पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

‘दुबईमा रहेका नेपाली र विदेशी व्यापारीको एउटा समूहमाथि अनुसन्धान हुन सकेन’


Infocus



ईश्वरराज पौडेल
ईश्वरराज पौडेल

नढाँटी भन्दिनोस् न, सुन तस्करीको अनुसन्धान चलिरहँदा प्रधानमन्त्री, गृहमन्त्री वा अन्य शक्ति केन्द्रहरुबाट फलानोलाई अनुसन्धान नगर भन्ने खालको दबाब आयो कि आएन?

सुन तस्करी नेपालमा नयाँ विषय होइन। प्रहरी र राजस्व अनुसन्धान विभागले पटक–पटक सुन बरामद गरेका छन् र पटक–पटक सुन तस्करी अनुसन्धान समिति बनेका छन्। तर २०७४ चैत २० को मन्त्रिपरिषद् निर्णयबाट गृह सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन भएको ९ सदस्यीय टोलीको कामले जति चर्चा पायो यसअघि त्यस्तो कहिल्यै भएको थिएन। हुन पनि संगठित अपराध निवारण ऐन २०७० को दफा १२ अनुसार सरकारले गठन गरेको अनुसन्धान टोलीले १०२ दिन काम गर्दा पञ्चायतकालदेखि हुँदै आएको सुन तस्करीको जालो उदांगो भएको छ। ४५ जना पक्राउ परेका छन् भने ७० भन्दा बढी अभियुक्तविरुद्ध मुद्दा सिफारिश भएको छ। यति ठूलो अनुसन्धानका क्रममा भोगिएको यथार्थ के हो? पञ्चायतकालदेखि चल्दै आएको सुन तस्करीको धन्दा प्रजातन्त्र र लोकतन्त्रमा किन रोक्न सम्भव नभएको रहेछ? यिनै विषयमा टोलीको म्याद सकिनु एक दिन अगाडि, सोमबार नेपालखबरका दीपक खरेलले संयोजक गृह सहसचिव ईश्वरराज पौडेलसँग गरेको वार्ताः

सुन तस्करीमा एक सय दिनभन्दा लामो अनुसन्धानको उपलब्धि के हो? तपाईंको टोलीको अनुभव कस्तो रह्यो?
नेपाल सरकारले म सहित नौ सदस्यीय टोलीलाई निकै चुनौतीपूर्ण जिम्मेवारी दिएको थियो। त्यो जिम्मेवारी हामीले गम्भीरतापूर्वक पूर्ण इमान्दार भएर पूरा गरेका छौं। यो अनुसन्धानको क्रममा सबैभन्दा ठूलो कुरा सरकारले दिएको जिम्मेवारी इमान्दारिता र निष्ठापूर्वक सम्पन्न भएको छ। सुन तस्करी अनुसन्धानमा हामीले हासिल गरेको सफलता अहिलेसम्म यो क्षेत्रमा भएका अनुसन्धानमध्येको ठूलो सफलता हो। विगतमा पनि यस्तै प्रकृतिका अनुसन्धान नभएका होइनन्। ‘स्केल’ का हिसाबले पनि ती सबैभन्दा यो अनुसन्धान ‘डेफ्थ’ मा पुगेको छ। राष्ट्रिय महत्वका सन्र्दभमा पनि यो अत्यन्त ठूलो महत्व बोकेको अनुसन्धानको विषय रह्यो।

यसो भन्दैगर्दा पनि म बिनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने अभियोजन, अनुसन्धान जसरी अघि बढ्यो ती विल्कुलै तथ्य सूचना र प्रमाणका आधारमा अगाडि बढाइएका छन्। त्यसैको परिणामस्वरुप, आजसम्म हामीले गरेको कार्यसम्पादन अनुसारको नतिजा पनि प्राप्त भएको हो। मेरो टिममा रहेका साथीहरुले अत्यन्तै मिहेनतपूर्वक काम गरेका छन्। हामीसँग अनुसन्धान, कानुन र गुप्तचरीमा रहेका वरिष्ठ र अनुभवी अधिकारी थिए। यो जे जति भएको छ त्यो सबै सामुहिक प्रयासको नतिजाबाट आएको हो। हाम्रो टिममा सिआईबी, राष्ट्रिय अनुसन्धान, वकिल र अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा काम गरेका अधिकारीहरु थिए। तस्करीको तहमा जहाँसम्म पुग्ने अपेक्षा थियो, त्यसको अधिकतम बिन्दुसम्म पुग्न हामी सफल रह्यौं।

