मदनबाबुको घरमा जङ्गबहादुर र चन्द्र शमशेरका क्यामेरा





जंगबहादुरको क्यामेराको लेन्ससँगै मदनबाबु
जंगबहादुरको क्यामेराको लेन्ससँगै मदनबाबु

कुनै स्वीस योजनामा काम गर्ने लियोन नाम गरेका जर्मन नागरिक जर्मनीमा प्रयोग भएका क्यामेराको इतिहास समेटिएको पुस्तक बोकेर मदनबाबु बज्राचार्यको भक्तपुर गठ्ठाघरस्थित निवासमा पुगे। त्यो पुस्तकमा ३८ सय वटा मोडेलका क्यामेराहरुको वृत्तान्त थियो। तर जर्मनीजस्तो विकसित मुलुकमा क्यामेराको इतिहास समेटिएको पुस्तकमा समेत इल्फोर (ILFORD) नामको क्यामेराबारे कुनै उल्लेख थिएन।

तर त्यो क्यामेरा मदनबाबुसँग थियो। त्यति ठूलो इतिहास समेटिएको पुस्तकमा समेत त्यो क्यामेराबारे उल्लेख नहुनु, तर क्यामेरा नै मदनबाबुसँग रहेको देखेपछि लियोनसमेत छक्क परे। उनले त्यो क्यामेरा आफूलाई बेच्न मदनबाबुसँग अनुरोध गरे। लियोनले जतिसुकै जोड गरेपनि उनले बेचेनन्।

भक्तपुरको गठ्ठाघर चोकबाट अलिकति भित्र पसेर ४/५ घर पार गरेपछि एउटा चारतल्ले अग्लो घर आउँछ। यसैहप्ता म त्यहाँ पुग्दा त्यही घरको दोस्रो तल्लामा भेडाको उनबाट बनेको न्यानो स्वीटर र ट्राउजरमा भेटिए, कपाल सेतै फूलेका मदनबाबु बज्राचार्य, ७४। म त्यहाँ पुग्दा मदनबाबु आफूले जीवनभर संकलन गरेका क्यामेराहरु त्यसैगरी हेरचाह गर्दै थिए, जसरी एउटी आमाले भर्खर जन्मेको आफ्नो बच्चाको स्नेहका साथ हेरचाह गर्छिन्।

कोठा अलिक अँध्यारो थियो। कोठाभरी क्यामरा नै क्यामरा थिए। हो, उनले जीवनभर संगालेका क्यामराहरु सजाइएको कोठा थियो त्यो। झट्ट हेर्दा लाग्यो, यो साँच्चिकै क्यामेराको संग्रहालय नै हो, सानोतिनो संकलनमात्र होइन।

‘अहिलेसम्म यो क्यामेराको संकलन मात्र हो, तर अब यसलाई साँच्चिकै संग्रहालयको रुप दिने सोचमा छु’ केहीबेरको कुराकानीपछि मदनबाबुले आफ्नो योजना सुनाए।

संग्रहालयको रुप पाउन लागेको मदनबाबुको क्यामेरा संकलनको शौख बुझ्न ५७ वर्षअघि फर्कनुपर्ने हुन्छ।

मदनबाबु त्यतिबेला केवल १७ वर्षका तन्नेरी थिए। पत्रपत्रिका खुबै पढ्थे। आफ्नो घरमा आएको कुनै विदेशी म्यागेजिनमा कसैले क्यामेरा संकलनबारे ‘स्टोरी’ लेखेको रहेछ। त्यो ‘स्टोरी’ पढेपछि उनलाई पनि क्यामेरा संकलन गर्ने धुन जाग्यो।

जो भेटिन्छ, अब उनले आफ्नो रहर र योजनाबारे बताउन थाले। कसैसँग ‘पुराना क्यामेरा छन् भने मलाई खबर गर है’ भनेर मुख फोर्न थाले। यो क्रम निकै वर्षसम्म चलिरह्यो।

मदनबाबुका हितैषीमध्ये एक थिए, कान्छा कायस्थ। एकदिन कान्छाले खबर ल्याइपुर्‍याए, ‘एकजनासँग जंगबहादुर राणाले बेलायतबाट ल्याएको क्यामेरा छ।’

यति जानकारी दिएर सोधे, ‘जंगबहादुरको क्यामेरा किन्ने हो त पासा?’

