५० प्रतिशत नेपालीसँग चारपांग्रे गाडी भए मात्रै अटो क्षेत्र विकसित भएको मानिनेछः दुलाल (अन्तर्वार्ता)




यही भदौं २६ देखि ३१ गतेसम्म नाडा अटोमाबाइल्स एसोसिएन अफ नेपाल(नाडा)ले अटो शो आयोजना गर्दैछ। नेपालमा हुने हरेक खालका प्रदर्शनीहरूमा कारोबारका हिसाबले यो शो सबैभन्दा ठूलो हो। गत वर्ष मात्रै भएको अटो शोमा साढे तीन अर्ब रुपैयाँ बराबरको काराबार भएको थियो।

नेपालको समग्र अटो क्षेत्रका बारेमा नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालसँग नेपालखबरका दीपक भट्टले गरेको कुराकानीः

नेपालामा एकातर्फ गाडीहरूको संख्या सडकको क्षमताभन्दा बढी भयो भन्ने कुरा उठिरहेको छ, अर्कातर्फ सर्वसुलभ यातायातको पहुँच पनि छैन, यसमा नाडाको भनाइ के छ?
पहिलो कुरा, नेपालमा यातायातमैत्री वातावरण नै छैन। सडक नै कम छन्। राम्रा सडक नै छैनन्। भएका सडकको पनि मर्मतसम्भार हुँदैन। सरकारले राजधानीमा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ। आयात कम गर्नुपर्छ भनिरहेको छ। त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन। सडकको क्षमता विस्तार गर्नु प¥यो। आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो।

यो क्षेत्रमा सरकारले यति कर लगाएको छ कि त्यो सोच्नै नसकिने छ। दुई सय, तीन सय प्रतिशत भन्सार शुल्क लगाउनु भनेको चानचुने कुरा होइन। यसले उपभोक्तालाई मारमा पारेको छ। अहिले पनि मान्छेहरू तीन/चार दिन हिंडेर घर जाने गरेका छन्। सडकको अवस्था मात्रै सरकारले राम्रो बनाउन सके देशले छिटो विकासको गति लिन्छ। यातायात क्षेत्र भनेको विकासको पूर्वाधारको प्रमुख हिस्सा हो। यो बिना कुनै क्षेत्रको विकास संभव छैन।

नेपालमा सबै आयातित मात्रै अटोमोबाइलहरू बिक्री वितरण हुन्छन्, नेपालमा यो क्षेत्रको विकास हुन नसक्नुको करण के हो?
अटोमाबाइल्स उद्योगको विकास गर्न सरकारको भूमिका बढी हुन्छ। सवारी निर्माणसम्बन्धी उद्योगका लागि ठूलो पूर्वाधार चाहिन्छ। नेपालमा जग्गा यसरी खण्डिकरण भयो कि ठूला उद्योग सञ्चालन गर्नुप¥यो भने आवश्यक जमिन पनि पाइँदैन। नेपालमा भएका उद्योगहरूको पनि सही व्यवस्थापन र प्रवद्र्धन हुन सकेको छैन। यस्तो अवस्थामा नयाँ उद्योगमा लगानी हुन सक्दैन।

बिजुली, सडक, पानी, ढल, सुरक्षा प्रबन्ध सहितको व्यवस्थित औद्योगिक क्षेत्र छैन। यस्ता पूर्वाधार निर्माणतर्फ सरकारका तर्फबाट गर्नुपर्ने लगानी भएन। पहिला भएका उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ। भएका उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण बनाउनुपर्छ। अटोमाबाइल्स् क्षेत्रमा सबैभन्दा बढी सम्भावना टायर उद्योगमा छ। गोरखकाली टायर उद्योगले गुणस्तरीय उत्पादन गरेको पनि हो। त्यो उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गर्न सकिन्छ। गोरखकालीजस्ता २/३ वटा टायर उद्योग नेपालमा चल्न सक्छन्।

तपाईं त लुब्रिकेन्ट्स उद्योगी हुनुहुन्छ, यसको बजारको अवस्था कस्तो छ?
नेपाली लुब्रिकेन्ट्स उद्योगहरूलाई अलिकति प्रोत्साहित गर्ने हो भने कुल बजारको ८० प्रतिशत हिस्सा नेपाली लुब्रिकेन्ट्सले लिन्छ। त्यति मात्र भयो भने वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको बजार नेपाली उत्पादनले लिन्छ। अहिले पनि त्यसको बजार नेपाली उत्पादनले ४५ प्रतिशतको हाराहारीमा लिइरहेको छ।