अनुसन्धान टोलीको म्याद सकिएको छ। तर ठूला माछा पक्राउ पर्छन् भनेर गृहमन्त्रीले नै भन्नुभएको थियो। खोई त ठूला माछा?
तपाईंले जुन विषय र जसतर्फ संकेत गरिरहनु भएको छ यसमा मेरो बुझाई अलि फरक छ। अनुसन्धान कसलाई के लाग्छ वा कसले के भन्छ भनेर प्रभावित हुनु हुँदैन, हामी भएका पनि छैनौं। अर्को कुरा के हो भने यसभन्दा बाहिर अर्को घेराको स्थिति हुनसक्छ भन्ने छ। तर यी सबै तथ्य–प्रमाण, संलग्नता, तिथि, मिति, हामीलाई प्राप्त सूचनाको वैज्ञानिक र तथ्यपरक विश्लेषणपछि मात्रै निश्कर्षमा पुग्ने हो। कोही कसैलाई अभियुक्त बनाउने भन्ने कुरा अत्यन्तै ठूलो विषय हो। त्यसैले हाम्रो अनुसन्धान कहीँ कतै कसैले आग्रह पूर्वाग्रह राखेजस्तो नभएको अथवा कसैले चाहेभन्दा फरक दिशामा गएकोजस्तो देखिन सक्छ। आग्रह, पूर्वाग्रह, दूराग्रह राखेर पूर्व निर्धारित मनस्थितिमा यसो हुनुपर्छ, यसो भएको होला भनेर अनुमानको भरमा अनुसन्धान अघि बढाएको भए हामी आफैं कति इमान्दार रहन सक्थ्यौं होला? हामीले त्यसो गर्ने प्रयास कहिल्यै गरेनौं। हाम्रो टोलीले त्यो तहको इमान्दारिता प्रदर्शन गरेको छ, अहिलेको परिणाम त्यसकै उपज हो।

 ईश्वरराज पौडेल

ईश्वरराज पौडेल

तपार्इंहरुले गरेका कामप्रति सन्देह रहेन। तर ठूला माछा पक्राउ पर्छन् भनेर पक्राउ नपरेको पनि यथार्थ हो नि?
निर्धारित समयमा हुने अनुसन्धानमा ‘यति समयमा यो त्यो राफसाफ गर्ने’ भन्ने विषय चुनौतीपूर्ण काम हो। हामीले पाएको समायावधि र प्रमाण अभावमा यो अनुसन्धानमा ती व्यक्ति नपरेका होलान्। तर टोली नरहे पनि अनुसन्धान जारी रहन्छ। सरकारले नीतिगत निर्णय गरेर अनुसन्धान थाले अहिले बचेखुचेका अरु यस्ता गतिविधिमा संलग्न कोही बच्न सक्दैनन्। हाम्रो टोलीको समय सकिए पनि देशमा अनुसन्धानकै लागि भनेर तोकिएका नेपाल सरकारका निकायहरु छन्। सिआईबी छ। प्रहरी प्रधान कार्यालयले छुट्टै टोली पनि बनाउला। उनीहरुले काम अघि बढाउँछन् भन्ने मेरो अपेक्षा छ।

