भेनेजुएलाबारे ‘बेला न कुबेला’ होइन, सही बेला पार्टीको बक्तव्य आएको छ: बाँस्कोटा (अन्तर्वार्ता)




बलराम बाँस्कोटा
बलराम बाँस्कोटा
सीताराम बराल

‘भेनेजुएला पुगेर राष्ट्रपति मदुरोलाई बधाई दिएर काठमाडौं आइपुग्दा गुइदोले सडकबाटै आफु राष्ट्रपति भएको घोषणा गरिसकेछन्। अमेरिकाले तत्कालै समर्थन दिएछ।’

२६ पुषमा भएको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको शपथ ग्रहण समारोहमा भाग लिने सत्तारुढ नेकपा नेता हुन् बलराम बास्कोटा। बामदेब गौतमले नेतृत्व गरेको नेकपा सम्बद्ध अखिल नेपाल किसान महासंघका बरिष्ठ उपाध्यक्ष छन् उनी। पार्टी केन्द्रीय सदस्य रहेका उनी राष्ट्रिय सभाको सदस्य पनि हुन्।

११ माघमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भेनेजुएला प्रकरणबारे विज्ञप्ती जारी गरेपछि त्यसले सुरुमा नेपाल र अमेरिकी सरकारबीचको सम्बन्धलाई नै असर पु¥यायो। अब त्यसको असर सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रम केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्धमा नै पर्न थालेको छ।

भेनेजुएलामा भएको के हो? निर्वाचित राष्ट्रपति र अमेरिकाको समर्थनप्राप्त स्वघोषित राष्ट्रपति जुआँ गुइदोको स्थिति त्यहाँ कस्तो छ? नेकपा र सरकारले एकपछि अर्काे गर्दै जारी गरेका बक्तव्यको पृष्ठभूमि के हो? प्रस्तुत छः यिनै प्रश्नको सेरोफेरोमा रहेर नेपालखबरका लागि सीताराम बरालले नेकपा नेता बास्कोटासँग गरेको कुराकानी:

तपाईंको भेनेजुएलासँग सुमधुर सम्बन्ध र आवतजावत पनि रहेछ। खासमा त्यहाँ भएको चाहिँ के हो?
विश्वमा जति तेल उत्पादन हुन्छ, त्यसको ३० प्रतिसत भेनेजुएलाले गर्छ। सुन र हीराको दृष्टिले पनि भेनेजुएला धनी छ। अन्य खानीका दृष्टिले पनि भेनेजुएला धनी मानिन्छ। र, यही प्राकृतिक स्रोतमाथि अमेरिकाले दृष्टि लगाइरहेको छ। सन् १९९८ सम्म भेनेजुएलाको राजनीति अस्थिर रह्यो र अमेरिकाले त्यसबाट जहिल्यै फाइदा उठाइरह्यो।

जब १९९९ मा लोकतान्त्रिक प्रक्रियाबाट जुगो चाभेज राष्ट्रपति चुनिए, उनले समाजवादी बाटो अबलम्बन गरे। क्रान्तिकारी भूमिसुधारको बाटोबाट भेनेजुएला अघि बढ्यो। उद्योगको राष्ट्रियकरण हुन थाल्यो। चाभेजको नेतृत्वमा बोलिभियाले ‘बोलेभोरियन समाजवाद’ को अवधारणा अघि सा¥यो। आफ्नो मुलुकको हितका लागि चाभेजले अघि सारेका नीतिका कारण भेनेजुएला अमेरिकाबीच ‘टसल’ को स्थिति देखाप¥यो।

कतिसम्म भने, अहिले जसरी मदुरो विरुद्ध जुआँ गुइदोलाई अमेरिकाले अघि सारेको छ, त्यसैगरी सन् २००२ मा पनि उसले चाभेजविरुद्ध त्यहाँको उद्योग बाणिज्य संघका अध्यक्ष पेड्रो भन्नेलाई अमेरिकाले राष्ट्रपति घोषणा गरेको थियो। तर, त्यो घोषणा ४८ घण्टापनि टिक्न सकेन। त्यहाँको प्राकृतिक स्रोतमाथि कब्जा जमाउने ध्येयका साथ अमेरिकाले सधैँ गडबडी मच्चाउने गरेको छ। तर, त्यो सफल हुने सम्भावना छैन।

