बहुपति प्रथामाथि वृत्तचित्रमा काम गर्दैछुः गणेश पाण्डे, निर्देशक


Infocus



गणेश पाण्डे
गणेश पाण्डे
NIC ASIA

गणेश पाण्डे पत्रकार हुन्, तर अहिले उनी  पत्रकारभन्दा  निर्देशकका रुपमा बढी चिनिन्छन्। २०७२ बैशाखको भूकम्पमा परेर बाँचेकाहरुको कथामा उनले तत्कालै डकुमेन्ट्री निर्माण गरे– 'भाग्यले बाँचेकाहरु'। विश्वका धेरै देशमा देखाइएको र धेरैले मन परfएको यही डकुमेन्ट्रीले गणेशको परिचय बदल्यो, पत्रकारबाट निर्देशकका रुपमा। वृत्तचित्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाइरहेका पाण्डेलाई भर्खरै संविधान दिवसको अवसरमा नेपाल सरकारले सुप्रबल जनसेवा श्री चौथोबाट विभूषित गर्ने सार्वजनिक पनि गरेको छ। वृत्तचित्र निर्माण यात्रामा निरन्तर अगाडि बढ्ने योजनामा रहेका गणेश पाण्डेसँग नेपालखबरका शैलज पौडेलले गरेको वार्ताः 

पत्रकारिताबाट डकुमेन्ट्री निर्माण, निर्देशनतर्फ किन मोडिनु भयो?
म डकुमेन्ट्रीतर्फ आकर्षित हुने मुख्य कारण नै पत्रकारिता हो। खासगरी टेलिभिजन पत्रकारिताले नै मलाई यसतर्फ आकर्षित ग¥यो र म यता लागें। नेपाल वनमा गरेको टेलिभिजन पत्रकारिता मेरो डकुमेन्ट्री यात्राको ‘टर्निङ प्वाइन्ट’ नै हो भन्दा पनि हुन्छ।

डकुमेन्ट्री के हो? सर्ट फिल्म र यसमा के भिन्नता हुन्छ?
सत्य कथामा आधारित र वास्तविक पात्रद्वारा अभिनित फिल्म नै डकुमेन्ट्री हो। नेपालमा डकुमेन्ट्रीका बारेमा बुझाइमा समस्या छ। कुनै एउटा व्यक्तिको सामान्य प्रोफाइल, एउटा कार्यक्रमको भिडियो खिचेर त्यसलाई डकुमेन्ट्री भन्ने चलन छ। यो गलत छ।

डकुमेन्ट्रीतर्फको तपाईंको यात्रा कसरी अगाडि बढ्यो?
नेपाल वनमा काम गर्न दिल्ली गएको म २०६५ मा नेपाल फर्किएँ। नेपाल फर्केपछि शुरुमा के गर्ने भन्ने तनावमा परेँ। पछि एबिसी टिभीमा काम गर्ने अवसर पाएँ। त्यहाँ विशेष संवाददाता हुँदै डेक्समा पनि काम गरेँ। त्यही बेला म डकुमेन्ट्री बनाउन भनेर जापान गएँ। जापान जाँदा कुरा नमिलेपछि मैले एबिसी छाडें अनि मेगा बैंक र एड्भोकेसी फोरममा पार्ट टाइम जागिर सुरु गरें। एड्भोकेसीमा रहँदा मैले बेपत्ता नागरिकको कथामा ‘अन्तिम सन्देश’, उज्जनकुमार श्रेष्ठकी बहिनी सावित्री श्रेष्ठको कथामा ‘ब्रेभ सिस्टर’ (बहादुर बैनी) नामक वृत्तचित्रमा काम गरें। त्यस्तै सावित्रीकै ‘पीडाका पाँच हजार दिन’ पुस्तक पनि यही समयमा आयो। पछि ‘भाग्यले बाँचेकाहरु’ हुँदै यो यात्रा अगाडि बढिहरेको छ।

