जोस भएका फुच्चेहरूलाई प्रोत्साहित पो गर्नुपर्ने? उनी आफैं जर्नल चलाउन चार पाँच वर्ष प्रयास गर्नु गरेर कान समातेर यो कामबाटै भागेका रहेछन् भन्ने मैले धेरैपछि मात्र थाहा पाएँ। तर आज मलाई के लाग्छ भने हामीले गरेको कर्म जसमा चारवटा देशका मान्छे संलग्न छन् अहिले, कर्मकै आधारमा हामीले जर्नल सञ्चालन सम्बन्धी ज्ञान पाएका छौं।

आज संसारका कुनै पनि ठाउँमा जाँदा वा कुनै पनि ठाउँको व्यक्ति नेपालमा आएर जर्नल कसरी चलाउने भन्ने कुरा म अथवा मेरा सहकर्मीहरूलाई लेक्चर दिनु अगाडि दुईचोटी सोच्नुपर्ने बाध्यता छ। मैले यो किन भनिरहेको छु भने यो भिन्नता हाम्रो लघुताभासलाई जित्ने महत्वपूर्ण आधार हो।

फ्रेन्च, जापानी, जर्मन नागरिकहरूको अलिकति बढी ज्ञान हुनुप¥यो हामीसँग र नेपालमा पनि यस्ता विभिन्न प्रयासहरू भएको देखाउन सक्नु प¥यो।

नेपालभन्दा बाहिर नेपाली मुलका एकेडेमिकहरूको उपस्थिति कस्तो छ यसले फरक पर्छ। मैले के महसुस गरेको छु भने यो नम्बर सिग्निफिकेन्ट छ र यो बढ्नेवाला छ। नेपालीहरू अहिले अंग्रेजीमा पढाइ हुने संसारका राम्रा युनिभर्सिटीमा पिएचडी स्टुडेन्टका रूपमा उपस्थित छन्। आउँदो पाँच वर्षमा यो संख्या बढ्नेवाला छ। मैले हालसालै युकेमा देखेको ट्रेन्डमा म के कुरामा दंग परें भने कम्पाराटिभिस्ट र थ्यौरिटिकल डान्स गर्न युकेमा भएका केही नेपाली एकेडेमिकहरू एकदमै च्याम्पियन भएका छन्।

मैले बाह्र पन्ध्र वर्षअघि कान्तिपुरमा एउटा शृङ्खला लेखेको थिएँ। मैले त्यसमा के भनेको थिएँ भने नेपालमा अध्ययन अगाडि बढाउने नयाँ पुस्तालाई हामी बुढा हुन खोजिरहेको पुस्ताले प्रोत्साहन गर्ने हो भने हामीले दुईटा भुतबाट टाढा हुनुपर्छ। एउटा थ्यौरीको भूत र अर्को अंग्रेजीको भूत। अंग्रेजीको भूतचाहिँ यसरी आउँछ, जसले जिन्दगीमा एउटा पनि लेख लेखेको छैन, जसले अंग्रेजीमा लेख पढ्ने पनि प्रयास गरेको छैन, उनीहरूलाई अंग्रेजीमा पढ्न सक्नुपर्छ, अंग्रेजीमा लेख्न सक्नुपर्छ भनिरहनु नेपाल अध्ययन गर्ने फिल्डमा निम्तो होइन कि तिमी तुरून्त यहाँबाट भागिहाल भनेको हो।

तत्कालीन मेरो तर्क के थियो भने उसलाई नेपालीमा मात्र काम गर्न आउँछ भने अथवा नेपालमा बोलिने कुनै पनि भाषामा काम गर्न आउँछ भने त्यो भाषामा नेपाल अध्ययनको काम गर्न देऊ। गर्दागर्दै उसमा त्यो भाषा होइन, जब उसले आफू बढी सशक्त भएको भाषामा काम गर्न थाल्छ, भोलि उसले अंग्रेजीमा पनि टिप्छ र अरू भाषामा पनि टिप्छ। जुन भाषामा काम गर्ने गरिरहेको छ त्यसमा गर्दागर्दै भोलि उसले थाहा नपाई अर्को भाषामा पनि काम गर्ने क्षमता वृद्धि गरिसकेको हुन्छ। नेपाल अध्ययनमा चुर्लुम्म डुब्नु भनेको पनि त्यै हो।

अन्तर्राष्ट्रिय भनेकै अंग्रेजीमा लेख्नु वा कम्पेरिटिभ लेख्नु भन्ने बुझाइ नै गम्भीर असमानता हो। अन्तर्राष्ट्रिय भनेको झुर अंग्रेजीमा लेखेर अथवा राम्रो अंग्रेजीमा लेखेर नेपालसम्बन्धी झुर कुरा लेख्नुस् भनेको होइन। त्यसकारण यो भाषाको लडाइँ अब नेपालमा यसरी आउनेवाला छ। अर्को कसरी पनि आउनेवाला छ भने, मैले नेपालीमा पढिरहेको कुरा अंग्रेजीमा ट्रान्सलेट गरेजस्तै गरेर माइकल हटले कन्टेम्पररी साउथ एसियामा आर्टिकल छाप्न हुने अथवा फलानोले अर्को जर्नलमा छाप्नु हुने भए मैले पनि त्यस्तै किन नठोक्दिने भन्नेजस्तो मान्छेको मनमा परिसक्यो होला भन्ने अनुमान गर्न सकिन्छ। यसले भविष्यमा अंग्रेजीमा लेख्ने एउटा इन्सेन्टिभ अघोषित रूपमा अगाडि बढ्दै जाने देखिन्छ र त्यस्ता आर्टिकलको कन्टेन्ट भने निकै फितलो हुनेछ।
(मार्टिन चौतारीमा भएको 'प्राज्ञिक भूमण्डलीकरणको वर्तमान अवस्थामा नेपाल अध्ययनका केही बान्कीहरू' कार्यक्रममा व्यक्त विचारको दोस्रो भाग)

प्रवचनको पहिलो भाग पनि पढ्नुस्ः

नेपाल अध्ययनका यी किसिम–किसिम प्रवृत्ति


प्रकाशित ६ असार २०७४, मंगलबार | 2017-06-20 09:17:02
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।