Infocus
कथा

यसरी भयो मेरो बलात्कार


Infocus


NIC ASIA

मलाई थाहा छैन– म कसरी आफूमाथि बज्रिएको कहालिलाग्दो घटना सुनाउन तयार भएँ। तर, यो पनि साँचो हो कि, आफ्नो पीडा मनमै गुम्साएर राखिरहन सक्दिन अब। किनकि म भित्रैबाट उथलपुथल भइसकेँ र बाँच्ने आश पनि मथ्थरहुँदै छ। बरु सुनोस् सारा जगतले मेरो अस्तित्व कसरी लुटियो भन्ने। सके दुई थोपा आँसु बहाएर सहानुभूति प्रकट गरोस्, नसके मेरो जीवनका ती भयानक रात र भयाभह अवस्थामा आफै यौनान्द महसुस गरोस्– पापी संसार।

०००
मेरा थुप्रै रहर थिए। आफ्नै सपना थिए। फुरुङ्ग उड्ने, माथिमाथि आकाशमा। कहिले चङ्गा बनेर त कहिले जुनकिरी। कहिले भँगेरा बनेर त कहिले बादल। अनि साक्षात्कार गर्ने त्यो चम्किलो जुनसँग। हो, मेरी आमासँग।

सबैले भन्थे– ऊ माथि हेर त तिम्री आमा जुन बनेर तिमीलाई आकासबाट नियालीरहेकी छिन्। अनि मलाई चाह जाग्थ्यो– आकासमा गएर उनको काखमा निदाउने। लिठ्ठा परेको कपालका जुम्रा हेर्न लगाउने।

म ५ वर्षकी हुँदा उनी मलाई छाडेर जुन बन्न पुगिन्। त्यसपछि मैले उनको कोमल हातको स्पर्श महसुस गर्न कहाँ पाएँ र। रातमा लोरी कसले सुनायो र। त्यसैले त म मेरी आमा खोज्दै भौतारिरहेँ। कहिले पिढीँमा त कहिले गोठ, करेसा बारी, भकारी, खेतका आली, बारीका पाटा, मिल, घाँसे रुखका फेँद, सुन्तलाका बोट, पधेँरो अनि भान्छाको एक छेऊ। हो, ती सबै ठाउँ जहाँ उनले पटक–पटक मलाई बोकेर लगेकी छन् र काढेकी छन् लामो सुस्केरा अनि चुमेकी छन् मेरो निधार र गाला। त्यतिकैमा हरेकदिन तप्प चुहिएको छ मेरो हातमा उनको बह– आँसु बनेर।

पछिमात्र मैले बुझेँ आँसुको अर्थ। कति निर्दोष थिए, ती आँसु। कति पीडा लुकेको थियो त्यसमा। र, मलाई यो पनि थाहा छ, मेरी आमाका लागि ती आँसु नभएर रगतका थोपा थिए। नदेखिने चोटको। हो, मनमा लागेको। गहिरो न गहिरो।

योपनि मैले बुझेँ, त्यो चोट त मेरै बाबुले दिएका रहेछन्। बलात्कारी बनेर। हो, उनको शरीरमाथि पूर्ण नियन्त्रण कायम गरेर। बिचरी मेरी आमा, गर्न के नै सक्थिन् र, आफ्नो जीवन त्याग गर्नुबाहेक। र, त आज जुन बनेर चम्किरहेकी छन्। ऊ त्यो माथि आकासमा।
०००
त्यो दिन– मेरो ८ औँ जन्मोत्सव थियो। पहिलोपटक बुबाले मेरो जन्मदिन मनाइदिँदै थिए। म पख्ख थिएँ, वरिपरी साथी–भाइ तथा आफन्त हातमा मेरा लागि गिफ्ट लिएर उभिएको देख्दा। सायद मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो त्यो। तर, के थाहा मलाई, त्यही दिन जीवनको सबैभन्दा कहालिलाग्दो बनिदिन्छ भन्ने।

रातको १० बजे। बर्थ डे पार्टी सकेर सबै आ–आफ्नो घर गए। म आफ्नो कोठामा। सुत्ने तरखरमा थिएँ। ढोका ढकढक गरेको आवाज आयो। खोलेँ। बाहिर बुबा उभिएका थिए। भित्र छिरे अनि भने, ‘छोरी कस्तो भयो त जन्मदिन?’

