नीलमको प्रश्नः म कसरी अराष्ट्रिय भएँ?




नीलम कार्की ‘निहारीका’
नीलम कार्की ‘निहारीका’

‘अब ऊ अराष्ट्रिय भई’, लेखक नीलम कार्की ‘निहारीका’माथि अचेल लाग्ने गरेको आरोप हो यो।

यस्तो सुन्दा नीलमको मन चसक्क हुन्छ। उनी आफैसँग प्रश्न गर्छिन्, ‘म कसरी अराष्ट्रिय भएँ? कतै मबाट देशलाई घात हुने खालको कुनै गल्ती–कमजोरी त भएको छैन?’

यस्ता प्रश्नको उत्तर भेट्दिनन् उनी। अनि आफै निष्कर्ष निकाल्छिन्– यसो भनेर केहीले ममाथि कुण्ठा पोखेका हुन्, अनावश्यक आरोप लगाएका हुन्।

नीलमको अमेरिका बसाइ झण्डै एक दशक हुँदैछ। यति लामो अमेरिका बसाइमा पनि उनले न नेपाली भूमिलाई बिर्सिएकी छिन न आफ्नो कर्तव्य। बेलाबेला नेपाल आउँछिन्, यहाँको हावा–पानीसँग लुकाछिपी गर्छिन्। नेपाली परिवेशलाई बुझ्ने, अध्ययन गर्ने प्रयास गर्छिन्। अनि, सन्दर्भ सामाग्री बोकेर फेरि अमेरिका पुग्छिन् र त्यसलाई पुस्तकको आकार दिन्छिन्।

‘यसो गर्दा देशप्रति घात भयो त?’ उनी फेरि आफैमाथि प्रश्न गर्छिन्। यसपटक पनि उनी उत्तर भेट्टाउँदिनन्।

‘मेरो भौतिक शरीर जहाँ रहेपनि जन्मभूमिप्रति मेरो अथाह प्रेम छ’, नेपालखबरसँग उनले भनिन्, ‘मानिस भूगोलका हिसाबले कहाँ छ भन्दा पनि के गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो र मलाई लाग्छ मैले देशका लागि सकेको गरेकी छु।’

अमेरिकामा बसे पनि उनी नेपाली लेखनमै सक्रिय छिन्, उनका कृतिहरु यसका प्रमाण हुन्।

नपालमा उनको नाम स्थापित लेखकका रुपमा लिइन्छ। परिचय बनिसकेको साहित्यिक व्यक्तित्वलाई उनले किन देशमै अड्याउन सकिनन्? नीलम किने अमेरिकामै बस्छिन्? पछिल्लो समय उनीमाथि तेस्र्याइने गरेका थप प्रश्न हुन यी।

‘म अहिले मेरा छोराहरुको हेरचाह र उनीहरुको शिक्षा–दीक्षामा केन्द्रित छु, यसबाहेक आफूले लेख्ने र अध्ययन गर्ने काम पनि यहीँबाट गरिरहेकी छु’, उनी ती प्रश्नहरुको जवाफमा यस्तो उत्तर दिन्छिन्। उनका श्रीमान् र दुई छोरा पनि अमेरिकामै छन्। श्रीमान् भास्कर कुँवर मेडिकल डाक्टर हुन्।

नीलम कार्की ‘निहारीका’

नीलम कार्की ‘निहारीका’

‘बृद्ध आमाबाबु र शुभचिन्तक तथा आफू जन्मिएको, हुर्किएको ठाउँभन्दा टाढा रहने रहर कसलाई हुन्छ र’, नीलम भन्छिन्, ‘देशबाट टाढा हुनु भनेको राष्ट्रियता हराउनु पक्कै होइन, हरेकको आ–आफ्नो बाध्यता हुन्छ।’

त्यसोभए नीलम अब नेपाल कहिल्यै आउँदिनन् त?

‘छोराछोरीको जिम्मेवारीका कारण हामी केही समय यता रोकिएका छौँ’, उनको दृढता छ, ‘हामी जतिसक्दो चाँडो नेपाल फर्कने चाँजोपाँजो मिलाउँदै छौँ।’
०००
नीलमले अमेरिका बसेर ‘कागजमा दस्तखत’, ‘बेली, ‘अर्की आइमाई’, ‘चिरहरण’ र ‘योगमाया’ लेखिन्। नयाँ कृतिका लागि उनी अहिले अध्ययनमा छिन्। उनको लेखनको गति पेसेवर लेखकको भन्दा कम छैन। ‘योगमाया’ उपन्यासले २०७४ को मदन पुरस्कार हात पार्नु यसको पछिल्लो उहाहरण हो।

योगमाया उपन्यास लेख्नुको छुट्टै कथा रहेको उनी बताउँछिन्। उपन्यास ‘चिरहरण’को परिचर्चा कार्यक्रममा कार्यक्रम सञ्चालक दाहाल यज्ञनिधिले योगमायाका बारेमा लेख्न सुझाव दिएका थिए। त्यही सुझावले उनमा योगमायाप्रति चासो बढ्दै गयो। त्यसपछि उनले नेपाल आएको अवसर पारेर योगमायाबारे खोज गर्न थालिन्। उनको खोज सफल भयो र योगमायाले उपन्यासको शीर्ष पात्र बन्ने अवसर प्राप्त गरिन्।

