कथा

मलाई बाँच्न देऊ




बिहे गरेको एक वर्षपछि।

‘तपाईं अब छिट्टै बाबा बन्दै हुनुहुन्छ नि !’

आफू गर्भवती भएको कुरा थाहा पाएपछि रमा खुसी हुन्छे । अनि यो कुरोे पति राजनलाई सुनाउँछे । पति पनि अवश्य खुसी हुन्छ भन्ने कुराको विश्वास छ उसलाई । तर, राजनले कुनै वास्ता गर्दैन।

‘हैन, तपाईं हाम्रो सन्तान हुने कुराले त्यति खुसी देखिनुहुन्न नि किन?’ रमाले प्रश्न तेस्र्याउँछे ।

‘हेर रमा, हाम्रो विवाह भएको कति नै समय भयो र? तिमी आफै भन त?’

‘दुई वर्ष ।’

‘अनि, यति चाँडै हामीले सन्तानको सपना देख्न थाल्ने हो भने तिमीले र मैले देखेका भविष्यका थुप्रै सपना सबै चकनाचुर भएर जानेछन्। हाम्रो सपना केवल सपना मात्रै रहनेछ। किनकि, सन्तान भएपछि उसको हेरचाह गर्दैमा समय फुत्किन्छ। अनि चाहेको ठाउँमा जान, काम गर्न हामीलाई बाधा पुग्छ । अरे रमा! यो उमेर त हाम्रो रमाइलो गर्ने, घुमफिर गर्ने, भविष्यको निम्ति योजना बनाउने उमेर हो। त्यसैले अहिलेलाई सन्तानको सपना नदेखाैँ! आऊ बरू एकैछिन मायाका कुरा गरौँ।’

‘हो त। मैले त यसबारे कत्ति पनि ख्यालै राखेकी थिइनँ । ला...राजन अब के गर्ने यो बच्चा ....ओ सेट्....!’

‘रमा, यो समस्या हाम्रो मात्र होइन्। हामीजस्तै समस्यामा परेका यो संसारमा धेरै छन्। त्यही समस्याबाट बँच्न प्राइभेट क्लिनिकहरु खुलेका छन्। जहाँ गएर सुरक्षित गर्भपतन गराउन सकिन्छ। ल, बरू तिमी छिटो तयार भइहाल। हामी आजै क्लिनिकमा गएर गर्भपतन गराइहाल्नुपर्छ।’

‘छोरा-छोरी तिमी जे भए पनि हामीलाई माफ गर है! नत्र हेर न तिम्रो जन्मले हामीलाई भविष्यमा अगाडि बढ्न धेरै गाह्रो हुने भयो। केही सपना र केही योजना छन्। ती पूरा नुहुने भए’ राजन रमाको पेटमा कान राख्दै भन्छ। 

रमा र राजन नजिकैको क्लिनिकमा जान्छन्। गर्भपतन गर्ने पूरा तयारीको बेला रमा केही डराउँछे।

‘राजन, मलाई त डर पो लागिरहेछ।’

‘तिमीलाई केही हुँदैन। गर्भपतन गराउने तिमी एक्ली मात्रै होइनौ, ऊ हेर त कति आएका छन् क्लिनिकमा।’

रमा, ‘उम्’

एकछिनपछि।

‘ल रमा अब तिम्रो पालो आयो। अल द बेस्ट’ राजनले रमालाई गर्भपतनका लागि भित्र पठाउँछ र आफू बाहिर कुरेर बस्छ।

‘ऐय्या’ गर्भपतन गराउन लाग्दा रमा कराउँछे ।

‘आमा, तपाईंलाई के भयो? आमा, तपाईंलाई सञ्चो भएन हो? अनि आमा तपाईं किन रूनुभा’को?’ गर्भको बच्चाले आफूसँग कुरा गरेको सम्झन्छे रमा।

‘बैनी, यसरी रोएर कहाँ हुन्छ? तपाईं यसरी रूनुभयो भने हामीले कसरी काम गर्ने?’ डाक्टरले रमालाई सम्झाउन खोज्छ।

बच्चा– ‘आमा, नरूनुस् न! तपाईं रूँदा मलाई पनि रून मन लाग्छ। नरूनुस् न के आमा।’

रमा– ‘डाक्टर मलाई त साह्रै गाह्रो भयो। पीडा भयो। म त मर्छु होला...!’

