उपत्यकामा यसकारण पराजित भयो माओवादी

सरकारमा बसेर एउटा दुईवटा राम्रा काम गर्नेबित्तिकै त्यसको फल पाइँदैन



Kshamadevi Group


आहुति
आहुति
फोटो सौजन्यः हीरा महर्जन

माओवादीले अहिले जति स्थानमा जितेको छ, त्यो लोडसेडिङ अन्त्य गरेका कारण जितेको होइन

माओवादी सशस्त्र युद्धबाट संविधानसभाको एजेण्डा बोकेर आएको पार्टी हो। संविधानसभाको पहिलो निर्वाचनमा जनताले माओवादीप्रति गरेको विश्वासको मात्रा निकै गुणा माथि थियो। ‘आम जनताको पक्षमा लडेर आएको शक्ति कस्तो रैछ भन्ने टेस्ट गरौँ न त’ भन्ने अपेक्षा पनि थियो। त्यसकारण त्यतिबेला देशभरिबाट ठूल्ठूला नेताहरुलाई पराजित गर्दै माओवादीका नयाँ नेताहरु स्थापित भए। काठमाडौंमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल उम्मेदवार रहेको क्षेत्र नम्बर दुई झक्कुप्रसाद सुवेदीले पराजित गरे। त्यहाँ झक्कुप्रसादको ठाउँमा अरु कोही उठेको भए पनि चुनाव जित्थ्यो। यही कारणले नै पहिलो संविधानसभा निर्वाचनमा ७ जना दलितले प्रत्यक्ष चुनाव जितेको इतिहास बन्यो।

त्यो एउटा समय परिस्थितिको कुरा थियो। इतिहासमा सधैँ त्यस्तो जनविश्वास पाउन कठिन छ। त्यसमा पनि काठमाडौंका जनताको एउटा हिस्सा सधैँ मुख्य शक्तिको विरुद्धमा व्यङ्ग्यात्मक रुपमा व्यक्त हुने गरको पाइन्छ। यो यस उपत्यकाका जनताको प्रवृत्ति नै बनेको देखिन्छ। यहाँ कहिलेकाहीँ नकरात्मक अभिव्यक्ति दिनका लागि राजनीतिलाई व्यङ्ग्य गरिन्छ। अहिले मात्रै होइन, पञ्चायतकालमा नानीमैया दाहाल, काले सार्की, गोल्छे सार्कीलगायतलाई जुन मत परेको थियो, त्यो अनपेक्षित थियो। नानीमैयाले त्यतिबेला ६४ हजार मत ल्याएकी थिइन्। त्यसैगरी काले सार्कीलाई उम्मेदवार बनाउने कुरा गर्दा उनको पक्षमा ठुलो जनमत देखियो, जसले उनले जित्ने सम्भावना देखाउँथ्यो। काले सार्की न्युरोडमा जुत्ता पोलिस गर्थे। त्यसपछि काले सार्कीलाइ अपहरण गरेर लुकाइयो र उनका सट्टा गोल्छे सार्कीलाई अघि ल्याइयो। उनले पनि १० हजार मत ल्याएका थिए।

त्यसकारण यहाँको जनमत र प्रवृत्ति राजनीति र राजनीतिक पार्टीसँगको कैयौँ तिक्तताका कारण व्यङ्ग्यात्मक रुपमा अभिव्यक्त हुने गरेको देखिन्छ। अहिले केही नयाँ पार्टीहरु देखा परेका छन्। आम जनतालाई थाहा छ, ती कुनै राजनीतिक निरन्तरता दिएका वा जनताको सुखदुःखका ऐतिहासिक शृंखला पार गरेका व्यक्ति र संस्था होइनन्। तर स्थापित पार्टीहरुका कैयौं गतिविधिबाट जन्मेको तिक्तताको अभिव्यक्तिले यस्तोमा मतदान गरेको हो।

अहिले उपत्यकामा माओवादी केन्द्रको हारका पछाडि तीन वटा कारण रहेका छन्।

पहिलो, माओवादीले राजधानी बाग्मती उपत्यकामै आफ्नो संगठनात्मक कामलाई व्यवस्थित गरेकै छैन। माओवादीको संगठनात्मक संरचना लथालिङ्ग अवस्थामा छ। संगठन कसको बलियो र कसले मेहनतपूर्ण तरिकाले काम गरेको छ भन्ने कुराले उम्मेदवार जितरहारको फैसला हुन्छ।

