नेपाल एयरलाइन्स बोइङमा फर्किंदैन, एयरबसमै जान्छः पर्यटनमन्त्री अधिकारी (भिडियो अन्तर्वार्ता)

चिनियाँ जहाज भाडा लगाउने तयारी, नेवानिकाे साझेदार लुफ्थान्सा नहुने




संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट मूलधारको राजनीतिमा उदाएका रविन्द्र अधिकारी ओली सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन्। मन्त्री भएको सय दिनभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालनमा ल्याएर चर्चामा रहेका उनी सामाजिक सञ्जालमा आउने जनगुनासो समेत तत्काल सम्बोधन गर्छन्। नेपाल भ्रमण वर्ष २०२०, गौतमबुद्ध, पोखरा एवं निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एवं नेपाल वायु सेवा निगमसहितका विषय समेटेर मन्त्री अधिकारीसँग नेपालखबरका लागि बबिता तामाङले गरेको वार्ता:

सरकारले भर्खरै १०० दिन पूरा गर्‍यो। पर्यटन क्षेत्रको विकासका लागि के गर्नुभयो?
हामीले सरकारका सय दिनमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं। पर्यटन मन्त्रालयका सन्दर्भमा ३-४ वटामा काम देखिने गरी भएका छन्। यो कुरा सर्वसाधारणले पनि महसुस गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमान्सलको व्यवस्थापन र त्यसभित्रको एयर ट्रफिक चापमा सुधार भएको छ। मैले १०० दिनमा जे हालिस गर्ने लक्ष राखेको थिएँँ त्यो सम्भाव भएको छ। आकाशमै जहाज होल्ड हुने समस्या कम भएको छ। सरसाफाई, अध्यागमन, यात्रुको सुरक्षाको पाटो सुधार भएको छ। त्यस्तैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे स्तरोन्नति गर्ने काम गरिरहेकाछौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान्सथलमा एशियाली विकास बैंक र ठेकेदारबीच समस्या थियो। त्यो सुधार भएर काम अघि बढिरहेको छ। निजगढ दोस्रो अन्तर्राष्ट्रि विमानस्यलको काम पनि अघि बढेको छ। यो विमानस्थलका लागि अवश्यक वातारवरणीय प्रभाव मूल्यांकन रिपोर्ट केही समय अघिमात्र तयार भएको छ।