‘थ्यांक यू बुबा’ मैले भनेँ। त्यसपछि उनले मलाई आफ्नो अंगालोमा लिए। मेरो कपाल चलाइदिए। म मख्ख थिएँ। किनकि आमाले छाडेर गएको वर्षौँपछि सोही प्रेम महसुस गर्न पाएकी थिएँ। तत्कालै उनले मेरो बक्षस्थलमा हात लाँदै त्यसलाई मुसार्न थाले। ‘एय्य दुख्यो’ म चिच्याएँ। त्यसपछि उनी पछि हटे। कोठाबाट निस्किए। के गरेको भन्ने मैले बुझ्न सकिनँ। केबल बक्षस्थल दुखेर रातभर सुत्न सकिनँ। बाबुले मलाई यसरी किन चिमोटे? मेरो मनमा केबल यही प्रश्नमात्र खेलिरह्यो।
०००
त्यसको एक सातापछिको कुरा हो। अंकल–आन्टी केही दिनका लागि काठमाण्डु जानु भयो। मेरो स्कुल विदा थियो। म कोठामा आमाको फोटो हेरेर टोलाइरहेकी थिएँ। त्यतिकैमा बुबा भित्र पसे। भने, ‘छोरी के गर्दै छौँ?’ सधै तँ भन्ने बुबाले तिमी भनेर प्रेम दर्साएको कसको छोरीलाई मन नपर्ला र? म पनि फुरुङ्ग हुँदै देखाइदिएँ हेरिरहेको आमाको फोटो।

उनले सो फोटो आफ्नो हातमा लिए। मलाई आफ्नो काखमा बसाले र चलाउन थाले उसैगरी मेरो भर्खरै फक्रदै गरेको बक्षस्थल। ‘बुबा यसरी नचिमोट्नु न, मलाई दुख्छ के’ मैले निन्याउरो मुख लाउँदै भनेँ। तर, उनले चलाउन छाडेनन्। मलाई असह्य पीडा भएपछि मैले प्रतिवाद गर्न थालेँ। तर, मेरो के नै लाग्थ्यो र। त्यसपछि त झन् उनले मेरो शरीर सुमसुमाउन थाले। मेरो सबै कपडा खोलिदिए। अनि जाइलागे ममाथि।

म रक्ताम्य भएँ। तर, के भएको हो भन्ने थाहा पाइनँ। बुबाले मलाई किन यस्तो गरे भन्ने प्रश्नमात्र दिमागमा खेल्यो।

आज म सम्झन्छु, त्यो कहालिलाग्दो पल। अनि भक्कानिएर रुन्छु एक्लै। असह्य पीडा हुन्छ। र, आफैसँग प्रश्न गर्छु– के त्यसो गर्दा उनलाई अलिकति पनि मप्रति दया लागेन? के उनीमा मानवता थिएन? के उनी राक्षस थिए? के उनीसँग मन थिएन? के उनले म उनको आफ्नै सन्तान हुँ भन्ने बिर्सिएका थिए?

म प्रश्नको कुनै जवाफ त पाउँदिन, तर सम्झन्छु आमालाई। अनि आमासँग पिचासु बाबुले गरेको त्यो व्यवहार। दिनभर काम गरेर थकित आमालाई कसरीे उनी रातभर चुसिरहन्थे भन्ने। मिन्स भएका बेलासमेत कसरी जाइलाग्थे र आमा रगताम्य भएर पल्टिरहन्थिन भन्ने। कतिपटक उनले गर्भ तुहाइन् अनि उनको शरीरमा कति नीलडाम थिए भन्ने।

सबै सम्झिएपछि लाग्छ– त्यो पिचासु मानव हुनै सक्दैन। ऊ त दानव थियो। अलंक, राक्षस।
०००
१ वर्षसम्म बाबु ममाथि जाइलागिरहे। र, म के भएको हो भन्ने थाहा नपाई निरिह बनिरहेँ। जब थाहा पाएँ, तब मेरो होस्, हवास् उड्यो।