बच्चा– (गर्भपतन गराउने औजार सम्झेर) ‘यो मेरो खेलौना हो आमा? अब म खेलौनासँग खेलेर बस्छु नि ल!’

फेरि केहीबेरपछि बच्चाले भन्छ– ‘आमा! हेर्नुस् न मेरो खेलौनाले मलाई हिर्काउँछ। हेर्नुस् न मलाई खेलौनाले हिर्काउँछ। नाई मलाई यस्तो खेलौना चाहिँदैन आमा।’

डाक्टर– ‘बैनी, तपाईंलाई धेरै पीडा भयो, के गर्ने? बच्चा अलि ठूलै छ। बरू तपाईं यो बच्चालाई जन्म दिनुस् बैनी।’

रमा– ‘नाइँ डाक्टर त्यस्तो हुन्न। हामीले सल्लाह गरेर नै यो बच्चा नजन्माउने निष्कर्षमा पुगेका हौँ।’

बच्चा– ‘आमा, आमा! मैले सबै कुरा सुनेँ। तपाईं त मलाई मार्न पो लाग्नुभएको रहेछ। तर, किन आमा ? कि म छोरी भएको कारण मलाई मार्न खोज्दै हुनुहुन्छ? म छोरी भए पनि त ठूली भएर तपाईंको सेवा गर्नेछु। मलाई बचाउनूस् आमा। मलाई नमार्नुस्। म तपाईंलाई खुसी दिनेछु। तपाईंलाई थाहा छ आमा? यसरी गर्भपतन गर्दा कति डाक्टर, इन्जिनियर, वकिल, सङ्गीतकार, मन्त्री जस्ता ठूला मान्छेको मृत्यु भइराखेको हुन्छ। कतै तपाईंको सन्तान भविष्यमा यिनै ठूला–ठूला मानिसभित्र पो परेको छ कि? आमा, मलाई बाँच्न दिनूस्! नमार्नूस्। मलाई जन्मै नदिने विचार थियो त किन फेरि यतिका महिनासम्म आफ्नो गर्भभित्र मलाई न्यानो गरी राख्नुभयो? तपाईंलाई दुख्छ भने म त झन् सानै छु, कलिलै छु। मलाई झन् कति दुख्छ होला? ए
बाबा! म जन्मँदा तपाईंहरुलाई बाधा हुन्छ भने बरू मलाई अनाथलयमा लगेर छाडिदिनु! कि त मलाई सन्तान नभएकाहरुलाई लगेर दिनूस्। तर, मलाई नमार्नुस्, मलाई बचाउनुस्।

ए डाक्टर, तिमीहरु रोगीलाई निको पारी नयाँ जीवन दिने व्यक्ति हौ भन्छौ आफूलाई। तर, किन मलाई मार्न खोज्दै छौ? के तिमीमा अलिकति पनि मानवता छैन? तिमीभित्र ईश्वरले बास गरेको आत्मा छैन? यदि, तिमीले मार्ने काम बन्द ग¥यौ भने मेरो मृत्यु हुँदैन। ए डाक्डर, म मर्न चाहन्नँ। मलाई बचाऊ, मलाई जन्मिन देऊ।’

डाक्टर– ‘बैनी, अब एकछिन धैर्य गर्नुस है ।’

बच्चा– ‘ऐय्या आमा! ऐय्या बाबा! कति कठोर मन तपाईंहरुको। मेरो मृत्युमा खुसी हुने। कति कठोर मन डाक्टर तिम्रो! मेरो मृत्यु गराएर आफूलाई सफल ठान्ने! मेरो आँसुले तिमीलाई पोल्छ।’

ऐय्या ...! ऐय्या ...!! गर्भको बच्चाको मृत्यु हुन्छ।

‘ऐय्या ...! ऐय्या ... !! डाक्टर... डाक्टर ... रा...जन ... ’

डाक्टर – ‘ओ माइ गड, यो के भयो ?’

राजन– ‘डाक्टर, रमालाई कस्तो छ अहिले ?’

डाक्टर– ‘सरी, हामीले आमा र बच्चा दुवैलाई बचाउन सकेनौँ ।’

प्रकाशित ८ मंसिर २०७५, शनिबार | 2018-11-24 13:11:28
Max TV
Max TV
Vianet

author photo

निर्दोष जीवन आख्यान र गजल विधामा कलम चलाउँछन्।

निर्दोष जीवनबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...