दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा




गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड
गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।

काठमाडौंबाट सबैभन्दा नजिकको गोसाइकुण्ड यात्राका क्रममा पदयात्रुले बाटोमै देख्नेछन्, गणेश र लाङटाङ हिमाल।

समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाईमा रहेको यो कुण्ड धार्मिक पार्यटनसँगै पदयात्राका लागि प्रसिद्ध छ। स्वदेशी तथा विदेशी पर्यटकका लागि काठमाडौंबाट सबैभन्दा छोटो पदयात्रा रुटमध्ये यो एक हो। यहाँ पुगेर फर्कन जम्मा ४ दिन लाग्छ।

सरकारले दशैँका लागि दिएको विदा पनि चार दिन भएकैले यो दशैँमा गोसाइकुण्ड पदयात्रा उपयुक्त गन्तव्य हुनसक्छ।

यतिबेला गोसाइकुण्डको मौसम सबैभन्दा राम्रो मानिन्छ। गोसाइकुण्ड जान उपुक्त महिनामध्ये असोज एउटा हो। कार्तिक, मंसिर तथा माघ, फागुन, चैत र बैसाख यो पदयात्राका लागि उपयुक्त हो।

हिमाली पदयात्रा भन्ने बितिकै लोमो समय पैदल हिँड्नु पनि हो। पदयात्रामा निस्किुन अघि वाकिङ स्टिक, चिसो ठाउँमा जाने भएमा बाक्लो ज्याकेट, पानीको बोतल, चिसो बच्न चश्मा, लोसनको व्यवस्था आवश्यक हुन्छ।

धुन्चेमा पहिलो रात
गोसाइकुन्ड यात्रा काठमाडौंबाट गाडीमा सुरु हुन्छ। काठमाडौंको कोलाहल छोडेर करिब ७ घण्टाको यात्रापछि पुगिन्छ, धुन्चे बजार। पहाडले घेरिएको उपत्यकाबाट पर लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्दा धेरैले शीतल अनुभव गर्छन्। काठमाडौंबाट गएका पर्यटकले त्यहाँ चिसो महसुस गर्छन्। रसुवा सदरमुकाम धुन्चे बजार सानो भए पनि आन्तरिक तथा बाह्य पर्यटकले असुविधा महसुस गर्नु पर्ने अवस्था छैन। खाना बस्नका लागि धुन्चेमा २ हजार रुपैयाँ भए पुग्छ।

 

खुला आकाश र खर्क
धुन्चेमा बास बसेका पर्यटक भोलिपल्ट बिहानै पदयात्रा सुरु गर्छन्। नाक ठोक्किने ठाडो उकालो, नीलो आकाश र चउरी चर्ने खर्क हेर्दै अघि बढ्दा पदयात्रुले उचाईमा पुगेको अनुभव गर्न सुरु गर्छन्। यो पदमार्गमा घना बस्ती छैन। गुराँस जंगलभित्रको बाटोमा हिँड्न गाह्रो भए ठाउँ ठाउँमा घोडा सेवा उपलब्ध गराउने होटल पाइन्छन्।

पदयात्रामा ख्याल गर्नुपर्ने मुख्य विषय ‘अल्टिच्युड सिकनेस’ अर्थात् उचाईमा पुग्दा हुने समस्या हो। काठमाडौंबाट धुन्चे बास बसेर उकालो लगेको हुँदा शरीर र मनोविज्ञान उचाईसँग ‘एक्लेमटाइज’ नभएको हुनसक्छ। त्यसैले उचाईसँग अनुकूल हुन दोस्रो दिन धेरै यात्रा नगर्नु राम्रो हुन्छ। धुन्चेदेखि करिब ५–६ घन्टाको दूरीमा पुगिने सिंगोम्पाको बास उपयुक्त मानिन्छ। पदयात्रुले सहज अनुभव गरे ३ हजार ६ सय मिटर उचाईको चोलाङपाटी पुगेर बास बस्न पनि सक्छन्। तर होटल सुविधाका दृष्टिले चोलाङपाटीभन्दा सिङ्गोम्पा उपयुक्त ठाउँ हो।

