गोलघर अर्थात् जेलभित्रको जेल


Infocus



केन्द्रीय कारागार
केन्द्रीय कारागार

२४ माघ २०३५। रात निकै चिसो छ। गोलघरबाहिर सैनिक बुटहरुका आवाजहरु जमिनमा बजारिएको सुनिन्छ। जेलका चौकिदार भित्र पस्छन्। तत्कालिन राजतन्त्र विरुद्ध सैन्य समुहको कमाण्ड गरेका कप्तान यज्ञबहादुर थापा अतालिँदै भन्छन्, ‘मेरो बाँच्ने समय सकियो।’

कारागारका चौकिदार र प्रहरीको एक टोलीले दरबारका अर्का अभियुक्त भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई आफ्ना सम्पूर्ण सामानसहित आफूसँगै लिएर जान्छन्। ०३१ मंसीर अन्तिम साता ओखलढुङ्गा सदरमुकाम कब्जा (असफल) गर्न हिँडेको कांग्रेसको सशस्त्र टोलीका कमाण्डर क्याप्टेन थापाले साँचेर राखेका नयाँ लुगा आफ्नो शरीरमा झुण्ड्याएको देख्छन्, गोलघरमै थुनिएका तत्कालिन नेकपा (माले) का नेता राधाकृष्ण मैनाली।

पञ्चायतकालमा केन्द्रीय कारागारको गोलघरमा थुप्रै रात बिताएका मैनालीले आफ्नो संस्मरण ‘लुटिएका दुई थुँङ्गा फूल’ मा लेखेका छन्, ‘आफूसँगै गोलघरमा थुनिएका साथीहरु (यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ) मारिएका छन्, मृत्युको पर्खाइमा रहेका हामीहरुले गोलघरका ती रातहरु कसरी विताएका थियौं होला म कसरी बयान गरौं?’

पञ्चायत कालमा राजासंस्था विरुद्धमा लाग्नेहरुलाई गोलघरमा राखिन्थ्यो। गोलघरमा त्यस्ता बन्दीलाई राखिन्थे, जसलाई व्यवस्थाले खतरानाक कैदी मानेको हुन्थ्यो।

यो हो गोलघर
राणाकालमा स्थापना भएको थियो, केन्द्रीय कारागार। यसको एक छेउमा एउटा गोलो घर थियो र त्यही गोलो घरमा राणा विरोधीहरुलाई अन्य कैदी बन्दीहरुबाट छुट्याएर राख्ने गरिन्थ्यो। २००७ सालपछि राणा शासनको अन्य र राजतन्त्रको उदय भएपछि पनि गोलघरमा राजबन्दीहरुलाई राख्ने क्रमलाई निरन्तरता दिइयो।

बिसं १९९० को महाभूकम्पले गोलघरको भौतिक अस्तित्व तहसनहस गरिदियो। तरपनि नेपालमा गोलघर प्रथा भने कायमै रह्यो। राणाकालमा राणाविरोधी र पछि राष्ट्रिय पञ्चायतले पञ्चायत विरोधीलार्इ चरम यातना दिने बन्दीगृहको रुपमा केन्द्रीय कारागारको गोलघरलार्इ प्रयोग गरियो।

जेलभित्र कसैसँग सम्पर्क नहुने गरी राखिने ठाउँलाई गोलघरको संज्ञा दिने गरेको पनि पाइन्छ। तर, अहिले गोलघर व्यवस्था नेपालको जुन कारागारबाट सुरु भएको हो त्यहीँ सिमित छ। अर्थात् केन्द्रीय कारागारबाट सुरु भएको गोलघर व्यवस्था त्यहीँ सिमित छ।

प्रहरी प्रशासनले खतरनाक ठानेका बन्दीहरुलाई केन्द्रीय कारागारको गोलघरमा राख्ने गरिएको छ। कारागार व्यवस्था विभाग अनुसार नेपालमा ७४ कारागारमध्ये कुनैपनि कारागारमा केन्द्रीय कारागारमा जस्तो गोलघर छैन।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा पहिलोपल्ट जेलखानाको निर्माण गरेका थिए। त्यसबेला मृत्युदण्ड पाएका व्यक्तिलाई अलग्गै एकान्तमा राखिन्थ्यो, त्यो नै गोलघर व्यवस्था थियो।

१८ महिनासम्म सफाइ नपाएका कैदीबन्दीमध्ये पूर्वी नेपालका बन्दी भए भक्तपुर, तराई क्षेत्रका भए गोदावरी (ललितपुर) र काठमाडौं लगाएत अन्य क्षेत्रका भए काठमाडौंको पश्चिमतीर बिष्णुमति नदीको किनारमा शोभाभगवतीको भाचाखुसी भन्ने ठाउँमा लगेर फाँसी दिइन्थ्यो।

१० माघ १९९७ मा शुक्रराज शास्त्रीलाईपनि गोलघरबाटै निकालेर काठमाडौंको पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। यसैगरी धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई पनि मृत्युदण्डअघि गोलघरमा नै राखिएको थियो। 

१९९७ मा शहादत प्राप्त गरेका चारै शहीदले मरणको अन्तिम क्षणसम्म गोलघर बाहेकको संसार देखेनन्।

जनकपुरमा राजा महेन्द्रलाई बम प्रहार गरेपछि नेपाली कांग्रेस आवद्ध दुर्गानन्द झालाई विसं २०१९ को वैशाखमा पक्राउ गरेर हेलिकप्टरबाट काठमाडौं ल्याइयो। काठमाडौं ल्याएपछि झाको दिनचर्यापनि गोलघरमा नै बित्न थाल्यो। १५ माघ २०२० मा उनलाईगोलघरबाट निकालेर केन्द्रीय कारागारमा र जनाना जेलको बीचमा गोली हानेर हत्या गरिएको थियो।