स्कुलमा एउटा नाकट देखाइएको थियो। त्यसमा केही मानिसले एक बालिकाको अस्तित्व लुटेको र ती बालिका रगताम्य भएको दृश्य थियो। त्यसलाई बलात्कार भनियो। पात्र फरक भए तापनि सबै घटनाक्रम मसँग मिल्दै थिए। नाटकको अन्त्यमा बलात्कारीलाई प्रहरीले समाएर जेलमा लगे। नाटक सकियो।

ममाथि त बलात्कार पो भएछ! नाटक सकिएपछि ट्वाइलेटको एक कुनामा गएर आँसु झार्दै म भक्कानिरहेँ। जे होस्, नाटकपछि मैले बलात्कारको परिभाषा नबुझे पनि ममाथि भएको त्यही हो र त्यसो गर्नेलाई प्रहरीले समाएर लान्छ भन्नेसम्म बुझ्न सकेँ।

‘मेरो बाबुले पनि मलाई बलात्कार गर्छ’ भनेर कसलाई सुनाऊँ भइरहेको थियो। सरलाई भनेपछि उनले पुलिसलाई भनिदिन्छन् र बाबुलाई समाएर लान्छ भन्ने लाग्यो। नाटकमा एक सरले पुलिसको रोल गरेकाले पनि होला, मलाई उनैसँग व्यथा पोख्न मन लाग्यो।

एकदिन ठूलो आँट गरेर भनेँ पनि। सरले स्कुल छुट्टी भएपछि आफ्नो घरमा आउन भने। सबै कुरा विस्तारमा सुन्ने बताएँ। मैले पनि त्यसै गरेँ। रुँदै सबै सुनाएँ। तर, उनको मनमा मप्रति एकरत्ति सहानुभूति जागेन। उल्टै मेरो चिर हरण गरे। पिचासु बाबुले जसैगरी।

त्यहाँबाट पनि रुँदैरुँदै म घर फर्कें।
०००
जब म कक्षा ५ मा पुगेँ तब बलात्कार के हो भन्ने राम्रोसँग बुझेँ। त्यसपछि घिनलाग्न थाल्दो पिचासु बाबुप्रति, क्रुर सरप्रति अनि सिंगो समाजप्रति। तर, घटना बाहिर ल्याउने सामथ्र्य भएन। बरु आफ्नै बाबुबाट बलात्कृत हुन्छु भन्ने थाहा पाएपछि छिमेकी दाइसमेत मेरो अस्मिता लुट्न पछि परेनन्। घाँस काट्न जंगल गएका बेला उनी पटक–पटक मेरो शरीरसँग खेले।

थप दुई वर्ष म यो सबै सहेर बसिरहेँ। बलात्कारको विषयमा कानुनी ज्ञान पनि हासिल गरिरहेँ। तर, बलात्कारीले आजिवन सजायँ पाउने सम्भावना कम थियो। म चाहन्थेँ, उनीहरुलाई मृत्युदण्ड दिइयोस्। नेपालमा त्यस्तो व्यवस्था थिएन। त्यसैले आफै सजायँ दिने प्लान बनाएँ। र, एकरात पिचासु बाबुलाई खुकुरीले रेटिदिएँ। त्यसको एक सातापछि त्यसैगरी ती सरलाई अनि जंगलमा छिमेकी दाइलाई।

संयोगबस्, जंगलमा कसैले मलाई देख्यो। र, म अहिले प्रहरी हिरासतमा छु। यहीँबाट लेख्दै छु यो पीडादायी कथा। अझै १० वर्ष मैले यही जेलमा बिताउनु छ। तर, ममा हत्याको पश्चाताप कत्ति छैन। किनकी बलात्कारीका लागि सजायँ मृत्यु नै हो।

आजभोलि म जेलभित्रबाट रातमा जुन हेर्न पाउँदिनँ। तर, जुन पहिलेभन्दा पक्कै बढी चम्किएको हुनुपर्छ। मेरी आमाको आत्माले पक्कै शान्ति पाएको हुनुपर्छ। यहाँबाट बाहिर निस्किएको दिन म अवश्य नियाल्ने छु आमा तिमीलाई ...

प्रकाशित १५ साउन २०७५, मंगलबार | 2018-07-31 14:19:37
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।