उनले जंगबहादुरबारे प्रशस्त सुनेका थिए, स्कूले जीवनमा यी प्रथम राणा प्रधानमन्त्री तथा श्री ३ महाराजबारे पढेका पनि थिए। त्यति चर्चित पात्रको क्यामेरा नै किन्न पाइन्छ भने किन नकिन्ने?

‘किन्ने हो किन्ने पासा, ल कहाँ छ, मलाई लैजाऊ त,’ उनले कान्छालाई भने।

‘जंगबहादुरले प्रयोग गरेको क्यामेरा किन्न मैले कत्ति ढिलाइ गरिनँ, यताउति धेरै कुरा सोच्दापनि सोचिनँ’ ५१ वर्षअघिको त्यो घटना सम्झँदै मदनबाबुले भने, ‘गएर हेरें। क्यामेरा होइन, क्यामेराको लेन्समात्र बाँकी रहेछ। २ हजार नगद तिरेर मैले तत्कालै जंगबहादुरले बेलायतबाट ल्याएको क्यामेराको लेन्स किनें।’

यो वि.सं. २०२३ सालको कुरा थियो।

क्यामेरा बेच्ने व्यक्तिको परिवार नै पहिलेदेखि फोटोग्राफी गर्थ्यो। त्यसैले उनीहरुकहाँ जंगबहादुरले बेलायतबाट ल्याएको क्यामरा पुगेको थियो। उनले सुनाए, ‘केही अघिसम्म लेन्स सहितको क्यामेरा नै थियो रे। तर मैले किन्दा क्यामेराको लेन्स मात्र पाएँ।’

भनिरहनु नपर्ला, नेपालमा फोटोग्राफीको प्रचलन सुरु भएको जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा नै हो। 

जंगबहादुरले प्रयोग गरेको क्यामेराको लेन्समात्र हैन, चन्द्रसमशेरले युरोपबाट ल्याएको क्यामेरासमेत छ उनीसँग। ४० केजी तौलको छ यो। त्यसको लेन्सका अलावा फिल्टर, डार्क रुमका सामान समेत छन्।

चन्द्र शमशेरले ल्याएको क्यामेरा

चन्द्र शमशेरले ल्याएको क्यामेरा

बज्राचार्य वि.सं. २०२१ सालमा काठमाडौंको न्युरोडमा क्यामेरा पसल खोलेका थिए। जब २०२३ मा जंगबहादुरले प्रयोग गरेको क्यामेराको लेन्स किने, त्यसपछि ७ वर्षअघि बनाएको योजना अनुसार साँच्चिकै पुराना क्यामेरा संकलन गर्न थाले। ‘त्यो बेला धेरैको इच्छा नयाँ–नयाँ क्यामेरा बोक्ने हुन्थ्यो’ बज्राचार्यले सम्झे, ‘म उनीहरुलाई नयाँ क्यामेरा दिन्थें, उनीहरुसँग भएको पुराना क्यामेरा आफूसँग राख्थें।

यसरी संकलन गरिएका ८० वटा क्यामेरा छन् उनीसँग। तीमध्ये अधिकांश यसरी नै नयाँ क्यामेरासँग साटिएका पुराना क्यामेरा हुन्। २०२३ सालदेखि क्यामरा संकलन सुरु गरेका उनीसँग १८ मोडलका क्यामेरा संकलनमा छन्।

उनको संकलनलाई ‘माइतीघर’ चलचित्र खिचेको क्यामराले झन् महत्वपूर्ण बनाएको छ। वि.सं. २०’ को दशकमा निर्माण भएको माइतीघर त्यही चलचित्र हो, जसले निजी ब्यानरमा बनेको नेपालको पहिलो चलचित्रको इतिहास बनाएको छ। त्यसबाहेक यो तेस्रो नेपाली चलचित्रपनि हो।

माइतिघर चलचित्र खिच्न प्रयोग भएको क्यामेरा

माइतिघर चलचित्र खिच्न प्रयोग भएको क्यामेरा

माइतिघर चलचित्र खिच्न प्रयोग भएको क्यामेराको त्यसको अन्य भाग

माइतिघर चलचित्र खिच्न प्रयोग भएको क्यामेराको त्यसको अन्य भाग

क्यामेरा संकलनमा अरु साथीहरुले पनि मदनबाबुलाई गुन लगाएका छन्, जंगबहादुरको क्यामेराको लेन्स किन्न कान्छा कायस्थले लगाएको गुनजस्तै। ‘मदनबाबुले त क्यामेरा संकलन थालेछ नि!’ भन्ने जब साथीहरुले सुने, अरुहरुले पनि आफूसँग भएका पुराना क्यामेरा ल्याइदिए।

तर, पछिल्लो समय थप क्यामेरा संकलन गर्ने मदनबाबुको कार्यमा ‘ब्रेक’ लागेको छ। १० वर्ष यता उनको संकलनमा नयाँ क्यामेरा थपिएका छैनन्।

‘किन त, बुढ्यौली लागेर हो कि?’ जवाफमा मदनबाबुले भने, ‘धेरै मान्छेले पुराना क्यामेराको महत्व बुझ्न थाले, आफूसँग भएका क्यामेरा आफैसँग राख्न थाले।’ उनी थप्छन्, ‘यदि सरकारी तबरबाट नै पुराना क्यामेरा संकलन गरेर संग्रहालय बनाउने काम गरिएको भए यस्तो प्रतिस्पर्धा हुँदैन थियो होला।’

मदनबाबु मान्छे कति गुनी रहेछन् भने, त्यति दुख गरेर संकलन गरेका क्यामेरा सरकारलाई दिने योजना बनाएछन्। जति फराकिलो छाती बनाएर उनले ती क्यामेरा सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए, सरकारले उनले जत्तिकै फराकिलो छाती बनाइदिएन।

त्यो घटनाको बृत्तान्त सुनाउँदै मदनबाबु भन्छन्, ‘छाउनीस्थित राष्ट्रिय संग्राहलयले फोन गर्‍यो, ‘तपाईंसँग भएका क्यामेरा दिनुस्, हामी किन्छौं’ भनेर। ‘सरकारलाई के बेच्नु, सित्तैमा दिन तयार छु’ भनें। ‘तर संग्रहालयको नाम ‘मदनबाबु क्यामेरा संग्रहालय राख्नुपर्छ’ भन्ने मेरो शर्त थियो।

यो शर्त सुनेपछि उनीहरुले कहिल्यै मदनबाबुसँग सम्पर्क गरेनन्। त्यसैले, ती क्यामेराहरु जोगिए । र, अहिले मदनबाबुको र उनको घरको समेत महत्व बढाइदिएका छन्।

त्यही ‘इख’ ले होला, आफ्नो संकलनलाई संग्रहालयकै रुप दिने योजना बनेको पनि त्यही घटनापछि हो।

मदनबाबु संकलन हेर्न देश–बिदेशबाट धेरै व्यक्तिहरु पुग्छन्। बेलायत, जर्मनी, जापान, अमेरिका लगायत मुलुकका प्राध्यापक, क्यामेरा संकलकहरु बज्राचार्यकहाँ जान्छन्। नेपाली विद्यार्थीहरु पनि उनीकहाँ पुग्छन्।

आफूसँग भएका क्यामेराको संकलन मदनबाबुले भक्तपुरकै ठिमीमा भएको महोत्सव, भृकुटी मण्डपमा भएको प्रदर्शनीमा पनि प्रदर्शनीमा पनि राखिसकेका छन्।

क्यामेरासँगै मदनबाबु

क्यामेरासँगै मदनबाबु

मदनबाबु के कुरामा सन्तुष्ट छन् भने, पैसाका लागि आफूसँग भएको क्यामेराको संकलन बिक्री नगरेकोमा मदनबाबु निकै सन्तुष्ट छन्। ‘ठूलै रकमको अफर गरेर मसँग भएका क्यामेराको संकलन किन्न आएका थिए, धन्न मैले बेचिन’ उनी भन्छन्, ‘पैसाको लोभमा यति महत्वपूर्ण संकलन बेचेको भए मेरो अस्तित्व नै नरहने रहेछ।’

वि.स २०३१ सालमा नेपाल आएका एकजना जापानी पर्यटकले मदनबाबुलाई रेडियो प्रसारण गर्ने प्रविधिसमेत दिएका रहेछन्। तिनताका आफ्नो घरमा रेडियो राख्नसमेत लाइसेन्स लिनुपथ्र्याे, त्यस्तो बेला रेडियो प्रशारण गर्ने प्रविधि व्यक्तिसँग हुनु निकै ठूलो कुरा थियो। तर, त्यो अवसरपनि उनलाई क्यामेरा संकलनले नै जुराइदिएको थियो। भन्छन्, ‘मसँग भएको एउटा पुरानो क्यामराको बदलामा ती जापानीले त्यो प्रविधि मलाई दिएका थिए।’

तर, त्यो सामाग्री मदनबाबुले जोगाउन सकेनन्। सरकारले जफत गरिदियो। उनी सम्झन्छन्, ‘रेडियो प्रशारण सरकारले मात्र गर्न पाउँथ्यो। त्यसैले मसँग भएको त्यो सामान जफत गरियो। यदि तत्कालिन प्रधानमन्त्री डा तुलसी गिरि मेरा साथी नहुँदा हुन् त, निकै ठूलो समस्यामा पर्ने रहेछु।’

आजकल मदनबाबुको अधिकांश समय उनीसँग रहेका क्यामेराको सरसफाइमा बित्छ। ‘लामो समय सम्म सफा नगरी राख्दा क्यामेरा जाम हुने सम्भावना हुन्छ’ उनले भने, ‘त्यसैले म यिनको सरसफाईमा धेरै ध्यान दिन्छ। क्यामेराहरु सफाई गर्दा निकै आनन्द पनि आउँछ।’

प्रकाशित १७ मंसिर २०७४, आइतबार | 2017-12-03 10:21:54


author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

Loading...
  • दयाहाङ राई, क्रिस्टेन स्टेवार्ट र फिलिप सिमर हफम्यान

    राम्रो–नराम्रो अभिनय कसरी छुट्याउने?

    चलचित्रको कुरा गर्दा कसैलाई राजेश हमालको अभिनय मन पर्छ, कोही दयाहाङ राईलाई मन पराउने हुन्छन्। कोही प्रियंका कार्कीको तारिफ गर्छन्, कसैलाई गौरी मल्ल...

  • वेद उप्रेती

    ‘विमान दुर्घटनामा धेरै साथी गुमाएँ तर हिम्मत हारिनँ’

    ‘विमान उडाइरहँदा दुर्घटनामा परी मृत्यु भएका साथीहरुको याद आउँछ तर यसलाई जिन्दगीको परीक्षाको रुपमा लिन्छु,’ उनी भन्छन्। ‘दुर्घटनालाई नकारात्मक रुपमा...

  • चित्रमा प्राण भर्ने मिठ्ठु

    कैलालीको टीकापुरको दुर्गौलीमा २८ वर्षअघि मिठ्ठु थारुको जन्म गरिब परिवारमा भएको थियो। उनका बुबा कमैया थिए भने आमा बुक्रही।

  • सुनपानी

    भीडमा रहेको कसैले आफ्नो औंला कृष्णेको घरतिर सोझ्याइदियो। हस्याङफस्याङ गर्दै गएका उनीहरु एकैछिनमा ग्वार्रंग्वार्रर्ती ओरालो झरे। उनीहरुकै साथमा आएका...

  • लुना प्रधान

    सपना पछ्याउँदै अाकाशमा लुनाकाे उडान

    स्कूल पढ्दा कसैले ‘ठूली भएपछि तिमी के बन्छ्यौ’ भनेर सोध्यो भने ‘म त पाइलट बन्छु’ भन्ने गर्थिन् लुना प्रधान। उनको त्यो सपनालाई साथीभाइले हाँसोमा...

  • डेविड गुडाल

    जब आफ्नै जीवन बोझ बन्छ...

    अधिकांशमा दीर्घजीवनको चाहना हुन्छ। तर जीवन लम्बिँदै जाँदा कतिपयलाई यो भारी पनि बन्न सक्छ। लामो आयुको बोझ थेग्न नसकेर एक नामी अष्ट्रेलियाली...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।