तर, संसदको बहुमतमा त अन्तरिम राष्ट्रपति घोषणा गरिएका जुआँ गुइदो रहेछन्। होइन?
यस्तो प्रचार गरिएको छ। तर यो कुरा सत्य होइन। राष्ट्रपति निर्वाचनमा लोकतान्त्रिक विधिबाटै मदुरो निर्वाचित हुनु भएको हो। गुइदो रहेको पूँजीवादी गठबन्धनले चाहिँ ‘नेसनल एसेम्ब्ली’ को जितेको हो। त्यसमा गुइदोको आफ्नै पार्टीले जम्मा १३ प्रतिसत मत पाएको हो। ३ सय सदस्यीय नेसनल एसेम्ब्लीमा गुइदोको पार्टीको जम्मा २० सिटमात्र छ। जे भएपनि पूँजीवादी गठबन्धनले बहुमत पायो, मदुरो नेतृत्वको गठबन्धन चाहिँ अल्पमतमा प¥यो।

यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने, भेनेजुएलामा संसद र राष्ट्रपतिको निर्वाचन अलग अलग कुरा हुन्। तैपनि त्यहाँ द्वन्द्वको स्थिति देखा परेपछि कसरी निकास दिने त भन्ने भयो। अनि सबैको सहमतिमा संविधान सभाको चुनाव भयो। संविधान सभाको चुनावमा समाजवादी गठबन्धनले बहुमत ल्यायो। संविधान सभाको निर्वाचनपछि राष्ट्रपतिको निर्वाचन भयो, जुन चुनावमा ६८ प्रतिसत भन्दा बढी मत ल्याएर मदुरोले विजय हासिल गर्नुभयो। यसरी समाजवादी गठबन्धन संविधान सभा र राष्ट्रपति निर्वाचन दुबैमा विजयी भयो।

तर, विपक्षीलाई प्रतिस्पर्धा गर्नै नदिएर जितेको भनिन्छ नि!
यो पनि अफवाह हो। प्रतिस्पर्धै गर्न नदिएको भए कसरी मदुरोको पक्षमा ६८ प्रतिसत मतमात्रै आउँथ्यो? ९०-९५ प्रसिसत आउँथ्यो होला नि! त्यसैले, ५५ प्रतिसत मत खसेको र त्यसमा समाजवादी गठबन्धनका मदुरोले विजय हासिल गर्नुभएको हो। 

राष्ट्रपति निर्वाचनमा पनि अरुलाई प्रतिस्पर्धा गर्न नदिएको हल्ला पूँजीवादी-साम्राज्यवादी खेमाले फैलाएको छ। त्यो कुरापनि साँचो होइन। राष्ट्रपति निर्वाचनमा पनि धेरै पार्टीले भाग लिएका थिए। निर्वाचनमा मदुरोलाई जित्न नसकेपछि मात्र अरुलाई प्रतिस्पर्धा गर्न नदिएको कुरा प्रचार गरिएको हो।

मैले भनिहालेँ, गुइदोको पार्टीले जम्मा १३ प्रतिसत मत पाएको हो। ३ सय सदस्यीय संसदमा पनि उनको जम्मा २० सिट छ। तर, पूँजीवादी गठबन्धनको बहुमत रहेकाले गुइदो नेसनल एसेम्ब्लीको अध्यक्ष हुन सके। तर, राष्ट्रपति निर्वाचनमा चाहिँ पूँजीवादी गठबन्धन पराजित भयो। समाजवादी गठबन्धन बिजयी भयो। त्यसपछि त्यहाँ गडबडी सिर्जना गर्न खोजियो।

तपाईं कसरी भेनेजुएला पुग्नुभयो त?
मदुरोले विजय हासिल गर्नुभएपछि १० जनवरीमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो। त्यसमा हामीलाई पनि बोलाइएको थियो। त्यसै सिलसिलामा म पनि गएको हुँ। नेपालबाट म र मेरो एकजना सहयोगी साथी गएका थियौँ। उहाँहरु जहिलेपनि साम्राज्यवादको विरोधी, हामीपनि साम्राज्यवाद विरोधी। त्यसैले शपथग्रहण कार्यक्रममा हामीलाई निम्तो दिनुभयो।

