चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)




मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम
मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

चिनियाँ विमानमा समस्या भनेको सम्झौता भएभन्दा बढी तौलको विमान हुनु हो। यस कारण सो विमानले सोचेको भन्दा कम तौल लिएर मात्र उडान गर्न सक्छन्।

पहिलो पटक नेपाल वायु सेवा निगमको महाप्रबन्धक हुँदा चिनियाँ जहाज भित्र्याउने निर्णय गरेका मदन खरेल फेरि निगमको उपल्लो तहमा फर्किएका छन्। भदौ ३१ मा निगम कार्यकारी अध्यक्षको नियुक्ति पाएका उनी सामु आफैँले निर्णय गरेर भित्र्याएका चिनियाँ विमान सञ्चालन, वाइडबीको बजार खोजी मुख्य चुनौती छन्। निगमको व्यवस्थापकीय कमजोरी देखाएर निजीकरणको बहस भइरहँदा निगमको अबको यात्रा कसरी अघि बढ्छ? नेपालखबरका लागि बबिता तामाङले कार्यकारी अध्यक्ष मदन खरेलसँग गरेको वार्ताः

फेरि नेपाल वायु सेवा निगमको निर्णायक तहमा फर्किनु भएको छ। दुई वाइडबडी विमानको गन्तव्य खोजी र तिनको चुस्त व्यवस्थापनका लागि तपाइँसँग के योजना छ?
यी दुई विमानबाट पहिलो चरणमा चीन र जापानमा उडान गर्ने लक्ष्य राखेका छौं। दुवै देशमा हप्ताम ३–३ उडान गर्ने योजना छ। चीन र जापान उडान सफल भएपछि साउदी अरेबीया र कोरियामा उडान गर्नेछौं। वाइडबडी ३३०–२०० दुई विमान चीन र जापमानमा मात्र उडान गर्दा पनि पूर्ण रुपमा प्रयोगमा आउँछ। त्यसैलाई मध्यनजर गर्दै म कार्यकारी अध्यक्षको रुपमा आउने बितिकै चीनको ग्वान्जाओमा उडान गर्न औपचारिक रुपमा आबेदन दिने काम भएको हो।

जापानको ओसाका विमानस्थलमा उडानका लागि अनौपाचारीक रुपमा काम अघि बढिरहेको छ। ओसाका विमानस्थलका प्रतिनिधि र निगमका प्रतिनिधिबीच हालै काठमाडौंमा छलफल भएको छ। त्यही अनुरुप हामीले ओसाकाको लागि स्टेसन म्यानेजरका रुपमा सन्तोष पाण्डेलाई नियुक्त पनि गरिसकेका छौं। छिटै औपचारिक रुपमा उडान गर्न निवेदन दिने क्रममा छौं। जसका लागि फाइलिङ एजेन्ट नियुक्त भइसकेको छ। एजेन्टले निगमको अंग्रेजीमा भएका डकुमेन्ट सबै जापानी भाषामा अनुवाद गर्दैछ। त्यो काम सकिएपछि मात्र औपचारिक रुपमा ओसाका उडानका लागि निबेदन दिन्छौं। योजना अनुरुप काम भएमा फेब्रुअरी पहिलो हप्ता निगमको वाइडबडी विमान ओसाका उड्नेछ।

साउदी अरेबियाको सन्दर्भमा भने धेरै पहिलेदेखि नै स्वीकृति लिने काम भइसकेको छ। साउदी अरेबीयाको नियामक निकायले उडान स्वीकृति दिने कुरा पहिला पनि गरिसकेको छ। हामीसँग जिएसए थिएन। जिएसए नभएसम्म साउदी अरेबीयामा उडानको स्वीकृति दिइँदैन। त्यसैले साउदी अरेबीयमा उडान गर्ने विषय केही समयका लागि ढिला भएको हो। पहिलेको जिएसएले नेपालसँग काम गर्न नचाहेपछि जिएसए छनौटका लागि टेन्डर आह्वान गनेका छौं।

