Infocus
पुस्तक

नथियाः आउट साइडरको बयान


Infocus


पुस्तक सार्वजनिक गर्दै लेखकसहित आमन्त्रित
पुस्तक सार्वजनिक गर्दै लेखकसहित आमन्त्रित

भनिन्छ, महिलाको प्रेम मुटुमा हुन्छ र पुरुषको प्रेम यौन अंगमा हुन्छ। नथियामा रहेका उप–कथाका पात्रहरुले यो भनाइलाई निरन्तर पुष्टि गरिरहन्छन्।

NIC ASIA

समाज र महिला आन्दोलन दुवैमा गहनालाई बन्धन मान्ने पनि छन्, रुची मान्ने पनि छन्। सरस्वती प्रतीक्षाले आफ्नो उपन्यासको नाम ‘नथिया’ भनेर सार्वजानिक गर्दैगर्दा अर्की लेखक हरिमाया भेटवालको उपन्यास ‘कल्ली’ भर्खरै बजारमा आएको थियो। हरिमाया भेटवालले महिलालाई बाँध्ने बन्धनहरुलाई समेटेर ‘कल्ली’ लेखेकी छन्। त्यही समयमा प्रतीक्षाको पुस्तक प्रकाशित हुने घोषणा भएपनि ‘नथिया’लाई कुन रुपमा व्याख्या गरिएको होला भनेर ममा स्वभाविक जिज्ञासा उत्पन्न भएको थियो।

बिस्तारै नथिया वादी महिलाको कथामा केन्द्रित किताब हो भन्ने चर्चा चलेपछि त म यो कहिले बजारमा आउला र पढौँला भनेर पर्खिरहेकी थिएँ।

नथिया सार्वजनिक हुनुभन्दा केही साताअघि वादी आन्दोलनकी एक जोदाहा दिदी उमा वादीलाई नेपाली कांग्रेसले प्रदेशसभा सदस्य बनाएको थियो। त्यसबेला महिला आन्दोलन र सीमान्तकृत समुदायप्रति संवेदनशीलहरुले एक पटक फेरि ०६४ सालमा भएको वादी आन्दोलनको चर्चा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गरे। त्यो भन्दा फरक रुपमा कवि अभयले उमा वादीको नाममा लेखेको कविता थुप्रै ठाउँमा वाचन गर्दै आएका छन्। उक्त कविता वाचनपछि केही कविहरुको बीचमा वादी समुदायको संघर्ष र अहिलेको उपलब्धिको बारेमा चर्चा हुने गरेको छ।

यही कविता र केही अनुसन्धानबाहेक धेरैको ध्यान तान्ने गरी वादी समुदाय र सो समुदायको संघर्षका बारेमा गतिलो साहित्यिक कृति लेखिएको थिएन। ‘नथिया’ सोही समुदायमाथि केन्द्रित छ। त्यसैले आम पाठकलाई लक्षित गरी अहिलेसम्म नलेखिएको समुदायको बारेमा उपन्यास लेखिनु नै यसको पहिलो उपलब्धि हो।

किताब पढ्न थालेपछि थाहा हुन्छ, नथिया एउटा गहना मात्रै होइन। एउटी वादी महिलाले नथिया लगाउनु र नलगाउनुले ऊ यौन व्यवसायी हो कि होइन भन्ने पहिचान पनि हो। भनिन्छ, महिलाको प्रेम मुटुमा हुन्छ र पुरुषको प्रेम यौन अंगमा हुन्छ। नथियामा रहेका उप–कथाका पात्रहरुले यो भनाइलाई निरन्तर पुष्टि गरिरहन्छन्। हरेक युवतीको नथिया उतार्दाका सुस्केरा, एकै परिवारका बाबु–छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुवैको नथिया उतार्नु र उक्त छोरी उसैको भएका कथाले मनै चिसो बनाउँछन्।