त्यो शपथ ग्रहण कार्यक्रममा पनि राष्ट्रपति मदुरोले साम्राज्यवादलाई उम्दा किसिमले चुनौति दिनुभयो। उहाँले भन्नुभयो, ‘अमेरिकाले यहाँको समाजवादी सत्ताभन्दा पनि प्राकृतिक सम्पदामाथि आक्रमण हो, यसका विरुद्ध लड्न हामी जहिले तयार छौँ, जनतापनि सजग छन्।’

राष्ट्रपति मदुरोसँग भेटघाट पनि भयो?
भेट त भयो। तर, त्यसलाई द्पिपक्षीय भेटघाट भन्न मिल्दैन। शपथ ग्रहण कार्यक्रममा त्यहाँ जाने सबै सहभागी हुने भइहाले। श्पथ ग्रहण कार्यक्रमपछि दोस्रो चरणमा चाहिँ भेनेजुएलाको राजनीतिक परिस्थितिको बारेमा छलफल भयो। किनभने, त्यहाँ एक सय भन्दा बढी देशका मानिसहरु जम्मा भएका थिए। एक हिसावले त्यो राष्ट्रपति मदुरोसँगको सामुहिक भेट थियो त्यो।

त्यहाँ केही मुलुकका मानिसहरुले उहाँ (राष्ट्रपति मदुरो) सँग प्रश्न राखे। मैले पनि प्रश्न सोधेको भए हुन्थ्यो। तर, सोधिन। त्यो अन्तरक्रिया कार्यक्रममा उहाँले भेनेजुएलाको राजनीतिक परिस्थितिबारे बताउनु भयो।

सेनासँग पनि अन्तरक्रिया कार्यक्रममा पनि भएको थियो। त्यसमा पनि म सहभागी भएँ। रोचक त के भने, त्यहाँको सेनाले आयोजना गरेको त्यो कार्यक्रम अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको थियो। कार्यक्रम निकै रोचक थियो। हामीले देख्यौँ, समाजवादलाई त्यहाँको संविधानले नै अंगिकार गरेको रहेछ। त्यहाँको सेनापनि ‘समाजवादीकरण’ भइसकेको रहेछ।

व्यावसायिक सेना हो कि यसअघि यहाँ माओवादीसँग भएजस्तै राजनीतिक सेना हो?
व्यावसायिक–राष्ट्रिय सेना नै हो।संविधानले नै समाजवादलाई अंगिकार गरेकाले, राजनीतिक परिवेशले गर्दा सेनाले पनि समाजवादलाई अंगिकार गरेको, अन्तर्राष्ट्रिय गीत गाउने भएको । अत्यन्त प्रतिबद्ध सेना, मुलुकप्रति अत्यन्त चनाखोपनि। बाह्य आक्रमणको सम्भावनाप्रति असाध्यै चनाखो भएर बसेको छ त्यहाँको सेना।

शक्ति सन्तुलनको अर्काे पाटो भनेको सर्वाेच्च अदालत हो। त्यहाँका अदालतका प्रमुखलाई उनीहरु ‘प्रेसिडेन्ट अफ सुप्रिमकोर्ट’ भन्दा रहेछन्। अदालतले पनि समाजवाद र सरकारप्रति सद्भाव राख्दो रहेछ। जनता, सेना र अदालतको समेत समर्थन पाएपछि राष्ट्रपति मदुरोलाई हामीले असाध्यै शक्तिशाली पायौँ।

‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका गुइदोले कसरी यत्रो समर्थन जुटाए त!
उनलाई अमेरिका र उसका सहयोगी राष्ट्रको समर्थन होला। तर बहुमत भेनेजुएली जनताको समर्थन छैन। म तपाईंलाई भिडियो देखाउन सक्छु, त्यो हेरेर तपाईं तुलना गर्नुस्, मदुराको पक्षमा ९० प्रतिसत जनता देखिन्छन्, गुइदोको पक्षमा १०–१५ प्रतिसतमात्र छन्।