कोरियाको सन्दर्भमा उडानको लागि स्वीकृति दिनु पहिले त्यहीको टोली सेफ्टी अडिटका लागि आउँने भनिएको छ। उनीहरुले अडिट गरेपछि मात्र हामीले आवेदन दिन सक्छौं। कोरियन टोलीले नेपालममा अडिट गर्न आउनु पहिले निगमले पहिलो चरणमा सेफ्टी अडिट गर्नु पर्छ। निगमलाई सेफ्टी अडिटका लागि १५ दिन जति समय लाग्न सक्छ। निगमको आन्तरिक तयारी सकिएपछि कोरियन टिमलाई अडिटका लागि बोलाउछौं। उनीहरुले अडिट गरेपछि सकारात्मक प्रतिक्रिया आएमा कोरिया उडानका लागि हामी थप प्रक्रिया अगाडि बढाउनेछौं।

विमान आउनु पहिले नै नयाँ गन्तव्यमा उडानका लागि तयारी गर्न सकिँदैनथ्यो? वाइडबडी उडान गन्तव्यमा त केही तयारी नै देखिएन नि?
नयाँ गन्तव्यमा स्वीकृति लिन नसकिने भन्ने त हुँदैन। तर जापान, कोरिया लगायतका रुटमा भने वाइडबडी विमान आउनु पूर्व नै उडानका लागि स्वीकृृति लिन सकिने अवस्था थिएन। लामो दुरीमा सिधा उडान गर्न सकिने विमान हामीसँग नभएको खण्डमा उनीहरुले नेपाललाई उडानको स्वीकृति दिन सक्ने कुरा भएन। ग्वान्जाउ लगायत नजिकका क्षेत्रमा भने साना विमान पनि जान सकिने भएकाले गर्दा त्यहाँ उडानका लागि केही समय पहिले आवेदन दिन सकिने अवस्था थियो। ओसाका, कोरिया लगाएतका देशमा ट्रान्जिट भएर उडान गर्ने गरी स्वीकृति लिएको भए वाइडबडी विमानले पुरानो गन्तव्यमा नै उडान गर्न पाउने थियो। काठमाडौं–सांघाई–ओसाकामा उडान गर्न स्वीकृति लिएको भए नयाँ विमानबाट नयाँ गन्तव्यमा उडान गर्न सकिन्थ्यो।

तपाइँ महाप्रबन्धक हुँदा आन्तरिक उडानका लागि चीनबाट ल्याइएका जहाज त उड्न सकेनन् नि होइन?
चिनियाँ विमान ६ वटा मध्ये ३ वटा सञ्चालमा छन्। ३ वटा ग्राउन्डेड छन्। ग्राउन्डेड विमानमा एउटा एकेटी र अर्को एकेएस वाई १२ ई हो। साथै एउटा एउटा ट्विनटर र एमए ६० विमान समेत मर्मतको क्रममा रहेको छ।

ती विमानमा खास के समस्या आएर सञ्चालन हुन नसकेका हुन्? मर्मत गर्दै गरेका विमान कहिलेसम्ममा सञ्चालनमा आउँछन्?

निगमसँग भएका सबै विमानलाई उडान गर्न योग्य बनाउँदै छौं। कुनै पनि विमान ग्राउन्डेड हुने अवस्था आगामी दिनमा आउन दिँदैनौं। हाल ग्राउन्डेड गरहेका ५ विमान फेब्रुअरी अन्त्यसम्ममा उडान गर्ने योजना बनाएका छौं। समयमा मर्मतको काम सम्पन्न गर्नका लागि इन्जिनेरिङ डिपार्टमेन्टलाई निर्देशन दिइसकेको छु। ग्राउन्डेड वाई १२ ई २ वटा मध्य एउटा डिसेम्बरको १५ भित्रमा सञ्चालनमा आउँछ। अर्को विमान जनवरी अन्तसम्ममा मर्मत भइसक्छ। एमए ६० विमानको प्रोपलरमा समस्या रहेको छ। सो विमान डिसेम्बरको अन्तसम्ममा मर्मत भइसक्छ। त्यस्तैगरी टुइनटर विमान फेब्रुअरीमा उडान हुने अपेक्षा छ।

