Infocus
कविता

परदेशीको खबर


Infocus


NIC ASIA

कहिल्यै सोधिवक्सेन महोदय,
मेरो भित्री हृदयको खबर
प्रत्येक दिन मुटुमा झिल्का उठ्ने
पसिनाको डढेलो,
शिथिल अवयवमा सुस्ताउने
सप्तकोशीको सुस्केरा,
झलझली आँखामा आइरहने
आफ्नै सगरमाथा,
आज बताउँदैछु मौसुफलाई।

आफ्नै हातपाउ समेत मेरो भन्न नपाउने
सुदुर क्षितिजको कुनै कुनाबाट
भत्भती पोलिरहेको सास
ब्युझिँदै निदाउँदै गरिरहेका घाउ
उस्तै बिक्षिप्त मनबाट
यो खबर बताउँदैछु महोदय ।

बग्रेल्ती रहरलाई आफ्नै कान्लामा छोडेर
एउटै रहर भेट्टाउन हिँडेका
प्रत्येक जोसिला अनुहारहरुको
कसरी सुनाउँ म आँशुको कथा
महोदय,एकैछिन् फुर्सद मिल्यो भने
कफनभित्र चुपचाप फर्किने
आफ्नै निर्जीव नागरिकलाई हेरिबक्सियोस्।

बिन्ती,
मरुभूमितिरै पोखिएका आँशुलाई
बिरहको गीत बनाएर नगाईबक्सियोस्
थाहा पाइनन् भने
पहरामा जीवन पढिरहेकी मेरी आमाले
थाहा पाए भने
लेकबेसीमा तारा खोजिरहेका मेरा बाले
एक मेलो मुस्कुराउन नपाएका
पश्चिम डाँडामाथीको घामजस्तै मन

टुक्रा टुक्रा भएर बिस्फोटिनेछ।

जीवनको धून पकड्न
कति उभिनुपर्ने हो बेसुर रंगमञ्चमा?
कतिसम्म छिमोल्नुपर्ने हो जोस?
अरुकै जस्केलामा पुगेर?
महोदय,कहिलेसम्म शिरोधार्य गर्नुपर्ने हो मौसुफको हुकुम
भनिबक्सियोस् महोदय
मलाई सुन्न मन छ
आफ्नै जीवन्त मृत्युको आयु।

प्रकाशित २४ चैत २०७४, शनिबार | 2018-04-07 16:49:15
Max TV
Max TV
Zen Travels

author photo

कृष्ण कट्टेल कवि तथा पत्रकार हुन्

कृष्ण कट्टेलबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...