राष्ट्रपति मदुरोको शपथ ग्रहण हुँदै गर्दा गुइदो के गर्दै थिए?
त्यहाँ उनी त्यहाँको दृष्यमा छँदै थिएनन्। शपथ ग्रहण कार्यक्रम सकेर नेपाल आइसकेपछि मात्र मैले उनको नाम सुनेको हुँ। यता आइपुग्दा नपुग्दै हामीले थाहा पायौँ, उनले त आफूलाई राष्ट्रपति पो घोषणा गरेछन्। उनले आफूलाई राष्ट्रपति घोषणा गरेछन्। त्यसको १०-१५ मिनेटभित्रै अमेरिकाले उनलाई समर्थन गरेछ। त्यसपछि समर्थित राष्ट्रले अमेरिकालाई पछ्याउँदै उनलाई समर्थन दिन थाले।

तर, त्यहाँका जनताको समर्थन मदुरोलाई नै छ। त्यसैले, त्यहाँ उनी नै शक्तिशाली छन्, गुइदो होइन।

जे भएपनि भेनेजुएलामा दुईजना राष्ट्रपति भए। मदुरो शक्तिशाली हुन् भने गुइदोलाई किन पक्राउ गर्न नसकेका होलान्?
त्यहाँको राजनीतिक परिपाटी अचम्मको रहेछ। जस्तो: त्यहाँको राजधानी काराकासका भूतपूर्व मेयरलाई ‘हाउस अरेष्ट’ मा राखिएको छ। तर, उनले विदेशीहरुसँग भेटवार्ता गर्न पाउँछन्। विदेशी राजदूतहरुले उनलाई भेट्छन्। खासमा लोकतान्त्रिक विधि होला हो यो। तर, पूँजीवादी–साम्राज्यवादीहरुले चाहिँ मदुरोलाई तानाशाह भनेर हल्ला फिँजाउन थालेका छन्।

भेनेजुएलाकै कुरा गर्ने हो भने, नेसनल एसेम्ब्लीको प्रमुख बनाउन गुइदोलाई जसजसले मतदान गरेका थिए, उनीहरुले पनि गुइदोको कदमलाई गैरसम्बैधानिक हो भनिसकेका छन्।

तर पनि गुइदोले राष्ट्रपति मदुरोलाई अप्ठेरोमा त पारे नि। यो समस्या कसरी सल्टेला?
गुइदोले पारेका होइनन्, अमेरिकाले पारेको हो। किनभने, गुइदो आफैमा केही होइनन्, अमेरिकाले उनलाई बोकेर त्यस्तो भएको हो।

खासमा गुइदो सडकमा छन्, राष्ट्रपति भवनमा छैनन्। सडकबाट त जसले पनि आफूलाई राष्ट्रपति घोषणा गरेपनि भयो नि! मुख्य कुरा त, जनताबाट निर्वाचित हुनुप¥यो, जनताको समर्थन हुनुप¥यो। जनताको समर्थन मदुरोले नै पाएका छन्। त्यसैले, उनी नै राष्ट्रपति छन्।

गुइदोलाई अमेरिकाले राष्ट्रपति भनेपनि उनले केही गर्न पाउने होइनन्। अमेरिकाले भन्दैमा राष्ट्रपति हुने भए विदेश भ्रमणमा जान्थे होलान् तर, उनले देश छाड्न पाउँदैनन्।

मैले अघिपनि भनेँ, अमेरिकाको स्वार्थ भेनजुएलाको प्राकृतिक सम्पदामाथि हो। भेनेजुएलाले उत्पादन गर्ने तेलमध्ये ५० प्रतिसत हामीले भनेको मूल्यमा देऊ भनेर ट्रम्पले भनेका छन्, त्यसलाई मदुरोले अस्वीकार गरे। त्यसै भएर ट्रम्पले मदुरोलाई अप्ठेरोमा पार्न खोजेका हुन्।

भेनेजुएला प्रकरणले नेपालमा पनि निकै ठूलो तरङ सिर्जना भएको छ। भनिन्छ कि, यो तपाईंकै कारणले भएको हो। यसबारे के भन्नुहुन्छ?
भेनेजुएलाबाट फर्केर यहाँ आइपुग्दा नपुग्दै गुइदोले आफूलाई राष्ट्रपति घोषणा गरेको र अमेरिकाले उनलाई समर्थन दिएको समाचार पढ्यौँ। त्यस्तो समाचार पढेपछि के अनर्थ भयो भन्ने लाग्यो।

