मेरो वशमा हुन्थ्यो भने थुप्रै गोविन्द केसी क्लोनिङ गर्थें: डा. अर्जुन कार्की (अन्तर्वार्ता)




डा. अर्जुन कार्की
डा. अर्जुन कार्की

मलाई लाग्छ– डा. केसीको आन्दोलन नेपालको सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा वाञ्छित परिवर्तन ल्याउने सकारात्मक शक्ति बन्नेछ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका डा. गोविन्द केसी अहिले १५औं अनसन बसिरहेका छन्। देउवा सरकारले ल्याएको अध्यादेशभन्दा फरक विधेयक ओली सरकारले संसदमा दर्ता गरेपछि त्यो फिर्ता गर्न माग गर्दै कर्णालीको जुम्ला पुगेर अनसन सुरु गरेका केसीलाई सरकारले जर्बजस्ती काठमाडौं ल्याएको छ। डा. केसीको १५औं अनसन र संसदमा विधेयक रोक्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको अवरोधसँगै चिकित्सा शिक्षा सुधारको बहस अहिले झन् मुखर भएको छ।

करिब दुई वर्षअघि जतिबेला डा. गोविन्द केसीको सातौं अनसन चलिरहेको थियो, अमेरिकाको हवाई विश्वविद्यालयका चिकित्सा मानवशास्त्री प्रोफेसर ग्रेगोरी जी मास्कारिनेक तथा लामो समयदेखि स्वस्थ्य क्षेत्रमा अनुसन्धानरत त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रोफेसर मधुसुदन सुवेदीले प्राज्ञिक अध्ययनको क्रममा प्रसिद्ध श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्कीसँग लामो अन्तर्वार्ता गरेका थिए। नेपालीमा पहिलो पटक यहाँ प्रस्तुत डा. कार्कीको अन्तर्वार्ताले चिकित्सा शिक्षा सुधार र डा. केसीको संघर्षको सार्थकतालाई थप प्रष्ट्याउने छ।

प्रोफेसर मास्कारिनेक र सुवेदीले गरेको अन्तर्वार्ता श्रृंखलाको अघिल्लो खण्डमा डा. भगवान कोइराला, केदारभक्त माथेमा र डा. गोविन्द केसीका अन्तर्वार्ता हामीले यसअघि नै प्रकाशित गरिसकेका छौं। यहाँ पढ्नुहोस् डा. अर्जुन कार्कीसँगको वार्ताः

मास्कारिनेकः नेपालमा चिकित्सा शिक्षा र चिकित्सा सेवाबीचको सम्बन्धबारे केही बताउनुस् न।
डा. कार्कीः सन् १९७८ अघि नेपालमा मेडिकल कलेज थिएन। डाक्टर बन्न चाहनेले विदेश जानुपथ्र्यो। त्यो पनि छात्रवृत्तिमार्फत। जतिसुकै सम्पन्न होस्, कुनै पनि नेपाली आफ्नै बलबुतामा विदेशमा डाक्टरी पढ्न जान सक्दैनथ्यो। नेपाल सरकारलाई प्राप्त हुने छात्रवृत्तिमार्फत मात्रै विदेशी मेडिकल स्कुलमा पढ्न पाइन्थ्यो। अर्को माध्यम थियो– ‘सांस्कृतिक सिट’। नेपालका कम्युनिस्ट पार्टीहरूसँग तत्कालीन सोभियत संघलगायत साम्यवादी देशहरूको विशेष सम्बन्ध हुन्थ्यो। सरकारी संयन्त्रलाई छलेर ती देशबाट प्राप्त हुने छात्रवृत्तिमा पढ्न जान सकिन्थ्यो। तीबाहेक चिकित्सा अध्ययनका लागि अन्य विकल्प थिएनन्।

नेपालले सन् १९७८ मा एमबीबीएस कार्यक्रम सुरु गर्यो। नेपाली चिकित्सा शिक्षामा मेरो संलग्नता त्यतिबेलादेखिकै हो। हामीले तत्कालीन समयमा उपलब्ध सबैभन्दा प्रगतिशील र नवीन अवधारणा अँगालेका थियौँ। चिकित्सा संस्थापनका धेरै व्यक्तिलाई हाम्रो कार्यक्रमको अवधारणाबारे खासै थाहा थिएन। उनीहरूलाई त आफूले पढेको देशको मेडिकल स्कुलको चिकित्सा शिक्षाबारे मात्र थाहा थियो।

