तस्वीर पुस्तक

नेपाल–भारत सम्बन्धः ७० वर्षको दर्पण




नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै
नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

सात दशकभित्र नेपाल आएका २४ जना भारतीय राजदूतले नेपाल–भारत कुटनीतिक सम्बन्धमा काम गरे, राजदूत पुरीले दुई देशबीचको सम्बन्धलाई दस्तावेजमा पनि ल्याए तस्वीर पुस्तक मार्फत।

नेपाल–भारतबीचको सम्बन्ध कहिलेबाट र कसरी सुरु भयो भनेर यकिनका साथ भन्न कठिन छ। तर, औपचारिक सम्बन्धहरु भने सरकारी दस्तावेजहरुमा सुरक्षित छन्।

धेरैको पहुँचमा नभएका र सार्वजनिक विमर्शका लागि अति आवश्यक त्यस्ता महत्वपूर्ण तिथिमिति, सूचना र तस्वीरहरु राखेर नेपालस्थित भारतीय राजदूताबासले पुस्तक प्रकाशित गरेको छ, ‘इन्डिया एन्ड नेपालः सेभेन्टी इअर्स अफ टाइज’।

कुनै पनि विषयमा अध्ययनका लागि आधिकारिक तथ्यांकहरु आवश्यक हुन्छन्। झन् इतिहास त तथ्यांकमाथि नै अडेको हुन्छ र भनिन्छ, ‘इतिहासमा मिति तथा पात्रहरु मात्र सही हुन्, अरु जसले जसरी लेख्छ, त्यसरी नै लेखिन्छ।’

आधिकारिक तवरमा तथ्यांकका बारेमा जानकारी भएमा त्यसलाई कसरी लेख्ने र के लेख्ने भन्ने कुरा लेखकको रुचिमा भर पर्दछ। यस पुस्तकले नेपाल र भारतबीचको औपचारिक सम्बन्धका बारेमा आधिकारिक सूचना, तथ्यांक र जानकारी उपलब्ध गराएको छ। नेपाल भारत सम्बन्धमा थप अध्ययन गर्न चाहने व्यक्तिका लागि यो पुस्तक एउटा भरपर्दो स्रोत बनेको छ।

यो तस्वीर पुस्तक अहिले भारतीय दूतावासले आफ्नो वेवसाइटमा पनि राखेको छ। 

प्रधानमन्त्री मोहन शम्शेरसँगको द्विपक्षीय वार्तामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजदूत सुरजित सिंह

काठमाडौँमा भारतीय दूताबास र दिल्लीमा नेपाली दूताबास कसरी स्थापना भए, दूताबास भवनका लागि जग्गा कसरी प्राप्त गरियो र त्यसमा कोको संलग्न थिए जस्ता विस्तृत सूचना पुस्तकमा छन्।

हालसम्म नेपालमा काम गरेका २४ जना भारतीय राजदूत र भारतमा काम गरेका २१ जना नेपाली राजदूतका कार्यकालसहितका विवरणहरु यसमा छन्। तर, पुस्तकमा भारतीय राजदूतका तस्वीरहरु समेत छन् भने नेपाली राजदूतका नाम मात्रै।

नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो निर्भरता घटेको छ। जबकी कुनैबेला नेपालका राजा त्रिभुवनका निजी सचिवमा भारतीय कर्मचारी गोविन्दनारायण थिए। त्यसअघि राणकालमै बटुकृष्ण मित्रा, कृष्णमोहन वाही र हरिगोपाल बनर्जी सल्लाहकारका रुपमा आएका थिए।

यो एउटा तस्वीर पुस्तक हो जसमा लिखित विवरणभन्दा तस्वीरमार्फत नै धेरै कुरा भन्न खोजिएको छ। राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाउँदाका प्रायः सबै तस्वीरहरु समावेश गरिएको छ भने नेपाल र भारतका उच्चस्तरीय भ्रमणका तस्वीरहरु पनि यसमा छन्।

सन् १९३४ को भूकम्पअघि काठमाडौंस्थित भारतीय दूतावास भवन

नेपालमा राणा, पञ्चायत, संवैधानिक राजतन्त्र र गणतन्त्र हुँदासम्मको भारतसँगको सम्बन्ध कस्तो रहेछ भन्ने बुझ्नका लागि पुस्तक सहयोगी छ। नेपालबाट अत्याधिक मात्रामा भारत भ्रमण हुने तर भारतबाट चाहिँ सीमित मात्रामा उच्चस्तरीय भ्रमण हुने क्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सच्याएपछिका प्रभावहरु पुस्तकमा पनि देखिन्छन्।