तपाईं आफै निगममा महाप्रवन्धक भएको बेला खरिद गरेको चिनियाँ विमान सञ्चालन हुनै नसक्ने रहेछन्। किन ल्याउनु भएको हो त्यस्ता विमान?
६ वटा मध्ये ४ वटा दुर्गम क्षेत्रमा उडान गर्नका लागि र २ वटा ट्रंक रुटमा उडान गर्नका ल्याउने सहमति भएको थियो। त्यही अनुरुप २ वटा चिनियाँ विमान पहिलो चरणमा नेपाल भित्रिएको हो। नेपाल सरकार र चीन सरकारबीच भएको सहमतिअनुसार त्यो विमानले उडान गर्न सकेन। निगम इन्जिनियरको टिमले अध्ययन गरेपछि थाहा भयो, विमानमा केही टेक्निकल समस्या छ। विमान नेपाल आइपुग्दा जस्तो पर्फमेन्स हुन्छ भनेर ल्याएका थियौं त्यो पर्फमेन्स विमानले दिन सकेन। त्यसपछि हामीले अन्य विमान ल्याउनु पहिले छलफल हुनु पर्छ भनेका थियौं। विमानले सोचेजस्तो उडान गर्न नसकेकाले गर्दा अरु विमान ल्याउने विषय म महाप्रबन्धक हुँदा रोकेको थिएँ। ती विमान के कस्ता समस्या छन् भन्ने जानकारी गराएर सरकारलाई पत्र लेखेको थिएँ।
नेपाल र चीन सरकारबीच सहमति भए अनुरुप ती सबै विमान नेपाल आइपुगेपछि उडान किन गरेन भन्ने कुरा भने म बुझन सक्दिनँ। चिनियाँ वाई १२ ई विमानमा समस्या भनेको १८ सिट भए पनि १८ जान यात्रु उडान गर्न नसकिने समस्या थियो। दुर्गममा उडान गर्न नसकिने भन्ने कुरा भने थिएन।

निगमकै आधिकारिक मान्छेहरुले चिनियाँ विमान दुर्गम क्षेत्रमा उडान गर्न सक्दैनन् भनेर भने। दुर्गममा उडाइएनन् पनि। खास कारण के हो?
चिनियाँ विमानमा समस्या भनेको सम्झौता भएभन्दा बढी तौलको विमान हुनु हो। यस कारण सो विमानले सोचेको भन्दा कम तौल लिएर मात्र उडान गर्न सक्छन्। यसको अर्थ विमान दुर्गम क्षेत्रमा उडान हुँदैन भन्ने होइन। व्यवस्थापन गर्न नसक्दा वाई १२ ई विमानको उडान नभएको हो। केही विमानको इन्जिनमा समस्या देखिएको छ। तिनलाई मर्मत गरेर उडान गर्न सकिन्छ। म आउनु पहिले दुर्गममा उडान हुन सक्दैन भनेका तिनै वाई १२ ई विमान हाल नियमित रुपमा उडान भइरहेका छन्। चिनियाँ विमान सुरुमा उडान गर्दा चिनियाँ नै पाइलट र आइपिओ हुनु पर्ने अवस्था थियो। अहिले ती सबै विमान नेपाली पाइलटले नै उडान गर्न थालिसकेका छन्।

तपार्इं नेतृत्वमा आउनुअघि निगम एउटा गतिमा सञ्चालन हुँदै आएको छ। पहिलाको नेतृत्वले बनाएका योजना अब के हुन्छन्?
पहिलेका योजनालाई नै कसरी लागू गर्न सकिन्छ भन्ने सन्दर्भमा मैले काम गर्छु। विगतमा निगमका प्रतिनिधिले बनाएका योजनालाई आवश्यकताअनुसार परिमार्जन हुन्छ। अहिले निगमसँग २ वटा वाइडबडी विमान छन्। यी नै विमानलाई कसरी उपयुक्त ठाउँमा उडाउने भन्ने विषयमा मेरो ध्यान छ।