मास्कारिनेकः संसारभरि हुने त्यही हो। ग्य्राजुएट चरण (रेजिडेन्सी) मा तपाईंलाई जे सिकाइन्छ, तपाईंले त्यही गर्नुपर्ने अपेक्षा गरिन्छ।
डा. कार्कीः त्यै त। एमबीबीएस कार्यक्रम सुरु भएपछि यसप्रति यति धरै सन्देह थियो कि भनिसाध्य छैन। अधिकांशले भन्ने गर्थे, ‘गतिलो पूर्वाधारै नभएको नेपालजस्तो गरिब र अविकसित देशले डाक्टर उत्पादन गर्ने दुस्साहस कसरी गर्न सक्छ?’ चिकित्सा संस्थानमा कार्यक्रमबारे विवाद भइरहन्थ्यो, अफवाह फैलिरहन्थे। कार्यक्रमका आलोचकहरू हामीसँग अन्तरक्रिया गर्दा जहिले पनि निराशाजनक कुरा गर्थे। हामी साह्रै अपमानित महसुस गथ्र्यौं। आहत भएर एमबीबीएस कार्यक्रमका निर्देशक लगायतलाई भन्थ्यौँ, ‘के हामी त्यति खराब र हीन डाक्टर बन्नेवाला छौँ?’ उनीहरू हामीलाई सम्झाउँथे, ‘तिनीहरू अहिलेको चिकित्सा शिक्षाको अवधारणा नै बुझ्दैनन्। हामी एकदम सही बाटोमा छौँ।’

त्यसपछि हामी केही दिनका लागि शान्त हुन्थ्यौँ। फेरि, अर्को नकारात्मक कुरा सुनिन्थ्यो र निराश भइन्थ्यो। यो सिलसिला चलिरह्यो। एमबीबीएस विद्यार्थी हुँदाताकाको त्यो अनुभव मेरा निम्ति फलदायी भयो। मैले चिकित्सा शिक्षाको ‘विज्ञान’ राम्ररी बुझ्न पाएँ। आफैँले मेडिकल स्कुल खोल्ने बेलामा त्यो ज्ञान मेरा लागि वरदान सावित भयो।

मास्कारिनेकः नेपालको स्वास्थ्य सेवा प्रणालीका प्रमुख शक्ति के हुन्?
डा. कार्कीः सबैभन्दा महत्वपूर्ण कुरा के भने स्वास्थ्यलाई अधिकारका रूपमा संविधानमै स्थापित गरिएको छ। दोस्रो, डब्लूएचओको सबैका लागि स्वास्थ्य कार्यक्रममा हस्ताक्षर गरेको राष्ट्रका हैसियतले नेपालले प्राथमिक स्वास्थ्य सेवा पहुँचमार्फत स्वास्थ्य सेवा संस्थाहरूको बलियो सञ्जाल बनाएको छ। सन् १९९१-९२ को राष्ट्रिय योजनाअन्तगर्त हरेक गाविसमा कम्तीमा एउटा स्वास्थ्य संस्था छ। हो, स्वास्थ्य सेवाको गुणस्तर र पहुँचलाई लिएर फरक धारणा हुन सक्छन्। तर, मेरो विचारमा सबैभन्दा महत्वपूर्ण त महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचभी) परिचालन हो। सार्वजनिक स्वास्थ्यको आयामबाट हेर्दा यो अवधारणा सफल छ। समग्र जनताको स्वास्थ्य स्थितिमा यसले ठूलो सकारात्मक प्रभाव पारेको छ।