भूकम्पले मानिसहरू तर्सिरहेका बेला ‘भाग्यले बाँचेकाहरु’ बनाउने सोच कसरी आयो?
२०७२ सालमा महाभूकम्प जाँदा म कामको सिलसिलामा नवलपरासीमा थिएँ। भूकम्प गएको थाहा हुनसाथ हामी त्यहँबाट हिँड्यौँ। मैले दैनिक नेपालका फोटो पत्रकारलाई भेटेजति सबै दृश्य कैद गर्न अनुरोध गरें। काठमाडौँ फर्केपछि सुरुमा मलाई भूकम्पले ढलेका मन्दिरमा पनि मानिसले ढोग्दै हिँडेको देख्दा यही विषयमा वृत्तचित्र बनाउनुपर्छ जस्तो लाग्यो। मन्दिर ढले पनि मन्दिरप्रतिको मानिसको आस्था नढलेको देख्दा मलाई यही विषय हुनसक्छ जस्तो लागेको थियो।

पछि नीर्जिव वस्तुमाथि नभएर बाँच्ने र बचाउनेमाथि काम गर्ने सोचेर मैले विषय परिवर्तन गरें। भूकम्पका कारण मानिसमा निराशा छाएको थियो। त्यो निराशामा आशा जगाउने काम गर्नुपर्छ भनेर मैले झण्डै तीन महिना लगाएर यो वृत्तचित्र निर्माण गरेँ।

२०७२ सालकै साउनमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘भाग्यले बाँचेकाहरु’ सार्वजनिक गर्नुभयो। त्यसपछि विभिन्न ठाउँमा देखाउने काम गरियो। भूकम्पका कारण पार्टी कार्यालय भत्किएपछि एमालेका नेताहरुको बैठक बाहिर टेन्टमा चलरिहेको थियो। नेताहरूको अनुरोधमा यसलाई त्यहाँ समेत देखाइयो। सैनिक मुख्यालयमा पनि यसको प्रदर्शन गरियो।

विदेशमा कहाँ कहाँ देखाइयो यो वृत्तचित्र?
बेलायतको संसदजस्तो सर्वोच्च स्थानमा समेत ‘भाग्यले बाँचेकाहरु’ देखाइयो। यो मेरो लागि ठूलो अवसर थियो र देशका लगि गौरवको विषय पनि। बेलायतले भूकम्प प्रभावितप्रति देखाएको सहानुभूति थियो त्यो। त्यसैगरी अमेरिकाका विभिन्न राज्यहरु, अष्ट्रेलिया, बेल्जियम, सिंगापुर, थाइल्याण्ड लगायतका मूलुकमा यो वृत्तचित्र देखाइयो।

अवार्ड पनि थुप्रै हात पार्नुभयो...
सुरुमा ‘भाग्यले बाँचेकाहरु’ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा देखाइयो। त्यहाँ यसले ‘बेस्ट फिल्म’ र ‘पब्लिक च्वाइस’ गरी दुई वटा अवार्ड हात पार्न सफल भयो। त्यहींबाट अगाडि बढेको अवार्ड यात्रामा अहिलेसम्म यसले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ। यतिधेरै स्थानमा प्रदर्शन हुने र अवार्ड हात पार्ने यो नै पहिलो नेपाली डकुमेन्ट्री हो जस्तो मलाई लाग्छ। नेपालको डकुमेन्ट्रीमा मैले दिलभूषण पाठक, केसाङ छेतेङ, रम्यता लिम्बुको पदचापलाई पछ्याउन खोजेको हुँ। उहाँहरुले यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको छ।