एउटा महत्वपूर्ण घेरासम्म तपार्इंहरु पुग्न नसक्नु भएको त देखियो नि, होइन?
हामीले दुई घेराहरु अनुसन्धान गर्न सकेका छैनौं। जस्तो दुबईमा रहेको नेपाली र अन्य देशका नागरिकको एउटा व्यापारी समूह, जसको सहयोगमा सुन आउने गर्छ। यो अनुसन्धानले पुष्टि गरेको विषय हो। दुबईमा एउटा ठुलो घेरा छ। हामीले अभियोजनमा फरार भनेर राखेका व्यक्तिहरु जो अहिले पक्राउ पर्ने क्रममा छन्। उनीहरुलाई यदि यही समयवधि भित्र ल्याउन सकेको भए उनीहरुबाट थप घेराको खुलासा हुने थियो। उनीहरुलाई छिटो पक्राउ गरी ल्याएर हाम्रो टोलीले बयान लिएको भए थप खुलासा गर्न सक्थ्यो। नेपालमै लुकिछिपी रहेका र भारतमा रहेकालाई पक्राउ गर्न समकक्षीहरुसँग सहकार्य भइरहेको छ। फरारको सूचि लामो छ। ती फरार रहेकाहरुलाई पक्राउ गरेको भए थप खुलासा हुने थियो भन्ने मलाई लाग्छ। सरकार निर्णय गरेर अघि बढेमा र राज्यका निकायले इमानपूर्वक काम गरे त्यो उदांगो हुन असम्वभ छैन।

अनुसन्धान टोलीले इमान्दार प्रहरी अधिकारीलाई फसायो, अनुसन्धानको शैली नै भएन, अभियोगपत्र प्रमाणमुखीभन्दा बयानमुखी भयो भन्ने टिप्पणी आएका छन्। तपार्इंले यी विषयलाई कसरी लिनु भएको छ?
पहिलो कुरा त कार्यदेशको विषय वा समितिको विषयका आधारमा भन्दा यो (विशेष अनुसन्धान टोली) संगठित अपराध निवारण ऐनअनुसार गठन भएको हो। विशेष टोली भनेको विशेष कामका लागि गरिन्छ, यो त्यही हो। यसको कार्य क्षेत्र भनेको संगठित सुन तस्करी, त्यसका कारणबाट हुन गएका व्यक्ति हत्या, अपहरण तथा शरीर बन्धक, यातनाको अनुसन्धान गर्ने हो। त्यसको सिलसिला बढ्दै गएको थियो। सम्मानित सदनबाट बनेको एेनअनुसार टोलीले यही कार्यदेश पाएको हो। यहाँसम्म प्रश्न उठाउनु पर्ने ठाउँ रहेन।

दोस्रो कुरा समितिमा को रहने, कस्तो व्यक्ति रहने भनेर नियोजित ढंगले टोली गठन गरिएको भए त्यसले कति काम गर्न सक्थ्यो? अहिले मसँग रहनु भएका वरिष्ठ प्रहरी अधिकारीहरु यसअघि सनम शाक्य हत्या अनुसन्धानमा प्रहरीकै अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले बनाएको टोलीमा पनि हुनुहन्थ्यो। को अब्बल रह्यो को दुर्बल रह्यो के ले नाप्ने हो? कसको शैली ठिक कसको बेठिक भन्ने आधार के हो? यदि परिणामले मापन गर्ने हो भने हामीले त काम गरेर देखाएका छौं, त्यो हेर्नुपर्छ। र, अर्को सबैभन्दा ठूलो कुरा इमान्दारिता हो, हामीले त्यसमा कसैले प्रश्न गर्ने ठाउँ रत्तिभर छोडेका छैनौं। हाम्रो टोली र कामबारे भएका टिप्पणीहरु मैले पनि सुनें। तर मैले बुझ्न सकेको छैन, त्यसको आसय र उद्देश्य के हो? अनुसन्धान तथ्यगत, वैज्ञानिक र इमान्दारीपूर्वक हुनुपर्ने हो भने त्यो हामी भएका छौं।