सन् २००६ मा सरकारले ‘निःशुल्क स्वास्थ्य सेवा नीति’ अवलम्बन गर्यो। यसको मतलब प्राथमिक स्वास्थ्य सेवाको तहदेखि जिल्ला अस्पतालसम्ममा जनताले आधारभूत औषधि निःशुल्क पाउँछन्। यो सामाजिक न्यायउन्मुख कार्यक्रम हो, जसलाई म ‘गरिबमैत्री कार्यक्रम’ भन्न रुचाउँछु। हुन त अब, कुनै कुनै औषधि हरेक गाउँमा नपाइन सक्छन्। पत्रिकाले समाचार लेख्न र आलोचना गर्न यस्तै यस्तै मसला पाइहाल्छन्। तर, स्वास्थ्य पद्धतिको शक्तिको दृष्टिले हेर्ने हो भने यो गरिब जनतासम्म स्वास्थ्य सेवा पुर्याउने प्रगतिशील कदम हो।

चिकित्सा शिक्षाका सन्दर्भमा मलाई के लाग्छ भने यस क्षेत्रका जनकहरू पर्याप्त बुद्धिमान र साहसी थिए। उनीहरूले त्यतिबेला चिकित्सा शिक्षाका सबैभन्दा आधुनिक र नवीन अवधारणा, दर्शन र पद्धति अँगालेका थिए। यस मामिलामा भारत हामीभन्दा धेरै पछाडि थियो। त्यो विशाल देशमा सानो परिवर्तनलाई पनि व्यवस्थित गर्न मुश्किल पथ्र्यो। हामीकहाँ मेडिकल स्कुल नहुनु नै त्यतिबेला हाम्रा लागि सुविधाजनक कुरा थियो। सुरुका वर्षमा एमबीबीएसको पढाइका लागि उसलाई मात्रै योग्य ठानिन्थ्यो, जसले मध्यम तहको स्वास्थ्य कार्यकर्ताको प्रशिक्षण लिएर निश्चित समय ग्रामीण भेगमा सेवा गरेको हुन्थ्यो। निश्चित अवधि सेवा गरेपछि मात्रै ऊ भर्ना प्रक्रियामा सामेल हुन पाउँथ्यो। त्यसकारण डाक्टरी पढ्नेहरू बिलकुल नयाँ, अनुभवहीन र व्यावहारिक ज्ञानविनाका हुँदैनथे। उनीहरूलाई स्वास्थ्य सेवा प्रणालीका कमजोरी, चुनौती र अवसर सबै थाहा हुन्थ्यो। तर, चिकित्सा शिक्षा र संस्थामा नेतृत्व परिवर्तन भएपछि पहिलेको पद्धति बदलियो। किनभने, यो देशको सम्भ्रान्त वर्ग आफ्ना छोराछोरीलाई ग्रामीण क्षेत्रमा सेवा नगराईकन, चुनौतीपूर्ण वातावरण सामना नगराईकन सजिलोसित डाक्टर बनाउन चाहन्थ्यो। त्यो सम्भ्रान्त वर्गले त्यस्तो राम्रो कार्यक्रम बिथोलिदियो।

नेपाली जनताका स्वास्थ्य समस्या के हुन्? तिनलाई पहिचान गरेर पाठ्यक्रम विकास गरिएको थियो, एउटा कोठामा केही प्रोफेसर जम्मा भएर गरिएको थिएन। दुईतीन जिल्लाका तथ्यांक संकलन र विश्लेषण गरेर जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्ने स्वास्थ्य जनशक्ति तयार पार्ने खालको पाठ्यक्रम बनाइएको थियो। अन्यत्रका मेडिकल स्कुलमा व्यक्तिगत स्वास्थ्यलाई महत्व दिइन्छ। तर, हाम्रो चिकित्सा शिक्षाको प्रणालीले भने सार्वजनिक स्वास्थ्य र जनसंख्या स्वास्थ्यलाई केन्द्रमा राखेको छ। यो पनि हाम्रो स्वास्थ्य सेवा पद्धतिको प्रमुख शक्ति हो।