त्यसैगरी सम्पदाको पूननिर्माण अन्तर्गत रानीपोखरी, धरहराको पुनःनिर्माण काममा देखिएको समस्या समाधान गरी काम अघि बढेको छ। काष्ठमण्डपसहितका सम्पदा पुननिर्मणको काम अघि बढेको छ। पर्यटकको संख्या वृद्धि गराउँने सन्दर्भमा चिनिया भाषामा वेबसाइट बनाउने कार्य सम्पन्न गरेका छौं। भिजिट नेपाल २०–२० को तयारी अगाडी बढेको छ। खासगरी हामीले १०० दिनमा जति काम सम्पन्न गर्ने भनेका थियौ समग्रमा भन्नुपर्दा त्यो कामको ९७ प्रतिशत काम सम्पन्न गरेका छौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन त भयो। तर १२ बजेपछिका लागि एयरलाइन्स कम्पनीहरुले स्लट लिएका छन् त?
वायुसेवा कम्पनीहरुले स्लटका लागि निवेदन दिइरहेका छन्। हामीले खासरी २१ घण्टा सञ्चालन सँगसँगै पिक आवर र लेन आवर। पिक आवरलाई व्यवस्थापन गर्दैछौं। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बाहेक अन्य विमानस्थलमा समेत रात्रीकालिन सेवाहरु सञ्चालन सुरु गरेका छौँ। केही विमानस्थलमा अबको १५ दिनपछाडि रात्रिकाली सेवा सुरु हुन्छ। अन्तर्राष्ट्रिय विमास्थको चापलाई कम गराउनका लागि बन्द रहेका कतिपय नयाँ विमानस्थल सञ्चालनमा ल्याएका छौं। यसले एयर ट्राफिक चापलाई घटाउनेछ। विभिन्न विमानस्थलमा हामीले पार्किङ बे र ट्याक्सी बे निर्माण कार्यलाई पनि अगाडि बढाएका छौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थमा भैराखेको आन्तरिक उडानका लागि वैकलपिक विमानस्थलका रुपमा लिइएको नाँगीडाँडा विमास्थल कहिले सम्म निमार्ण हुन्छ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका कारण जुन चाप बढेको छ त्यसलाई हटाउन हामीले प्रारम्भिक अध्ययनमार्फत नाँगीडाँडामा विमानस्थल बनाउन लागेका हाैं। सबै सरकारी प्रक्रिया अनुसार ५ देखि ६ वर्ष सम्म लाग्ने देखिन्छ। तर म साढे २ देखि ३ वर्षभित्र सकाउने गरी काम गर्ने तयारी गर्दैछु। यो विमानस्थल डिजाइन एण्ड बिल्ड मोडलमा तयार गर्ने सोच रहेको छ। यो मोडलमा विमास्थल निमार्ण नहुने भए अरु मोडल अपनाएर समेत काम गर्नेछौं।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि कोरियन कम्पनीले डिपीआर गरेको थियो। जुन सरकारले स्वीकार्ने पनि भन्यो। त्यसबापत सरकारले कति रुपैयाँ तिर्ने भएको छ?
कोरियन कम्पनी एलएमडब्लुले तयार गरेको विस्तृत सम्भाव्यता अध्ययन रिपोर्ट (डिएफएस) हामीले लिएका छौं। त्यो रिपोर्ट तयार गरे बापत कति पैसा लाग्ने हो त्यो उहाहरुलाई दाबी गर्न हामीले आग्रह गरेका छौं। कोरियन कम्पनीको डिपिआर स्वीकार नगरेसम्म निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढ्न सक्ने अवस्था थिएन। त्यसैले हामीले त्यो समस्या समाधान गरेका हौं। हामीले रिर्पोट स्वीकारेका छौं। पैसा दाबी गर्ने काम उहाँहरुको हो। तर उहाँहरुबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। हाम्रो सम्झौताअनुसार पैसा दिन्छौं। अहिलेसम्म मौखिक रुपमा मात्र पैसा दावा गर्दौ आइरहेकोमा हामीले खर्च विवरण लिखित रुपमा दाबी गर्न अनुरोध गरेका छौं। यसअघिका सरकारले लामो समयसम्म उनीहरुलाई प्रतिक्रिया दिएनन्। अब त्यस्तो हुँदैन। समयको ग्यापका कारण भएको क्षतिको समेत मूल्यांकन समितिले अध्ययन गर्नेछ। यो समस्या समाधान गरेर हामी अघि बढ्छौं।

भिडियाे

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटीमा मन्त्रालय वर्षौंसम्म स्पष्ट हुन नसक्दा जनमानसमा यसभित्र चलखेल भइरहेको भन्ने सन्देश गएको छ। अब तपाइँ स्पष्ट भइसक्नुभएको हो कुन मोडालिटीमा जाने भनेर ?
पहिला के भयो त्यो कुरा मलाई थाहा हुने कुरा भएन। म आएपछि निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउँछु भनेर नै काम गर्दै आएको छु। यो विमानस्थल पिपिए, बुट, एपिसिएफ मध्य एउटा मोडालिटिमा बन्नेछ। अहिलेसम्म कुन मोडालिटिमा जाने भन्ने निश्चित छैन्। तर अबको १ महिनाभित्र यो विमानस्थल कुन मोडालिटिमा बन्छ भन्ने निक्र्यौल हुन्छ। मोडालिटी तय गरेसँगै हामी विडिङ प्रोसेसमा जान्छौं। वातावरणीय प्रभावन मुल्याङकन रिर्पोट (इआइए) त्यसकै तयारी हो जुन तयार भइसकेको छ। रुख कटान, जग्गा प्राप्तिका काम सुरु भइसकेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति विबरण कस्तो छ ? कहिले सकिन्छ ?
म पर्यटनमन्त्री भएर आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अवश्यक सम्झौहरु भएका छन्। योभन्दा अगाडि काम ढिला भएको हो। यो कुरा म स्वीकार्छु। ऋण सम्झौता पछिका कार्यहरुमा ढिलाई भएकाले गर्दा विमानस्थ निमार्णमा पनि ढिलाई भएको हो। साथै नेपाल पक्षले विमानस्थल निर्माण गर्ने सन्दर्भमा चासो कम दिएकाले गर्दा समेत यो अवस्था आएको हो। नेपालका विकासमा ढिलाई हुनुको मुख्य कारण आफ्नो फाइदा खोज्नु हो। त्यो प्रवृति पोखरा विमास्थल निर्माण कार्यमा समेत देखिएको हो। कुनै काम गर्नु पहिले समय सिमा तोकेर अगाडि बढ्नु पर्छ। काम गर्न हाम्रोमा त्यो प्रवृति छैन। हामी आफैँले चासो दिएनौ भने कन्ट्रयाक्टरले समेत काममा ढिलाई गर्छ। हामीलाई विमानस्थल आवश्यक भएको हुँदा चासो हामीले दिनु पर्ने हो। त्यसैले विगततर्फ म धेरै जान चाहन्न। म आएपछि समस्यालाई समाधान गर्दै अगाडि बढ्ने काम भएको छ।

