बीआरआईमा प्रगती हुँदै गएपछि शंका हट्छ




छिङ्हाइ–तिब्बत रेल
छिङ्हाइ–तिब्बत रेल
चाइना डेली

चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको चरणमा अगाडि बढ्दा केही प्रश्नहरू पनि उठेका छन्। केही दिनअघि बेइजिङमा सम्पन्न बीआरआई दोस्रो अन्तर्राष्ट्रिय शीखर सम्मेलनले ती केही प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरेको छ। नेपालमा पनि बीआरआई सम्बन्धमा छलफल चलिरहेको सन्दर्भमा यहाँ हामीले दुई जना चिनियाँ प्राध्यापकका विचार चाइना डेलीबाट भावानुवाद गरेका छौं–सं.)

बीआरआई विन विन सहकार्य हो: वाङ यिवेइ, प्राध्यापक
बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को संरचना अन्तर्गत चीन आफ्नो विकास अनुभवहरु अन्य देशहरुसँग बाँड्न चाहन्छ। एशिया, अफ्रिका र युरोपबीच कनेक्टिभिटीमा सुधार ल्याउन चाहन्छ। चीनले भौतिक पूर्वाधार निर्माणबाट ठूलो फाइदा लिएको छ। अन्य राष्ट्रहरुसँग यो अनुभवको आदानप्रदान बाँडिरहँदा बीआरआई र सम्बन्धित देशका विकास योजनाहरु परिपूरक बनाउने तथा विश्वभर सहकार्यको सदृढीकरण गर्ने योजना बनाउने उद्देश्य रहेको छ।

धेरै राष्ट्रहरुले भौतिक पूर्वाधार सञ्जालको सुधार वा निर्माणका लागि आवश्यक पर्ने कर्जा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट पाउने गरेका छैनन्। कर्जा चुक्ताको अनिश्चितता र वातावरणीण संरक्षण सम्बन्धी नियमहरु कमजोर रहेको जस्ता कारणहरु देखाउँदै कर्जा रोकिने गरेको छ। त्यो अभावलाई बीआरआईले हटाउन खोजेको छ। तर चीनले कर्जा दिने विषयलाई केही पर्यवेक्षक तथा विकसित देशहरूबाट विरोध भएको छ।

उदाहरणका लागि पाकिस्तानसहितका देशलाई लिन सकिन्छ। चीनले पूर्वाधार निर्माणका समस्याहरु समाधान गर्न विद्युत अभाव भोगिरहेका पाकिस्तानसहितका देशहरुमा विद्युत गृह निर्माणका लागि सहयोग गर्न थालेपछि केही पर्यवेयक तथा विकसित देशहरुले त्यसको विरोध गर्न थाले।

चीन र मध्य तथा दक्षिण अमेरिकी देशहरुबीचको सहकार्यमा स्रोतहरुको परिपूरकता प्राकृतिक सहकार्यको राम्रो उदाहरण हो। तर अमेरिकाले भने आफ्नो ब्याक यार्डमा पस्ने रणनीतिअनुसार चीन त्यहाँ आएको ठान्छ। दृश्टान्तका रुपमा हामी पानामालाई लिन सक्छौं।

बीआरआई एक प्रकारको विन विन सहकार्य हो। चीनले पूर्वाधार निर्माणको क्षेत्रमा प्राप्त गरेको श्रेष्ठता साझेदार देशको औद्योगिक आश्यकताअनुसार प्राकृतिक स्रोतलाई राम्रो उपयोग गर्न सहयोग गर्न सक्छ। त्यसको प्राक्रियामा थप सहकार्यको ठोस आधार निर्माण हुन्छ।

केही देशहरुले विदेशमा रहेका ठूला चिनियाँ परियोजनाहरुमा राज्य स्वामित्वमा रहेका प्रतिष्ठानहरुको बहुमत हिस्सेदारी रहेको विषयलाई स्वीकार गर्न सकेका छैनन्। त्यसैले बीआरआईलाई उनीहरुले आर्थिक प्रगतिका लागि चुनौतीका रुपमा हेरेका छन्। त्यसैले उनीहरुले बीआरआईमा सहभागी हुने देशहरुलाई ऋणको चंगुलमा फस्न सक्ने भन्दै चिनियाँ लगानी घटाउन दबाब दिइरहेका छन्। तर यस प्रकारको दावी र प्रतिवादी हुँदै गर्दा समयसँगै बीआरआई परियोजनाले तीव्रता पाउने छ।

चीनले अन्य देशहरुसँगको सञ्चारलाई बढाउनु पर्छ र सबैका लागि शान्तिपूर्ण विकास नै बीआरआईको मुख्य उद्देश्य रहेको विषयलाई व्याख्या गर्दै जानु पर्छ।

(वाङ बेइजिङस्थित रेन्मिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन्)

बीआरआई सबैलाई फाइदा हुने अभियान: शेन दिङ्ली, प्राध्यापक
छलफल र सहकार्यका माध्यमबाट विकासलाई आदानप्रदान गर्ने आधारभूत सिद्धान्त भएको बीआरआई विश्वव्यापी सहकार्य विस्तारको आदर्श नमूना हो। सन् २०१६ को राष्ट्र संघको महासभाले आफ्नो प्रस्तावमा यसलाई समावेश गरेको छ र राष्ट्र संघीय सुरक्षा परिषदले यसमा सहभागी हुन सबै पक्षलाई आह्वान गरेको छ। अझै केही देशले यसको प्रयोजन तथा उद्देश्यमाथि शंका व्यक्त गरे पनि यसले बीआरआईको बहुपक्षीय सहकार्यलाई विस्तार गरेको छ।

पछिल्ला केही वर्ष बीआरआई अन्तर्गत विभिन्न स्थानमा भएका विकासले यो परियोजनामा सहभागी हुने देश ऋणको चंगुलमा पर्छन् कि भन्ने त्रासलाई हटाएको छ। तर बीआरआई परियोजनामा अझै धेरै सुधार गर्न आवश्यक छ। बेइजिङमा भएको दोस्रो बीआरआई फोरम परियोजनाहरुमा केन्द्रित भएको छ। जसमा दिगो विकास, वातावरण संरक्षण र भविष्यमा आयोजनाको मूल्यांकन तथा प्रबन्ध अझ राम्रो बनाउनु पर्छ।

बीआरआई परियोजनाका विश्व तथा चीनका निन्दकहरूले यसको उद्देश्य बहुपक्षीय सहकार्यको राम्रो मञ्च उपलब्ध गराउने हो भन्ने बुझ्न आवश्यक छ। वास्तवमा यसमा सहभागी हुने सबै पक्षलाई फाइदा पुर्याउनका लागि चीनले बीआरआई परियोजना प्रस्ताव गरेको हो। यसको प्रमुख उद्देश्य भनेकै विकास र सहकार्यको प्रबन्धन गर्नु हो।

(शेन सांघाईस्थित फुदान विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका प्राध्यापक हुन्)

प्रकाशित १८ बैशाख २०७६, बुधबार | 2019-05-01 18:23:14
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...