मास्कारिनेकः नेपालको स्वास्थ्य प्रणालीका चुनौती के–के हुन्?
डा. कार्कीः मलाई लाग्छ– हाम्रो ‘हार्डवेयर’मा होइन, ‘सफ्टवेयर’मा समस्या छ। अर्थात्, मनस्थिति, पहलकदमीको तत्परता, व्यावसायिक चेत, निष्पक्षता, कामप्रतिको प्रतिबद्धताजस्ता कुरामा समस्या छन्। यसको कारण गरिबी पनि हो। मान्छेहरू कसरी बाँच्ने, कसरी परिवारको भरणपोषण गर्नेजस्ता सवालका दबाबमा हुन्छन्। अनि, आफ्नो काम कसरी राम्ररी गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन गाह्रो हुने भइहाल्यो। तत्कालको समस्या समाधान गर्ने अर्थात् ‘संकट व्यवस्थापन’ बाहेक अन्यत्र ध्यानै जान पाउँदैन। मान्छेहरूलाई समस्याको दीर्घकालीन हल सोच्ने फुर्सदै हुँदैन। नेपालको समग्र स्वास्थ्य सेवा प्रणालीको समस्या पनि यही हो।

‘सतहीपनको संस्कृति (कल्चर अफ सुपरफिसियालिटी)’ बाट यो ग्रस्त छ। गहिरो तहमा पुग्ने र वास्तविकता पत्ता लगाउने लेठो कसैलाई गर्नु छैन। अनि, जे गरे पनि यहाँ केही हुनेवाला छैन भन्ने निराशा र उत्साहहीनता हाबी छ। जब केही हुँदैन भने किन इमानदार हुने? किन विशेष पहल र प्रयत्न गर्ने? मलाई लाग्छ– ‘व्यावसायकिताको संस्कृति’ प्रदर्शन गर्नुनपर्ने यो ‘संस्कृति’ सबैभन्दा गम्भीर चुनौती हो। त्यसमाथि, राजनीतिक अस्थीरता छँदै छ। नेतृत्व परिवर्तन हुनासाथ उसले विभाग, शाखा सबै ठाउँमा आफ्ना मान्छेहरू भर्ना गर्छ।

तेस्रो चुनौती हो– स्वास्थ्य प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने व्यावसायिकहरूको दस्ता हामीसँग छैन। उदाहरणका लागि, जब हामी जनशक्ति वा स्वास्थ्य प्रणालीको योजनाबारे कुरा गर्छौं, कसैसँग कुनै दृष्टिकोण वा धारणा नै हुँदैन। यसले हामीलाई दाताप्रति निर्भर हुन बाध्य गराउँछ। हरेक पटक समस्या पर्दा हामी विश्व स्वास्थ्य संगठन वा वल्र्ड ब्यांक वा अन्य कुनै साझेदारलाई गुहार्छौं। संस्थागत क्षमता विकासमा उनीहरूको सहयोगलाई उपयोग गरे त राम्रै पनि हुन्थ्यो होला। तपाईंसँग ज्ञान छैन, सीप छैन र औजार छैन भने उनीहरूसँग सिक्न सकिन्छ। तर, तपाईं यसलाई संस्थागत गर्नुहुन्न भने के हुन्छ त भन्दा दातृ संस्थाको मान्छे आउँछ, सल्लाह दिन्छ, सिफारिस गर्छ र जान्छ। ऊ गएपछि तपाईं फेरि रित्तै हुनुहुन्छ। अर्कोपटक समस्या पर्दा तपाईं फेरि उसलाई बोलाउनु हुन्छ। यो ‘परनिर्भरताको चक्र’ हाम्रो स्वास्थ्य प्रणालीको अर्को समस्या हो।