 ईश्वरराज पौडेल

ईश्वरराज पौडेल

अपराधशास्त्रमा एउटा भनाइ छ– एक जना दोषीलाई उन्मुक्ति दिनुभन्दा ठूलो अपराध एउटा निर्दोषलाई अभियोग लगाउनु हो। एसएसपी दिवेश लोहनी पक्राउ पर्दा यो भनार्इ धेरैले सम्झिएको सुनियो नि?
हेर्नुस्, सुन तस्करी अनुसन्धान गरेको हामीले मात्र होइन। योभन्दा अगाडि पनि सुन तस्करीको अनुसन्धान गर्न प्रशस्त समिति वा टोली, विशेष अनुसन्धान टोली बनेका हुन्। तिनले गरेका अनुसन्धान हामीले देखेका छौं, सारा नेपालीलाई थाहा भएकै कुरा हो। तिनले दिएका नतिजाहरु, अदालतमा पुगेका मुद्दाका फाइलहरु कस्ता छन्, त्यो जगजाहेर छ। साढे ३३ किलो, ३८ किलो र ८८ किलो सुन प्रकरणमा के भयो ती फाइलहरु हेर्न म तपार्इंलाई आग्रह गर्दछु। कसले कति कमजोर आधार प्रमाणका आधारमा मुद्दा उठाएको रहेछ, कसले कति बलियो आधार प्रमाणमा उठाएको छ तपार्इं आफैं छर्लङ्ग हुनुहुनेछ। हाम्रो काम अहिले सबै अदालत पुगिसकेको छ। त्यसैले कुन बलियो अनुसन्धान भएछ, कुन कमजोर भएको रहेछ तुलना गरेर हेर्न मेरो आग्रह छ। मैले कसैको अनुसन्धानलाई त्रुटिपूर्ण भन्न खोजेको होइन। मात्र हामीले कति चिर्न सक्यौं भन्ने कोणबाट मात्र भनेको हो।

जहाँसम्म तपार्इंले उठाएको व्यक्तिको सवाल छ यसबारेमा हामीभित्रै पनि छलफल चलेको हो। अनुसन्धान थाल्नुअघि नै उनी निर्दोष छन्, अनुसन्धान समितिले फसाउन लाग्यो भन्ने बहस सुनिएका हुन्। यस्तो किन जरूरी पर्छ र? यो सब तथ्य, प्रमाण र त्यसको संगति हेरेरै अघि बढाइएको फाइल हो। इच्छा, आग्रह वा पूर्वाग्रह राख्नुभन्दा अनुसन्धान सिलसिलामा देखिएका प्रमाण, जोडिएका व्यक्ति, उसको आसयलाई आधार मान्नुपर्छ भन्ने हो। हामी त्योभन्दा पर गएका छैनौं। प्रमाणभन्दा बढी मनोगत आग्रह, पूर्वाग्रह राखिरहन हुन्न।

यो प्रकरण साढे ३३ किलो सुन गायब भएपछि सुरु भएको थियो। आखिर त्यो साढे ३३ किलो सुन त भेट्टाउन सक्नु भएन नि?
यो हाम्रो अनुसन्धानको सुरुवात थियो। साढे ३३ किलो सुन खोज्दै जाँदा त्यो समूहमा रहेकाहरुलाई अभियोजन गरिसक्यौं। हामी त त्यो समूहले भित्र्याएको ३ हजार ८ सय किलो सुनसम्म पुगेका छौं। यो बीचमा हामीले ब्याक ट्रयाक गरेका छौं। चारदेखि पाँच वर्षको समयका घटना केलाएर हेरेका छौं, त्यसमा भेटिएका अकाट्य प्रमाणहरु हामीले अदालतमा बुझाएका छौं। अर्को कुरा ३३ किलो वा साढे ३३ किलो सुनका जो मुख्य अभियुक्त हुन्, उनीहरुले समेत हामीले ल्याएको हो, हराएको हो भनेका छन्। हाम्रो बयानमै भनेका छन्। यही समूहले हामीले ७० सालदेखि सुनको कारोबार गरिरहेका थियौं भन्ने कुरा स्वीकारेको छ। अब ३३ किलो सुन कहाँ छ, साढे ३३ किलो भेटिएन भन्नु विषयान्तर गर्ने कुरा हो। जहाँसम्म सुन कहाँ गयो भन्ने कुरा छ त्योसँग जोडिएका केही तथ्य प्रमाणहरु हामीले अदालतमा बुझाएका छौं। त्यसका केही आधार संकेतहरु हाम्रो अनुसन्धानले स्पष्ट पहिल्याएको छ। तर लुट्न सक्ने सम्भावित समूह भनेको यही समूह भित्रकै कोही हुनसक्छ। यो ग्याङको साना साना सेलहरु छन्। निश्चित कामका लागि निश्चित सेलले काम गरेको देखिन्छ। हराएको साढे ३३ किलो सुन ल्याउने व्यक्ति सानु बनको मृत्यु भइसकेको छ। गोरे समूहको यातना, शरीर बन्धक र अन्य क्रुर यातना सहन नसकेर उसले ट्याक्र मुनी आफैँ छिरेर आत्महत्या गरेको छ। उसको मृत्युको कारणले गर्दा पनि थप प्रमाण भेट्न कठिन भएको हो।

