अरुन्धती रोयः भारतको कोइलाखानीकी साहित्यिक चरी

‘यहाँ जे भइरहेको छ, त्योबारे नबोली बस्नै सक्दिनँ’



भारतीय लेखिका अरुन्धती रोयले करिब दुई दशकको अन्तरालपछि पुनः उपन्यास प्रकाशित गरिन्। आख्यानको दुनियाँमा पुनरागमन गरे पनि कमजोरहरुलाई ‘चकनाचुर’ बनाउने क्रम जारी रहेको यो संसारमा आफ्नो आलोचनाको धारिलो तरबारलाई म्यानमा थन्क्याउने उनको कुनै योजना छैन।

हिउँदको कठ्यांग्रिँदो दिन पुरानो दिल्लीको घुमाउरो भित्री गल्लीमा रहेको एक क्याफेमा बसेकी ५६ वर्षे रोय अझै पनि उस्तै सशक्त राजनीतिक अभिव्यक्ति दिन्छिन्। त्यस्तै अभिव्यक्तिका कारण उनी आधुनिक भारतमा आफ्नो देशको सबैभन्दा कठोर आलोचक बनेकी छन्।

‘यहाँ के भइरहेको छ, त्यसबारे कुरा नगर्ने हो भने मलाई यो देशमा बस्न निकै कठिन हुन्छ,’ उनी भन्छिन्।

‘भारतमा मात्र होइन, सारा विश्वमै एउटा यस्तो आर्थिक प्रणाली सिर्जना गरिँदै छ, जसले मानिसहरुलाई अझ विभाजित तुल्याइरहेको छ,’ उनी थप्छिन्।

‘यो प्रणालीले हाम्रो देशमा कसरी कमजोरहरुलाई चकनाचुर बनाइरहेको छ, म त्यही कुरा लेखिरहेकी छु।’

वर्षको धेरैजसो समय उनले आफ्नो नयाँ उपन्यास ‘द मिनिष्ट्री अफ ह्याप्पीनेस’ को प्रचारमा बिताइन्। विशाल र भव्य कथा भएको त्यो उपन्यास जुन महिनामा प्रकाशित भएको थियो।

तर लगत्तै कुराकानी त्यस्ता राजनीतिक मुद्दातर्फ मोडियो, जसका लागि उनी अहिले परिचित छिन्। कास्मिर, माओवादी विद्रोह, वातावरणसम्बन्धी सक्रियता र आधुनिक भारतमा बढ्दो साम्प्रदायिक तनावजस्ता विषयमा हामी कुरा गर्न थाल्यौँ।

बीस वर्षदेखि उनी उपन्यासकार र कट्टर आलोचकको दोहोरो भूमिकामा देखिँदै आएकी छिन्। र दुवै भूमिकालाई उनी तत्काल बिसाइहाल्ने पक्षमा छैनन्। हुन पनि उनले नयाँ पुस्तक ‘सान्त्वना नपाएकाहरुका लागि’ समर्पण गरेकी छन्।

प्रसिद्धि र प्रशंसा
वर्षौँसम्म आफ्नो असली आवाज भेट्टाउन संघर्ष गरेकी रोयले मुम्बइमा बसेर टेलिभिजन र चलचित्रका लागि पटकथा लेखिन्। अन्ततः केरलाको सिरियन क्रिस्चियन र बंगाली हिन्दुकी यी छोरी आफ्नो पहिलो उपन्यास ‘द गड अफ स्मल थिंग्स’ बाट लेखनको दुनियाँमा धमाकासहित प्रवेश गरिन्।

जुम्ल्याहा बच्चा राहेल र एस्था तथा केरलामा तिनीहरुको पीडादायी बालापनको सो कथाले प्रकाशनलगत्तै सनसनी मच्चायो। विश्वव्यापी रुपमा ६० लाख प्रति बिक्री हुनुका साथै सो पुस्तकले बुकर पुरस्कार पनि हात पार्‍यो। यही पुस्तकले रोयलाई विश्वव्यापी साहित्यिक संसारको प्रिय पनि बनायो। यसबाट उनले केहीहदसम्म असहज पनि महसुस गरिन्।