प्रधानमन्त्री ओलीले नै भारतले आकाशमा पनि कञ्जुस्याइँ गर्‍यो भनेर सार्वजनिक रुपमै भन्नुभयो। भारतले किन एयर रुट दिन नमानिरहेको हो ? उनीहरुको भनाइ के हो ?
एयर्पोट्स अथोरिटी अफ इन्डिया (एएआइ) को प्राविधिक समूह एयर रुटबारे छलफल गर्न यही जुनमा नेपाल आउँदैछ। उनीहरुले मिति तोकेरै नेपाल सरकारलाई पत्राचार गरेका छन्। त्यही अनुरुप बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडान गर्ने घोषणा गरेको हो। यस्तैगरी विरटनगर, जनकपुर, धनगढी लागयतका अन्य विमानस्थलहरुबाट समेत इन्डियाका सहरमा उडान गर्ने हाम्रो सोच छ। उड्डयन क्षेत्रमा एयर रुट प्राप्त गर्न सकेमा ब्रेक थु्र नै हुनेछ। साथै अर्को योजना भनेको प्रदेशलाई एक अर्कोसँग जोड्ने पनि हो। यती मात्र नभई क्षेत्रीय विमानस्थहरुमा नाइट स्टप समेत बनाउने योजना छ। जसले गर्दा एयर ट्राफिक चाप कम हुनेछ। हामीले भारतसँग महेन्द्रनगर, जनकपुर, नेपालगन्ज, भैरहवाबाट एयर रुट मागेका छौ। यस मध्य केही एयर रुट हामीले अवश्य प्राप्त गर्नेछौं। जसका लागि मैले मन्त्री भएपछि औपचारिक र अनौपचारिक रुपमा धेरै प्रयास गरिसकेको छु। मन्त्रालय सम्हालेदेखि नै एयर रुट प्राप्ति मुख्य समस्याको रुपमा थियो। गौतम बुद्ध विमानस्थलको निर्माण सकिनै लाग्दा समेत एयर रुट तय नहुँदा संशय बढ्नु स्वभाविकै हो। अब यो समस्या छिटै हट्नेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

भौरहवाको अन्तर्राष्ट्रिय विमानस्थल २०१९ मा सञ्चालनमा ल्याउने भनिरहनु भएको छ। भारतले एयर रुट प्रदान गर्न ढिला भएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्भव हुन्छ?
एयर रुटका कारण अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउने अवस्था आउँदैन्। यो मैले विश्वासका साथ भनेको हुँ। किन कि यो ५-६ महिनाका लागि बनेको सरकार हैन। त्यही अनुरुप मैले काम गरेको छु र गर्नेछु। त्यसैले एयर रुट नपाएर विमास्थल सञ्चालनमा नआउने स्थिति आउन दिन्न। हामीले भारतसँग औपचारीक रुपमै एयर रुटका बारेमा कुरा गरिसकेका छौं। भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमनमा आउनुहुँदा समेत उनले प्रतिवद्धता जनाएका छन्।