नेपालमा अटो क्षेत्रसँग सम्बन्धित संभावना भएका उद्योगहरू के-के हुन्?
ट्युब उत्पादन गर्ने उद्योग निर्माण गर्न सकिन्छ। हेलमेट उत्पादन गर्ने उद्योग चलाउन सकिन्छ। गाडी सजावटका सामान बनाउन सकिन्छ। एसेसरीज उत्पादन गर्न सकिन्छ। सुरुमा एसेम्बिलिङ उद्योगलाई ल्याउन सक्नु पर्छ। त्यसपछि क्रमशः फुलफेजका उद्योगहरू सञ्चालनमा आउन सक्छन्।

समग्रमा उद्योग विकास गर्न सरकारी निकायको नेतृत्वमा रहेका व्यक्तिहरूमा इच्छाशक्ति आवश्यक छ। नेपालमा गाडी किन निर्माण हुँदैन भनेर मात्रै भन्नु भएन। गाडीलाई आवशयक पर्ने सामान्य पाटपुर्जाहरू समेत नेपालमा उत्पादन हुन सकेका छैनन्। यसमा सरकारले पनि सोच्नु पर्ने हो।

सरकारले चाहिं तपाईंहरूलाई गर्नुपर्ने सहयोग के हो त?
यो बजेटमा तथा यो आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा उद्योगमा लगानी बढाउने भनिएको छ तर, यो कुरा भनाइमा मात्र सीमिति होलाजस्तो देखिन्छ। किनकि त्यसअनुसार सरकारले नीति निर्माण गर्न सकको छैन। बैंक व्यवस्था गर्न सकको छैन। देशमा तरलताको अभाव भइरहन्छ।

सरकारी खर्च सीमित समययमा मात्रै खर्च भइरहेको छ त्यसको असर बैंकहरूलाई परेको छ। बैंकलाई परेको असर उद्योगीमा आएर जोडिन्छ। यसको व्यवस्थापन गर्ने त सरकारले हो नि¤ सरकारले रकम नै सहयोग गर्नुपर्ने होइन। नीति नियम सहज गराउनुप¥यो भन्ने हाम्रो माग हो।

अटो क्षेत्रको छाता संगठन भनेको नाडा नै हो, सरको नेतृत्व पंक्तिमा तपाईं पनि हुनुहुन्छ, सरकारसँग नीति नियममा सहकार्य कस्तो छ ?
नाडाले काम गरिरहेको छ। हरेकपटक बजेट बनाउने समयमा हामीले यो क्षेत्रमा गर्न पर्ने सुधारका लागि विभिन्न सुझाव दिँदै आएका छौं। मन्त्री, सचिव, विभागीय प्रमुखहरू परिवर्तन भइरहनाले बुझाउन र त्यसलाई कार्यान्वयन गराउन गाह्रो भइरहेको छ। उहाँहरू पनि हाम्रा मागप्रति सकारात्मक नै हुनुहुन्छ तर, नीतिमा हामीले भने अनुसारको हुँदैन। यो वर्ष स्थायी सरकार बनेको छ तर पनि सोचेअनुसार उद्योगी व्यवसायीमैत्री नीति आउन सकेन।

ठ्याक्कै भन्नुपर्दा अहिले नेपालको यातायात व्यवसायको अवस्था कस्तो छ?
मैले अघिपनि भनें, नेपालमा भर्खर बाटो भन्ने क्रम छ। त्यसकारणले यातायात व्यवसाय पनि केही सुधारोन्मुख छ। यो बजारको विस्तार वार्षिक २५/३० प्रतिशतले भइराखेको छ। रोडको पहुँच विस्तारसँगै, निजी सवारी, सार्वजनिक सवारी, ढुवानीका सवारी, निर्माण क्षेत्रमा प्रयोग हुने हेभी इक्विपमेन्टलगायत सबै प्रकारका सवारीसाधनको माग बढ्छ।