दोस्रो, विशेषतः काठमाडौँ महानगरमा चुनावी अभियान दृढताका साथ हुँदै भएन। कतिपयलाई त माओवादीको चुनावी अभियानबारे थाहा समते भएन। राजधानी रहेको देशकै सबैभन्दा महत्वपूर्ण महानगरमा माओवादी केन्द्रको चुनावी अभियानले केन्द्रीय महत्व नै पाएन।

तेस्रो, दलीय प्रणालीमा कहिलेकाहीँ मात्रै राष्ट्रिय एजेण्डाले चुनाव जित्ने हो। संगठन भताभुङ्ग भएको बेलामा राष्ट्रिय एजेण्डालाई जनमतमा रुपान्तरण गर्न सक्नुपर्छ। नत्र एजेन्डाले मात्रै मत हासिल गर्न सकिँदैन। एजेन्डालाई जनमतमा रुपान्तरण गर्ने संगठनात्मक प्रयास माओवादीले काठमाडौंमा गर्न सकेन।

बागमती उपत्यकामा माओवादीले भएको संगठनलाई व्यवस्थित संगठीकरण गर्न सकेको छैन। त्यसैको परिणाम चुनावमा देखिएको हो। अर्को कुरा, सरकारमा बसेर एउटा दुईवटा राम्रा काम गर्नेबित्तिकै त्यसको फल तुरुन्तै पाइन्छ भन्ने हुँदैन। हरेक चिजको मात्रा हुन्छ, मात्राबाट गुणमा फड्को मार्नु पर्ने हुन्छ। त्यो मात्रा जनताको निगरानीमा हुन्छ। जनताले त्यसको प्रवृत्ति हेरिरहेकै हुन्छ। माओवादीप्रति सहरिया मध्यमवर्गका जनता केही कमजोरीका लागि आलोचना गर्न सक्ने ठाँउमा त पुगेका छन् तर माओवादीप्रति अनुराग जन्मिने स्तरमा पुगेका छैनन्। त्यसको निम्ति माओवादीले सिर्जनात्मक रुपमा काम गरिरहनु पर्नेहुन्छ, अनि मात्र गुणमा फड्को मार्न सकिन्छ। जनताको मनमा अनुराग पैदा गरेर मात्र हुँदैन, त्यसलाई संगठनमा ढाल्नु पर्छ।

कुनै मान्छे एकदमै ठूलो विद्वान वा एकदमै लोकप्रिय छ भने उसप्रति सबैको अनुराग पैदा हुन्छ। तर चुनावमा उठ्यो भने उसले कुनै पनि हालतमा जित्दैन। चुनावमा जित्न ऊप्रति पैदा भएको समर्थन र अनुरागलाई संगठनमा ढाल्नुपर्छ। माओवादीले लोडसेडिङ अन्त्य गर्यो, माओवादीको आलोचना मात्रै गर्नेका मुख बन्द भए तर उसको लगातार राम्रो कामको शृंखला थपिएको छैन। माओवादीको काम र त्यसको युग चेतनाप्रति जनतामा अनुराग पैदा हुनुपर्छ र त्यो अनुराग संगठनीकरण हुनुपर्छ। केही राम्रो काम गर्नेबित्तिकै ह्वात्तै बहुमत आइहाल्छ भन्ने हुँदैन। त्यसले सन्देश राम्रो दिन सक्छ र जनतासमक्ष नारा बनाएर लैजान मनोबल बढ्न सक्छ।

अहिले माओवादीले जहाँजहाँ जितेको छ, त्यो लोडसेडिङ अन्त्य गरेर जितेको होइन। सिन्धुलीको मरिन, हेटौडाको थाहा, नुवाकोटको ककनी र रुकुममा माओवादीले जितेको लोडसेडिङ अन्त्यले होइन। लोडसेडिङ्ग अन्त्य हुँदा त्यहाँ माओवादीका संगठनको आत्मबल चाहिँ झन् बढ्यो तर जित्नका लागि संगठन नै बलियो थियो। त्यहाँको संगठन बलियो भएका कारण जनता उत्साहित भए र चुनाव जित्यो। जहाँ संगठन कमजोर छ, भाँडिएको छ, त्यहाँ कार्यकर्ता उत्साहित त भए तर आमजनतालाई भोटकरण गर्नका ऊसँग संगठन भएन। फलस्वरुप उसले चुनावमा हार व्यहोर्नु पर्‍यो।

