यी अमेरिकी नेपाली, जो आफैँले बनाएको विमान चढ्छन्




प्रमाेद रेग्मी
प्रमाेद रेग्मी

‘नेपालबाट आएका महावीर पुनलाई मैले बनाएको विमान ४५ मिनेट चढाएर अमेरिकाको फिनिक्स शहर घुमाएँ, म बाहेक मेरो विमान चढ्ने पुन पहिलो व्यक्ति हुन्।’

सन् २००८ मा अमेरिकालार्इ आर्थिक संकटले गाँज्याे। लगानी बैंक लेहम्यान ब्रदर्स टाट पल्टिएपछि शुरु भएको संकटपछि धेरैले रोजगारी गुमाए।

कतिको काम गर्ने अवधि छोटियो। अवधि छोटिने मध्ये एक थिए– एरिजोना राज्यको फिनिक्समा बस्ने प्रमोद रेग्मी। इलेक्ट्रिक इन्जिनियर रेग्मीले काम गर्ने समय छाेटियाे, फुर्सदिला भए। 

'टिभी र ल्याटपटमा हेरेर भूल्न मन पर्दैन', रेग्मीले टेलिफोनमा फिनिक्सबाट भने, 'त्यही शोखलार्इ पूरा गर्न रिमोट कन्ट्रोलवाला सानो प्लेन बनाउन थालेँ।'

सोख पाल्दैमा पूरा हुनेवाला थिएन। काम गर्नुपर्ने थियो। उनले सो विषयमा थप अध्ययन थाले। तीन महिनाभन्दा बढी काम गरेपछि परिणाम हात लाग्यो, 'एरिजोनाको आकाशमा एउटा फरक डिजाइनकाे टु सिटर जहाजले सफल उडान गर्याे।' 

करिब डेढ वर्ष लगाएर आफैँले निर्माण गरेको त्यो सानो निजी विमान लिएर अहिले प्रमोद घुमफिरमा निस्किन्छन्। यो विमान चढेर उनले अमेरिकाका चार राज्यको सयर गरिसकेका छन्।

ककपिटमा प्रमाेद

ककपिटमा प्रमाेद

'अनुमति पूर्वकाे चेकजाँच, प्राविधिक जाँच र कानुनी प्राक्रिया पूरा गरेपछि मात्रै यो अवसर प्राप्त भएको हो', रेग्मीले सुनाए, ‘अमेरिकामा सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएकाले प्लेन निर्माण गर्ने भन्दा उडाउने अनुमति प्रक्रिया पूरा गर्न कठिन हुन्छ।’

***
काठमाडौंस्थित बालाजु नेपालटारका ४३ वर्षीय रेग्मी दुर्इ दशकअघि अध्ययनका लागि अमेरिका पुगेका थिए। नेपालटार छँदा उनको परिवारको मुख्य पेशा कृषि थियो। तर उनी इलेक्ट्रिक सब ओभरसिएर बने। समय-समयमा कम्पनी र कारखानाहरूको वायरिङको काम लिन्थे। शुरुमा बालाजुको विद्यालयमा अध्ययन गरेका प्रमोदले ५–६ कक्षा आनन्दकुटीमा पढे। २०४७ सालमा एसएलसी बालाजुकाे तरुण माध्यमिक विद्यालयबाट उत्तीर्ण गरे। 

‘सेकेन्ड डिभजिनमा पास भएकाे थिएँ,’ उनी सुनाउँछन्, 'त्यसपछि पिपुल्स र त्रिचन्द्रमा मानविकी अध्ययन गरेँ। तर त्यो पढाइबाट खासै केही जानेको जस्तो लाग्दैन।’

आफूले चाहेको जस्तो विषय खाेज्दै एक दिन उनी बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टोक्नोलोजीमा भर्ना भए।

‘बल्ल जीवनमा केही पढेको जस्तो अनुभूति भयो,’ प्रमोदले सुनाए।

२०५४ सालमा थप अध्ययनका लागि प्रमोद अमेरिका हानिए।

‘पढाइ र कामले जताजता लैजान्छ त्यतै गइयो,’ प्रमोदले भने, ‘२००५ देखि अमेरिकाको एरिजोनामा छु।’ इन्जिनियरिङको एउटा हाँगा बिल्डिङ आटोमेसन हो। यसले कम ऊर्जाबाट घरायसी प्रयोजनका काम गर्छ। प्रमाेदकाे कामकाे क्षेत्र यही बिल्डिङ आटोमेसन हो।

***
उनी बसाेबास गर्ने एरिजाेना राज्य उड्डयनको क्षेत्रका लागि विशेष स्थान हो। एरिजाेनाका अाकाशमा सधैँ फरक-फरक किसिमका विमान उडिरहेका देखिन्छन्। ३ सय ६५ दिनै राम्रोसँग विमान उडाउन मिल्ने मौसम हुन्छ।

‘काममा जाँदा पनि साना प्लेनहरु उडेको देख्दा निकै रमाइलो लाग्थ्यो । मोटर नै रोकेर हेर्थें,’ प्रमोदले भने, ‘तर पैसा कमाउन गएको कारण सातामा ६ दिन दैनिक १२ घण्टाभन्दा बढी समय काम गर्थें। फुर्सद नै हुँदैनथ्यो।’

एरिजाेनाकाे अाकाश जाे हवाइ उडानका लागि प्रसिद्ध छ (भिडियाे)