भाकपा (माक्र्सवादी) र भारत, चिन, रुस, टर्की लगायतका मुलुकहरुले अमेरिकी कदमको सशक्त रुपमा प्रतिवाद गरे। त्यसपछि हामीले पनि नेतृत्वलाई अनुरोध ग¥यौँ, ‘हाम्रो तर्फबाट पनि बक्तव्य आवस्यक कि’ भनेर। बक्तव्य निकाल्ने अनुरोधलाई पार्टीले स्वीकार ग¥यो।

पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले निकाल्नुभएको बक्तव्य सार्वजनिक भएकै छ। ‘अमेरिकालाई साम्राज्यवादी भन्यो, राजनीति र कुटनीतिको संयोजन मिलेन, ठाडो भाषा प्रयोग भयो’ भनेर जुन हंगामा मच्चाइएको छ नि अहिले, बक्तव्यमा त्यस्ता शब्द प्रयोग भएकै छैनन्। अमेरिकालाई साम्राज्यवादी भनियो भनिएको छ। तर, यस्तो शब्द कहाँ प्रयोग भएको छ? कहीँ छैन। हाम्रो वक्तव्य भन्दा अझ खरो भाकपा (माक्र्सवादी) को छ।

पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले बक्तव्यमा आफूलाई राष्ट्रपति भनेर स्वघोषणा गरेका गुइदोलाई समर्थन गरेको अमेरिका लगायत अरु मुलुकलाई अहस्तक्षेपको नीति, भेनेजुएलाको सार्वभौमिकताको समर्थन गर्न र शान्तिपूर्ण सहअस्तित्वको नीतिको सम्मान गर्न आग्रहमात्र गरिएको छ। त्यसैले, हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले जारी गर्नुभएको वक्तव्य मैले चाहेजस्तै गरी आएको छ, यो बक्तव्य आउनै पथ्र्याे। त्यसैले, त्यसप्रति मेरो समर्थन छ।

तर, प्रम केपी शर्मा ओलीले प्रचण्डको बक्तव्यमा वर्ड स्लिप (शब्द चिप्लिएको) बताइदिनुभयो। यसले पार्टीभित्र झन् विवाद सिर्जना भएको छ नि! 
अर्का अध्यक्ष (प्रम ओली) कमरेडले ‘वर्ड स्लिप’ भएको भन्नुभयो। तर, मैले त्यसमा ‘वर्ड स्लिप’ भएको देखेको छैन। प्रचण्डको बक्तव्य एकदम सन्तुलित, एकदम सारगर्भित, समयाअनुकूलको र आवस्यकीय हो भन्ने मलाई लागेको छ।

प्रचण्डको बक्तव्य र परराष्ट्र मन्त्रालयको बक्तव्यमा केही फरक पाउनुभएको छ?
सरकारले कुटनीतिक बक्तव्य निकालेको छ। तर, त्यो बक्तव्यपनि पार्टीको चाहना अनुरुपकै छ। परराष्ट्र मन्त्रालयले जारी गरेको बक्तव्य हेर्नुभयो भने, त्यो पनि भेनेजुएली जनताको समर्थनमै देखिन्छ। त्यसैले, मेरा लागि त्यो बक्तव्यपनि समर्थनयुक्त नै छ। दुबै बक्तव्यको सार निकालेर पार्टी सचिवालयले अर्काे बक्तव्य निकाल्यो, त्यो पनि स्वागतयोग्य नै छ।

त्यसैले, बक्तव्यको परिवेश अनुसार सबै बक्तव्यहरु आवस्यकता अनुकूल, वस्तुस्थिति अनुकूल आएका छन्। नेता–कार्यकर्ताहरुको भावना समेटेर पार्टीका अध्यक्षको बक्तव्य आएको छ। जनताको भावना समेटेर सरकारको बक्तव्य आएको छ। यी बक्तव्यले केही ‘कन्फ्युजन’ सिर्जना भयो कि भनेर पार्टीको सचिवालयको बक्तव्य आएको छ।