आँखै अगाडि लाटाङ र गणेश हिमाल

चोलाङपाटीबाट करिब डेढ घन्टापछि पुगिने लउरीबिनाबाट हिमालको दृश्य हेर्न सकिन्छ। बुद्ध मन्दिरतर्फ अघि बढ्दा पदयात्रुले देख्न सक्छन् गणेश र लाङटाङ हिमाल। पर्यटकले यो भन्दा उकालो लागेपछि अब बस्ती देख्न पाउँदैनन्। ठूला ठूला चट्टाने पहाड, नीलो आकाश र तल हेर्दा मनै चिसो हुने भिरले यो पदयात्रालाई रोमाञ्चक बनाउँछन्।

अन्तिम गन्तव्यको जति नजिक पुग्यो पर्यटक त्यति नै उत्सही हुन्छन्। त्यसैले उनीहरु बिहान छिट्टै यात्रामा निस्कन चाहन्छन्। सिंगम्पा वा चोलाङपाटी जहाँ बास बसे पनि त्यहीँ दिन गोसाइकुन्ड पुग्न सकिन्छ।

रेडपाण्डा साक्षात्कार


चोलाङपाटी पुग्नु अगाडिको जंगल रेड पाण्डाको बासस्थान पनि हो। संयोग मिले पर्यटकले लोप हुन लागेका रेडपान्डा देख्न सक्छन्। चोलङपाटिबाट उकालो लागेका पर्यटक लाउरेबिनामा बिहानको खाना खाएर अघि बढ्छन्। गोसाइकुन्ड नजिकिँदै गर्दा त्यहाँबाट चिनियाँ हिमालहरु समेत देख्न सकिन्छ। तर यो मौसममा हिउँ भने हुँदैन। लउरीबिनाबाट उकालो लागेपछि रुख बिरुवा देखिँदैनन्। घाँसेपाखा, चट्टाने भीर एवं गोसाइँकुण्डबाट आएको पानीले बनेका झरनाले पर्यटकको मन जित्छन्।

बुद्ध मन्दिरबाट अघि बढेका पर्यटकले त्यसपछि स–सना कुण्ड भेट्न थाल्छन्। भैरव, सूर्य कुण्डसहित गोसाइकुण्ड आसपास १०८ कुण्ड छन्। यी कुण्ड मध्ये सबैभन्दा चर्चित कुण्ड गोसाइकुण्ड नै हो। गोसाइकुण्ड पूरै एक फन्को लगाउन करिब एक घन्टा लाग्छ। आकाशको रंगसँगै कुण्डले रंग फेरेको महसुस हुन्छ। गोसाईकुण्डबाट एक घन्टा उकालो लागे सूर्यकुन्ड पुगिन्छ। सूर्यकुन्ड वरपर अरु कुन्डहरु पनि देख्न सकिन्छ।

राति गोसाईकुण्डमै बास बसे बिहानै त्यहाँ नजिकै रहेको मन्दिरमा पूजा गरेर पर्यटकहरु फर्किन सक्छन्। गोसाइँकुण्डमा खाना बस्न गरेर ३ हजार जति खर्च हुन्छ। फर्किंदा ओरालो बाटो पर्छ। पदयात्रामा बानी परेकाहरु एकै दिनमा धुन्चे आइपुग्न सक्छन्। विस्तारै ओर्लिए सिंगोम्पामा बास बसेर भोलिपल्ट झर्दा पनि हुन्छ। भोलिपल्ट धुन्चे आइपुगे पनि गाडीको व्यवस्था हुनेहरु त्यही दिन काठमाडौं फर्किन सक्छन्।

प्रकाशित २८ असोज २०७५, आइतबार | 2018-10-14 15:16:41
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...