नेपालको स्वास्थ्य प्रणालीका समस्या र चुनौतीको सूची लामो हुन सक्छ। हालको सबैभन्दा ठूलो समस्या के हो भने स्वास्थ्य उपचार वा चिकित्सा शिक्षालाई सेवाका रूपमा होइन, व्यापारको हिस्साको रूपमा लिइएको छ। यता, चिकित्सा शिक्षामा एउटा सुधार गर्नैपर्ने देखिन्छ। चिकित्सा अध्ययनरत विद्यार्थीका मस्तिष्कमा चिकित्सक हुनुको मूल्य र महत्व भरिदिनुपर्ने आवश्यकता छ। एउटा डाक्टर वा नर्स बनाउनलाई समाजले साह्रै ठूलो योगदान गरेको हुन्छ। त्यसैले चिकित्साकर्मीबाट समाजले सेवाको अपेक्षा गर्छ। मानिसहरू नयाँ र सिकारु डाक्टरलाई आफ्नो शरीर छुन दिन्छन्, आफ्नो शरीरमा विभिन्न प्रयोग गर्न दिन्छन्, यहाँसम्म कि चक्कु चलाउन पनि दिन्छन्। कुनै बिरामीलाई आफ्नो शल्यक्रियामा वरिष्ठ सर्जन र सिकारु प्रशिक्षार्थी डाक्टरमध्ये एउटा रोज्ने विकल्प हुन्थ्यो भने उसले वरिष्ठ सर्जन नै रोज्थ्यो। तर, यी सिकारु डाक्टरहरूले अपरेसन गर्न पाएनन् भने उनीहरू कहिल्यै अनुभवी हुने छैनन्, कहिल्यै वरिष्ठ हुने मौका पाउने छैनन्। समाजले उनीहरूलाई डाक्टर या नर्स बन्ने अवसर दिएको छ। त्यसैले समाजको सेवा गर्नु उनीहरूको जन्मजात कर्तव्य हो। हामीले युवा पुस्ताका चिकित्साकर्मीमा यो भावना भरिदिन सकेका छैनौँ। अहिले चिकित्सा अयन्तै प्रविधि–केन्द्री कर्म भएको छ। तथ्य थाहा पाउनु, रोग निदान गर्नु, उपचार गर्नु ... यतिमात्रै चिकित्सा भएको छ। रोग लागेको व्यक्तिको मन र दिमाग हुन्छ, संस्कृति हुन्छ, उसको मूल्य हुन्छ र उसको आत्मा हुन्छ भन्ने कुरालाई यथोचित महत्व नै दिइँदैन।

अर्को कुरा, हामी घोकन्ती विद्यामा साह्रै जोड दिन्छौँ। विवेचना र विश्लेषण गर्ने कुरामा पछाडि छौँ। युवा चिकित्सकहरूलाई सिर्जनशील बनाउन सकिरहेका छैनौँ। यी र यस्ता चुनौती छन्, चिकित्सा क्षेत्रमा।

मास्कारिनेकः यी चुनौती नेपालका मात्रै होइनन्। रट्ने प्रवृत्ति जतासुकै हुन्छ। अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ प्रशिक्षित चिकित्सकले कहिल्यै आफ्नो शोध छपाउने गर्दैनन्। खासमा, त्यहाँ मौलिक अनुसन्धान नै गरिँदैन। अरूले पहिले गरेका चिज नै दोहोर्याउने हुन्। नेपालमा चिकित्सा शिक्षा नयाँ कुरा भएकाले शोध र अनुसन्धानमा म सम्भावना देखिरहेको छु।
डा. कार्कीः प्रोत्साहित गरेर हरेकलाई अनुसन्धाता वा लेखक बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। तर, हाम्रो जस्तो देशमा युवा चिकित्सकका दिमागमा अवरोधमात्रै हालिन्छ, ‘तिमीहरू जुनियर हौ, पाठ्यपुस्तकै राम्ररी पढेका छैनौ, तिमीहरूले गरिखाँदैनौ’ भन्ने खालका अवरोधहरू। हामीले उनीहरूलाई सिर्जनशील हुनबाट वञ्चित तुल्याएका छौँ। चिकित्सा शिक्षामा अन्य समस्या पनि छन्। जस्तो, विद्यार्थी छनोटमा हामी चुकिरहेका छौँ। को चिकित्सक बन्ने, को नर्स बन्ने वा को के बन्ने भन्ने निक्र्योल नै गरिँदैन। हामी त उही प्रश्न सोधेर, उही प्रक्रिया पूरा गरेर भर्ना लिइरहेका छौँ। चिकित्सक बन्नका लागि चाहिने वाञ्छित गुण विद्यार्थीसँग छन् कि छैनन् भन्ने नै हेरिँदैन। जस्तो, ऊसँग सञ्चार गर्ने क्षमता छ कि छैन, ऊ सामूहिकतामा विश्वास गर्छ कि गर्दैन, अर्को व्यक्तिलाई सम्मान गर्छ कि गर्दैन? यस्ता गुणको परख नै गरिँदैन। मेडिकल विद्यार्थी छनोट गर्दा सुधार गर्नुपर्ने यस्ता कुरा धेरै छन्।

