कथा

मैले छाडेकी प्रेमिका




एकदिन ठूलो आँट गरेर उसलाई पोस्ट कार्ड दिएँ। कटरिना क्याफको तस्बिर रहेको पोस्टकार्ड पछाडि ‘मलाई तिमी यो हिरोइनभन्दा राम्री लाग्छौ। म तिमीलाई माया गर्छु’ लेखेर।

बोल्ने उसका आँखा। मुस्कुराउने उसका आँखा। लजाउने उसका आँखा। लठ्याउने उसका आँखा। गलाउने उसका आँखा। अनि निरिह म। अबुझ। असमझदार। नत्र त उसका आँखाको भाव सजिलै पहिल्याउन सक्ने थिएँ। बोलाउँदा बोल्ने थिएँ। मुस्कुराउँदा साथ दिने। लजाउँदा जिस्काइदिने। लठ्ठीने। गल्ने। अहँ, कहिल्यै पढ्न सकिनँ मैले उसका आँखा।

कति सुन्दर आँखा, ठूला–ठूला, हल्का नीला, बढी खैरा। सबैले उसको आँखाको यसरी नै व्याख्या गर्थे। विश्लेषण गर्थे। र, म पनि यसकै आधारमा आफ्नो धारणा बनाउँथें। म गलत रहेछु। न उसँग विछोड हुँदा बुझ्न सकेँ न उसले मायाको भिख माग्दा नै। जब बुझेँ, तब निकै ढिला भइसकेको थियो। हो, ऊ यो संसारबाट विदा भइसकेकी थिई।
०००
१०० मिटरको दूरीमा थियो हाम्रो घर। साँझ–बिहान देखभेट हुन्थ्यो। स्कुल एउटै। म कक्षा ५ मा पढ्दा ऊ ४ मा पढ्थी। दिनहरु सामन्यरुपमा बितिरहेका थिए। सँगै खेल्ने, रमाउने गथ्र्यौँ। लुकामारी खेल्दा कैयौँपटक एउटै सिरकमुनी हुन्थ्यौँ, टाँसिन्थ्यौँ। तर, स्पर्शको कुनै उन्माद थिएन। न लोभ नै थियो। भाँडाकुटी खेल्दा कतिपटक श्रीमान्–श्रीमती बन्यौँ। तर, त्यसको कुनै अर्थ लगाएनौँ। न त्यसलाई परिणाममुखी बनाउने कुनै चाह नै जाग्यो। खेलले जीवनको अर्थ कसरी बोक्न सक्थ्यो र? अनि जीवनको परिभाषा बुझ्ने पनि त भएका थिएनौँ हामी। त्यो त केवल बचपना थियो।

समय बित्दै गयो। म ९ कक्षामा गएँ, ऊ ८ मा। हाम्रो निकटता पहिलेजस्तो रहेन। सर्लाहीको पिछडिएको गाउँ। मेरो बुबा किसान। फुर्सदको समयमा बुबालाई सघाउँथेँ। प्रायः गाई, गोरु, भैंसी चराउन नजिकैको जंगल जान्थेँ। ऊ जमिनदारकी एक्ली छोरी। जंगल किन जाओस्। काम पर्दा कहिलेकाहीँ बोल्थ्यौँ। बेलाबेला एक–अर्काको घरमा आउने–जाने भने भइरहन्थ्यो। त्यो पनि कामकै सिलसिलामा।

२०५४ साल। मंसिर महिना। शनिबारको दिन। दिउँसोको खाजा खाएर गाई–गोरु लिएर जंगल गएँ। छिमेकी दाइ–दिदी पनि थिए। प्रायः उनीहरु नामको मात्र गोठालो जान्थे। मलाई गोठालो बनाएर लामो समय गायब हुन्थे। त्यसदिन पनि त्यस्तै भयो। घर जाने बेलासम्म आइपुगेनन्। म खोज्न गएँ। भेटेँ। नजिकैको ओडारमा। एकअर्काको अंगालोमा बेरिएका। ओठ चुमिरहेका। मैले लुकेर हेरिरहेँ। त्यसपछि दिनहुँः ओडारनजिक गएर उनीहरुले त्यसो गरेको लुकिलुकी हेर्न थालेँ। मलाई छुट्टै आनन्द आउँथ्यो। खोई किन? खोई कस्तो?

