फोक्सो जोगाउने कसरी?

१० जना धुमपान गर्नेहरुमध्ये ८ जनालाई फोक्सोको क्यान्सर हुने सम्भावना


शरिरमा देखिने बिभिन्न किसिमका क्यान्सर मध्येमा फोक्सोको क्यान्सर सबैभन्दा बढी पाइने क्यान्सर हो, महिला र पुरुष दुवैमा यो क्यान्सरबाट हुने मृत्युको प्रमुख कारण रहँदै आएको छ। फोक्सोका कोषहरुको असामान्य वृद्धि भएर तिनले आफ्नो चरित्रमा परिवर्तन ल्याउन थालेपछि फोक्सोको क्यान्सर हुन्छ।

फोक्सोको क्यान्सर प्राथमिक वा माध्यमिक दुई प्रकारको हुन्छ। फोक्सोको प्राथमिक क्यान्सर फोक्सोकै कोषहरुबाट जन्मन्छ भने माध्यमिक क्यान्सर शरीरका अन्य अंगबाट प्रसारित भएर फोक्सोमा आइपुग्छ।

फोक्सोको क्यान्सरलाई सामान्य रुपमा साना कोषबाट हुने क्यान्सर र साना कोषबाट नहुने क्यान्सर गरी दुई भागमा वर्गीकरण गरिएको छ। साना कोषबाट नहुने क्यान्सर बढी फैलिएको पाइन्छ जसलाई एडिनो कार्सिनोमा, स्क्वामस सेल कार्सिनोमा र लार्ज सेल कार्सिनोमा गरी तीन उपवर्गमा विभाजन गरिएको छ।

क्यान्सरको जोखिम र कारणहरु :

  • धुमपान : धुमपान नै फोक्सोको क्यान्सरको प्रमुख कारक तत्व मानिएको छ। हरेक १० जना धुमपान गर्नेहरु मध्ये ८ जनालाई फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ। यहाँसम्म कि आफुले चुरोट नपिउने तर चुरोट पिउनेको संसर्गमा लामो समयसम्म रहनेलाई समेत फोक्सोको क्यान्सरको खतरा हुन्छ।
  • विकिरणको संसर्ग : उपचारमा प्रयोग गरिने एक्स रे लगायतका रेडियोलोजिकल परिक्षणका क्रममा निस्कने विकिरण तथा शरिरका अन्य भागका क्यान्सरहरूमा गरिने विकिरण चिकित्साको साइड इफेक्टका कारणपनि फोक्सोको क्यान्सरहुने जोखिम रहन्छ। 
  • वातावरणीय विषादिसँगको संसर्ग : अभ्रक, राडोन, आर्सेनिक आदि बिषादिहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा लामो समयसम्म रहनेहरुमा  फोक्सोको क्यान्सरहुने जोखिम रहन्छ। 
  • पारिवारिक इतिहास : क्यान्सर वंशानुगत रुपमा नसर्ने भए पनि परिवारका अग्रज सदस्यहरु बाबु बाजेमा फोक्सोको क्यान्सर भए यो रोग लाग्ने सम्भावना बढाउँछ।
  • एचआइभी संक्रमणले पनि फोक्सोको क्यान्सरको खतरा बढाउँछ।

फोक्सोको क्यान्सरले शुरुको अवस्थामा विरलै मात्र आफ्नो लक्षण देखाउँछ। जब लक्षण देखिन्छ तब क्यान्सर थप जटिल अवस्थामा पुगिसकेको हुन्छ। त्यसैले यी लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिई हाल्नु जरुरी हुन्छ।

फोक्सोको क्यान्सरका लक्षणहरु यस प्रकार छन्।

  • लामो समय देखि निरन्तर र स्थाई रुपमा खोकी रहनु
  • सास फेर्दा असजीलो हुनु वा खर्खराहट हुनु
  • खोक्दा खकारमा रगत देखिनु
  • छाती दुख्नु : बोधो, कडा र घोचे जस्तो
  • आवाजमा धोद्रोपन आउनु
  • बिनाकारण थकान महशुष हुनु
  • तौल अस्वभाविक रुपमा घट्दै जानु र तौलमा कमी आउनु
  • औंलाका टुप्पाहरु सुन्निएजस्ता भएर कडा हुनु

