नारायण गोपालले जस्तै गाउँछन्, तर भारइल बन्न चाहँदैनन्



Kshamadevi Group


अजर जङ्गम
अजर जङ्गम

७ वर्षअघि व्यक्तिगत युट्युब च्यानलमा स्वरसम्राट नारायण गोपालको चर्चित गीत ‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी’ को ‘कभर सङ्ग’ अपलोड भयो।

मेरिना सुवेदी नाम गरेको अकाउन्टबाट सो गीतमा एउटा कमेन्ट आयो ‘यो विस्मयकारी छ। मैले दोस्रो नारायण गोपाल भेटेँ।’

मेरिनाले कमेन्ट गरेको ५ वर्षपछि पोखरामा आयोजित ‘अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव’ मा उनले नारायण गोपालको अर्को गीत गाए, ‘तिमीलाई म के भनूँ, फूल भनूँ कि जुन भनूँ...।’

उनको गीत सुनेर कार्यक्रममा उपस्थित सबैजना भावुक बने। कतिले स्वरसम्राट नारायण गोपाललाई सम्झिए, कतिले उनलाई उदीयमान प्रतिभाको रुपमा लिए। केहीले उनको स्वरमा नारायण गोपालको स्वरमा पाइने मीठास महसुस गरे।

जे होस्, कुनै न कुनै रुपमा उनी स्वरसम्राटसँग जोडिए।

उनी, अर्थात् अजर जंगम। जो उस्ताद गुलाम अली, नारायण गोपाल र आफ्ना बाबु दीपक जंगमलाई आदर्श मान्छन्। आदर्श मात्र मान्दैनन्, उनीहरुकै पदचाप पछ्याइरहेका पनि छन्। चाहे त्यो संगीतमा होस् चाहे विचार या भावनामा। चाहे त्यो व्यवहारमा होस्, चाहे जीवनशैली या व्यक्तित्वमा।

अजरका बाबु दीपकले नारायण गोपालसँग लामै संगत गरे। त्यसैले उनले आफ्ना बाबुको मुखबाट नारायण गोपालबारे धेरै सुनेका छन्। त्यसकै प्रभावले हुनुपर्छ, उनी निकै शान्त छन्। एकान्त र एकाग्रता मन पराउँछन्।

तर, उनमा मेरिनाले भनेझै नारायण गोपाल नै वा दोस्रो नारायण गोपाल बन्ने महत्वकांक्षा भने कत्ति पनि छैन ।

‘मलाई गीत–संगीतमा जीवन भर्न खुब मन पर्छ, जसरी स्वरसम्राट नारायण गोपाललाई पथ्र्यो’ अजर भन्छन्, ‘तर, नारायण गोपाल नै बन्छु भन्ने छैन। उहाँ मेरो आदर्श हुनुहुन्छ, सायद म त्यतिमाथि पुग्न सक्दिनँ पनि होला।’

०००
अजरकी एक फ्यान छिन्। जो पहिले नारायण गोपालका गीतहरु खुब मन पराउँथिन्। आजभोलि अजरका प्रत्येक गीतमा उनको आँसु झर्छ। उनलाई लाग्छ, उनले अर्को नजारायण गोपाल पाएकी छन्।

‘उहाँ मेरा प्रत्येक गीतहरुमा रुनु हुन्छ’ अजर भन्छन्, ‘चाहे गीतका शब्दहरु दुखान्त हुन्, चाहे सुखान्त।’ वैवाहिक जीवन तोडिएपछि अजरका गीतमा खुसी खोज्ने ती महिलाको खुसी उनका गीत सुन्नु र ती गीतमा दुई थोपा आँसु बहाइदिनु भएको छ।

हुन त, अजर सबै खाले गीत गाउन सक्छन्। तर, उनले गाएका गजलहरु बढी रुचाइन्छन्। सायद उनलाई सुन्नेहरु उनका गजलमा नारायण गोपालको स्वरमा पाइने स्वाद पाउँछन्।

जब उनी सालिन रुपमा स्टेजमा उक्लन्छन् र गिटार बोकेर गजल गाउन थाल्छन्, तब उपस्थित दर्शक तथा स्रोता शान्त भइदिन्छन्। एकाग्र भएर उनको स्वरमा डुबिदिन्छन्। आफूभित्र आफै हराउँछन्। उनको गीत सकिएपछि ‘अजर...अजर...’ भनेर चर्को स्वरमा हुटिङ आउँदैन, ‘गरर्र...’ तालीको पर्रा चाहिँ छुट्छ।

अजरलाई चर्चामा आउनु छैन, न भाइरल हुनु नै छ। ताली वा वाहवाही पनि चाहिएको छैन। तर, उनी एक कुरामा ‘कन्भिन्स’ छन्, जीवनमा गाली खाने काम भने कहिल्यै नगर्ने।

‘मलाई हिट हुनुभन्दा पनि जीवन्त हुनु छ’ अजर भन्छन्, ‘नेपाली संगीतमा एउटा छाप छाड्न सकूँ र भोलि म नरहे पनि मेरा गीतहरु सबैको मन मनमा रहिरहोस्।’

नारायण गोपालको पालामा सुगम संगीतको सुगम शैली थियो। आवाज नितान्त प्राकृतिक हुन्थ्यो। तर, अहिले प्राविधिक हुन्छ। प्राकृतिक संगीतमा पाइने माधुर्यता प्राविधिक संगीतमा त्यति छैन। त्यसैले, संगीत प्रेमीहरु घरीघरी नारायण गोपाललाई खोज्छन्।

