चिनियाँलाई शरणको कचौरा थेरापी

नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता





‘कचौरा थेरापीबाट अहिलेसम्म चिनियाँहरूमा गरिएको उपचार बमोजिम प्रेसर, सुगर, हाडजोर्नी, अनिद्रा, डर, डिप्रेसन, बेचैनी, टाउको दुखाइ जस्ता रोगहरू निको भएको छ’

NIC ASIA

‘नेवारी समुदायमा कतिपय कुरा अरूलाई भन्न नहुने मान्यता छ। त्यसैले पनि कतिपय प्रचलन त पाको पुस्तासँगै लोप भएको छ। ध्वनि पात्र चाहिं मैले हजुरबुबाबाट सिकें जुन अहिले चिनियाँमाझ लोकप्रिय वैकल्पिक उपचार पद्धति बन्दै गएको छ’, नेपालको गैरभौतिक साँस्कृतिक सम्पदा चीनमा प्रचारप्रसार गरिरहेका ललितपुरका रैथाने शरण तुलाधर।

उनले बेइजिङ केन्द्रित अरनिको आर्टस् लिमिटेड मार्फत् नेपाली सँस्कृति अन्तर्गत फैलाइरहेको पछिल्लो साँस्कृतिक उदाहरण सुनाए।

विभिन्न नेपाली सम्पदाहरू, कला सँस्कृति चिनियाँ भूमिमा फैलाउने जिम्मा लिएका छन्, तुलाधरले। यसै सिलसिलामा उनले ध्वनिपात्रको विधा फेला पारे। उनको यो उपचार कलाले चिनियाँमाझ पनि नेपालबारे ध्यानाकर्षण गराएको छ। नेपालमा लुप्तप्रायः सँस्कृतिको पुनरूत्थानको कोशिस गरिरहेका तुलाधरले भने, ‘तिब्बतमा विकसित हुँदै गएको भनिन्छ तर यसको पहिलो जन्मघर नेपाल, अझ विशेष गरी नेवारी समुदाय हुनुपर्छ। नेवारीमा यसलाई ध्वनिपात्र भनिन्छ।’

पश्चिमा जगतमा अघि नै प्रचलित भएको ध्वनिपात्र परम्परागत चिकित्सा, खासमा हिमालय क्षेत्र वा तिब्बतबाट उत्पत्ति भएको ठानिन्छ। ध्वनि चिकित्सा नेपालको नेवारी परम्परामा थियो। प्राचीनकालमा नेपालका नेवार समुदायले यसलार्इ अपनाए। एक पुस्ताबाट अर्को पुस्तामा सर्दै गएपनि यसको ठोस इतिहास नपाएको तुलाधर बताउँछन्।

जतिखेर मेटल एज सुरू भयो, धातुका भाँडाकुँडाको प्रचलन थालियो, त्यही बेलादेखि यसको शुरूवात भयो अर्थात् मानव सभ्यताको विकाससँगै यो प्रचलनमा आएको अनुमान गरिन्छ।

झण्डै २ हजार वर्षअघि यो उपचार पद्धति प्रचलनमा थियो। तुलाधर भन्छन्, ‘हजुरबुबाले बुबा, बुबाले छोरालाई ज्ञान सारेपनि घरपरिवारबाट अन्यत्र नजाने, अरूलाई भन्न नहुने मान्यता थियो। घर घरमा वा टोल टोलमा मात्रै सीमित हुन्थ्यो तर व्यापक हुन नसकेपछि एउटा पुस्ताको अन्त्यसँगै अर्कोमा सहज हस्तान्तरण नहुँदा हराएको वा परिमार्जित भएको हुनसक्छ।’

आफ्नो घरमा बिरामी भएर आएकालाई हजुरबाले उपचार गरेको सानैदेखि देखेका तुलाधर यो अद्भूत कलाबाट प्रभावित थिए। सानैमा हजुरबुबाको काखमा लुट्पुटिँदै यो चमत्कार हेर्ने गरेका तुलाधरले सम्झिए, ‘त्यति नै खेर ममा ठूलो भएपछि हजुरबुबा जस्तै बन्ने लहड चल्थ्यो। एक बालकको रूची र समर्पण देखेर हजुरबुबाले पनि सिकाउनुभयो, अहिले तिब्बती उपचार विधि पनि जानेको छु।’

गत वर्ष सन् २०१६ को अप्रिलमा बेइजिङस्थित नेपाली राजदूतावासमा तुलाधरले ध्वनि पात्र अर्थात् सिंगिङ बउलको प्रदर्शनी गरे। त्यसो त चीनमा हुने अनेकन प्रदर्शनीहरूमा मौलिक नेपाली कला सँस्कृतिको फैलावट गर्न छुटाउँदैनन् उनी। चीन बाहेक अन्य मुलुकमा पनि नेपाली पर्यटन र सँस्कृतिको प्रवर्द्धनमा उनको सक्रियता छ।

सानोमा उनले देखेको जस्तै उपचारका प्रत्येक विधिहरू पछ्याउन खोज्दछन्, फरक फरक धुन निस्किने फरक रंग र फरक आकारका कचौराहरू पनि बटुलेका छन्। कुनै ग्रन्थमा ठोस कुरा खोज्दा पनि नभेटेका उनले व्यवहारिक रूपमा नेवारी परम्परामा कसरी भित्रियो भन्ने कुनै प्रमाण नभेटेको सुनाए।

