Exclusive

बिपी र चाउ एन लाइले सही गरेको नेपाल–चीनको पहिलो संयुक्त वक्तव्य

चीनबाट नेपाललाई दश करोड भारु सहयोग, काठमाडौं र पेकिङमा दूतावास खोल्ने सहमती




८ चैत २०१६ मा काठमाडौंमा नेपाल–चीन शान्ति तथा मैत्री सन्धीमा हस्ताक्षर गर्दै बिपी र चाउ एन लाइ
८ चैत २०१६ मा काठमाडौंमा नेपाल–चीन शान्ति तथा मैत्री सन्धीमा हस्ताक्षर गर्दै बिपी र चाउ एन लाइ

श्री ५ को सरकार नेपालको अनुरोधमा चीन सरकारले विना कुनै राजनीतिक शर्त लगाई तीन वर्षको अवधिमा नेपाललाई जम्मा दश करोड भारतीय रुपैयाँको किमतको स्वतन्त्र सहायताको रकम दिन मञ्जुर गर्यो।

जनवादी गणतन्त्र चीन सरकार र श्री ५ सरकार नेपालको बीचको संयुक्त वक्तव्य

जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलका प्रधानमन्त्री श्री चाउ एन लाइको निमन्त्रणामा श्री ५ को सरकार नेपालका प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला मैत्रीपूर्ण भ्रमणमा ११ मार्च १९६० मा जनवादी गणतन्त्र चीनमा आउनु भयो। माननीय प्रधानमन्त्री श्री कोइरालाको साथमा निर्माण तथा सञ्चारमन्त्री श्री गणेशमान सिंह, गृह तथा कानुनमन्त्री श्री सूर्यप्रसाद उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव श्री नरप्रताप थापा, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव श्री विश्वशंकर शुक्र तथा श्री ५ को सरकारका अन्य कर्मचारीहरू पनि हुनुहुन्थ्यो।

उहाँको चीन भ्रमणको उपलक्षमा प्रधानमन्त्री श्री कोइरालालाई चीनी कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका अध्यक्ष श्री माउत्से तुंग र जनवादी गणतन्त्र चीनका राष्ट्रपति श्री ल्यू साओचीले भेट्नुभयो।

प्रधानमन्त्री चाउ एन लाइ र प्रधानमन्त्री कोइरालाको बीच हार्दिक तथा मैत्रीपूर्ण कुराकानी भयो। कुराकानीमा भाग लिनेहरूमध्ये चीनको तर्फबाट स्टेट काउन्सिलका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री चेन् यी, कायममुकायम वैदेशिक व्यापारमन्त्री श्री लिजेन् मीन, उप परराष्ट्र मन्त्री श्री चाइ हान फू, स्टेट प्लानिङ कमिशनका उपाध्यक्ष श्री कुशो शीन्, जनवादी गणतन्त्र चीनका नेपाल अधिराज्यको निमित्त राजदूत श्री पाञ्जु ली र परराष्ट्र मन्त्रालयका प्रथम एसियाली विभागका डेपुटी डाइरेक्टर श्री चाङ् शीन चे र नेपालका तर्फबाट निर्माण तथा सञ्चारमन्त्री श्री गणेशमान सिंह, गृह तथा कानुनमन्त्री श्री सूर्यप्रसाद उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव श्री नरप्रताप थापा र उद्योग वाणिज्य मन्त्रालयका सचिव श्री विश्वशंकर शुक्ल हुनुहुथ्यो।

कुराकानीमा दुबै पक्षका समान हितका कुरा, खास गरेर चीन र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ तथा अभिवृद्धि गराउने प्रश्न उपर दुबै पक्षले स्वच्छ तथा स्पष्ट छलफल गरे। दुबै पक्षले सन्तोषपूर्वक यो कुरा देखाए कि आपसी सम्बन्धमा चीन र नेपालले सह–अस्तित्वको पाँच सिद्धान्तलाई दृढता तथा इमान्दारीसाथ अवलम्बन गरिआएका छन्। दुई देशको सीमानामा शान्तिपूर्ण स्थिरता निश्चित राख्न र चीन तथा नेपालको बीचको सीमानाको औपचारिक रेखा–निर्धारण सकेसम्म चाँडो गर्नलाई दुबै मुलुकका सरकारले ‘सीमाना–सम्झौता’ मा हस्ताक्षर गरे। दुबै पक्षले पाँच सिद्धान्तको अनुशीलनद्वारा इतिहासबाट प्राप्त यस प्रश्नलाई मैत्रीपूर्ण विमर्शद्वारा सुगमतापूर्वक समाधान गरे र यसकिसिमबाट दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धको इतिहासमा एक नयाँ पाना थपे।

