Exclusive

‘विमान दुर्घटनामा धेरै साथी गुमाएँ तर हिम्मत हारिनँ’

इन्स्ट्रक्टर पाइलट वेद उप्रेतीको उडान तथा प्रशिक्षण अनुभव




वेद उप्रेती
वेद उप्रेती
प्रविन कोइराला

२० भदौ २०५६ मा नेकन एयरमा आफूसँगै ४ वर्ष काम गरेका साथी जेके जोशीको निधन भएपछि इन्स्ट्रक्टर पाइलट वेद उप्रेती स्तब्ध बनेका थिए।

१५ जनाको ज्यान जानेगरी भएको त्यो दुर्घटना सम्झिँदा उनी अहिले पनि दुःखी हुन्छन्। जोशीले उडाएको ९एन एइजी एचएस–७४८ कलसाइन भएको नेकन एयरको विमान थानकोटमा दुर्घटना भएको थियो। दुर्घटनाको समयमा उप्रेती नेकन एयरमै कार्यरत थिए। त्यसैले पनि उनलाई त्यो घटनाले बढी छोएको हुन सक्छ।

त्यो घटनालाई दुई दशकपछि सम्झिँदै इन्स्ट्रक्टर पाइलट उप्रेती भन्छन्, ‘दुःखभन्दा माथि उठेर पाठ पनि सिक्नु पर्ने रहेछ।’

२३ वर्ष लामो विमान उडानको अनुभवमा कति राम्रा त कति नराम्रा अनुभव संगालेका छन्, उप्रेतीले। नेपालको एभिएसन क्षेत्र सानो छ।

‘त्यसैले पनि पाइलटहरुसँग राम्रै चिनजान हुन्थ्यो र सबै साथीहरु आफ्नो परिवारका सदस्य जस्तो लग्थ्यो,’ उप्रेती भन्छन्, ‘नेपालका जुन एयरलाइन्सको पाइलट विमान दुर्घटनामा मृत्यु भए पनि आफ्नै परिवारको सदस्य गुमाए जस्तो लाग्छ।’

दुई दशकभन्दा लामो उडान अनुभवमा उनले जेके जोसी, विजय गिरी, हेम मल्ल लगायतका निकट साथीहरु गुमाए।

‘विमान उडाइरहँदा दुर्घटनामा परी मृत्यु भएका साथीहरुको याद आउँछ तर यसलाई जिन्दगीको परीक्षाको रुपमा लिन्छु,’ उनी भन्छन्, ‘दुर्घटनालाई नकारात्मक रुपमा मात्रै लिइयो भने विमान उडाउनै सकिन्न। जिन्दगीको उडान भर्नका लागि पनि हरेक दुर्घटनाको कारण खोज्दै दुर्घटना हुन नदिनतर्फ लाग्नुपर्छ।’

दुर्घटनाबाट पाठ सिकेर अगाडि बढ्नु नै आफूले गुमाएका साथीहरुका लागि वास्तविक श्रद्धान्जली हुने उनको मत छ।

‘पाइलट होइन इन्जिनियर बन्न चाहन्थेँ’
कैलालीमा जन्मेका उप्रेती सुरुमा इन्जिनियर बन्न चाहन्थे। त्यसैले उनले प्रवीणता प्रमाणपत्र तह विज्ञान विषय लिएर पढे। सिभिल इन्जिनियर बन्ने प्रयासमा लागे तर नाम निकाल्न सकेनन्। त्यसपछि विकल्पका रुपमा सेनामा जागिर खाने सोच बनाए र त्यसमा उनी सफल भए। सेनाबाट इन्जिनियर पढ्न पाइने व्यवस्था थियो।

‘इन्जिनियर बन्छु भनेर नै मैले सेनामा जागिर खाएको थिएँ,’ उप्रेतीले भने, ‘तर पछि चाहनालाई अलिकति मोडेर पाइलट बन्ने सोच बनाएँ।’

उनी सेनाबाट नै नेसनल डिफेन्स एकेडेमीमा ३ वर्षको ट्रेनिङ लिन भारत गए। पाइलटको तालिम लिनका लागि उनी ५ वर्ष जति नेपालबाहिर रहे। त्यो बीचमा सेनामा उनको बढुवा हुन सकेन। जसका कारण उनीसँगै भर्ना भएका साथी माथिल्लो ओहदामा पुगे तर उनी पछि परे। यो कुराले उनको मन पोल्न थाल्यो र सेनाको जागीर छोडे।

‘मभन्दा पछि सेनामा भर्ना भएकाहरु समेत पदको हिसाबले माथि पुगिसकेका थिए, त्यसैले सेनाको जागिर छोडेँ र व्यवसायिक पाइलट बन्ने सोच बनाएँ,’ उनी भन्छन्।

