इच्छुक हिंडेको बाटोमा





इच्छुक स्मृति पुरस्कार ग्रहण गर्दै कवि विनोदविक्रम केसी
इच्छुक स्मृति पुरस्कार ग्रहण गर्दै कवि विनोदविक्रम केसी
NIC ASIA

इच्छुक स्मृति पुरस्कार घोषणा भएको दुईतीन दिनपछि मेरा प्रिय लेखक तथा मेरो पुस्ताको ‘फादर फिगर’ खगेन्द्र संग्रौलाको एउटा एसएमएस आयो। मेरो ह्याङ भइरहने मोबाइलमा प्राप्त एसएमएसमा शब्दहरू थिएनन्। ठ्याक्कै २८ ओटा प्रश्नचिन्ह थिए र अन्त्यमा थियो एउटा विस्मयादिबोधक चिन्ह। सायद यो प्राविधिक त्रुटि थियो, खगेनदाइका तर्फबाट। जे भए पनि आत्मसमीक्षाका लागि घोत्लिन मलाई ती चिन्हहरू पर्याप्त थिए।

म विस्मयमा थिएँ। म विस्मयमा छु।

इच्छुकको नामसँग जोडिएको पुरस्कार प्राप्त गर्ने मेरो ल्याकत के हो? मेरो हैसियत के हो? मेरो योगदान के हो? मैले त्यस्तो के गरेको छु? जबकि इच्छुक नाम आफैँमा एउटा प्रतिमान हो। साहसको प्रतिमान, आस्थाको प्रतिमान, विचारको प्रतिमान, बलिदानको प्रतिमान, क्रान्तिकारिताको प्रतिमान।

मैले त्यस्तो के गरेँ? एउटा तुफानी नामसँग जोडिएको पुरस्कार प्राप्त गर्ने खालको योग्यता आर्जन गर्न मैले त्यस्तो के आँधी–बेहरी सिर्जना गरेँ? जबकि म जनयुद्धले निर्माण गरिदिएको पर्यावरणमा, इच्छुकले आफू मरेर जन्माइदिएको अनुकूल वातावरणमा फल्नेफुल्ने अवसर पाएको एउटा साहित्यिक मान्छे हुँ। कवि हुँ।

कविता त जसले पनि लेख्न सक्छ, पत्रकार त जो पनि हुन सक्छ। तर सबै इच्छुक हुन सक्दैनन्। किनभने इच्छुक हिँडेको बाटो खतरनाक छ। त्यो बाटोमा व्यक्तिगत उन्नयनको गुञ्जाइस रहँदैन। सामूहिक उन्नयन, बृहत्तर हित र सम्पूर्ण मानवजातिको मुक्तिको चमक इच्छुक हिँडेको बाटोको गन्तव्य हो। यो गन्तव्य सयौँ वर्षमा पनि टेक्न सजिलो छैन। अझ यसको सपनाप्रति आजीवन इमानदार भइरहन झन् सजिलो छैन। यस्तो असजिलो बाटो रोजेका इच्छुकले नेपाली कवि र पत्रकारहरूका निम्ति एउटा गौरवपूर्ण विरासत निर्माण गरिदिएका छन्। उनले किन त्यसो गर्न सके भने उनका निम्ति क्रान्ति र समाजवाद आल्तुफाल्तु हँसी–मजाक थिएनन्।

इच्छुक इतिहासमा स्वर्ण अक्षरले लेखिइने कविको नाम होइन। इतिहासमा त्यो स्थान त भाट कविहरूको सुरक्षित होला। सत्ताको हातबाट मर्न तयार हुने तर उसको बाहुली चुम्न किमार्थ राजी नहुने इच्छुक जस्ता कविको स्थान त जनताको मुटुको रगतले लेखिने इतिहासमा सश्रद्धा अंकित हुन्छ।

मेरो साथी युग पाठक भन्छ– ‘दुःखी र उत्पीडितको शिर उठाउने (माङ्गेना) को प्रबल कामनासहितको प्रयत्न हो कविता।’ त्यो प्रयत्न इच्छुकले गरे। इच्छुकको नाम सम्मिलित यो पुरस्कार ग्रहण गरिरहँदा मैले आफूलाई सोध्नैपर्ने हुन्छ– के मैले त्यस्तो प्रयत्न गरेको छु? त्यस्तो प्रयत्न गर्ने प्रत्यत्न गरेको छु?

मेरो साथी उज्ज्वल प्रसाईं भन्छ– ‘कविता कलात्मक भाटगिरी होइन, भाटगिरीयुक्त कला पनि होइन। कविता मूलतः साहस हो। प्रतिरोध र हस्तक्षेप गर्ने साहस, दुःखीका पक्षमा उभिनसक्ने साहस।’ इच्छुकसँग त्यो साहस थियो। इच्छुकको नाम जोडिएको यो पुरस्कार थापिरहँदा मैले आफूलाई सोध्नैपर्ने हुन्छ– के मसँग त्यो साहस छ? त्यस्तो साहस जुटाउने साहस छ?

मेरो साथी सङ्गीतको एउटा बेजोड कविता छ– ‘इच्छुकको इमेल’। जुन सपनाका लागि इच्छुकले जीवनोत्सर्ग गरे, त्यो सपनालाई जिउँदो राख्ने कमरेडहरूको खडेरी परेपछि कवि सङ्गीत इच्छुकको इमेल अलपत्र अवस्थामा भेट्टाउँछ, महेन्द्र पुलिस क्लबअगाडि। इमेल प्रापक हुन्छन्, कमरेड प्रचण्ड, कमरेड किरण र कमरेड आहुति। स्थानाभावले मात्र हो, नत्र कमरेडहरूको नामको सूची लामो न लामो हुन्थ्यो।

र, आजबाट अर्काे एउटा नाम पनि थपिनेवाला छ। मेरो नाम।

इच्छुक स्मृति पुरस्कारसँगै मैले इच्छुकको इमेल पनि प्राप्त गरेको छु।

अब मैले पनि आफूलाई सोध्नुपर्ने भएको छ– तँ हिँडेको बाटो कविताको हो कि पर्मानेन्ट प्रगतिको? तँ हिँडेको बाटो कविताको हो कि पुरस्कार अनि पुरस्कारको?

प्रकाशित २५ जेठ २०७५, शुक्रबार | 2018-06-08 15:55:07
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।