एकदिन यो कुरा साथीलाई सुनाएँ। उसले त्यसलाई प्रेमालापको उपमा दियो। त्यसपछि प्रेम शब्द मेरो मानसपटलमा घुमिरह्यो। कहिले चुम्बन बनेर त कहिले अंकमाल।
०००
पुस महिना। मध्यान्नको समय। सबिता मेरो घर आउँदै थिई। सबिता उसको नाम। जोसँग मेरा थुप्रै यादहरु जोडिएका थिए। जोसँग मैले मीठो बालपन बिताएको थिएँ। जो मेरो मीठो अतित थिई। जसलाई म चाहेर पनि भुल्न सक्दिनथेँ। हो, उही सबिता! ऊ आँगनमा आईपुगी। मैले झ्यालबाट नियालेँ। हतारहतार बाहिर निस्किएँ। ऊ मुल ढोकामा आइपुगी। हामी आमने–सामने भयौँ। हाम्रा आँखा जुधे। तत्काल उसले आँखा झिमिक्क पारी। र, भनी, ‘सबिन, अंकल हुनुहुन्न?’

मैले भित्र आउन आग्रह गरेँ। तर, ऊ त्यहीँ उभिइरही। आफ्नो प्रश्नको जवाफ खोज्दै। मैले घरमा आफूमात्र भएको बताएँ। ऊ एक कदम पछि हटी। मलाई हेरी। फेरि हाम्रा आँखा जुधे।

‘के काम थ्यो र?’ मैले प्रश्न गरेँ।

‘आज हाम्रो घरमा ३ लिटर दूध ल्याइदे है’, ऊ बोली।

मैले टाउको हल्लाएर मौन समर्थन जनाएँ। उसले मलाई फेरि हेरी। आँखा पुनः जुधे। एकैछिनमा केही नभनी ऊ त्यहाँबाट अलप भई।

म भित्र छिरेँ। कुर्सीमा बसेँ। मानसपटलमा सबिता सलबलाई। कति राम्री भएकी! कति राम्रा आँखा! कर्ली कपाल। पुष्ट छाती। रसिला ओठ। चिल्ला गाला। मिलेको जिउडाल। साँच्ची निकै सुन्दर छे ऊ। पहिलोपटक मैले उसको मज्जैसँग विश्लेषण गरेँ।
०००
लुकिलुकी सबितालाई हेर्न थालेँ। कहिले आँगनबाट, कहिले झ्यालबाट त कहिले टिफिनटाइममा स्कुलमा। साँझको ठेक्काको दूध लगेर उसको घरमा आफै जान थालेँ। अनि दिनहुँ हाम्रा आँखा जुध्न थाले। प्रायः दूध खन्याउने भाँडो लिएर ऊ आफै बाहिर आउँथी। सोही क्रममा हाम्रा हातले एकअर्कालाई स्पर्श गर्थे। मलाई आनन्द आउँथ्यो। हिजो उसको शरीरसँग मेरो शरीर टाँसिदा कुनै कम्पन नहुने, अहिले हातको स्पर्शमा यस्तो उन्माद! म आफै अचम्म पर्थेँ। विस्तारै ऊ प्रिय लाग्न थाली। अचाक्ली।

एकदिन ठूलो आँट गरेर उसलाई पोस्ट कार्ड दिएँ। कटरिना क्याफको तस्बिर रहेको पोस्टकार्ड पछाडि ‘मलाई तिमी यो हिरोइनभन्दा राम्री लाग्छौ। म तिमीलाई माया गर्छु’ लेखेर।

त्यसको दुई दिनपछि उसले पनि सलमान खानको तस्बिर भएको पोस्टकार्ड पठाई। पछाडि ‘मलाई पनि तिमी यो हिरोभन्दा राम्रो लाग्छौ’ लेखेर। सधैँ एकअर्कालाई तँ भनेर सम्बोधन गर्ने हामी। तिमीमा पुग्यौँ। प्रेम के हुन्छ, कस्तो हुन्छ, कसरी गरिन्छ मलाई थाहा थिएन। गोठालो जाँदा दार्इ–दिदीले गरेको प्रेमालाप भने कहीँ कतै गडेर बसेको थियो। एउटा अविस्मरणीय दृश्य बनेर।