२०४० देखि १२ वर्ष सेनामा जागिर गरे। त्यसपछि उनी व्यवसायिक उडानको तालिम लिन अमेरिकाको टेक्सास पुगे। तालिम सकिनेबित्तिकै नेपाल फर्के र २०५२ बाट नेकन एयरमा काम सुरु गरे। उनले ८ वर्षसम्म नेकनमा काम गरे। त्यसपछि नेकन आर्थिक समस्याका कारण बन्द भयो। पाइलट उप्रेती आफ्नो बाटो पहिल्याउँदै भारत पुगे। 

भारत हुँदै इण्डोनेसिया
उप्रेतीले त्यसबखतको डेक्कन एयरलाइन्स अर्थात् हालको किङफिसर एयरमा इन्स्ट्रक्टर पाइलटका रुपमा काम सुरु गरे।

‘पाइलट भएर काम गर्नु र इन्स्ट्रक्टर पाइलट भएर नयाँ पाइटलहरुलाई सिकाउनु फरक कुरा रहेछ,’ उप्रेती भन्छन्, ‘विमान उडान सिकाउँदा भारतका धेरै विमास्थलहरुमा पुगेँ। यसरी फरकफरक अनुभव लिन पाउँदा खुसी लाग्छ।’

उनले २०६९ सम्म भारतमा काम गरे। यसक्रममा क्याप्टेन र को–पाइलट गरी दुई सय जतिलाई तालिम दिए।

कामका लागि नेपालबाट भारत पुगेका उनी त्यसपछि इण्डोनेसियातर्फ मोडिए। हाल उप्रेती इन्डोनेसियाको विङ्स अवादी (लायन एयर) मा इन्स्ट्रक्टर पाइलटका रुपमा कार्यरत छन्। त्यहाँ पनि डेढ सयजति पाइलटलाई तालिम दिइसकेका छन्।

‘इन्डोनेसियामा जसलाई मैले को–पाइलटको ट्रेनिङ दिएको थिएँ, उनीहरुलाई नै क्याप्टेनको ट्रेनिङ दिने मौका समेत मिल्यो,’ उनले भने, ‘उनीहरु जस्तै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न पाउँदा खुसी लाग्छ।’

उडान सेवामा सानो गल्तीले पनि यात्रुको जीवन जोखिममा पर्ने हुनाले पाइलट सचेत र तत्काल निर्णय लिन सक्ने क्षमताको हुनु पर्छ। पाइलटलाई यसरी दक्ष बनाउनमा इन्स्ट्रक्टर पाइलटको मुख्य भूमिका हुन्छ। त्यसैले इन्स्ट्रक्टर पाइलट हुनका लागि आफूले सिकाउने विमानकै कम्तीमा पाँच सय घण्टा उडान अनुभव हुनुपर्छ। यो मापदण्ड कम्पनीपिच्छे फरक हुनेगर्छ।

सगरमाथा नजिक पुग्दै गर्दा
त्यसबेला उनी नेकनमै कार्यरत थिए। विमानमा जापानी फोटोग्राफर थिए, जो विश्वका अग्ला एक सय ओटा हिमालको फोटो खिच्न चाहन्थे। विमान २८ हजार फिटमाथि थियो।

‘बिहान ५ बजेको समय थियो होला। सूर्यको रातो रङमा हिमाल खुब खुलेको थियो,’ उनले सम्झिए, ‘त्यो मनमोहक दृष्यले हामीलाई जस्तै फोटोग्राफरलाई पनि लोभ्यायो होला। त्यसैले उनी सगरमाथाको अझ नजिक जान चाहे। हामी पनि त्यही चाहन्थ्यौँ।’

तर त्यहीबेला झण्डै दुर्घटना निम्तियो।

‘हाम्रो विमान अचानक २८ हजार फिटबाट २५ हजार फिटसम्म खस्यो,’ उनले भने। तर उप्रेती र उनका साथी आत्तिएनन्। विमान सम्हालेर सुरक्षित गन्तव्यमा पुर्‍याए।

‘विमान दुर्घटनाबाट बच्नका लागि शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन जरुरी हुन्छ,’ उनी भन्छन्, ‘त्यो कुरा मैले सेनामा काम गर्दा सिकेँ। सेनामा मैले अनुशासित, चनाखो र फूर्तिलो हुन सिकेँ, यसले मलाई पाइलट पेसामा पनि सघाएको छ।’

उप्रेती इन्डोनेसियाकै हाल विङ्स अवादीमा एटिआर ७२–५०० र ७२–६०० का इन्स्ट्रक्टर पाइलटका रुपमा कार्यरत छन्। पाइलट पेशासँगै उनी एरियल फोटोग्राफर र लेखक समेत हुन्।

उप्रेतीका ‘एभरेस्ट फ्रम दि एयर’ लगायतका पुस्तक प्रकाशित छन्। उनी काठमाडौंको सिनामंगलस्थित एयरक्राफ्ट म्युजियमका सिइओ समेत हुन्।

प्रकाशित ४ जेठ २०७५, शुक्रबार | 2018-05-18 16:28:02
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’