त्योबेला धेरैले उनलाई सलमान रुस्दी र विक्रम सेठजस्ता दक्षिण एसियाली ‘हेभिवेट’ लेखकहरुसँग तुलना गरे। तर उनीबाट लगालग आख्यानको शृंखला आउने अपेक्षा गरेकाहरु भने निराश भए।

आख्यान लेख्न छोडेर उनले अनेकौँ विषयमा निबन्ध लेखिन्, जसले देशका साम्भ्रान्तहरुलाई चिढ्यायो। कास्मिरमा भारतको व्यवहारबारे उनले गरेको कठोर आलोचनाका कारण त उनीमाथि राजद्रोहको मुद्दा नै चल्यो।

‘म धेरै पटक ठूल्ठूला संकटमा परेँ। अनेक पटक आइन्दा यस्तो विषयमा लेख्नेछैन भनेर आफैँसँग वाचा पनि गरेँ,’ उनी भन्छिन्, ‘तर यी कुरा त्यस्ता ठाउँमा उत्पन्न हुन्छन्, जहाँ चुप बस्ने विकल्प नै हुँदैन।’

उनका निबन्धहरु ‘एक प्रकारको तीव्र बेचैनीका साथ’ लेखिएको उनी बताउँछिन्। यद्यपि नयाँ उपन्यासले उनलाई सावधानीपूर्वक र बिस्तारैबिस्तारै लेख्ने अवसर उपलब्ध गरायो।

‘जब म आख्यान लेख्न थाल्छु, मेरो लेखन प्रक्रिया ठ्याक्कै उल्टिन्छ। म आरामपूर्वक, समय लिएर लेख्छु,’ उनी भन्छिन्।

झण्डै दश वर्षअघि सुरु भएको ‘द मिनिस्ट्री अफ अटमस्ट ह्याप्पीनेस’ ले उनले लेखिरहेका धेरैजसो वामपन्थी राजनीतिक विषयवस्तुहरुलाई समेट्छ। उनी ती आफ्ना विविध लेखनलाई नै यो उपन्यासको जगको एक हिस्सा ठान्छिन्।

उपन्यासका असंख्य पात्रहरुमध्ये माओवादी गुरिल्ला र हिन्दु राष्ट्रवादीहरुको भीड, पुरानो दिल्लीमा गरिबी र विभेदसँग लडिरहेका एक तेस्रो लिंगी समुदाय, आदि सामेल छन्। अनि लामो समयदेखि जारी कास्मिरको अशान्तिको पृष्ठभूमिमा गाँसिएको एक प्रेमकथा पनि छ।

संगठित अव्यवस्था
अत्याधिक प्रशंसा गरिएको पहिलो उपन्यासको तुलनामा धेरैपछि आएको उनको दोस्रो उपन्यासले मिश्रित प्रतिक्रिया पायो। कतिपयले यसलाई बढी लम्बेतान र अव्यवस्थित भने।

यो आलोचनालाई रोय केही हदसम्म स्वीकार्छिन् तर त्यसलाई छेऊ लगाउँछिन्।

‘मलाई थाहा छ, धेरै मानिसले यसलाई अव्यवस्थित भनेर चर्चा गरेका छन्। तर त्यो अव्यवस्था बुनिएको छ, संगठित छ,’ उनी स्पष्ट पार्छिन्।

आफ्नो नयाँ पुस्तकलाई पाठकले समय लगाएर पढ्ने उनको अपेक्षा छ।

‘यसको कथालाई पढ्नु भनेको दिल्लीजस्तो ठूलो सहरलाई हेर्नुजस्तै हो,’ उनी भन्छिन्, ‘तपाईं यसै यो किताब पढ्न सक्नुहुन्न। तपाईं योसँग परिचित हुन जरुरी छ, जसरी तपाईं कुनै सहरसँग परिचित बन्नुहुन्छः चौडा सडक, साँघुरा गल्ली, चोकचौतारो, बञ्जर स्थान हुँदै अगाडि बढ्नुपर्छ।’