ओलीले प्रचण्डको ‘वर्ड स्लिप’ भयो भनेर किन भन्नुभयो होला त!
शतप्रतिसत ठीक त कुनैपनि चिज हुँदैन। हरेक चिजमा कुनै न कुनै कुराको कमी हुन्छ। काम गर्दा ‘प्लस प्वाइन्ट’ पनि हुन्छन्, ‘माइनस प्वाइन्ट’ पनि हुन्छन्। क्रियापनि हुन्छन्, प्रतिक्रियापनि हुन्छन्। यो द्वन्द्वादको नियम नै हो।

वक्तव्यको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। त्यो बक्तव्यमा पनि केही न केही कमी होलान्। त्यसैले, अर्काे अध्यक्ष (प्रम ओली) ले त्यो (प्रचण्डको) बक्तव्यमा केही अपुग छ भन्नुभएको हुनसक्छ।

तर, ओलीले त ‘प्रचण्डको बक्तव्यमा केही कुरा कम भएको’ पक्कै भन्नुभएको होइन, केही कुरा बढी बोलिएको भन्नुभएको हो नि! 
तपाईंलाई त्यस्तो लागेको होला। तर मेरो बुझाइमा चाहिँ प्रचण्डको बक्तव्यमा केही कुरा कम भए भन्ने नै हो।

अमेरिका नेपालको पुरानो सहयोगी मित्र। प्रचण्डको बिज्ञप्तीले नेपाल–अमेरिका सम्बन्धमा असर पुग्यो भन्ने लाग्दैन?  
हो, अमेरिकासँग हाम्रो मित्रता छ। कुटनीतिक दृष्टिले पनि अमेरिका नेपालले कुटनीतिक सम्बन्ध स्थापित गरेको दोस्रो मुलुक हो। तर, हामीले अर्काे पक्षपनि हामीले हेर्नुपर्छ। हरेक राष्ट्र– त्यो ठूलो होस् वा सानो, धनी होस् वा गरिव, जे भएपनि सबै राष्ट्रको आफ्नो सम्मान हुन्छ, उसले आफ्नो निर्णय आफै गर्न पाउनु पर्छ। धनी राष्ट्रले गरिव राष्ट्रलाई पेल्न पाउने भन्ने हुँदैन।

हाम्रो देश कहिल्यै कसैको उपनिवेश भएन। गर्वका साथ भन्नुपर्दा हामीले ब्रिटिस साम्राज्यवादलाई पनि पराजित गरेका हौँ। त्यतिधेरै मुलुकलाई आफ्नो उपनिवेश बनाएको ब्रिटिस साम्राज्यवादले हामीलाई उपनिवेश बनाउन सकेन। यस्तो इतिहास भएको गौरवगाथा छ हाम्रो।

हामीलाई इतिहासमा पटक पटक झुकाउन खोजियो, तर हामी झुकेनौँ। भर्खरैमात्र पनि भारत सरकारले हामीविरुद्ध आर्थिक नाकाबन्दी ग¥यो। त्यसका विरुद्ध पनि हामी दृढतापूर्वक लड्यौँ। त्यसैले, भेनेजुएलाको सम्बन्धमा नेपाल सरकारले जे निर्णय ग¥यो, नेकपाले जे बक्तव्य निकाल्यो, त्यो अमेरिकाले चासो राख्नुपर्ने विषय हो जस्तो मलाई लाग्दै लाग्दैन।

बक्तव्य त इण्डियाले पनि निकालेको छ। नयाँदिल्लीमा पनि अमेरिकी दूतावास छ। मैले धेरै ठाउँमा खोजेँ। तर, त्यहाँको राजदूतले मोदी सरकारलाई भारतले निकालेको बक्तव्यबारे सोधेको समाचार मैले पढ्न पाएको छैन अहिलेसम्म। अनि, उसले हामीलाई मात्रै सोध्नुपर्ने कारण के?

