पुस्तक–वार्ता

‘सखी’ एउटी थारु कम्लारी केटीको संघर्षको गाथा होः रामलाल जोशी


Infocus



लेखक रामलाल जोशी
लेखक रामलाल जोशी
फोटोः प्रविण ज्ञवाली

रामलाल जोशी मदन पुरस्कार बिजेता लेखकको रुपमा परिचित छन्।

NIC ASIA

 २०५१/५२ बाट साहित्यको कविता र गजल विधामा कलम चलाउन थालेका जोशीको पहिलो कृति ‘हत्केलामा अकाश’ गजल संग्रह २०५७ मा प्रकाशित छ। सुरुमा कविता र गजलका कलम चलाएका जोशीको दोस्रो कृति भने कथाका रुपमा आयो ‘ऐना’। सुदूरपश्चिमको जनजीवन र संस्कृतिलाई चित्रण गरिएको उक्त कृतिले मदन पुरस्कार पायो र जोशीलाई परिचित लेखकका रुपमा समेत स्थापित गराइदियो। तीनै लेखक जोशीको अर्को नयाँ कृति ‘सखी’ उपन्यास भाेलि (शनिबार) राजधानीमा विमोचन हुँदैछ। लेखन यात्रा र प्रकाशाेन्मुख कृति सखी उपन्यासमा केन्द्रित रहेर लेखक रामलाल जोशीसँग नेपालखबरका शैलज पौडेलले गरेको कुराकानीः

लेखन यात्राको सुरुवात कसरी गर्नुभयो?
म ६ वर्षको हुँदा बुबा बित्नु भयो। बुबा बितेको तीन वर्षपछि बाकसमा उहाँको एउटा डायरी भेटियो। त्यो डायरीमा ‘विद्याकी रानी’ शीर्षकको कविता थियो। मैले यो कविता नजानिँदो पाराले लय हालेर गुनगुनाउन थालेँ। पछि त्यसैको नक्कल गरेर कविता लेखेँ र त्यो कविता विद्यालयमा वाचन गर्दा दुई जनाले मलाई १०/१० रुपैयाँ पुरस्कार दिनुभयो। यसले मलाई हौसला थप्ने काम गर्‍यो। कक्षा १० सम्म पुग्दा तीन चारवटा कृतिको पाण्डुलिपि तयार भइसकेको थिए। पछि क्याम्पसमा पनि लेखन कार्यलाई निरन्तरता दिएँ। २०५७ मा मेरो पहिलो कृति ‘हत्केलामा आकाश’ गजल संग्रह प्रकाशित भयो। यसरी सुरुमा नजानिँदो हिसाबले थालिएको लेखन यात्रा अहिले एक जिम्मेवार महसुस गर्ने लेखका रुपमा आइपुगेको छ।

कविताबाट सुरु भएको तपाईँको यात्रा कसरी कथा र उपन्यासमा आइपुग्यो?
धेरैजसो लेखकको सुरुवाती विधा भनेको कविता र गजलनै भएको पाइन्छ। मैले पनि सुरुमा कविता र गजल लेखेँ। अझ गजलको त कृति नै तयार पारेँ। गजलमा व्यक्तिका व्यक्तिगत भावनालाई सहज रुपमा प्रस्तुत गर्न सकिए पनि समाज, समाजको भावना र त्यहाँका पात्रहरुलाई विस्तृत रुपमा प्रस्तुत गर्न नसकिने देखेपछि म कथा लेखनतर्फ आकर्षित भएको हुँ। कथा लेखनतर्फ लागेपछि केही रुपमा भए पनि आफ्नो समाज, समाजको भावना र त्यहँका पात्रहरुलाई प्रस्तुत गर्न सकेँ झै लाग्छ।

पहिलो कथा कृतिले नै मदन पुरस्कार पायो। पुरस्कार अघि र पछिको लेखनमा के फरक पाउनुभएको छ?
पहिलो कुरा त म पुरस्कार पाउँछु भनेर कथा लेखनमा लागेको होइन्। आफू बसेको भूगोल र आफ्नो संस्कृतिलाई केही मात्रामा चिनाउनका लागि मैले कथा लेखेको हुँ। पुरस्कार पायो राम्रै भयो।

मैले पुरस्कारसँगसँगै पाठकको माया पनि पाएँ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका पाठकले मेरो लेखन र कृतिलाई मन पराइदिनु भयो। यो सबैभन्दा ठूलो पुरस्कार हो। पुरस्कारपछि ममा उत्साह र दबाब दुवै थपिएको छ। पुरस्कार पाएँ त्यो उत्साहको कुरा भयो। पुरस्कारपछि अब कसरी लेख्ने र पाठकको मन पहिलेको कृति झै जित्ने? त्यो गर्न सक्छु कि सक्दिनँ भन्ने दबाब ममा भइरहयो।