ओखलढुङ्गा क्याप्टेन यज्ञबहादुर थापालाई र भीम नारायण श्रेष्ठले मृत्युदण्डको सजायँ सुनाइएपछिका दुई वर्ष कठोर यातनाका साथ गोलघरमा राखिएको थियो। ।

अहिलेको गोलघर
नेपालमा व्यवस्थित जेलखाना (कारागार) को स्थापना विसं १९७१ भएको इतिहास छ। कारागार स्थापनाकै बेलादेखि फरक खालका बन्दीहरुलाई छुट्टै कोठामा नेल लगाएर राख्ने गरिएको काराकार सुधार सम्बन्धी गठन गरिएका विभिन्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समय क्रमसँगै राणा र त्यसपछिका शासकहरुले राजबन्दीहरुलाई अन्य बन्दीहरुसँग कुनै किसिमको सम्पर्क नहुनेगरी अँध्यारो कोठामा राख्ने, शारीरिक, यातना दिने गरेका थिए। त्यसैका लागि गोलघर प्रयोग हुन थाल्यो।

केन्द्रीय कारागारका जेलर गणेश भट्टराईका भनाईमा, गोलघरलाई ‘जेलभित्रको जेल’ भन्न सकिन्छ, किनभने जेलभित्र विशेष कोठा र नियम अनुसार बन्दीहरुलाई छुट्टै राखिने व्यवस्था नै ‘गोलघर व्यवस्था’ हो। भट्टराई भन्छन्, ‘अहिलेको ‘गोलघर व्यवस्था’ राणा र पञ्चायतको जस्तो छैन। केन्द्रीय कारागारमा रहेको गोलघर व्यवस्थालाई विशेष कोठाको रुपमामात्र लिने गरिएको छ, जहाँ ज्यानको खतरा भएका बन्दी, जेल तोडेर भाग्न सक्ने बन्दी र तेस्रो लिङ्गीहरुलाई राखिन्छ।’

जेल प्रशासनले खासगरी तीन प्रकारका कैदीहरुलाई गोलघरमा राख्ने गरेको छ। एक, जसले जेलभित्रका अन्य बन्दीहरुलाई क्षति पुर्‍याउन सक्ने बन्दी। दुई, जेलका अन्य कैदीहरुले कुनै कैदीलाई क्षति पु¥याउन सक्ने सम्भावना छ खतरामा रहेको त्यस्तो कैदी। र, तीन, जेल तोडेर भाग्ने सम्भावना भएको कैदी।

कस्ता बन्दी गोलघरमा?
केन्द्रीय कारागारसमेत गरी नेपालमा जम्मा ७६ वटा बन्दीगृह छन्। तिनमा ७३ वटा सामान्य कारागार र २ वटा बाल सुधारगृह पर्छन्।

कारागार व्यवस्थापन कार्यविधि- २०७३ अनुसार सरकारले नै गोलघरमा राख्ने भरेर तोकिएका बन्दीलाई तोकेकै समयसम्म कारागार व्यवस्थापनले बन्दीलाई घाम नर्छिने गोलघरमा राख्ने गरिन्छ। यसबाहेक विभिन्न तरिका अपनाएर जेल तोडेर भागेपछि पक्राउ गरिएका बन्दीलाई कारागारले आफैंले गोलघरमा राख्ने गरेको छ।

कारागारबाट सुरुङ खनेर वा पर्खाल नाघेर भाग्नखोज्ने कैदीलाई क्रमशः १ वर्ष ३ महिना, पर्खाल फोडेर भाग्न खोज्नेलाई ६ महिना, कारागारभित्र बन्दीहरुले समूह निर्माण गरेर हुलदंगा गर्न खोजे वा चोरी गरेमा तोकिएको समयसम्म गोलघरमा राख्ने व्यवस्था कारागार व्यवस्थापन कार्यविधिमा उल्लेख छ।

जो छन् गोलघरमा 
केन्द्रीय कारागारमा रहेको गोलघरमा चाल्र्स शोभराज र मनबहादुर पुन छन्। यसअघि गुण्डा नाइके चक्रे मिलन, शम्भु गौतम (भोले बाबा) छन्। यसैगरी डिल्लीबजारस्थित सदरखोर कारागारमा राखिएका उदय सेट्टी, अभिषेक गिरी, अमर टण्डन, विकाश गुरुङ, लागुऔषध कारोबारमा पक्राउ परेका अष्ट्रेलियन नागरिक अस्टीम सिफलोका साथै ललितपुरको चर्चमा बम बिस्फोट गराउने रामप्रसाद मैनालीपनि कुनै समय गोलघरमै राखिएका थिए।

अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजलाई मारेको अभियोगमा २०३२ सालमा दायर भएको मुद्दामाथि २८ वर्षपछि काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला अनुरुप शोभराज गोलघरमा बन्दी जीवन बिताइरहेका छन्।

‘प्रवेश’ भनिने मन बहादुर पुनले चेलीबेटी बेचबिखन मुद्दामा १२ वर्ष ६ महिना जेलको सजाय पाएका छन्। उनीपनि केन्द्रीय कारागार अन्तर्गतको गोलघरमा बन्दी जीवन बिताइरहेका छन्। अर्का कैदी दर्पण थापा मगरको थुना पुर्जी देखाएर भागेपछि पक्राउ गरी पुनलाई गोलघरमा राखिएको हो।

प्रकाशित २१ बैशाख २०७५, शुक्रबार | 2018-05-04 15:57:39
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं