पुस्तक समीक्षा

छाउ थितिको आख्यान अर्थात् 'छाउघर'

कलाले २२ दिनसम्म विद्यालय छुटाउँछिन् तर छाउगोठ नै उनको नयाँ पाठशाला बन्न पुग्छ



नेपालको सुदूरपश्चिम क्षेत्रमा थाँती बसेको छाउपडी प्रथा र किशोरी–महिलाहरुले भोग्नुपरेको पीडाबारे सञ्चारमाध्यममा बेलाबेला खबर आइरहन्छन्। त्यस क्षेत्रमा महिनावारी र सुत्केरी जस्ता जैविक प्रक्रियालाई देउतासँग जोडेर पाप र धर्मको नाममा छाउप्रथा चलाइएको पाइन्छ। युवा उपन्यासकार राज सरगमले आफ्नो 'छाउघर' उपन्यासमा यिनै सामाजिक समस्यालाई नजिकबाट केलाउने प्रयास गरेका छन्।

रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा बेलाबेला आइरहने छाउपडीका घटना र सन्दर्भहरु अहिले 'किल्से' बनिसकेका छन्। त्यस अर्थमा उपन्यासभित्र कुनै नौलोपन नदेखिएको जस्तो महसुस हुन्छ। तर सुनिरहेका घटनाहरु जस्तै भएपनि उपन्यासकारले कथामा आफ्नो लेखाइको शिल्पले उपन्यासलाई पृथक बनाएका छन्।

उपन्यासकी मूल पात्र रहेकी कलामार्फत् उपन्यासकारले छाउपडीका विभिन्न घटनाक्रमलाई मूर्त रुप दिने प्रयास गरेका छन्। साथै, उनले छाउपडी प्रथाले बालमनोविज्ञानमा पार्ने परिवर्तनबारे चित्रण गरेका छन्। एक १२ वर्षकी केटीलाई छाउगोठमा बस्न पर्दा देखापर्ने मानसिक द्वन्द्वलाई उपन्यासकारले न्यायपूर्ण वकालत गरेको देखिन्छ।

पहिलो पटक महिनावारी भएकी कलालाई आफूलाई के भएको हो थाहा पनि नहुँदै २२ दिनसम्म छाउगोठमा बस्न् लगाइन्छ। कहिले परिवारबाट अलग नभएकी कलाको मनमा शरीरबाट रगत बग्दैमा किन छाउगोठमा बस्न पर्ने, भगवान किन रिसाउने जस्ता कुराहरु खेल्न थाल्छन्। चुलबुले र चञ्चले स्वभावकी कलाको बालखा व्यवहारमा छाउगोठ पसेसँगै एकाएक मानसिक परिवर्तन आउन सुरु हुन्छ। छाउ भएसँगै मान्छेहरुले कलालाई 'अब तिमी ठूली भयौ' भनेझैँ छाउगोठको २२ दिनसम्मको बसाइमा उनका सोचाइहरुमा पनि परिवर्तन हुन थाल्छन्। घटनाक्रमको सुरुवात गर्ने क्रममा लेखक सरगमले महिनावारी सुरु हुँदा हुने शारीरिक पीडाहरुलाई वर्णन गरेका छन्। तर छाउ भएको पछिल्ला दिनमा भने छाउगोठ बस्न पुगेकी कलामा भएको मानसिक परिवर्तनमा नै उनी रुमलिन्छन्।

छाउगोठमा बस्न पुगेकी कलाले २२ दिनसम्म विद्यालय पनि छुटाउँछिन् तर छाउगोठ उनको नयाँ पाठशाला बन्न पुग्छ। उनले बाजेको देवता रिसाउने कुरा, भगिरथी दिदीबाट प्रेम, छाउका विषयमा विविध कुराहरु छाउगोठ मै सिक्छिन्, त्यहीँ उनले पाउँछिन् विद्यालयमा पनि नसिकेको ज्ञान। त्यहीँ उनले भोग्छिन् आफूलाई भन्दा बढी माया गर्ने इजा, बुवा र भाइसँग बिछोडिनुको पीडा; साथीहरुसँग भेट्ने छट्पटी। जसरी विद्यालयमा अंकगणितहरु सिकिन् उनले छाउगोठमा उनले जीवनलाई नजिकबाट नियाल्ने र बुझ्ने मौका पाइन्।

कहिले आफ्नो परिवारबाट नअलग्गिएकी कलाको छाउगोठ नै बस्ने, सुत्ने  र डरमा लुक्ने ठाउँ हुन्छ। आफूलाई त्यस्तो पीडाको समयमा आश्रय दिएको हुँदा उनले छाउगोठलाई नै 'छाउघर' भनेर सम्बोधन गर्न थाल्छिन्।

छाउपडी प्रथाबारे सुदुरपश्चिका मान्छेहरु आफै पनि निराश छन्। धेरैले महसुस पनि गरेका छन्, यो प्रथा नभई कु-प्रथा हो भनेर। सर्पको डसाइले युवतीहरु मर्दा पनि उनीहरु समाजको भय र डरले यो प्रथाबाट टाढा रहन र यसको विरोध गर्न सकेका छैनन्। यही कुरा 'छाउघर'मा पनि देखिन्छ।