फोक्सोको क्यान्सरले गाँज्दै जाँदा र क्यान्सर फोक्सो बाहेकका अन्य अंगहरुमा पनि फैलँदै जाँदा देखिने लक्षणहरुः

  • काँध दुख्नु, पाखुरा वा घाँटी दुख्नु
  • हाड दुख्नु
  • आँखाका परेला गह्रौ हुनु
  • दृष्टि धमिलो हुनु
  • हातका मांसपेशी कमजोर हुनु
  • अनुहार सुन्निनु

क्यान्सर फोक्सोबाट बाहिर फैलँदै कलेजो, हाड तथा एड्रेनल ग्रन्थी र मस्तिष्कमा समेत पुग्न सक्छ। मस्तिष्कमा फैलिएको क्यान्सर ले टाउको दुख्ने, दृष्टि कमजोर हुने तथा पक्षाघात हुने सम्भावना हुन्छ।

प्यारानियोप्लास्टिक सिंड्रोम : जब फोक्सोको क्यान्सरले सोझै ट्युमर वा यसको मेटास्टेसिससँग सम्बन्धित भएको लक्षण देखाउँदैन। जस्तो कि मांसपेशीमा हुने कमजोरी, सोडियमको मात्रा मा गिरावट वा क्याल्शियमको स्तरमा वृद्धि, रगतमा फाल्सा पर्ने आदि।

उपचारका विकल्पहरु : शुरुशुरुमा फोक्सोको क्यान्सर लक्षणरहित हुन्छ। जब शरीरमा कुनै असामान्य अवस्था देखिन्छ तब मात्र हाम्रो ध्यान जान्छ। त्यो बेलामा शंका लागेर फोक्सोको एक्स–रे गर्दा ३ सेमी वा त्यो भन्दा सानो गिर्खो देखिन सक्छ। त्यसपछि रोगको अवस्था हेरेर डाक्टरले आवधिक सीटी स्क्यान गर्ने कि शल्यक्रिया नै गर्ने (उच्च जोखिम देखिएमा) निश्चय गर्ने छन्।

यदि माथिका लक्षणहरु देखिएमा तुरुन्त डाक्टरको परामर्श लिनु उपयुक्त हुन्छ। डाक्टरले फोक्सोको क्यान्सरको शंका लागेमा यि परीक्षणका लागि सल्लाह दिन्छन्।

  • छातीको एक्स–रे, रक्त परीक्षण।
  • सीटी स्क्यान, पिइटी स्क्यान, एमआरआई, बोन स्क्यान : क्यान्सरको फैलावट जाँच्नका लागि
  • बायोप्सी : क्यान्सर प्रभावित तन्तु को परीक्षण। सो तन्तु छातीमा सियोद्वारा कोपेर वा ब्रोन्कोस्कोपी वा शल्यक्रियाबाट निकाल्न सकिन्छ।

स्थान, प्रकार तथा क्यान्सर को चरण का आधार मा तपाईको सामान्य उपचारका विकल्पहरु निर्धारण गरिन्छन्। ती यसप्रकार हुन सक्छन्।

  • शल्यक्रिया : क्यान्सर शुरु को अवस्था मै रहेछ भने शल्यक्रिया गरेर क्यान्सर भएको भाग हटाइन्छ।
  • विकिरण चिकित्सा : यदि क्यान्सर अरु अंगहरुमा फैलिसकेको छैन भने क्यान्सरकोष मार्नका लागि यो उपाय अपनाइन्छ।
  • केमोथेरापी : विभिन्न प्रकारका औषधिहरुको संयोजन गरेर शल्यक्रिया अगाडि वा पछाडि यो चिकित्साको उपयोग गरिन्छ। यसलाई शरीरका अन्य अंगमा फैलिएका क्यान्सरको उपचारमा पनि प्रयोग गरिन्छ।  

रोकथाम: धुमपान नगर्नु तथा धुमपान गर्नेबाट टाढा रहनु फोक्सोको क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय हो। धुमपान गरिरहेको अवस्थामा पनि धुमपान छाड्न सक्ने हो भने मात्र पनि फोक्सोको क्यान्सर हुने सम्भावनामा निकै कमी आउँछ।

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 16:07:27
author photo

विनोद अधिकारी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका संचार तथा जनसम्पर्क व्यवस्थापक हुन्

विनोद अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...