‘नारायण गोपालले गाएका गीतमा पाइने मीठास, गहिराई र लालित्यता अब कसले दिन सक्ला र?’ अजर प्रश्न गर्दै भावुक भइदिन्छन्, ‘मैले आफ्नो तर्फबाट उहाँको त्यो शैलीलाई पछ्याउने र त्यो स्वाद पस्कने सक्दो प्रयास गर्नेछु।’

अजर नेपालको सांगीतिक इतिहासमा एउटा चम्किलो ताराको रुपमा चिनिन चाहन्छन्। त्यसका लागि जीवनभर सकेको मेहनत गर्ने संकल्प कसिसकेका छन्।

तर, भविष्यमा के हुन्छ, उनलाई थाहा छैन। जे होस्, उनी आफूलाई कलाकार मान्छन् र कलाकारको धर्म कहिल्यै छाड्ने छैनन्। कलाकारको धर्म अर्थात् जीवनमा संगीत क्षेत्रमा कुनै विशेष योगदान दिने।

यस वर्षको ‘राप्ती म्युजिक अवार्ड’ मा सुगम संगीतको उपाधी हात पार्न सफल अजरले ‘नारायण गोपाल युवा संगीत पुरस्कार’ पनि पाउने छन्।

यसरी उनका अवार्डमा पनि नारायण गोपाल र सुगम संगीत जोडिएका छन्। र, उनका गीतमा नारायण गोपालको स्वरमा पाइने स्वाद र सुगम संगीत।

०००
२०७१ सालअघिसम्म अजर संगीतमा खासै जमेका थिएनन्। उनका केही गीतहरु आए तापनि धेरैले उनलाई चिन्दैनथे।

एकदिन उनका बुबा दीपक जंगमले उनलाई एउटा गीतको डमी गाउन लगाए। गीतको शब्द निकै मार्मिक थियो। त्यसैले डमी नै भए पनि उनले मेहनत गरे। त्यसको मर्ममा डुबे अनि आफूलाई शब्दमा समाहित गरिदिए।

केही समयपछि डमी तयार भयो र अमेरिका पुग्यो। यसका रचनाकार भुपेन्द्र महतले डमी सुने। उनलाई आवाज निकै मन प¥यो। त्यसपछि दीपकलाई यो आवाज कसको हो भनेर सोधे। दीपकले आफ्नो छोराको आवाज भएको कुरा बताएनन्।

उपेन्द्रले चलेको, नचलेको जस्तोसुकै गायक भएपनि आफूलाई गीतमा सोही आवाज चाहिने ढिपी कसे। त्यसपछि गीतका संगीतकार समेत रहेका दीपकले ‘तेरो लागि मेरो तर्फबाट अन्तिम अवसर भयो’ भनेर अजरलाई गाउने मौका दिए।

अजरले अझ धेरै मेहनत गरे। गीत बजारमा आयो। चल्न पनि यसरी चल्यो कि उनलाई सांगीतिक क्षेत्रमा स्थापित नै बनाइदियो। सोही गीतका कारण उनले थुप्रै अवार्डहरु हात पार्न सफल भए।

जुन गीत थियो, ‘जिन्दगीले हिसाब माग्छ, घटाऊँ भने तिमीलाई...।’

त्यसपछि उनले थुप्रै कर्णप्रिय गीत गाए। सुन्नेजति सबैले मन पराए पनि। अजरको चाहना पनि यही हो। उनी हिटभन्दा पनि लोकप्रिय हुन चाहन्छन्। उनलाई चर्चा भन्दा पनि माया चाहिएको छ।

अजरले बजारको माग बुझेको छन्। यहाँ प्राय सबै भाइरल हुन रुचाउँछन्। यतिसम्म कि, बजारमा तहल्का पिट्न राम्रो गीतमात्र भएर हुँदैन, त्यसमा राम्रो मोडलिङ पनि हुनुपर्छ। अनि अलि–अलि अश्लिलता पनि।

तर, अजरका भाइरल हुनु छैन। अर्थात्, उनलाई अश्लिलता बेचेर गीत हिट बनाउनु छैन।

‘मेरो चाहना भाइरल हुने होइन, नेपाली संगीत क्षेत्रमा फरक स्वाद पस्कने हो’ अजर भन्छन्, ‘मलाई जतिले सुन्नुहुन्छ, उहाँहरुले माया गरिदिए पुग्छ।’

यति भनिरहँदा आ–आफ्नो हिसाबले रुची र चाहनाअनुसार संगीत क्षेत्रमा लागेकाहरुमाथि भने उनको कुनै गुनासो छैन। उनलाई लाग्छ, सबैले सकेको कर्म गर्ने हो र गरिरहेका छन्। तर, उनलाई भाइरल हुनु छैन।

र, यसरी उनले लामो ‘रेस’ तय गरेका छन्। रेसका क्रममा लडे उठ्ने छन्, अनि फेरि दौडिने छन्।

उनलाई थाहा छ, लडेपछि उठ्नेहरु नै गन्तव्यमा पुग्न सक्छन्।

सुनौँ, अजरले गाएको नारायण गोपालको गीतः 

प्रकाशित ११ माघ २०७५, शुक्रबार | 2019-01-25 18:01:49
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...