चिकित्सा शिक्षामा गर्नुपर्ने अर्को सुधार पनि छ। हरेक वर्षमा नेपालभित्रका मेडिकल कलेजबाट करिब २ हजार विद्यार्थी ग्य्राजुएट हुन्छन्। उता, चीन, बंगलादेश आदि देशबाट करिब ५ सय नेपाली विद्यार्थी डाक्टर भएर आउँछन्। त्यत्तिका विद्यार्थीले पोस्ट ग्य्राजुएट कहाँ गर्ने? नेपालमा पोस्ट ग्य्राजुएटका लागि मुश्किलले ५ सय सिट उपलब्ध हुन्छन्। दुई हजार डाक्टरले ठाउँ पाउँदैनन्। यो ठूलो मुद्दा हो। यसलाई सम्बोधन गर्नु जरुरी छ।

तेस्रो मुद्दा के हो भने स्वास्थ्य जनशक्ति उत्पादक (मेडिकल कलेज वा एकेडेमी) र जनशक्ति प्रयोगकर्ता (समग्र स्वास्थ्य प्रणाली) बीच न कहिल्यै सार्थक संवाद हुन्छ, न कुनै एकता। तसर्थ, जनशक्तिको माग र पूर्तिबीच कहिल्यै तालमेल हुँदैन। यो अवस्थालाई पनि परिवर्तन गर्नुपर्ने देखिन्छ।

मास्कारिनेकः यी सुधारका निम्ति तपाईंका सुझाव के छन्?
डा. कार्कीः यसको जवाफ सजिलो छैन। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रणाली समग्र पद्धतिका हिस्सा हुन्। सिंगो व्यवस्थामा रणनीतिक परिवर्तन आवश्यक छ। त्यसपछि मात्र चिकित्सा शिक्षा प्रणाली र स्वास्थ्य सेवा प्रणालीमा उचित नीति र कार्यक्रम लागू गर्न सकिन्छ। यसका लागि नेतृत्व साह्रै महत्वपूर्ण हुन्छ। माथेमा आयोगले बनाउने भनिएको चिकित्सा शिक्षा आयोगबारे अहिले गहिरो बहस भइरहेको छ। संसद्ले यस्तो आयोग स्थापना गर्यो र यसको नेतृत्व सही व्यक्तिहरूले गरे भने स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तनको अपेक्षा गर्न सकिन्छ।

मास्कारिनेकः यी सुधारका निम्ति के–के बाधा छन्?
डा. कार्कीः राजनीतिक अस्थिरता वा राजनीतिक दलदल प्रस्टतः मूल व्यवधान हो।

मास्कारिनेकः अब डा. गोविन्द केसीको आन्दोलनबारे कुरा गरौँ।
डा. कार्कीः डा. केसीले चिकित्सा शिक्षाको क्षेत्रमा अहिंसावादी आन्दोलन सुरु गरे। उनले भोक हडताल सुरु गर्नासाथ विद्यार्थी, युवा डाक्टर, मिडिया, साराका साराले उनलाई साथ दिन्छन्, समर्थन गर्छन्। डा. केसीका माग प्रस्ट छन्, १. हरेक नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुनुपर्छ र २. ज्ञान र क्षमता भएका योग्य विद्यार्थीले डाक्टर बन्ने सपना पूरा गर्न पाउनुपर्छ। चिकित्सा शिक्षाको एकाधिकार केही व्यापारीको हातमा रहुन्जेल गरिब विद्यार्थीले डाक्टर बन्ने सपनै नदेखे हुन्छ। यो उनले उठाएको प्रमुख मुद्दा हो। डा. केसीले देखाएको साहसको म उच्च प्रशंसा गर्छु। हामीसँग थुप्रै डा. केसीहरू हुनुपथ्र्यो। उनको व्यक्तित्व अद्भुत छ। उनी सार्वजनिक संस्थामा काम गर्छन्, अविवाहित छन्, सामान्य जीवनयापन गर्छन्। उनलाई निजी सवारी साधनको इच्छा पनि छैन। सार्वजनिक यातायातमा यात्रा गर्छन्। निजी क्लिनिक खोलेका छैनन्। देशभित्र वा बाहिर, कुनै विपत्ति आइपर्यो भने झिटीगुन्टा बाँधेर आफ्नै खर्चमा सेवा र सहयोग गर्न पुगिहाल्छन्।

यस्तो चरित्रको मान्छेले कुनै मुद्दा उठाउँछ भने उसले पैसा वा प्रसिद्धि वा शक्ति वा पदका निम्ति यसो गर्यो भन्नलाई कि मूर्ख हुनुपर्छ कि एकोहोरो विरोधी। डा. केसीको व्यक्तित्व नै यस्तो छ कि उनको मागले स्वतः विश्वनीयता हासिल गर्छ। उनको आन्दोलनले थुप्रै परिवर्तन पनि ल्याएको छ। उदाहरणका लागि, डा. केसीकै आन्दोलनको दबाबले माथेमा आयोग बन्यो। उनकै दबाबका कारण सरकारले माथेमा आयोगका केही सुझाव मानेको हो। खुदा न खास्ता, डा. केसी बिते भने यति धेरै जनतालाई आफ्नो मिसनमा आकर्षित गर्ने उनीजस्तो अर्को कोही हुनेछ र हामीसँग? मेरो वशमा हुन्थ्यो भने थुप्रै गोविन्द केसीहरू ‘क्लोनिङ’ गर्थें होला। हामीलाई थुप्रै डा. केसीहरू चाहिएका छन्।

अहिंसावादी आन्दोलनलाई यथोचित नीति परिवर्तनका लागि जनता र नागरिक समाज परिचालन गर्ने नैतिक शक्तिका रूपमा लिनुपर्छ। तसर्थ, मलाई लाग्छ– डा. केसीको आन्दोलन नेपालको सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा वाञ्छित परिवर्तन ल्याउने सकारात्मक शक्ति बन्नेछ।

मास्कारिनेकः एकमात्र डा. केसी हुनुबाहेक यो ‘एप्रोच’ का अरू कुनै त्रुटि देख्नुहुन्छ?
डा. कार्कीः डा. केसीले आफूवरिपरिका सबैलाई प्रेरित, उत्कण्ठित र सशक्त बनाइदिए परिवर्तनको गति तीव्र हुन्थ्यो। डा. केसीको सबैभन्दा ठूलो शक्ति भनेकै उनको नैतिक आभा हो। यो जोसुकैसँग हुँदैन। उनी भाषण गरेर मान्छेहरूलाई आन्दोलित बनाउन सक्ने व्यक्ति होइनन्। न उनमा राजनेताको कुनै गुण छ। उनीजस्तो नैतिक शक्ति भएको कम्तीमा एकजना व्यक्ति हामीसँग हुनु हाम्रा निम्ति गौरवको कुरा हो। उनीसँग नैतिकताको जुन शक्ति छ, त्यसले न्यायको लडाइँमा असाधारण बल प्रदान गर्छ।

मास्कारिनेकः कुनै पनि सफल चिकित्सकसँग यति अद्भुत नैतिक शक्ति हुनु र जनहितका लागि ऊ आमरण अनशनमा बस्नु संसारकै दुर्लभ घटना हो। हाम्रो चिकित्सा शिक्षामा पनि सुधार आवश्यक छ तर म र मेरा सहकर्मी भोक हडतालमा जाने छैनौँ। डा. केसीको आन्दोलनको विश्वव्यापी प्रचार हुनुपर्छ।
डा. कार्कीः यो निरन्तर संघर्ष हो। हामीले धेरै गर्न बाँकी छ।

***

थप अन्तर्वार्ता 

डा. भगवान कोइराला: डाक्टर केसी नैतिक शक्ति भएका विलक्षण चिकित्सक हुन्

शिक्षाविद् केदारभक्त माथेमा: डा. केसीको साथमा रहेर सिंहदरबारसँग लड्नु पर्छ

डा. गोविन्द केसी: नागरिकको स्वास्थ्यका लागि लडेँ, तर संसदमै मलाई पागल भनियो

प्रकाशित ५ साउन २०७५, शनिबार | 2018-07-21 14:58:13
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...