कम्तिमा ४/५ जनाको परिवारमा एउटा कार, कुल जनसंख्याको ७०/८० प्रतिशत नागरिकसँग मोटरसाइकल भएको अवस्थामा बल्ल अटोमाबााइल्स् बजार विकसित भयो भन्न सकिन्छ। अहिले कुल जनसंख्याको करिब सात प्रतिशत जनतासँग निजी सवारीसाधन छ। ७५ प्रतिशत नेपालीसँग मोटरसाइकल र ५० प्रतिशत नेपालीसँग चार पांग्रे सवारीसाधन भएमा मात्र यो क्षेत्रलाई विकसित अवस्थामा पुगेको भन्न सकिन्छ।

नेपालमा सवारी दुर्घटना अधिक हुने गरेको छ, त्यसको कारण पुराना गाडी पनि हो भनिन्छ। सरकारले २० वर्ष पुराना गाडी हटाउँदा पनि तपाईंहरूले विरोध गर्नुभयो कारण के हो?
सवारी दुर्घटना हुनुमा ड्राइभरको लापरबाही प्रमुख कारण हो। ड्राइभरलाई न्यूनतम शिक्षा पनि भएन। उनीहरूको क्षमता विकासका लागि तालिम दिने निकाय पनि भएन। सडकमा एउटा गाडीले अर्को गाडीलाई जित्न खोज्ने प्रतिस्पर्धाले धेरै दुर्घटना भएका छन्। पुराना गाडीले मात्रै सो समस्या ल्याएको होइन। यसमा सडकको पनि दोष हुन्छ।

त्यसकारणले गर्दा नेपालका हामीले २० वर्षभन्दा पनि पुराना गाडीको अवस्था हेरेर बन्देज गर्नुप¥यो भन्ने हाम्रो भनाइ हो। कुनै गाडी १५ वर्षमा काम नलाग्ने हुन्छ भने कुनै गाडी ३० वर्षसम्म पनि राम्रै देखिन्छ। त्यसले गर्दा वर्षको हदभन्दा पनि गाडीको कन्डिसन हेर्नुप¥यो। यहाँ त के भइहेको छ भने सरकारले प्रविधि र प्राविधिक कुराहरू नै हेरेको छैन। हचुवाका भरमा हटाउने काम मात्रै गर्नु भएन।

अर्को कुरा, यातायात क्षेत्रमा अरू समस्या पनि छन्। सवारीसाधनमा नक्कली पार्टस्को प्रयोगले पनि समस्या निम्त्याएको छ। स्पेर पार्टस्मा भन्सार दर ३० प्रतिशतबाट पाँच प्रतिशतमा झार्न सुझाव दिएका छौं। भन्सार घटाउने हो भने चोरीपैठारी पनि कम हुन्छ, डुप्लिकेट सामानको प्रयोग कम हुन्छ, स्पेयर पार्ट सस्तो भयो भने पुराना र बिग्रेका पार्ट नै मर्मत गरेर प्रयोग गर्ने अभ्यास कम हुन्छ। सवारीसाधन मर्मत गर्ने मेकानिक्स्को क्षमता विकासमा हामीले ध्यान दिएका छैनौं। यसले पनि दुर्घटना बढिरहेको हो।

नेपालमा जति अटोहरूको कारोबार हुन्छ, त्यसको आधा अटो शोमै हुन्छ भन्ने गरिन्छ, अटो शो आयोजनाको तयारी गरिरहनुभएको छ, के छ यो वर्षमा विशेष?
प्रर्दशनी भन्नेबित्तिकै नयाँ कुराहरू तथा बजारमा आएका नयाँ उत्पादनहरू देखाउने र ग्राहकहरूलाई आकर्षित गराउने नै हो। हामी आयोजक तथा प्रदर्शनकर्ता पनि हौं। त्यसकारणले हामी यसलाई कसरी हुन्छ व्यवस्थित गराउन लागिपरेका छौं। यो वर्ष नयाँ भनेको धेरै कम्पनीहरूले नयाँ उत्पादनहरू ल्याउँदै छन्।

त्यस्तै व्यवस्थापनमा पनि हामीले धेरै सुधार गर्न खोजेको छौं। ठूला भेइकल्सहरूले ठूलो स्थान ओगट्ने भएकाले त्यसलाई पनि हामीले यो वर्षदेखि हटाएका छौं। अर्को कुरा यो वर्ष तीन/चारवटा कम्पनीले नयाँ विद्युतीय गाडीहरू सार्वजनिक गर्ने तयारीमा छन्। त्यो पनि विशेष रहन सक्छ।

 

प्रकाशित १८ भदौ २०७५, सोमबार | 2018-09-03 13:55:37
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।