प्रधानमन्त्री मोदीले काठमाडौँ, मुक्तिनाथदेखि जनकपुरसम्म भ्रमण गर्दाका विविध तस्वीरहरु हावी छन्। साथै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको प्रगाढ सम्बन्ध पनि पुस्तकमा प्रतिबिम्बित भएको छ।

नेपाल–भारत सम्बन्धका विविधि आयाममध्ये कुनै सानो एउटा आयाममा केन्द्रित हुँदा पनि निकै ठूलो ग्रन्थ तयार हुन्छ। यसबारे नेपाल र भारतका कैयौँ लेखकहरूले निरन्तर कलम चलाइरहेका छन्। यो कुनै एक विन्दुमा अध्ययन सकिने विषय नभएको हुनाले जतिसुकै खोजअनुसन्धान गर्दा पनि पर्याप्त हुँदैन। यस्तो बेलामा सरकारी तवरबाट प्रकाशन हुने पुस्तक, स्मारिका वा अन्य कुनै ग्रन्थले अध्ययनलाई थप सहज बनाउँछन्।

राजा महेन्द्रसमक्ष ओहदाको प्रमाणपत्र बुभाउँदै भारतीय राजदूत हरिश्वर दयाल

यो पुस्तक प्रकाशनमा मूल रुपमा नेपालका पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले योगदान गरेको देखिन्छ। नेपालको कुटनीतिमा ‘इन्साइक्लोपेडिया’ मानिने डा. भट्टराईले विद्यावारिधि भारतमै गरेको हुन् र कुटनीतिक जिम्मेवारीमा तीनपटक त्यतै बसिसकेका हुनाले अरुभन्दा धेरै जानकारी राख्नेमा शंका छैन। 

त्यस्ता व्यक्तित्वलाई पहिचान गरी पुस्तक प्रकाशन गरेर भारतीय राजदूत मञ्जिवसिंह पुरीले अरु राजदूतभन्दा एउटा फरक काम गरेका छन्। सात दशकभित्र नेपाल आएका २४ जना भारतीय राजदूतले नेपाल–भारत कुटनीतिक सम्बन्धमा काम गरे, राजदूत पुरीले दुई देशबीचको सम्बन्धलाई दस्तावेजमा पनि ल्याए तस्वीर पुस्तक मार्फत।

राजा वीरेन्द्रसमक्ष ओहदाको प्रमाणपत्र बुझाउँदै भारतीय राजदूत केभी राजन

राजा ज्ञानेन्द्रसमक्ष ओहदाको प्रमाणपत्र बुझाउँदै भारतीय राजदूत श्यामशरण

कार्यबाहक राष्ट्रप्रमुख तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष ओहदाको प्रमाणपत्र बुझाउँदै भारतीय राजदूत राकेश सुद

सन् १९५० मा दिल्लीमा प्रधानमन्त्री जवाहरलाल नेहरुसँग प्रधानमन्त्री श्री ३ मोहन शम्शेर

सन् १९६० मा दिल्लीमा राष्ट्रपति राजेन्द्र प्रसादसँग प्रधानमन्त्री बीपी कोइराला

सन् १९६५ मा दिल्ली विमानस्थलमा राजा महेन्द्रलाई स्वागत गर्दै भारतीय राष्ट्रपति एस राधाकृष्णन र प्रधानमन्त्री लालबहादुर शास्त्री

सन् १९६७ मा दिल्लीमा राजा महेन्द्रसँग छलफल गर्दै भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी

सन् १९८५ मा दिल्लीमा राजा वीरेन्द्रसँग छलफल गर्दै भारतीय प्रधानमन्त्री राजिव गान्धी

सन् १९९५ मा दिल्लीमा भारतीय राष्ट्रपति शंकर दयाल शर्मासँग भेटवार्ता गर्दै प्रधानमन्त्री मनमोहन अधिकारी

बीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास भवन

नेपाल–भारत सम्बन्धः ७० वर्षको दर्पण पुस्तक कभर

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 16:02:45
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...