दुई पक्षीय सम्झौता अनुरुप एयर रुट हामीले प्राप्त गर्ने हो। एयर रुटमा गिभ एण्ड टेक हुदैन। साथै एयर रुट प्राप्त गर्नु नेपालको अधिकार समेत हो। हामीले पहिले नै एयर रुट प्राप्त गर्नु पर्ने थियो। तर हाम्रो तर्फबाट औपचारिक रुपमा पहल भएन। चाहिन्छ भनेर यहाँ भनेर मात्र हुँदैन भारतसँग कुराकानी पनि गर्नुपर्छ। म मन्त्री भएर आएपछि त्यसमा प्रशस्त पहल भएको छ। भारत अहिले हवाई रुट दिन तयार भएको छ।

चीनसँग हवाई कनेक्टिभिटी बढाउने भनेर तपाइँले सार्वजनिक रुपमै भन्नुभयो। यतातर्फ के छ प्रगति?
हामीले चीनबाट जति उडान हुन्छ त्यति नै उडान नेपालले पनि चीनमा गर्न पाउनु पर्छ भनेका छाैं। यो छलफल अनौपचारिक तहमा मात्र भएको हो। नेपाल एयरलाइन्सले बेइजिङ लगाएतका सहरहरुमा उडान भइरहेको छैन। त्यसैले पनि हामीले यो अवधारणमा कुरा अगाडि बढाएका हौं। तर त्यसो गर्दा हाम्रो बजारले धान्न सक्छ कि सक्दैन भन्ने एउटा पक्ष छ। यो विषयमा निकट भविषयमा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा थप छलफल हुनेछ।

सय दिनभित्र सबै चिनियाँ जहाज सञ्चालनमा ल्याउने तपाइँको प्रतिबद्धता थियो। के अब ६ वटै चिनियाँ जहाज चल्ने भए त?
चिनियाँ विमान २ वटा सञ्चालनमा छन्। ४ वटा विमान अहिले सञ्चालनमा छैनन्। यी विमानहरु सञ्चालनमा आउने नै छन्। यी विमानका लागि मुख्य समस्या भनेको पाइलटको अभाव हो। सञ्चालनमा ल्याउनका लागि पाइलट खोज्नका साथै निजी क्षेत्रलाई भाडामा दिन सकिन्छ कि भनेर हामीले सोचेका छौं। यी विमानबारे बजारमा धेरै हल्ला चलेका छन्। त्यो हल्लाको पछाडि नलागेर यो विमान सञ्चालनमा ल्याउने प्रयासमा हामी छौं।

पछिल्लो समय नेवानि बोइङ बेच्दै एयबसतर्फ लहसिरहेको देखिन्छ। यसमा ठूलो कमिसनको खेलले काम गरेको छ भनेर समय समयमा विवाद आइरहन्छ । वास्तविकता के हो ?
विमान खरिद गर्ने बेला प्रश्न नउठेका हैनन्। जुन बेला म विकास समितिमा थिएँ त्याे बेला एयरबस किन्ने कि बोइङ किन्ने भनेर कुरा उठेका थिए। यतिबेला एयरबस संसारभरि चलिराखेको छ, एयरबस किन्नु पर्छ भन्ने कुरा उठ्यो। अब त्यतिखेर के भयो भनेर सोच्नु हुन्न। अब नेपाल वायुसेवा निगम एयरबसमै जान्छ, बोइङमा फर्किंदैन। नयाँ दुईवटा एयरबस आएसँगै निगमसँग ४ वटा एयरबस हुन्छन्। एकै किसिमका विमान हुँदा तालिम, पाइलट र अरु प्राविधिक हिसाबले पनि सहज हुन्छ भन्ने हो।