भेनेजुएलाको सन्दर्भमा के गर्ने भन्ने निर्णय गर्ने अधिकार नेपाली जनताको हो। नेपाल सरकारको हो। र, नेपालका राजनीतिक दलहरुको हो। त्यसैले, नेपालले राखेको धारणामाथि उसले प्रश्न गरेर उसले कुटनीतिक मर्यादा र सीमाको उल्लंघन गरेको हो।

यसबारेमा प्रम ओलीसँग कुराकानी भएको छ कि छैन?
उहाँले मलाई बोलाउनु भएको छैन। प्रदीप कमरेड (परराष्ट्रमन्त्री) सँग चाहिँ कुराकानी भएको छ। उहाँले भेनेजुएलाबारे केही कुरा सोध्नुभयो। मैले आफ्नो कुरा भनेँ। उहाँले केही प्रतिक्रिया जनाउनु भएन।

सत्तारुढ नेकपा र सरकारले आफुलाई समर्थन दिएको बारे राष्ट्रपति मदुरोलाई जानकारी होला त?
सरकारको आफ्नो च्यानल हुन्छ। सरकारले आफ्नो दृष्टिकोण के हो, त्यो पठायो कि पठाएन, त्यो सरकारले नै जान्ने कुरा हो। पार्टीको तर्फबाट जारी बक्तव्यहरु नेट (इन्टरनेट) मा आएका छन्। त्यसैले, त्यहाँको सरकारलाई यो कुरा थाहा नहुने कुरै भएन।

मैले मदुरो सरकारलाई समर्थन गर्ने पार्टीहरुको लिष्टमा नेकपाको बक्तव्य पनि मैले देखेको छु।

यताको बक्तव्यले मदुरो सरकारलाई कुनै तात्विक असर गर्ला?
उनीहरुलाई असर गर्ने–नगर्ने भन्दापनि हाम्रो दायित्व के हो भन्ने कुरा हो यो। एउटा साथी अप्ठेरोमा परिराख्या’ छ, उसलाई शान्त्वना दिँदा त्यसले काम गर्छ कि गर्दैन भन्ने उनीहरुले जान्ने कुरा हो। तर, हामी गौरवान्वित चाहिँ भएका छौँ। किनभने, हामीजस्तै क्षेत्रीय प्रभुत्व र थिचोमिचोबाट पीडित मुलुकलाई हामीले साथ दिएका छौँ।

यो प्रकरणले नेकपाका दुई अध्यक्षबीच विवाद सिर्जना भइसक्यो। गर्व गरेर के गर्नुहुन्छ?
मलाई त्यस्तो लाग्दैन। हामी द्वन्द्वादमा विश्वास गर्छाैँ। एउटा जीवित पार्टीभित्र वादविवाद हुन्छ, छलफल हुन्छ। निर्णय गर्ने आफ्नै प्रक्रिया हुन्छ। हामी आफ्ना तर्कहरु कमिटीभित्र राख्छौँ। अरु साथीका तर्कहरु पनि कमिटीभित्रै सुन्छौँ। हामी ‘रिथिङ्क’ पनि गर्छाैँ। साथीको तर्कसँग हामी ‘कन्भिन्स’ पनि हुनसक्छौँ। ‘कन्भिन्स’ हुन सकेनौँ भने, सहमति खोज्छौँ। सहमति भएन भने बहुमतको आधारमा निर्णय गर्ने हाम्रो संगठनात्मक नीति नै हो।

‘बेला न कुबेला, भेनेजुएला’ भन्ने उखानै बनिसक्यो। ‘नेकपा फुट्न सक्छ’ भन्ने सम्मका चर्चा आउन थालिसके। बेला न कुबेला भेनेजुएला गएर पार्टी र सरकारलाई अप्ठेरोमा पारियो भन्ने लाग्दैन?
खासमा ‘बेला न कुबेला, भेनेजुएला’ उखान होइन, ‘बेला न कुबेला बजिः मियला’ भन्ने उखान सही हो। नेवारहरु खाजालाई बजिः भन्छन्। बजिः भनेको चिउरा हो। बेलै नभई बच्चाले ‘भोक लाग्यो’ भनेपछि ‘बेला न कुबेला, बजिः मियला’ भन्ने उखान बनेको हो। तर, उखानलाई बिगारेजस्तै यहाँ सही कुरालाई पनि गलत सावित गर्न खोजिएको छ।

‘बेला न कुबेला, भेनेजुएला’ होइन, ‘ठीक बेला, भेनेजुएला’ भएको छ बरु। पार्टीले सही बेलामा बक्तव्य दिएको छ। त्यो बेला नदिएर पछि बक्तव्य दिएको भए बरु ‘बेला न कुबेला भेनेजुएला’ भन्न सकिन्थ्यो।

तपाईं भेनेजुएला गएको कुरा पार्टीलाई थाहा थियो?
थियो। माधव नेपाल, नारायणकाजी श्रेष्ठलाई नै सोधेर गएका हौँ। म पार्टीकै प्रतिनिधिको रुपमा गएको हुँ। नेकपालाई प्रतिनिधित्व नै गरेर गएको हुँ।

म उताबाट फर्केपछि पार्टी (अध्यक्ष) र सरकारले जसरी बक्तव्य जारी गरे, त्यसले पनि यो कुरा प्रष्ट पार्छ। बक्तव्यहरुको क्रमबद्दता हेर्नुभयो भने पनि यो कुरा प्रष्ट हुन्छ। राजनीतिक रुपले पार्टीका बक्तव्य आएका छन्, कुटनीतिक रुपले सरकारको बक्तव्य आएको छ। पार्टी सचिवालयले यी दुबै बक्तव्यलाई स्पष्ट पार्ने काम गरेको छ।

पार्टीलाई अप्ठेरो परेपनि तपाईंलाई चाहिँ यो प्रकरणले फाइदै पु¥यायो है, चर्चाका हिसावले!
म पार्टी नीति अनुरुप नै चल्ने मान्छे हुँ। म चर्चा चाहने व्यक्ति होइन। धेरै मिडियाहरुले मसँग कुरा गर्न खोजेका छन्। तर, मैले उनीहरुसँग कुराकानी गरेको छैन। नगर्नुको कारण धेरै चर्चा नचाहेकाले हो।

फेरि माधब नेपालसहितको ठूलै टोली भेनेजुएला जाने कार्यक्रम बनेको र तत्कालका लागि रोकिएको भन्ने कुरा साँचो हो?
‘इन्टरनेसनल एसेम्ब्ली अन पिपुल्स मुमभेन्ट एण्ड अर्गनाइजेसन’ को सम्मेलन हुँदै थियो। यो भनेको जनताहरुको पार्टीको अन्तर्राष्ट्रिय पार्टी र संगठनहरुलाई केन्द्रित गरेर गरिएको सम्मेलन हो। त्यसका लागि उहाँलाई निम्तो दिइएको थियो। तर, उहाँ जाने ‘कन्फर्म’ चाहिँ गरिसक्नु भएको थिएन।

खासमा यो सम्मेलन सोभियत संघमा अक्टोबर क्रान्ति भएको सय बर्ष पुगेको मौका पारेर २०१७ मा ‘इन्टरनेसनल एसेम्ब्ली’ गठन गर्न खोजेका थियौँ। भेनेजुएली कमरेडहरुले ‘यो सम्मेलन भेनेजुएलामा गरौँ’ भन्ने प्रस्ताव गर्नुभयो। भेनेजुएलाको चुनावले गर्दा सन् २०१७ मा यो सम्मेलन हुन सकेन। त्यसपछि उहाँहरुले नै भन्नुभयो, ‘भेनेजुएलामा नै सन् २०१८ मा हामी यो सम्मेलन गर्छाैँ।’

हामीले हुन्छ भन्यौँ। सन् २०१९ मा त्यही मितिमा गर्ने भनेको, झन् यस्तो पो भयो, यत्रो घटना भयो। भेजेजुएलाका साथीहरु ‘बरु अहिले सम्भव छ, गरौँ भन्नुहुन्छ। तर ‘प्रिपेरेटरी कमिटी’ (तयारी) समितिले यसको सम्भावना देखेन। र, अहिलेका लागि यो कार्यक्रम स्थगित भएको छ।

किन सार्नुभएको त?  
विश्वका १५ सय प्रतिनिधिहरु त्यो कार्यक्रमका लागि पुग्छ। त्यति धेरै पाहुनाको तयारीका लागि भेनेजुएली कमरेडहरु लाग्नुपर्ने हुन्छ। तर, यही बेला अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरु भेनजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अपदस्थ गर्न लागेका छन्। यस्तो बेला त्यहाँको कमरेडहरुको ध्यान यो अन्तर्राष्ट्रिय सम्मेलनतिर केन्द्रित गर्न हामीले आवस्यक ठानेनौँ। त्यही कारण त्यो कार्यक्रम हामीले त्यसलाई सारेका छौँ।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 21:01:14
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...