लेखक सरस्वती प्रतीक्षा

नथिया शरीरको बजारमा एउटी रुपवान् युवती र खासै रुप नभएका युवतीहरुको यौन व्यापारको कथा हो। वादी महिलाका कथासँग थुप्रै कुण्ठित-पीडित पुरुषहरुका कथाहरु पनि सँगसँगै जोडिएर आउँछन्। कथावस्तुअनुसार उपकथाहरु मिलेको हुनाले पठन सहज र सरल हुनपुग्छ, जसका कारण पाठकले झर्को मान्नु पर्दैन। वादी समुदायसम्बन्धी जानकारीमूलक तथ्यहरुले उपन्यासलाई अझै बलियो बनाएको छ र यसरी साभार गरिएका तथ्यका स्रोतहरु लेखकले खुलाएकी छन्। जुन काम नेपालका धेरै लेखकले गर्दैनन्।

नथिया पढेर सक्दा लाग्यो, मैले उपन्यासको पाना पल्टाउनुअघि अपेक्षा गरेका महत्वपूर्ण कुरा लेखकको कलमबाट अभिव्यक्त भएनछन्। पहिलो कुरा, नथिया मेरो प्राथमिकतामा पर्नुको मुख्य कारण नै यो वादी महिलामा केन्द्रित भएकाले हो। नेपालमा भएका महिला आन्दोलनमाथि एकदमै कम लेखिएको कुरा एमए समाजशास्त्र पढ्दा थाहा पाएपछि यसमा मेरो गहिरो चासो छ। मेरो चासोको महिला आन्दोलनमा वादी आन्दोलन पनि स्वभाविक र गाढा रुपमा आउँछ।

शरीरको बजारमा सुन्दर रुप र शरीर भएका वादी महिलाले धेरै कमाएको कुरा पटकपटक लेखिएको छ। त्यसरी कमाएको पैसाबाट कसैकसैले सहरमा घर किनेका प्रसंग उपन्यासमा जोडिएका छन्। मानौँ वादी समुदायको लागि पैसा हुनेबित्तिकै जग्गा वा घर किन्नु अन्य समुदायका मानिसलाई जत्तिकै सहज होस्। यहीँनेर यस्ता उपकथाहरु लेखकले जानेर वा नजानेर छुटाएकी छन्। अलिअलि आक्रोशका कथा लेख्न कोशिस गरे पनि वादीहरुको संघर्ष व्यक्तिगत तहमा सीमित भएको छ।

समग्रमा भन्नुपर्दा एउटा गम्भीर विषयमा गम्भीर भएरै लेख्ने प्रयास हो नथिया। यौन व्यवसाय गरेरै जिन्दगी बिताउने सिंगै समुदायको विवशतालाई यसले केलाउने कोसिस गरेको छ। उनीहरुको विवशताले मन कुँड्याउँने कथा भन्छन्। तर परम्परा र गरिबीभन्दा पर गएर त्यो विवशताको आधार र कारण खोज्ने लेठो उपन्यासले गरेको छैन। त्यतिसम्म त ठीकै थियो, अझ स्रोत माथिको पहुँचका लागि वादी समुदायले गरेको संघर्षलाई उपन्यासमा बेवास्ता गरिएको छ। कुवामा पानी भर्न नदिएको एउटा घटनाबाहेक यसको चर्चा उपन्यासमा छैन।

२०६४ सालको वादी आन्दोलन टेलिभिजनको पर्दामा हेरेर वादी समुदाय माथि उपन्यास लेख्न सुरुवात गरेकी भएपनि लेखकले वादी समुदायले गरेका सामूहिक संघर्षका कथाहरुमा पूरै आँखा चिम्लिएको उपन्यासले देखाउँछ। वादी समुदायका मानिसले आफ्ना छोराछोरी पढाउन, सानो जग्गा किन्नको लागि गर्नु परेको सामूहिक संघर्षका कथाहरु नभेट्दा, वादी महिलाले ०६४ सालमा काठमाडौँमा ४८ दिन सम्म गरेको आन्दोलनको अवधारणापत्र मात्रै लेखकले पढेको भए, किताब यो भन्दा धेरै फरक बन्नेथियो होला।

प्रकाशित ४ फागुन २०७४, शुक्रबार | 2018-02-16 17:00:45
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...