नेपालमा चाहिँ कस्तो प्रतिक्रिया पाउनुभयो?
विश्वभरबाट राम्रो रेस्पोन्स आइरहँदा पनि नेपालको सरकार भने यसबारे बेखबर थियो। सरकारमात्रै होइन अन्य क्षेत्रहरुमा पनि डकुमेन्ट्रीलाई उपेक्षाको भावले हेर्ने प्रचलन छ। चलचित्र विकास बोर्डजस्तो सरकारी निकायले वितरण गर्ने पुरस्कारदेखि अन्य कुराहरुमा पनि डकुमेन्ट्रीलाई निषेध गर्ने गरिएको छ। अरु त अरु डकुमेन्ट्रीको निर्देशक चलचित्र निर्देशक समाजको सदस्य समेत बन्न नपाउने व्यवस्था रहेको छ। तर संविधान दिवसको अवसरमा सरकारले मलाई सुप्रबल जनसेवा श्री चौथोबाट विभूषित गर्ने घोषणा गरेको छ। यसले भने केही खुसी तुल्याएको छ र अझै केही गर्नुपर्छ भन्ने उत्साह पैदा गरेको छ।

अवार्डसँगै कमाइ पनि राम्रै भयो?
पहिलो कुरा त मैले यसबाट नाम कमाएँ। विभिन्न देशमा देशको नाम चिनाउने काम पनि गरें। त्यस्तै यो डकुमेन्ट्रीको प्रदर्शनबाट उठेको रकमले विभिन्न सामाजिक कामहरु पनि गरिरहेको छु। भूकम्पमा खुट्टा गुमाएकी प्रिया कार्कीलाई अध्ययनका लागि सहयोग गर्नुका साथै दुबइमा संकलन गरिएको रकम मानव सेवा समाज लमजुङ, र हङकङमा संकलन गरिएको रकम लमजुङमा फुटबल मैदान निर्माणमा सहयोग गरिएको छ। त्यसैगरी पत्रकारहरुलाई सम्मान गर्नका लागि १ देखि पाँच लाखसम्मका १५ वटा अक्षय कोष स्थापना गरिएको छ। अब यसबाट वार्षिक १५ पत्रकारलाई सम्मान गरिने छ। त्यस्तै विभिन्न ठाउँमा विद्यालय तथा अन्य सामाजिक कार्यका लागि पनि यसको प्रदर्शनबाट आएको रकम खर्च भएको छ। यो नै मेरो कमाइ हो।

अर्को यसले मेरो पत्रकारको परिचय बदलिदिएको छ। अन्तर्राष्ट्रिय जगतमा नेपाली डकुमेन्ट्री प्रवद्र्धन गर्ने अवसर पनि मैले पाएँ भने अमेरिकाको न्युजर्सी राज्यले सरकारी तवरबाटै मलाई विश्वभरबाट सहानुभूति बटुलेको भन्दै सम्मान समेत ग¥यो। यही वृत्तचित्रका कारण अहिले मेरो हातमा विभिन्न प्रजेक्टहरु परेका छन् र १० जनलाई रोजगारी समेत दिएको छु। यो नै मेरो सबैभन्दा ठूलो कमाइ हो। र अब यसैमा निरन्तर रुपमा लाग्ने योजनाका साथ अगाडि बढेको छु।

वृत्तचित्रमा नयाँ योजना के छ?
सेभ द चिल्ड्रेनको एक प्रोजेक्ट अन्तर्गत दशैँ–तिहार लगत्तै एउटा मैथिली भाषाको ३० मिनेटको चलचित्रको छायाँकन आरम्भ गर्दैछौँ। त्यसैगरी यो वर्ष नै सक्ने गरी बहुपति प्रथाबारे डकुमेन्ट्री निर्माणको तयारी सुरु भएको छ। अक्टोबरको पहिलो हप्ता चीनमा हुने डकुमेन्ट्री निर्देशकहरुको कार्यक्रममा सहभागी हुँदैछु। विश्वभरबाट छानिएका १९ डकुमेन्ट्री निर्देशकहरु उक्त कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित ६ असोज २०७५, शनिबार | 2018-09-22 14:59:48
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।