भिडियाे

विमल पोद्दार र एमके अग्रवालसँगै उनीहरुका व्यवसायिक साझेदारको संलग्नता सुन तस्करीमा रहेनछ?
तपार्इंले संकेत गर्न खोजेको विषय म अनुमान गर्न सक्छु। तर प्रमाण मात्र यस्तो चिज हो जसले कसैलाई छोड्ने र कसैलाई जोड्ने कुरा निर्भर गर्छ, गरिनुपर्छ। प्रमाण अभावमा कसैले पोलेकै भरमा हामी अघि जान सक्दैनौं, जानु पनि हुँदैन। तपार्इंले भनेजस्तै केही पात्रहरु हुन सक्छन्, यो भन्दा माथिल्लो तह वा तल्लो जुन तह भन्नुहोस्। भोलि अदालतको फैसला पनि आउला, त्यहाँ पनि देखिएला। फेरि पनि भन्छु, प्रमाण भेटिए जति सबैलाई हामीले एकै प्रकारले हेरेका हौं। सरकारले दिएको कानुनको दायराभित्र रहेर इमान्दारी, निष्ठाका साथ हामीले काम गरेका हौं।

सुन तस्करी प्रकरण अनुसन्धानको निचोड के हो? यतिका वर्षसम्म किन यसको गम्भीर छानवीन हुन नसकेको रहेछ?
हाम्रा केही निकायहरु छन्, तिनको क्षमता कमजोर छ। बेइमान नेतृत्वले तिनलार्इ कमजोर बनाएकाे हो भन्ने लाग्छ। नेतृत्वमा इमानको अभाव छ। अर्को अर्थमा भन्नुपर्दा बैमानी व्याप्त छ। अवाञ्छिन गतिविधि, अवैध धन्दा, तस्करीजन्य क्रियाकलाप फस्टाउनुमा तिनै संस्थाका बेइमान व्यक्ति जिम्मेवार छन्। सुन तस्करी फस्टाउनुमा पनि यही प्रवृत्ति मुख्य जिम्मेवार देखिन्छ। केही अभियुक्तले २०७० देखि, अझ भुजुङ गुरुङ भन्नेले ४० सालदेखि सुन तस्करी गरेको थिएँ भनेर सुनाए। यसले संकेत गरेको के हो भने मुलुकभित्र एक किसिमको ‘अन्डर लेयर’ भएर सुन तस्करी हुँदै आएको छ। त्यो ‘अन्डर लेयर’सम्म तीसौं वर्षसम्म अनुसन्धान किन पुग्न सकेन? यो आफैंमा गम्भीर प्रश्न हो। तर अहिलेको सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध जुन नीति अवलम्बन गरेको छ यसले हामीलाई आशावादी बनाएको छ।

अन्त्यमा, नढाँटी भन्दिनोस् त अनुसन्धान चलिरहँदा प्रधानमन्त्री, गृहमन्त्री वा शक्ति केन्द्रहरुबाट फलानोलाई अनुसन्धान नगर भन्ने खालको दवाब आयो कि आएन?
ढाँट्नु पर्ने कुरा केही छैन, सुन तस्करीको अनुसन्धानका क्रममा कुनै दबाब वा प्रभाव केही आएन। धेरै समय त मेरो मोबाइल फोन नै अफ रहन्थ्यो। दबाब र प्रभावमा परेको भए यति काम सम्भव हुने थिएन। यो सरकारले भ्रष्टाचार र तस्करीजन्य अवाञ्छित कार्यविरुद्ध जुन किसिमको अडान राखेको छ, त्यसले हामीलाई मात्र नभइ इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीलार्इ काम गर्न हौसला मिलेको छ। एक सय दिनको अवधिमा तस्करीको सञ्जाललाई भत्काउन हामी एक हदसम्म सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारका निकायको सहकार्यमा सुन तस्करी शून्यमा झार्न सकिन्छ।

फाेटाे/भिडियाे: प्रविन काेइराला

प्रकाशित १ साउन २०७५, मंगलबार | 2018-07-17 10:27:52
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं