च्याङ्ग्राकाे मासुमा 'सप्लिमेन्ट्री' यार्सागुम्बा?


Infocus



चरनमा च्याङ्ग्रा
चरनमा च्याङ्ग्रा

‘च्याङ्ग्राको सिङ नै राम्रो, टुँडिखेल (पोखरा) पुगेर सट्ट घोर्ले चाहिँ घिसार्नुको शान नै अर्को’, पोखराका युवा व्यवसायी कमल बस्नेत भन्दै थिए,‘वर्षको एक पटक यार्सागुम्बा खाएको च्याङ्ग्रा ढाल्नैपर्छ।’

उमेरले ४० नाघेका व्यवसायी कमललाई यार्साको गुण थाहा नहुने कुरै भएन। तर, उनले छोराछोरी र आफन्तले पनि बोसो कम भएको च्याङ्ग्राको मासुलाई औषधि नै मानेर खाने गरेको पनि सुनाए। 

कमल मात्र हैन, दशैँमा आम पोखरेलीको पहिलो रोजाई च्याङ्ग्रा हुने गरेको छ। मूल्यको ग्राफ वर्षेनी उकालो लाग्दो छ तर माग झन बढ्दो छ। किन त?

'हिमाली चरनमा जडिबुटी खाएको च्याङ्ग्रा र पछिल्लो समय चर्चामा रहेको यार्सागुम्बा यसकाे एउटा कारणा हुनसक्छ’, युवा पत्रकार रुपनारायण ढकालले भने, ‘मासुमा कम बोसो हुनु पनि आकर्षणको अर्को कारण हो।’ उनको भनाईमा यार्साको महँगो मूल्य बढी हुनुमा अाैषधि एवं यौनवर्द्धक हिमाली भियग्राकाे रूपमा भएकाे प्रचार नै मुख्य कारण हो। धेरै पहिलादेखि पोखरा भित्रने च्याङ्ग्रालाई यार्साले बढी प्रचार र ब्राण्डिङ गरिदिएको उनकाे अनुभव छ। यही ब्राण्डिङका कारण यहाँ आउने च्याङ्ग्रा उपहारस्वरुप देशका विभिन्न भागमा पुग्ने गरेको अनुभव पनि उनले सुनाए।

दशैँमा बली दिनेहरुले बोका नै खोज्छन्। लुटे (कान खुम्चिएको) बोका खोटो मानिन्छ। त्यस्ताे बाेकाे बलीमा चढ्दैन। बली दिनेहरुको लागि अष्टमी र नवमीमा बोका र कुखुराको भाले चले पनि पोखरेलीको च्याङ्ग्रा मोह अनौठो छ। सकेसम्म च्याङ्ग्रा नै खोज्नेहरु जहीँ तहीँ भेटिन्छन्।

उच्च हिमाली क्षेत्रमा पाइने यार्शागुम्बा

उच्च हिमाली क्षेत्रमा पाइने यार्शागुम्बा

र, यही लाइनमा छन्, पोखरा उद्योग वाािण्ज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे पनि। नेपाल चीन जनमैत्री संघको अध्यक्ष समेत रहेका उनी चिनियाँ मित्रहरुलाई यार्सागुम्बा उपहार दिन कन्जुस्याईँ गर्दैनन्। उपहार दिन र लिने परम्परा बलियाे भएका चिनियाहरु यार्सा पाएपछि मख्ख नहुने कुरै भएन।

‘हो म चिनियाहरुलाई उपहार दिन्छु तर त्यो यार्सा नै भन्ने चाहिँ कुरा हुँदैन। म चाहिँ च्याङ्ग्राको मासुमा नै यार्सा देख्छु’, उनले भने,‘ च्याङ्ग्रा लोकप्रिय हुनुको यसको स्वाद र घर पालुवा खसीमाभन्दा बोसो कम हुनु पनि हो ।’