‘योगमाया पुस्तक लेख्नु निकै चुनौतिपूर्ण थियो’, नीलम भन्छिन्, ‘नेपालमा सन्दर्भ सामाग्री जुटाएर अमेरिकामा बसेर पुस्तकलाई पूर्णता दिएँ।’

पुस्तकका लागि सन्दर्भ सामाग्री जुटाउन उनी भोजपुरमा रहेको योगमायाको गाउँमै पुगिन्। त्यहाँ उनले लामो समय लागेर उनका बारेमा सामाग्री र तथ्य संकलन गरिन्। त्यसपछि आफैंलाई केही समयका लागि योगमायामा रुपान्तरण गरिन् र कलम चलाइन्। कतिदिन त उनले १४–१५ घण्टासम्म निरन्तर लेखिरहिन्। र, तयार भयो ऐतिहासिक पुस्तक।

छोराछोरीको स्कुल बिदा भएपछि बल्ल उनलाई नेपाल आउने मौका मिल्छ। भन्छिन्, ‘छोराछोरीको बिदा भएको बेला नेपाल आउनु हाम्रो पहिलो प्राथमिकता हो। यसै समयमा म आफूले लेख्ने पुस्तकको विषयबस्तुबारे अध्ययन–अनुसन्धान गर्छु।’

उनी आफ्ना पुस्तकमार्फत नेपाली समाजको विकृति, विसंगति र कुरीतिलाई उजागर गर्छिन्। नारीलाई शक्तिको रुपमा प्रयोग गर्छिन्। उनलाई सामाजिक परिवेशमा केन्द्रित रहेर कलम चलाउन मनपर्छ।
०००
स्वभावले नीलम निकै सरल छिन्। सबैसँग खुल्छिन्। जिन्दगीमा उनले अनेक मोड पार गरेकी छन्। पाल्पाको विकट गाउँ गोठादीमा जन्मेकी उनले संघर्षको सुरुवात त्यहीँबाट गरिन्। आमाको साथ, सहयोग र प्रेमले उनलाई जीवनमा अघि बढ्न प्रेरणा थप्दै गयो। जीवन यात्राका क्रममा शिक्षिका, सञ्चारकर्मी हुँदै पछिल्लो समय उनको परिचय एक लेखिकाको रुपमा स्थापित भएको छ।

भोगाइहरुको समुच्च रुप नै जीवन हो। उनले पनि जीवन भोगाइका क्रममा थुप्रै अनुभवहरु संगालेकी छन्। उनको जीवनमा केही तीता अनुभवहरु पनि छन्। जसलाई उनी सम्झनै चाहन्नन्।

नीलम कार्की ‘निहारीका’

नीलम कार्की ‘निहारीका’

नीलमको जीवनमा २०५६ सालको पुस १ गते एउटा नमीठो दिन बनेर आयो। चाहेर पनि उनी त्यो दिन भूल्न सक्दिनन्। दुर्घटनामा उनले बाबु, दाजु र भाउजू गुमाएकी थिइन्। परिवारका तीन प्रिय सदस्यलाई एकै पटक गुमाउनु पर्दाको पीडा उनले भोगिन्।

मदन पुरस्कार समर्पण समारोहमा यस घटनालाई स्मरण गर्दै नीलमले भनिन्, ‘म भाग्यशाली भएको भए आज उहाँहरुलाई यहीँ सभाकक्षको कुनै आसनमा अति प्रसन्न मुद्रामा बसिरहेको पाउने थिएँ।’

तर, नीलमलाई जीवनमा उनकी आमाले कहिल्यै एक्लो महसुस हुन दिइनन्। उनका हरेक आवश्यकता पूरा गर्दै गइन्। समारोहमै उनले आफ्नी आमाका लागि पनि केही शब्द खर्च गरिन्, ‘मेरी आमा, जसले नबोली मेरा सारा ईच्छा–आकांक्षा बुझिदिनु हुन्छ। मेरो मनको भाव अनुभूत गर्नुहुन्छ।’

दुःखको कुरा अहिले उनकी आमा दुवै आँखा देख्न सक्दिनन्। नीलमलाई पनि देख्न सक्दिनन्। तर, स्पर्श गर्छिन्। अनि लेख्न हौस्याइ रहन्छिन्।

श्रीमानले नीलमलाई लेख्ने वातावरण सहज बनाइदिएका छन्। ‘मेरो निम्ति उहाँ भरोसा र हिम्मत हुनुहुन्छ’, नीलम भन्छिन्। श्रीमानले बुबा र दाइको कमी हुन नदिने गरी भूमिका खेलेको उनी बताउँछिन्।

आमाको स्पर्श, श्रीमानको साथ–सहयोग, छोराहरुको प्रेम अनि पाठक तथा शुभचिन्तकको माया नीलमको जीवनमा सबैभन्दा महत्वपूर्ण छन्।

त्यसैले अमेरिकाबाटै उनी भन्छिन्, ‘म अराष्ट्रिय होइन।’

प्रकाशित १५ पुस २०७५, आइतबार | 2018-12-30 18:06:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।