दुई देशको बीच स्थायी शान्ति तथा निकट मैत्री कायम राख्ने महान् इच्छाले प्रेरित भै चीन सरकारद्वारा दुई देशले शान्ति तथा मैत्रीको सन्धी गर्ने प्रस्ताव राखियो र प्रधानमन्त्री श्री कोइरालाले चीन सरकारको यस प्रस्ताव उपर खुसी प्रकट गर्नु भयो।

दुबै मुलुकको समृद्धि तथा दुई मुलुकका जनताको भलाइ निमित्त दुई मुलुक बीचको आर्थिक सहयोग अरू बलियो तुल्याउनलाई एकले अर्कोको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र आपसी हितका सिद्धान्तहरूको अनुकूल दुबै मुलुकका सरकारहरूले ‘जनवादी गणतन्त्र चीन सरकार र श्री ५ को सरकार, नेपालको बीचको आर्थिक सहायतासम्बन्धी सम्झौता’ मा हस्ताक्षर गरे। यस सम्झौताअनुसार श्री ५ को सरकार नेपालको अनुरोधमा चीन सरकारले विना कुनै राजनीतिक शर्त लगाई तीन वर्षको अवधिमा नेपाललाई जम्मा दश करोड भारतीय रुपैयाँको किमतको स्वतन्त्र सहायताको रकम दिन मञ्जुर गर्यो। यस सहायता रकममा चीन र नेपाल सरकारको बीच भएको सन् १९५६ को आर्थिक सहायताको सम्झौताअन्तर्गत आजसम्म श्री ५ को सरकार नेपालबाट उपयोग नभै बाँकी रहन गएको भारतीय रुपैयाँ चार करोड समावेश गरिएको छैन।

प्रधानमन्त्री श्री कोइरालाले चिनियाँ जनतालाई नेपाली जनताको अगाधमैत्री ल्याउनु भयो। साथै उहाँले आफ्नो चीन यात्रामा नेपाली जनताप्रति चीनी जनताले प्रकट गरेको हार्दिक मैत्री पनि देख्नुभयो। दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ् बलियो पार्न दुबै सरकारले पेकिङ र काठमाडौंमा दूतावासहरू स्थापना गर्न मञ्जुर गरे। चीन र नेपालको बीचको मैत्रीपूर्ण सहयोगको निरन्तर अभिवृद्धि यी दुई देशका जनताको हितको निम्ति मात्र होइन कि एसियाली मुलुकहरूको एकताको हितका निम्ति र विश्व शान्तिको निम्ति पनि हितकर छ भन्ने कुरामा दुवै पक्षले दृढता व्यक्त गरे।

प्रधानमन्त्री श्री कोइरालाले प्रधानमन्त्री श्री चाउ एन लाइलाई नेपाल आउन निमन्त्रणा गर्नुभयो। प्रधानमन्त्री श्री चाउ एन लाइले सहर्ष सो निमन्त्रणा स्वीकार गर्नुभयो। प्रधानमन्त्री श्री चाउ एन लाइ नेपाल आउनु भएको बखतमा दुई मुलुकको बीच शान्ति र मैत्रीको सन्धिबारे छलफल र हस्ताक्षर गर्न दुबै पक्षले मञ्जुर गरे।

पेकिङ।
विक्रम सम्वत् २०१६ साल चैत्र ८ गते रोज २ तदनुसार र्इस्वी सन् १९६० मार्च २१ तारेख।

 

चाउ एन लाइ                                                           विश्वेश्वरप्रसाद कोइराला
जनवादी गणतन्त्र चीनका                                                श्री ५ को सरकार
स्टेट काउन्सिलका प्रधानमन्त्री                                           नेपालका प्रधानमन्त्री

 

 

प्रकाशित ५ असार २०७५, मंगलबार | 2018-06-19 13:24:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’