केही लेखकहरु मदन पुरस्कारपछि फेरि त्यही विधामा कृति लेख्न डराइरहेको बेला तपाईंको आख्यानमै अर्को कृति आयो नि?
पहिलो कुरा त मैले आफूलाई पुरस्कारको केन्द्रमा नै राखिनँ। पुरस्कारलाई केन्द्रमा राखेर नलेखेका कारण मलाई पुरस्कारको बोझ भएन। पुरस्कारले लेखकको उचाइ बढाउने हुँदा लेखनमा स्तरीयता कसरी कायम गर्ने भन्ने चिन्ता त हुन्छ नै। मैले पुरस्कार नभएर सुदूरपश्चिमको जीवनलाई मूलधारमा ल्याउन, त्यहाँको संस्कार र संस्कृतिलाई चिनाउन ‘ऐना’मा प्रयास गरेको हुँ। त्यो पाठकबाट पनि अनुमोदित भयो भन्ने लाग्छ।

तपाईंको नयाँ उपन्यास ‘सखी’ के हो?
‘सखी’ एउटा थारु कम्लारी केटीको संघर्षको गाथा हो। साथमा सभ्य, संघर्षशील जीवन बाँचीरहेको सिंगो थारु समूदायका जीवनको चित्रण हो।

उपन्यासको कुन पक्षले पाठकलाई तान्छ?
मैले उपन्यासमा थारुहरुकोे यथार्थलाई प्रस्तुत गरेको छु। यही यथार्थलाई प्रस्तुत गरेका कारण पाठकले मेरो अघिल्लो कृति पनि मन पराएका हुन्। मैले ‘सखी’ लेख्ने बेला पनि त्यहाँको समाजका पुगेर, अनुसन्धान गरेरै लेखेको छु। त्यसकारण त्यहाँको यथार्थ जनजीवन मेरो उपन्यासमा आएका छ।

उपन्यासका लागि थारु समुदायको छनौट नै किन गर्नुभयो?
थारु पूर्वदेखि पश्चिमसम्मा ठूलो मात्रामा रहेको एक समूदाय हो। यहाँभित्र पनि अनेकौँ संस्कार र संस्कृति छन्। त्यसको अहिलेसम्म विस्तृत खोजी हुन नसकेको देख्दा मैले अनुसन्धान गरेरै यो विषयमा लेख्नुपर्छ भनेर यो समूदाय छनौट गरेको हुँ। अर्को कुरा म डोटीबाट झरेपछि यहाँको थारु समूदायकै संगतमा रहेँ। त्यहाँ रहँदा म जोशी नभएर चौधरी भएर बसेँ। त्यसकारण मैले उनीहरुलाई, उनीहरुको संस्कार र संस्कृतिलाई राम्रोसँग अनुभूत गरेका कारण पनि यो समूदाय मेरो छनौटमा परेको हो।

एउटा लेखकको नाताले ‘सखी’बाट यहाँको कस्तो अपेक्षा रहेको छ?
ऐनाले पाठकबाट जुन माया र सद्भाव पाएको थियो त्यो माया र सद्भावलाई सखीले पनि कायम राख्छ भन्नेमा विश्वस्त छु। आख्यानको पहिलो कृति भएको हुँदा ऐनामा गरेको मेहनतलाई अझ बढाएर दोस्रो कृति ल्याएको छु। अर्को कुरा यो उपन्यास अनुसन्धानमा आधारित छ। थारु परम्परा र संस्कृतिको अध्ययन र अनुसन्धान गरेर आफूले भेटेका कुराहरु पाठक समक्ष राख्ने काम गरेको छ। यो उपन्यासको विषयवस्तु नयाँ छ। मौलिका स्वादको भएका कारण पाठकको रोजाइमा पर्नेमा म ढुक्क छु। मुख्य कुरा पाठकलाई छुनुपर्छ। यो उपन्यासले पाठकको मन छुन्छ।

अबको योजना के रहेको छ ?
लेखन नै मेरो अबको यात्रा हो। लेखनकै लागि र लेखेरै बाँच्न सकिन्छ भनेर मैले शिक्षण पेशा छाडेँ। अब पनि आख्यानकै क्षेत्रमा अनुसन्धानमूलक एक दुईवटा कृति तत्कालै गर्ने योजना छ।

प्रकाशित १९ असोज २०७५, शुक्रबार | 2018-10-05 17:28:15
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...