उनी भन्छन्, ‘जतिखेर नेपाली समाजमा उपचारका लागि जडिबुटी वा झारफूक, तन्त्रमन्त्रको चलन सुरू भयो, त्यसकै वरिपरि यो प्रणाली चलेको हुनसक्छ। नेवारी जनजिब्रोमा छ तर लिपीमा छैन। कैयौं सँस्कृति देखाउन र बताउन निषेध भएकाले पनि पुस्तान्तरण नभएको होला’, उनले भने, ‘सन् १९६०–७० तिर जब हिप्पीहरू नेपालमा छिरे, नेवारहरूको संगतले पनि प्रभाव पार्यो। शान्तिका अनेकन् उपायहरूको खोजी गर्दै जाँदा उनीहरूले यो विधि पनि फेला पारे। पश्चिमा मुलुकमा लगे, वैज्ञानिक अनुसन्धान पनि गरे, र आफ्नै तवरले विकास पनि गर्दै लगे तर नेपालमा प्रविधि, ज्ञान सीपको अभावमा यतिकै अलपत्र हुँदै गयो।’

तुलाधरका अनुसार नेपालमा अहिले पनि यो गुमनाम चिकित्सा पद्धतिकै रूपमा छ। ठमेल पर्यटकीय क्षेत्रमा केही युरोपियनहरूले सिकाएको देखिन्छ, नेपालीहरू त्यति लागिपरेको देखिँदैनन्।

कसरी हुन्छ उपचार?
वैज्ञानिक अनुसन्धानबाट पनि पुष्टी भएको छ कि संगीत सुन्दासुन्दै गाईले पनि धेरै दूध दिन्छ। संगीत सुनेर मानिसले थकानबाट राहत महसुस गर्छ। संगीतमा भएको अद्भूत शक्तिबारे दुनियाँमा सबै परिचित नै छन्। ओम् को उच्चारणबाट पनि मानसिक लाभ मिलेजस्तै ध्वनिपात्रबाट निस्कने धुनले पनि उपचारको काम गर्दछ। शरण तुलाधरले २० वर्षदेखि हप्तामा २ वा ३ पटक टाउको दुखाइको पेन किलर खाइरहेका एक चिनियाँको उपचार गरेका छन्।

‘अहिले ६–७ महिनामा एकचोटी मात्रै पेनकिलर खाए पुग्छ। झण्डै ४५ दिनमा उपचार संभव भयो। श्रवण समस्या झेलिरहेका अर्का एक विरामीको मेसिन लगाएर सुन्नुपर्ने झन्झट टर्यो। जोर्नी समस्या पनि समाधान भएको छ। महिनावारी पनि नियमित भएको छ’, २०१० देखि चीनमा सिंगिङ बउल सेवा दिइरहेका तुलाधरले बच्चादेखि पाकासम्मको उपचार गरेका छन्।

ध्वनिपात्र उपचार पद्धतिमा कचौरालाई शरीरको कुन भाग नजीक राखेर कसरी ठोक्ने भन्ने विधि महत्वपूर्ण हुन्छ। कचौरा थेरापीले पीडा र दबाब सम्बन्धित अवस्थाबाट सुख दिन्छ। केमोथेरापीलाई प्रभावकारी बनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ।

‘कुनै रोग विशेषलाई ठ्याक्कै उपचार गर्छ भन्ने छैन तर अहिलेसम्म चिनियाँहरूमा गरिएको उपचार बमोजिम प्रेसर, सुगर, हाडजोर्नी, अनिद्रा, डर, डिप्रेसन, बेचैनी, टाउको दुखाइ जस्ता रोगहरू निको भएको छ’, उनले थपे।

‘मानव शरीरका कोषहरू सक्रिय नभएपछि रोगले च्याप्छ। मरेका कोषले काम नगर्ने भएपछि मानव शरीरमा रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ। यस उपचार पद्धितले कोषहरूको अधिक सक्रियता वा निस्क्रियतालाई सन्तुलनमा ल्याउने काम गर्छ’, उनले भने, ‘मानव शरीर र विश्व ब्रम्हाण्डबीच सम्बन्ध हुन्छ, यस हिसावले योगध्यान जस्तै यसको आध्यात्मिक पक्ष पनि रहेको छ। ध्वनि उपचार पद्धतिले भाइब्रेशन अर्थात् तरंग सिर्जना गरेर सुतेका कोषहरू ब्युँताउने काम गर्छ।’

बेइजिङमा शरद ऋतु लाग्दै गरेको एक दिन उनी ध्वनिपात्र उपचार पद्धतिबारे बताइरहेका थिए। विभिन्न प्रान्तबाट आइरहेका निम्ताहरू पच्छयाउन भ्याइनभ्याई खेपिरहेका उनलाई भोलिपल्टै बेइजिङ छोडेर शानतोङ प्रान्त जानु थियो।

‘नेपाली सँस्कृतिकै रूपमा यसलाई विस्तार गर्न सके नेपालको नाम पनि राख्न सकिने थियो। अहिले चीनमा यसको माग उच्च छ’, उनले भने, ‘भविष्यमा ध्वनिपात्र उपचार विधिको अझै माग हुनेछ, किनकी प्रविधि र समृद्धिले व्यस्त चिनियाँहरू निकै मानसिक दवावमा रहन्छन्।’

 

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 17:00:11
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...