राति काम गर्नेले ध्यान दिनुपर्ने १० कुरा



मानिसको स्वास्थ्यको महत्वपूर्ण पक्ष हो निद्रा। अपर्याप्त निद्राले शारीरिक र मानसिक स्वास्थ्य दुवैमा नकारात्मक असर गर्छ। शरीरको प्रतिरोधात्मक क्षमता पनि घट्छ। कतिपय मानिसहरु निद्राको सन्तुलन मिलाउन नसकेकै कारण विभिन्न समस्याको शिकार बनिरहेका हुन्छन्। अझ तपाईं रात्रीकालीन काम गर्नुहुन्छ भने त निद्राको सन्तुलन मिलाउन झनै गाह्रो हुन्छ। त्यसैले रात्रीकालीन काम गर्ने मानिसले निम्न कुराहरुमा ध्यान दिन जरुरी छ।

१. पर्याप्त शारीरिक कसरत गर्नुहोस्। शारीरिक कसरत यसै पनि फाइदाजनक हुन्छ। त्यसमाथि तपाईं रात्रीकालीन काम गर्नुहुन्छ भने दिउँसो राम्रो निद्राका लागि शारीरिक गतिविधि आवश्यक हुन्छ। यदि तपाईं रात्रीकालीन काममा पहिलो पटक जाँदैहुनुहुन्छ भने अघिल्लो दिन राती अबेरसम्म जागै बस्नुहोस् दिनभरी सुत्नुहोस्। यदि राती सुत्नुभयो भने दिउँसोको खानापछि वा साँझमा एक झप्को सुत्नुहोस्।

२. रात्रीकालीन काममा पर्याप्त खाना खानुका साथै पानी पनि पर्याप्त मात्रामा पिउनुहोस्। यदि तपाईं डिहाइड्रेटेड हुनुभयो भने तपाईंको कार्यक्षमता घट्छ।

३. रात्रीकालीन कामको उत्तरार्धमा कफीजन्य पदार्थ पिउनुहोस्, यसले बिहान निद्रा कम लाग्छ।

४. रात्रीकालीन काम सकेर घर फर्किने बेलामा तपाईं अत्यन्त थकित हुनुहुन्छ भने गाडी वा मोटरसाइकल आफैँ नचलाउनुहोस्। सकेसम्म बस चढ्नुहोस्। घाम झुल्किसकेको छ भने सनग्लास लगाउन नबिर्सिनुहोस्।

५. दिउँसो निद्रा लागेन भने निदाउनका लागि अल्कोहलको सहारा नलिनुहोस्। यसले झनै नकारात्मक असर पार्छ।

६. राती काम गरेपछि कतिपय मानिस दिउँसोको दैनिकी पनि पूरा गर्ने कोशिस गर्छन्। यो गल्ती कहिल्यै नगर्नुहोस्। यो सम्झिनुहोस्, अरुले दिनभरी गरेको काम तपाईंले राती नै गरिसक्नुभएको छ। त्यसैले आराममा ध्यान दिनुहोस्। सकेसम्म ओभरटाइम काम नगर्नुहोस्।

७. काममा जानुअघि पर्याप्त निद्रा पुर्‍याउनुहोस्। तर निदाउनका लागि आफूलाई अनावश्यक दबाव नदिनुहोस्। दबावले निद्रा झन् पर भाग्छ। तपाईं निद्राका लागि वैकल्पिक उपायहरु अपनाउन सक्नुहुन्छ। उदाहरणका लागि १ सयदेखि उल्टो गिन्ती गर्ने, मधुरो आवाजमा गीत सुन्ने। निद्राको बीचमा ब्युँझिनुभयो भने उठेर बाहिर निस्किनुहोस्, थोरै समय घाम ताप्नुहोस् र फेरि सुत्नुहोस्।

८. समयतालिका निर्धारण गर्नुहोस् र सोहीअनुसार चल्नुहोस्। दैनिक उही समयमा निदाउने र जाग्ने गर्नाले तपाईंलाई सहज हुन्छ।

९. रात्रीकालीन काम र निद्राका जटिलताबारे परिवारका अन्य सदस्यलाई अवगत गराउनुहोस्। अत्यन्त आवश्यक नपरी केटाकेटीलाई कोठामा आउन नदिनुहोस्।

१०. आफ्नो ख्याल राख्नुहोस्। कतै रात्रीकालीन काम गर्दागर्दै तपाईंको स्वास्थ्यमा समस्या त आइरहेको छैन? यदि समस्या आइरहेको छ भने त्यसको उचित समाधान गर्नेतिर लाग्नुहोस्। र रात्रीकालीन काममा लय मिलाउने कोशिस गर्नुहोस्, तर ध्यान दिनुहोस्, तपाईं एकै दिनमा तालमेल मिलाउन सक्नुहुन्न।

 

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 15:46:24

प्रतिकृया दिनुहोस

Loading...
  • जहाँ राजा महेन्द्र विपीलाई हार्मोनियम बजाएर गीत सुनाउँथे

    ‘मेरो एउटा सानो घर बनेको छ, बंगलो छ, फेवाताल किनारामा। त्यहाँ तपाईँ जानुपर्‍यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर’ भनेर राजाले भने। मैले...

  • माछापुछ्रे हिमालसहितको सुन्दर पोखरा

    फोटो खिच्न सधैं उक्साउने पोखरा

    शरद ऋतु। खुलेको मौषम। आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे। फेवातालको कञ्चल पानी। अनि त्यही पानीमा देखिने अन्नपूर्ण र...

  • चमत्कारिक परिवर्तन र भूइँमान्छेका कथा

    ‘मलाई स्कूल जान मन थियो। दुईचार दिन भागेर पनि पढ्न गएँ। बुवाले थाहा पाएपछि सिम्किनाले हान्नुभयो। तलाईं किन पढ्नु पर्‍यो? पोइला जान मन छ? पढेका कति...

  • काजुओ इसिगुरो

    साथी इसिगुरोः अहंकारबिनाको कलाकार

    अहिले मैले उनको कृति सम्पादन गर्न छोडे पनि इस र म भेट गरिरहन्छौँ। सामान्यतयाः चिनियाँ खाना खाँदै। यो हाम्रो लामो सम्बन्धको परम्पराजस्तो बनिसकेको छ।...

  • आमा हुन साह्रै असजिलो..

    स्वयम्भूको खुड्किला चढेर माथि पुग्दा त्यहाँ एक बाँदरका आमा–छोरा कसैले फालेको गद्दाका टुक्राहरुमा आफ्नो भोकको उपचार खोजिरहेका थिए। बच्चा बेलाबेला...

  • डा. अरुणा उप्रोती

    स्वस्थ खाना, खुसी दशैं

    दशैंमा मानिसहरु घरमै बसेर धेरै परिकार बनाउने, खाने, आफन्तजन भेटने गर्छन्। जसले गर्दा दशैं–तिहार सकिने बित्तिकै अस्पतालमा बिरामीको चाप बढ्ने गर्छ।...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...