हो, च्याङ्ग्राको मासुमा बोसो कम हुन्छ। घरायसी अन्नहरु जस्तै: मकै,कुढो नखुवाइने तथा लामो हिँडाइपछि पोखरा झारिने हुनाले पनि च्याङ्ग्रा बढी मोटो हुँदैन। उच्च हिमाली हावापानी र चरनको प्रभाव पनि यसमा परेकै हुन्छ। अझ, सुकुटी बनाएर राख्नेहरुको लागि पनि यो प्रिय रहेको छ।

आहार विज्ञ डाक्टर श्रीदिव्या कायस्थका अनुसार च्याङ्ग्राबारे गरिएका केही अध्ययनहरुले यसको मासुमा हिमाली क्षेत्रको प्रभाव रहेको प्रमाणित रहेकाे बताउँछिन्। जडिबुटीको प्रभावबारे भने यसै भन्न नसकिने उनकाे भनाइ छ। मासुमा यार्सागुम्बाको स्वाद र शक्ति हुनेमा चाहिँ उनले अनविज्ञता प्रकट गरिन्। चर्ने बेला च्याङ्ग्राले खाएको जडिबुटीले ऊ निरोगी हुन उद्दत गरेकाे हुनसक्ने उनकाे भनाइ छ।

‘मासु पकाउने तरिकामा पनि भर पर्छ, धेरै तेल वा मसला राखेर पकाउँदा त्यो मासुले असर गर्न सक्छ’, उनले भनिन्,‘२४ घण्टा फ्रिजमा राखेको मासु थोरैथोरै खाँदा कुनै फरक पर्दैन।’ रातो मासु धेरै खाए मोटोपन बढ्नेमा सचेत हुनुपर्ने उनकाे सुझाव छ। च्याङ्ग्राको मासुलाई सुकुटी बनाएर धेरै दिनसम्म थोरैथोरै खाने पाेखरेलीहरूकाे बानी स्वास्थ्यका दृष्टिले सही भएकाे उनले उल्लेख गरिन्।

महँगियो च्याङ्ग्रा

दशैँका लागि पाेखरा ल्याइएका च्याङ्ग्रा

दशैँका लागि पाेखरा ल्याइएका च्याङ्ग्रा

पाेखरामा मुस्ताङबाट अाउँछन्, च्याङ्ग्रा। च्याङ्ग्रा बिक्रेताहरु यतिबेला पोखरा बाग्लुङ क्षेत्रमा पर्ने भूपी सेरचन राजमार्ग छेउछाउ आइपुगेका छन्। फूलपातिको दिन पोखराको टुँडिखेलमा च्याङ्ग्रा राखिन्छ। टुँडिखेलमा राखिएका च्याङ्ग्रा उचालिन्छ, रोजेको च्याङ्ग्राको मूल्य बिक्रेताले भने अनुसार कायम हुन्छ। याे दशैँको लागि १८ हजारको हारहारीमा च्याङ्ग्रा पोखरा भित्रदैँ छन्। कतिले त बाटैमा पुगेर किनेर पनि ल्याइसके। च्याङ्ग्रा खरिद गरेर ल्याउनेहरुले स्थानीय निकायहरुलाई कर तिर्नुपर्छ।

टुँडिखेलमा राख्दा पनि महानगरले शुल्क असुल्छ। महानगरले टुँडिखेलबाट ठेक्का लगाएर च्याङ्ग्राको बिक्री कर असुल्ने गरेको छ। यो पटक मुस्ताङदेखि नै स्थानीय निकायहरुलाई च्याङ्ग्राको १५ रुपैयाँ कर तिर्दै आएका छन्। खरिददेखि करसम्मले गर्दा च्याङ्ग्रा महंगिएको व्यापारीहरुको गुनासो छ। व्यवसायी राजेन्द्र खड्काका अनुसार यहाँ ल्याइएका सबै च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरिएको छ। जिउँदाे च्याङ्ग्राको मूल्य प्रतिकेजी १४ सयका दरले पर्ने उनले बताए। यसअनुसार एउटा च्याङ्ग्राको ३० हजारभन्दा उकालो लाग्ने देखिन्छ। पोखरा आएकामध्ये १ हजारवटा च्याङ्ग्रा काठमाडाैं पुग्छन्।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 13:36:36
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।