किलाेग्रामकाे परिभाषा बद्लिँदा नेपाललाई के असर पर्छ?


Infocus



किलाेग्राम
किलाेग्राम

‘क्यान्सर रोगीलाई किमो दिँदा मिलिग्राममा दिने गरिन्छ। तौलमा थोरै मात्र तलमाथि हुँदा पनि यसले ठूलो असर हुन्छ। अन्य औषधिको विषय पनि त्यस्तै हो'

आँखीभौँको तौल कति हुन्छ? त्यति तौलको हाम्रो जीवनमा कति महत्व होला? सामान्य अवस्थामा खासै महत्व रहँदैन।

 तर आँखीभौँभन्दा थोरै तौल घटबढ हुँदा त्यसले विश्वभरि हलचल मच्चिएको छ। तौलको विश्वव्यापी मापदण्ड किलोग्राम अर्थात् केजीको परिभाषा परिवर्तन भएको छ।

गत साता फ्रान्समा भएको वैज्ञानिकको सम्मेलनले एक किलोग्रामलाई नयाँ रुपमा परिभाषित गर्ने प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्याे। यो निर्णयले किलोग्रामलाई तौलको मापदण्ड मान्ने विश्वभरिका मुलकलाई प्रभावित बनाएको छ।

किलोग्रामको परिभाषा पहिले
फ्रान्सको पेरिस नजिकै ‘इन्टरनेसनल ब्युरो अप वेट्स एन्ड मेजर्स’ (बिआइपिएम)मा राखिएका प्लाटिनियम–इरिडियान ढकको जति तौल छ त्यो नै किलोग्राम हो भनेर परिभाषित गरिँदै आएको थियो। सन् १८८९ मा राखिएका यी ढकका थप छ वटा नक्कल बनाइएको थियो।

किलाेग्राम

किलाेग्राम

यी ढकहरुलाई कुनै प्रकारको क्षति नपुगोस भनेर सुरक्षित राखिएको थियो। १२९ वर्षअघि राखिएका ढकहरुको जाँच गर्दा त्यसमा कमी भएको पाइएको हो। कमी आएको मात्रा त्यति ठूलो भने थिएन। एक अर्बमा करिब ५० इकाइ मात्रै फरक परेको थियो। यो भनेको आँखीभौँको तौलभन्दा पनि कम हो।

बिआइपिएमले आफ्ना सदस्य देशहरुलाई उनीहरुसँग सेफमा रहेका बराबरको तौलकै ढक उपलब्ध गराउँथ्यो। त्यसैको आधारमा तौलको मापन हुँदै आएको थियो। नेपालसहितका मुलुकले यसैलाई मापदण्ड बनाएर जोड घटाउ गरी तौल निर्धारण गर्दैैै आएका थिए। किलोग्राम परिभाषाका लागि मानिँदै आएको यो पद्धति अब फेरिएको छ।

किलोग्रामको परिभाषा अब
नयाँ परिभाषाअनुसार एक किलोग्राम अर्थात १ हजार ग्राम वा २.२०४६२ पाउण्ड नै हुनेछ। यहाँ फरक के हुनेछ भने त्यो तौलको गणना फ्रान्समा राखिएका प्लाटिनियम–इरिडियमका ढकको मापनअनुसार नभई प्लान्क कन्स्यान्टको आधारमा गरिनेछ। यो भनेको मानिसले भौतिक विज्ञानअनुसार शक्तिको व्याख्या गर्न उपयोग गरेको सबैभन्दा सानो इकाइ हो। यो केवल ब्यालेन्समार्फत मापन हुन्छ।

संसारमा विभिन्न समय, दूरी, ताप, तौलसहित सात प्रमुख आधारभूत इकाइ मध्ये तौल मात्रै कृत्रिम विषयको आधारमा हुँदै आएको थियो।

तौलजस्तै अन्य इकाइहरुको पनि परिभाषा समय–समयमा परिवर्तन हुँदै आएको छ।

अष्ट्रेलियाको पर्थस्थित युनिभरसिटी अफ बेस्टर्न अस्ट्रेलियामा भौतिकशास्त्रको अध्यापन गर्दै आएका प्रज्जल काफ्ले नयाँ परिभाषा प्राकृतिक नियममा आधारित भएर बनाइएको बताउँछन्।
‘अब तौल प्राकृतिक नियममा आधारित भएर निर्धारण हुनेछ,’ उनी भन्छन्, ‘यसले आज मापन गर्दा वा चार सय वर्षपछि मापन गर्दा पनि कुनै फरक आउने छैन।’ यो नयाँ विधिअनुसार अब विश्वका कुनै पनि स्थानमा मापन गर्दा फरक नपर्ने उनको भनाइ छ।

नेपालको तौल प्रणालीमा के असर हुन्छ?
आधुनिक अर्थ व्यवस्था अँगालेको नेपालमा किलोग्राम आधारित भएर नापतौल इकाइ चल्दै आएको छ। किलोग्रामको परिभाषा फेरिँदा त्यसको प्रभाव नेपालमा निश्चित रुपमा पर्नेछ। सरकारी अधिकारीहरु दैनिक जीवनमै असर पर्नेगरी फरक नआउने बताउँछन्।

नेपाल नापतौल विभागका बागमती कार्यालयका निरीक्षक तिलक केसी किलोग्रामको परिभाषा गर्ने निर्णय विज्ञानको ठूलो उपलब्धि भएको बताउँछन्। ‘यो निर्णयकै कारण नेपालमा दैनिक जीवनमा देखिने गरी तत्काल असर पर्नेछैन’, उनी भन्छन्, ‘यसले तौल मापनलाई प्राकृतिक विषय बनाइदिएको छ। यो नै ठूलो उपलब्धि हो।’

औषधि, नानो टेक्नोलोजी र अन्य विषयहरुमा बढ्दो अनुसन्धानलाई तौलम मापदण्डमा आउने परिवर्तनले असर पार्नेछ।

‘क्यान्सर रोगीलाई किमो दिँदा मिलिग्राममा दिने गरिन्छ। तौलमा थोरै मात्र तलमाथि हुँदा पनि यसले ठूलो असर हुन्छ। अन्य औषधिको विषय पनि त्यस्तै हो,’ काफ्ले भन्छन्। नयाँ परिभाषाअनुसार जहिले गणना गर्दा पनि तौल उत्ति नै देखिने हुनाले यसको महत्व विशेष रहनेछ। 

परिवर्तन भएको किलोग्रामको परिभाषा नेपालमा कहिलेबाट लागू हुन्छ त?

यो लागू हुन अझै एक वर्ष कुनुपर्ने हुन्छ। बिआइपिएमले अर्को वर्षबाट किलोग्रामको नयाँ परिभाषा तथा मापनको नयाँ विधि कार्यान्वयन गर्नेछ। ‘नयाँ परिवर्तन कसरी कार्यान्वयन गर्ने भन्नेबारे नेपाल सरकारलाई बिआइपिएमले परिपत्र गरेपछि मात्र यो लागू हुनेछ’, केसीले नेपालखबरसँग भने, ‘त्यसपछि हामी नयाँ परिभाषाअनुसार चल्नुपर्ने हुन्छ।’ नेपाल एशिया प्यासिफिक मेट्रोलोजी प्रोग्राममार्फत यसमा जोडिएको छ।

प्रकाशित ४ मंसिर २०७५, मंगलबार | 2018-11-20 12:43:08
Max TV
Max TV
Zen Travels
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’