प्रेमको अर्थ नबुझी हामीले एकअर्कालाई प्रेम गर्न थाल्यौँ। ऊ राम्री छे, त्यसैले म उसलाई प्रेम गर्छु। उसका आँखा राम्रा छन्, त्यसैले ऊ मलाई अरुभन्दा राम्री लाग्छे।

पोस्टकार्ड आदान–प्रदान भएपछिका दिनहरु भने फेरिएका थिए। पहिलाजस्तो आँखा जुध्दा लामो समयसम्म झुक्दैनथे। हातले स्पर्श गर्दा हत्तपत्त तान्दैनथ्यौँ। एकअर्कालाई लुकिलुकी हेथ्यौँ। मेरो घरबाट उसको कोठाको झ्याल र उसको घरबाट मेरो कोठाको झ्याल देखिन्थ्यो। साँझ उसले बत्ति ननिभाउँदासम्म मेरो कोठामा बत्ति बल्थ्यो, मैले ननिभाउँदासम्म उसकोमा।
०००
२०५५ साल। १ वर्ष बित्यो। एसएलसीको अन्तिम दिन। परीक्षा दिएर आउँदै थिएँ। सबिता स्कुल जाँदै गर्दा बाटोमै भेटिई।

‘आज साँझ ४ बजेतिर मेरो घरमा आइज है’ मैले उसलाई भनेँ। उसले टाउको हल्लाएर हुन्छको संकेत गरी।

ऊ आई। मैले भित्र बोलाएँ। ढोका लगाएँ। उसले एकटकले मलाई हेरिरही। हाम्रा आँखा जुधे। मैले उसलाई बेडमा पल्टाएँ। अंकमाल गरेँ। उसले असहज मानी। त्यसपछि आफ्नो ओठ उसको ओठतिर अघि बढाएँ। चुमेँ। गोठालो जाँदा दाइले ती दिदीलाई चुमे जसरी। सबिता मौन रही। मैले उसको ओठ चलाउन थालेँ। उसले मलाई रोकी। मैले उसलाई अठ्याएँ। ऊ उठ्न खोजी। मैले दिइनँ। बल गरेर चुम्न खोजेँ। जबरजस्ती। ऊ रुन थाली। म उसलाई चुम्न। त्यतिकैमा ढोका ढकढक गरेको आवाज आयो। मैले उसलाई छाडिदिएँ। ऊ उठी। पछाडिको ढोकाबाट बाहिर निस्की। अनि लागी आफ्नो घरतिर। मेरो मन खिन्न भयो। कताकता रिस पनि उठ्यो।

घरका सबै बजार गएका थिए। को रहेछ आउने? सोचेँ। ढोका नजिक गएँ। खोलेँ। मुना रहिछ। छिमेकी बहिनी। ७ कक्षामा पढ्थी, मेरै स्कुलमा। भर्खरै बैंस चढेको थियो। हेर्दा राम्री। मैले उसलाई गलत नजरले कहिल्यै हेरिनँ। तर, त्यसदिन... ‘सबिन दाइ म्याथको एउटा हिसाब सिकाइदिनु न’ भन्दै ऊ भित्र पसी। मैले ढोका लगाएँ। ऊ सरासर मेरो कोठातिर गई। मैले उसलाई पछ्याएँ। पछाडिबाट नियाल्दै। उसको कम्मर। हिँडाई। पिठ्युँ। सबै।

कुर्सीमा बसी। किताब, कपी र कलम निकाली। म उसको नजिक गएँ। उसलाई नियालेँ। मात चढ्यो। ग्वाम्म अंगालो हालेँ। ऊ केही बोलिन। जोड जोडले सास फेर्न थाली। मलाई थप ऊर्जा मिल्यो। आफ्नो ओठ उसको ओठमा लगेर जोडिदिएँ। चलाउन थालेँ। उसले पनि चलाई। मलाई आनन्द आयो।
०००
म सबितासँग बोल्न छाडिदिएँ। उसले जति बोलाउन खोजे पनि बोलिनँ। सबिताभन्दा मुना राम्री लाग्न थाली। उसँग नजिक हुन थालेँ। उसलाई पोस्टकार्ड पठाएँ। उसले पनि पठाई। हाम्रा ओठ पटकपटक जुधे। प्रेम के हो मलाई आभास भयो। सबिता आँखा जुधाउँथी, मुना ओठ जुधाउँछे। प्रेम आँखा होइन, ओठ जुधाउनु हरेछ। नसा ओठमा रहेछ। अंकमालमा। तृप्ती प्राप्त हुने। प्यास मेटिने। छुट्टै सुगन्ध। वाह! म होसमा थिइनँ। मुनाबाट सन्तुष्टी प्राप्त भएको थियो। प्रेमको।