आर्थिक संकटका कारण २००८ देखि अमेरिकामा काम गर्ने घण्टा कम हुन थाल्यो। ‘फुर्सदकाे त्याे समय अाफ्नाे शोखलाई पूरा गराउन काम शुरु गरेँ,’ प्रमोदले भने, ‘शुरुमा डेढ दुई सय डलर खर्च गरेर आफैँले रिमोट कन्ट्रोल प्लेन बनाएँ। पछि विमान चलाउने सक्ने गरी तालिम र लाइसेन्स लिएँ।’

तालिम र लाइसेन्स मात्र भएर पुगेन। चलाउन विमान अावश्यक पर्‍यो। 'व्यवसायिक उडान गर्ने होइन। अरुको भाडामा लिएर चलाउँदा महँगो पर्याे,’ प्रमोदले भने, ‘त्यसपछि आफैंले बनाउन थालेँ।’

नयाँ र कसैले नगरेको काम भएपछि कानुनी प्रक्रिया पूरा गर्न कठिन हुनुको साथै र खर्च पनि महँगो भयो। सन् १७३७ मा स्विस वैज्ञानिक ड्यानिएल ब्रुनोलीले हाइड्रो डाइनामिकाका सिद्धान्त प्रतिपादन गरेपछि धेरैले त्यसमै आधारित भएर विमान बनाउन खोज्दा खोज्दा ज्यान र धन दुवै गुमाएका छन्। 

‘प्लेन बनाउनु नौलो र कसैले गर्न नसकेको विषय त होइन। तर एक्लैले प्लेन बनाउनु चाहिँ चानचुने विषय पनि होइन,’ प्रमोदले भने, ‘ड्यानिएल ब्रुनोलीपछि मात्रै होइन राइट दाजुभाईले पनि विमान बनाएपछि पनि फेरि बनाउन खोज्दा धेरैले ज्यान र धन गुमाएका छन्।’  

अमेरिकामा नीजि प्रयासमा विमान बनाउन पाइन्छ तर त्यसमा निरीक्षण र अनुगमनको लामो प्रक्रिया पूरा गर्नुपर्छ। 

‘यसमा सामग्री किन्नेदेखि निर्माणको प्रत्येक चरणमा अनुगमन हुनेगर्छ। कुन चरणमा काम भयो, कुन कम्पनीका कस्तो सामान प्रयोग गर्याे भनेर अनुगमन हुन्छ,’ प्रमोदले भने, ‘इन्जिनमा प्रयोग हुने सिरिएल नम्बर सरकारमा दर्ता गरिएको हुन्छ।’

सातामा तीन दिन हुने विदाको समय प्रमोदको बास नै घरको ग्यारेजमा हुन थाल्यो।  झट्ट सुन्दा आश्चर्य लाग्न कुरा हो– विदाको दिन घरमा बसेर विमान बनाउने। प्रमोद रेग्मीले त्यही गरे।   

‘दैनिक १२ देखि १७ घण्टासम्म काम गरेँ। प्रत्येक चरणका कामलाई कसरी सम्पन्न गर्ने भनेर अरु बेलामा पनि सोच्थेँ। त्यसैअनुसार विषय खोजेर पढ्ने र युट्युवमा हेर्ने गर्थेँ ,’ उनले सुनाए, ‘डेढ वर्षसम्म फेसबुक र ट्विटर केही चलाइनँ। अफिस गएर आउने र प्लेन बनाउने विषय बाहेक अरू केही गरिनँ। एक प्रकारको तपस्या जस्तै थियो।’ 

विमान बनाउनेदेखि पहिलो उडान भर्दासम्म रेग्मीलाई डेढ वर्ष भन्दा बढी लागेको थियो। उडान अनुमतिका लागि सरकारी निरीक्षण हुने भयो। ‘दुई सरकारी प्राविधिकहरुले दुई चरणमा आठ–आठ घण्टाका दरले प्रत्येक पार्टपुर्जा र बनाएको तरिका समेतको अध्ययन गरे। त्यसपछि बल्ल एयर वार्दिनेस सर्टिफिकेट र टेल नम्बर प्राप्त दिए।’

कन्ट्रोल टावरले प्लेनको टेल नम्बर नै सोध्ने हो। २०७५ जेठ ३१ प्रमोदले बनाएको प्लेन डियर भ्याली विमानस्थलबाट पहिलो पटक उडेको थियो। प्लेन निर्माणमा डेढ लाख अमेरिकी डलर खर्च भएको उनले सुनाए।

‘त्यसमा मेरो मिहिनेत रकम जोडिएको छैन,’ प्रमोद भन्छन्।

अहिलेसम्म प्रमोदको प्लेनले ४० घन्टा उडान गरिसकेको छ।

‘भर्खरै मात्र नेपालबाट आइपुग्नु भएका महावीर पुन दाईलाई पनि मैले बनाएको प्लेनमा ४५ मिनेट चढाएर अमेरिकाको फिनिक्स शहर घुमाएँ,’ प्रमोदले भने, ‘म बाहेक मेरो प्लेन चढ्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ।’

पुनले फिनिक्स शहरमा प्रमोदसँग उड्दै गरेको र शहरका तस्विर हाल्दै उनको कामको प्रसंसा गरेका छन्।

‘फिनिक्स एरिजोनामा नेपाली भार्इ प्रमोद रेग्मीले पाटपुर्जा किनेर आफ्नै घरमा बनाएको र अमेरिकी सरकारबाट उडान स्वीकृति पाएको हवाइ जहाज चढियो’, पुनले लेखेका छन्, ‘यस्तै किसिमको हवाईजहाज नेपालमा पनि बनाउने, उडाउने र त्यससम्बन्धी तालिम केन्द्रहरु खोल्यो भने धेरै फाइदा हुन्छ।’

भिडियाे

प्रकाशित १९ असोज २०७५, शुक्रबार | 2018-10-05 12:38:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...