रोयका लागि राजनीति सजिलै आउँछ, तर आख्यानको कुरा फरक छ।

‘द गड अफ स्मल थिंग्स’ बाट फर्किन मलाई लामो समय लाग्यो,’ उनी भन्छिन्, ‘यसको सफलताका कारणले मात्रै होइन, बरु मैले लेख्ने गरेझैँ निकै गहिरो स्थानबाट कुनै कुरा लेख्न पनि मलाई समय लाग्यो।’

उनले आफ्नो आलोचनात्मक कलम बिसाउने कुनै छाँट छैन।

हिन्दु राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको हेरचाहमा भारत अत्यन्त विभाजित अवस्थामा रहेको उनी बताउँछिन्।

कास्मिरमा प्रहरीको पेलेट गनबाट प्रदर्शनकारीको आँखा फुटेकोदेखि लिएर अछुतहरुमाथि भेदभाव र बढ्दो कट्टरपन्थसम्म, उनी यो सत्ताका खराबीहरु गिन्ती गर्छिन्।

‘सिनेमा हल जलाउन चाहनेहरुको भीड सडकमा खुल्लमखुल्ला दौडिरहेको छ, सतीप्रथालाई उत्सवको रुपमा मनाउने जुँगामुठेहरुको भीड जताततै छ,’ उनी भन्छिन्।

रोयको निबन्धका आलोचकहरु उनी उन्मादी र आत्मपूजक बन्नसक्ने बताउँछन्। तर रोयलाई कुनै पछुतो छैन। उनी आफूलाई कोइलाखानीकी चरीका रुपमा हेर्छिन्। (कोइलाखानीमा काम गर्ने कामदारहरुले आफूसँग पिँजडामा राखिएका चरा लैजानै गर्दथे। किनभने खानीभित्र कुनै विषालु ग्यास निस्कियो भने त्यसका कारण पहिले चराको मृत्यु हुन्छ र मानिसहरुले भाग्ने मौका पाउँछन्।)

‘सँधै यसैगरी चल्न सक्दैन,’ उनी चेतावनीको स्वरमा भन्छिन्, ‘या त पूर्ण विध्वंसको माझबाट वा कुनै प्रकारको क्रान्तिबाट केही न केही नयाँ चीज पैदा हुनेछ। तर सँधै यसैगरी चल्नेवाला छैन।’ एएफपी 

प्रकाशित १९ पुस २०७४, बुधबार | 2018-01-03 14:35:39


प्रतिकृया दिनुहोस

Loading...
  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • पुस्तक सार्वजनिक गर्दै लेखकसहित आमन्त्रित

    नथियाः आउट साइडरको बयान

    हरेक युवतीको नथिया उतार्दाका सुस्केरा, एकै परिवारका बाबु–छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुवैको नथिया उतार्नु र उक्त छोरी...

  • रवि र शोभा

    आशा नमारेको जोडी

    ‘एक्लै हिँड्दा उहाँ लड्नुहुन्छ कि, म नभएपछि कसले डोर्‍याईदिन्छ जस्तो लाग्छ। म नहुँदा त कसैले हुत्याइदिन्छ कि जस्तो पनि लाग्छ। के खानुभयो होला, म...

  • निभा शाह

    राजखलकमा जन्मिएकी विद्रोही कवि

    उनले आफ्नै आँखाले कैलालीमा थारुहरुलाई बेचेको देखिन्। हरेक वर्षको माघ १ गते थारुहरुको किनबेच चल्थ्यो। थारुको किनबेच आधिकारिक थियो। राज्यकै...

  • चिनियाँलाई शरणको कचौरा थेरापी

    बेइजिङमा शरद ऋतु लाग्दै गरेको एक दिन उनी ध्वनिपात्र उपचार पद्धतिबारे बताइरहेका थिए। विभिन्न प्रान्तबाट आइरहेका निम्ताहरू पच्छयाउन भ्याइनभ्याई...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।