स्थानीय तह चुनावमा माओवादीले ठूलो प्रगति गरेको छ। दोस्रो संविधानसभामा तेस्रो हुनु र अहिले पनि उही पोजिसनमा आउनु बराबर हुँदै होइन। दोस्रो संविधानसभा निर्वाचनपछि धेरै नै प्रगति भएको छ, स्थानीय निर्वाचनले पहिलोचोटी माओवादी वैधानिक रुपमा धर्तीमा गाडियो। पहिले त माथिमाथि सतहमा संगठन त थियो तर वैधानिक रुपमा जरा गाडेको थिएन। अब वैधानिक रुपमै जनताले चुनेर स्थानीय निकायमा पठाएका छन्। पहिले त माओवादीले अवसर नै पाएको थिएन। अरु पार्टीहरुको कुरा गर्ने हो भने कुनै पार्टी २०१५ सालदेखि नै धर्तीमा छन्। कोही ०४६ सालदेखि नै धर्तीमा गाडिएर रहेका छन्। माओवादीको त्यो स्थिति थिएन। त्यो संविधानसभाको चुनावमा मात्रै देखा पर्‍यो।

माओवादीले कसैले काट्नै नसक्ने गरी सिङ्गो देशमा नयाँ संविधान स्वीकार्य बनाइदियो। माओवादीले राष्ट्रिय राजनीतिमा एउटा ठुलो संकट तोड्यो। यसको परिणाम अहिले देखा पर्ने होइन, यसको परिणाम त धेरै पछि देखा पर्छ। अहिलेको अहिल्यै खोज्नु भनेको त तातै खाऊँ जल्दै मरौँ भनेजस्तै हो। माओवादीले आफ्नो स्थान जोगाउन मात्रै सफल भएन, पहिलेभन्दा उसले गुणत्मक रुपमा नै मत थपेको छ। पहिलेको २६ जनाले जितेको संख्या हेर्ने हो भने त्यो १० प्रतिशत हो, अहिलेको जित १७ प्रतिशतमा छ। अब माओवादी ७० सालको स्थितिबाट धेरै माथि आउँदैछ। संविधान कार्यान्वयका लागि माओवादीको अग्रसरतामा पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ। अब दोस्रो चरणको निर्वाचनलगत्तै मंसिरतिर दुई ठूला निर्वाचन भएपछि देश नयाँ ठाउँमा पुग्छ। यो नेपालको अहिलेको सबैभन्दा क्रान्तिकारी कदम हो।

एजेन्डा र संगठनलाई सन्तुलन मिलाएर लैजाने हो भने माओवादीले थप प्रगति गर्दै जाने निश्चित छ। यही उपत्यकामा जुन बेला माओवादीले आफ्ना एजेण्डा व्यवस्थित ढङ्गले लग्यो, सबैलाई ‘स्वीप’ गरेकै हो। जुन बेला माओवादी आफै फुटेको, संगठन लथालिङ्ग रहेको र उम्मेद्वार को हो भन्ने कुरा पनि राम्ररी थाहा नदिएको अवस्था आयो, माओवादी आफै ‘स्वीप’ भयो। हिटलरले पनि कुनै समय राम्रैसँग शासन चलाएकै थियो, लोकप्रिय भएर। जर्मनीका जनताले चुप लागेर उसैलाई साथ दिएका थिए। यता अहिले भारतीय जनता पार्टी (भाजपा)को दुई तिहाई आउन थालिसक्यो। के त्यसो भने हिटलर वा भाजपाको लाइन ठिक हो त? सेकुलारिजमकै विरुद्ध जाने भाजना पनि ठिक हो त?

भाजपाले आफ्नो नीतिलाई संगठनकरण गर्यो। विरोधीको कमजोरीहरुलाई आफ्नो पक्षमा लिन सक्यो, ऊ सक्रिय भयो। जनताबीच बेठीक कुरा पनि ठिक ढङ्गले पुर्यायो। राजनीतिमा सधैँ ठिक कुराले मात्रै विजय हासिल गर्ने भए भए दार्शनिकहरु नै प्रधानमन्त्री हुन्थे होला। दार्शनिकहरु सत्तामा आउँदैनन्, किनभने उनीहरुले संगठन बनाउँदैनन्। त्यसकारण माओवादीले मेहनत गरेन भने, व्यवस्थित ढङ्गले अभियान चलाएन भने, विरोधीले प्रचार गरेको गलत कुराको खण्डन गरेन भने स्वाभाविक रुपमा पछि पर्छ। त्यसकारण उपत्यकामा पराजय हुनुको कारण पहिचान गरेर अगाडिको दिशा तय गर्नु नै माओवादीको आजको आवश्यकता हो।

प्रकाशित १७ जेठ २०७४, बुधबार | 2017-05-31 22:04:30
Max TV
Max TV
Vianet

author photo

आहुति . कवि, उपन्यासकार तथा माओवादी केन्द्रका नेता हुन्

@Aahuti10


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।