'छाउघर' एउटी १२ वर्षीय केटीले छाउपडी प्रथाप्रति विद्रोह गरेको कथा पनि हो। छाउगोठमा सबैभन्दा बढी नजिक भएकी भगिरथी दिदीको सर्पको टोकाइले मृत्यु भएपश्चात् कला अझ विद्रोही भएर देखा पर्छिन्। उनले आफ्नी इजालाई 'मलाई छाउघर मर्न पठाएका हुन्' जस्ता प्रश्न गर्छिन्। उनको विद्रोह उत्कर्षमा त त्यतिबेला पुग्छ जब उनलाई २२ दिन हुँदा परिवारले भित्र्याउन खोज्छन्। उनी अर्को पटक महिनावारी हुँदा आफूलाई पुन: छाउगोठ जान नलगाउने सर्तमा अडिग रहन्छिन् तर परिवारले उक्त कुरा स्वीकार नगर्दा घर फर्कनुको सट्टा उनी भाग्छिन्। अन्त्यमा, देउता रिसाउने भय बोकेका कलाका बाजे पनि उनलाई छाउगोठ नपठाउने कसम खाँदै कलाको पछिपछि दौडिन्छन्।

छाउघर उपन्यास

छाउघर उपन्यास

'छाउघरमा'  उपन्यासकारले पात्रलाई पनि जीवन्त बनाइदिएका छन्। लेखकले पात्रलाई पाठकको नजिक ल्याएका छन् र हामीलाई तिनको संसारमा प्रवेश गर्न बाध्य बनाएका छन्। यसो त उपन्यासकार एक पुरुष भएर पनि महिलाको पीडालाई पृथक ढंगले प्रस्तुत गर्न सफल छन्। अझ उनीहरुका जीवनमा घट्ने घटनाहरु त उनले आफैँले भोगे जस्तो गरी लेखिदिएका छन्। उपन्यास पढ्दा कुनै समय पनि यो पुरुषले लेखेको कथाझैँ नलाग्नु उपन्यासको सबल पक्ष हो।

छाउघरका पात्रहरुजस्तै पात्रहरुको संवाद पनि उत्तिकै जीवन्त छन्। पश्चिममा प्रयोग हुने डोटेली भाषाको प्रयोगले पात्रहरुको संवाद अझ् जीवन्त तुल्याइदिएको छ। तर, यिनै भाषाले पाठकहरुलाई गतिसहित पढ्न भने अलिक जटिल बनाएको छ। उपन्यासमा एक-दुई ठाउँमा उस्तै प्रकारका परिस्थिति दोहोर्‍याइएजस्ता लाग्छन्, घटनाहरु नाटकिय ढंगले घटाइएका जस्ता- जस्तो कि भागीरथीको छाउघरमा रहने अन्तिम रातमा सर्पले टोकेर मृत्यु हुनु। यी एक–दुई प्रसंग छाडी उपन्यासमा मन नपराइने खोट खासै छैनन्।

समग्रमा सुदुरपश्चिममा विद्यमान छाउपडी प्रथालाई अनुसन्धान गरेर एउटा सुन्दर पुस्तक निर्माण गरेका राज सरगमको यो पुस्तक पाठकको मनमा सजिलै बस्छ। पाठकको मात्र होइन, उपन्यासले समीक्षकको पनि मनमा बास बसेर मदन पुरस्कार र पद्मश्री पुरस्कारको सूचीमा समेत आफ्नो स्थान बनाइसकेको छ।

प्रकाशित २७ साउन २०७४, शुक्रबार | 2017-08-11 14:35:37


प्रतिकृया दिनुहोस

Loading...
  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • पुस्तक सार्वजनिक गर्दै लेखकसहित आमन्त्रित

    नथियाः आउट साइडरको बयान

    हरेक युवतीको नथिया उतार्दाका सुस्केरा, एकै परिवारका बाबु–छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुवैको नथिया उतार्नु र उक्त छोरी...

  • रवि र शोभा

    आशा नमारेको जोडी

    ‘एक्लै हिँड्दा उहाँ लड्नुहुन्छ कि, म नभएपछि कसले डोर्‍याईदिन्छ जस्तो लाग्छ। म नहुँदा त कसैले हुत्याइदिन्छ कि जस्तो पनि लाग्छ। के खानुभयो होला, म...

  • निभा शाह

    राजखलकमा जन्मिएकी विद्रोही कवि

    उनले आफ्नै आँखाले कैलालीमा थारुहरुलाई बेचेको देखिन्। हरेक वर्षको माघ १ गते थारुहरुको किनबेच चल्थ्यो। थारुको किनबेच आधिकारिक थियो। राज्यकै...

  • चिनियाँलाई शरणको कचौरा थेरापी

    बेइजिङमा शरद ऋतु लाग्दै गरेको एक दिन उनी ध्वनिपात्र उपचार पद्धतिबारे बताइरहेका थिए। विभिन्न प्रान्तबाट आइरहेका निम्ताहरू पच्छयाउन भ्याइनभ्याई...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • प्रधानमन्त्री केपी ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै

    नयाँ प्रधानमन्त्री वीपीजस्तो कि महेन्द्रजस्तो?

    वीपीले भन्ने गरेको माटो र महेन्द्रले भन्ने गरेको माटोमा फरक छ। हो, यो माटोको फरक बुझ्न सकिएन भने फेरि पनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ नेपालमा...

  • 'महिला बालबालिकाले न्याय पाउँछन्'

    एमाले नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुग्ने थाेरै महिलामध्ये एक हुन्।

  • एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पिएनबीमा १ खर्ब ११ करोडको घोटाला

    नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला भएको छ।