बेइजिङबाट कवितामै अन्तरदेशीय मित्रता बाँड्छन् कवि अजय


Infocus



अजय अलौकिक
अजय अलौकिक
NIC ASIA

कहिले डलर त कहिले सुनको विस्कुट पाउँ
चिल्ला कार होइन, प्रभु हवाइजहाज घरमै राख्न पाउँ
जय बाबा पशुपतिनाथ
कल्याण गर्दै गर्नु अरूको
पहिले मलाई नै आशिर्वाद
जय बाबा पशुपतिनाथ

अहिलेको सामाजिक मत्स्यन्यायप्रति व्यंग्य कस्दै कवि अजय अलौकिक फेरि काव्यिक दुनियाँमा आइपुगेका छन्। २०६१ सालमा यही उल्झनमा ‘म पनि’ नामक काव्ययात्रा गरेका उनले २०७४ मा ‘अलौकिक चीन’ नामक गैरआख्यान निकालेका थिए।

तेश्रो कृतिका रूपमा व्युँतिएको कवि हृदयले यस पुस्तकमार्फत् मनभित्रको असमञ्जस स्थिति उजागर गरेको छ। कवि भित्रको गेयात्मक भाव देखेर युवा गीतकार भुपेन्द्र खड्का भन्छन्, ‘पहिला उनी गीत संगीतका मात्र फ्यान थिए, आजभोलि गीत संगीत नै उनका फ्यान भएका छन्।’

७० भन्दा बढी कविताहरूले सरल स्वरूप धारण गर्नुअघि यस कविता संग्रहले उत्तरी चीनमा रहेर पनि देशभित्रको वेथितिप्रति हृदय हुँडलेको बुझ्न सकिन्छ।

जीवनप्रतिका जटिलता, जीवनका दुःखसुख, पँधेरीको सम्झनाले पिरोलेको देखिन्छ भने माया बिक्रीमा राखेको देख्दा जीवनदेखि विरक्तिन खोजेको झल्किन्छ। कविताका रूपमा उनका हरफहरू देखापर्छन् तर कतिपय कविताले गीत नै गाउन खोजेको जस्तो लाग्छ। त्यसो त केही गाइसकिएका गीतहरू पनि उनले यसमा संग्रहित गरेका छन्। प्रा.डा. कृष्णहरी बरालका विचारमा अजयका गीत कविताहरू वैयक्तिक भएपनि पनि निर्वैयक्तिक बन्ने सामर्थ्य राख्छन्।

यो असमञ्जस कविता संग्रहलाई भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो। सरस र सरल शब्दहरूले जीवन र जगत, प्रेम र घृणा, अन्तरदेशीय मित्रताका कुराहरू पनि वकालत गरेकाले काव्यिक भावना महसुस गर्नेहरूलाई फरक खालको मिठास दिनसक्छ।

कवि विप्लव प्रतीकका शब्द सापटी लिने हो भने भन्न सकिन्छ– ‘कुन अप्राप्त खुशी वा कुन दुःखले अजयलाई काव्यको कम्यूनमा ल्यायो, थाहा छैन। उनको त्यो दुःख हराओस्, कविता र त्यसमा भेटिने ताल नहराओस्।’

 

प्रकाशित २३ भदौ २०७५, शनिबार | 2018-09-08 14:08:20
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।