एक रात। ११ बजे। पिसाब फेर्न बाहिर निस्किएँ। परालको कुन्यूँनेर एउटा धिरमिर दृश्य देखियो। सुरुमा त भूत भनेर तर्सिएँ। तर, मानिसको आवाज आएपछि भने को रहेछ भन्ने जिज्ञासा जाग्यो। लुकेर पछाडिबाट नजिकै गएँ। बोली सुनियो– मुनाको। अर्कोलाई चाहीँ चिनिनँ। तर, केटा थियो। उनीहरु आपसमा प्रेमालाप गरिरहेका थिए। निर्वस्त्र।

म सरासर कोठामा गएँ। आफूलाई सम्हाल्न सकिनँ। रोएँ। कराएँ। सबिताको यादमा।
०००
स्कुल जाने समयमा उसलाई बाटोमा कुरेर बसेँ। ऊ आउँदै थिई। मैले दुवै कान समाएर भूँइमा घुँडा टेकेँ। उसले देखि। दौडिई। त्यत्तिकैमा अगाडिबाट तीब्र गतिमा आएको मोटरसाइकलले उसलाई ठक्कर दियो। म आत्तिएँ। मानिसहरु जम्मा भए। उसलाई अस्पताल लगे। म उसको बाटो हेरेर बसिरहेँ। मनको बह पोख्न।

साँझपख उसको घरअघि एम्बुलेन्स रोकियो। ऊ आई। म हत्तपत्त उसको घरतिर गएँ। उसलाई एम्बुलेन्सबाट झारियो। सबै निरास थिए। उसका आँखा बन्द। आमा–बाबु रुन थाले। सुनेँ– उसले यो संसार छाडेर गइछ!

हो, यतिबेलै हो मैले उसका आँखाको महत्व बुझेको। उसका आँखामा रहेको मप्रतिको आत्मियता महसुस गरेको। म सँग जुध्ने उसका आँखाको गहिराई नापेको। मलाई हेर्ने उसका आँखाको कोमलता पहिल्याएको। र, त्यसमा मेरा लागि रहेको प्रेम आभास गरेको। तर, मैले यो सब बुझ्दा निकै ढिला भइसकेको थियो। अब उसका आँखा मसँग जुध्नेवाला थिएनन्, मलाई हेर्नेवाला थिएनन्। किनकि ऊ मलाई छाडेर गइसकेकी थिई। कहिल्यै नआउने गरी।
०००
आज २०७५ साल। असार महिना। १४ गते। म ३७ पुगेँ। उसले यो संसार छाडेको २० वर्ष भयो। त्यै पनि उसका आँखा मैले भुल्न सकेको छैन। स्मृति बनेर डुलिरहेका छन्। मेरो वरिपरी। र, म पश्चातापमा जलिरहेको छु। जो मसँग थियो, जसले मलाई प्रेम गथ्र्यो मैले उसलाई बुझ्न सकिनँ। मैले उसको मनसँग खेलवाड गरेँ। मेरो भोक, तिर्खा, प्यास सबै मेटाउने शक्ति उसको आँखामा थियो। तर, मेरो चाह ओठमा भयो। सायद मैले उसका आँखा पढ्न सक्थेँ भने ऊ आज मैसँग हुने थिई। मेरै सामिप्यमा। म गलत रहेछु। प्रेम आभास रहेछ। आनन्द प्रेमिकाको शरीरसँग खेल्न नभएर उसका कपाल चलाउनमा हुँदोरहेछ। तर, मैले बुझ्न सकिनँ।

अब म जिन्दगीभर तिम्रा ती आँखाको स्मृतिमा लठ्ठिन चाहन्छु। हो, यसैगरी। यही पशुपतिमा। यही रुपमा। सन्यासीको। मलाई माफ गरिदेऊ ल– सबिता!

प्रकाशित ५ साउन २०७५, शनिबार | 2018-07-21 10:52:37
Max TV
Max TV
Zen Travels
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...