निगम व्यवस्थापन आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्न सञ्चालक समितिबाट सैद्धान्तिक स्वीकृति मागेको थियो। यो विषयमा केही निर्णय भएको छ?
आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि विमान थप गर्ने विषय बोर्डमा पुगेको छ। त्यो छलफलको क्रममा छ। विमान थप गर्ने विषयमा म आफैँ पनि सकारात्मक छु। विस्तारै विमान थप गर्ने काम पनि अगाडि बढ्ने छ। विमान खरिदका लागि आन्तरिक रुपमा तयारी भइरहेको छ। हाललाई भने भइरहेका विमानलाई नै पूर्ण रुपमा सञ्चालन गर्ने योजनामा छौं।

तपाई निगममा कार्यकारी अध्यक्षका रुपमा आउने वितिकै २० अर्ब रुपैयाँ सरकारसँग माग्नुभयो नि। यसको अर्थ के हो?

निगमसँग ऋण धेरै भएकोले गर्दा हामीले सरकारसँग २० अर्ब रकम माग गरेका हौं। हामीलाई ४० अर्ब जति ऋण छ। जसमध्ये २० करोड सरकारले तिरीदिए निगमलाई केही सहज हुने थियो। ४० अर्ब ऋण निगमका कर्मचारीलाई तलब खुवाउनका लागि लिइएको हैन। विमान खरिद गर्नका लागि लिइएको हो। त्यसैले ऋणको सट्टामा हामीसँग विमानहरु छन्। सरकारलाई ऋण तिर्न सहयोग गर्नु भन्नुको अर्थ निगम टाट पल्टयो भनेको हैन। मात्र हामी कर्जा र पुँजीलाई सन्तुलन गर्न चाहन्छौं।

तपाइँ निगम ४० अर्ब घाटामा छ भन्नुहुन्छ। पर्यटनमन्त्री निगमलाई कम्पनी मोडलमा लैजाने भनिरहनु भएको छ। उता निगमका विमानहरु घाम तापेर बस्दा दैनिक लाखौं नोक्सान भइरहेको छ। यो सबैबाट हामीले के बुझ्ने?
निगमलाई कस्तो मोडलमा सञ्चालन गर्ने भन्ने कुरा सरकारको हो। हामीले सल्लाह मात्र दिन सक्छौं। निगमलाई निजीकरण गर्दैमा मात्र व्यवस्थापन राम्रो हुन्छ भन्ने हैन। यो सन्दर्भमा छलफल भइरहेको छ। धेरै पहिलेदेखि निगमलाई कम्पानी मोडलमा लानु पर्छ भन्ने बहस छ। तर यस्तो विषय त्यतिबेला मात्र उठाइन्छ जब निगमको आर्थिक स्थिति खस्किन्छ। निगमले बजार लिँदै जाँदा यस्ता बहसले ठाउँ पाउँदैनन्। यदि निगम निजिकरण भएको खण्डमा सरकारीको जस्तो एउटा विमान खरिद गर्नका लागि लामो प्रक्रिया अवलम्बन गर्नु पर्दैन। छोटो समयमा नै पैसा भएमा विमान किनेर बजार विस्ता गर्न सकिन्छ।

कार्यकाल सफल पार्ने तपाइँको योजनो के छ?
निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन मापदण्डमा पु¥याउने योजना छ। त्यसका लागि निगमले आएटामा आबेदन पनि गरिसकेका छाैं। त्यसैले आएटाको टोली निगमसँग सम्झौता गर्न नेपाल आउँदैछ। त्यसका लागि उनीहरुले हाम्रो सबै विभागहरु, कार्य सम्पादन क्षेत्र अडिट गरेर प्रमाणित गर्नुपर्छ। त्यसका लागि निगमले आएटाको सेफ्टीस्टयान्डर, वायुसेवा सञ्चालन लगायतका पद्धति अपनाउनु पर्ने हुन्छ। यो पाएपछि विदेशीले निगमलाई हेर्ने दृष्टिकोण फेरिनेछ।

भिडियाे

प्रकाशित २२ मंसिर २०७५, शनिबार | 2018-12-08 16:37:49
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...