नेवानिले भएकै विमान सञ्चालनका ल्याउँन सकेको छैन्। थप चिनियाँ जहाजले के गर्नुहुन्छ?
निगमले चिनिया विमानको व्यवस्थापन गर्ने तर्फ सोचिराखेको छ। ती विमानको व्यवस्थापन भएसँगै नयाँ ६ वटा विमान थप गर्ने सोच छ। ६ वटा विमान थप नभएमा हामीले पहाडी क्षेत्रमा उडान गर्न सक्दैनौं। अहिले हवाई सेवामा प्रतिगमन भएको छ। सबै विमान कम्पनी काठमाडौं मात्र केन्द्रित छन्। जसले गर्दा हवाई ट्राफिक चाप बढेको छ। त्यसले गर्दा अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भइरहेको छ। नयाँ विमान थप भएसँगै विमानहरु नेपालगन्ज, पोखरा, विराटनगर, काठमाडौंमा लगायतका विमानस्थलहरुमा छरिएर रहने छन्।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

एक पटक नेवानिको रणनीतिक साझेदारको रुपमा लुफ्थानसा भित्र्याउने भन्ने कुरा अघि बढेको थियो। त्यो कहाँ पुगेको छ?
लुफ्थान्सा नै नभए पनि अरु साझेदारी संस्था निगमका लागि अवश्यक छ। हामीलाई साझेदार चाहिएको हो। ब्रोकर हैन। तर साझेदार कागजका रुपमा मात्र सीमित भएर भएन। हामीले भौतिक रुपमै साझेदार खोजेका हौं। एउटाले ठेक्का पाउने र अर्कोले काम गर्ने भन्ने कुरा यहाँ हुँदैन। हामीलाई भौतिक र कागजी दुवै साझेदार चाहिएको हो। जुन दिन त्यो प्रक्रिया पूरा गरेर काम अगाडि बढ्छ त्यो दिन रणनीतिक साझेदारी भित्रिन्छ। हामी नेवानिका लागि साझेदार भित्र्याउन अध्ययन गरिरहेका छौं।

नेपाल अझै इयुको कालो सूचीमा छ। यसका लागि पहल के भैराखेको छ?
आइकाओले नेपाललाई कालो सूचीवाट हटाइसकेको छ। यसको प्रमाणपत्र लिनका लागि केही समय पछि म आफैँ जादै छु। साथै इयुबाट नेपाली आकाशलाई कालोसूचीबाट हटाउन पनि हामी प्रयासरत छौं। यो विषयमा मैले इयुका राजदुतसँग छलफल गरेको छु। अब हुने मिटिङमा उनीहरुले पुनःविचार गर्नेछन् भन्नेमा हामी ढुक्क छौं। इयुले जे जे इन्डिकेटर तोकेको थियो कालोसूचीबाट हटाउनका लागि अहिले नेपालको अवस्था त्यो भन्दा राम्रो छ।

पर्यटकको अथाहा सम्भावना भएको लुम्विनी लथालिङ्ग अवस्थामा छ। खास लुम्बिनीमा किन काम हुन नसकेको हो ?
हामीले ग्रेटर लुम्विनीका अवधारणबाट अगाडि बढाउने भनेका छौं। लुम्विनीको गुरुयोजना अनुरुप काम गर्ने भएका छौं। गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर अगाडि बढेकाछौं। लुम्विनी, तिलौराकोट, रामदह, रामग्रालाई जोडने योजना रहेको छ। बुद्धिस्ट सर्किट सुरु गर्ने भनेका छौ। अबको २ वर्षमा लुम्बिनीमा धेरै परिवर्तन देख्न पाइनेछ। केही समय पछि लुम्बिनी सबैभन्दा धेरै पर्यटक भित्रिने क्षेत्रको रुपमा विकास हुने छ।

बजेट भाषणम सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भनिएको छ। हाम्रो पर्यटन पूर्वाधारले त्यो संख्या भित्र्याउन सम्भव छ?
भिजिट नेपाल २०२० पर्यटक भित्र्याउनका लागि हामीले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने अवस्था छ। तर पर्यटकको संख्यामा हामीले तयार गरेर पठाएभन्दा केही फरक तथ्यांक बजेट भाषणमा आयो। हामीले भिजिट नेपाल २०२० का लागि १५ लाख भित्र्याउने लक्ष पठाएका थियौं। मन्त्रालयको बजेट सिलिङमा पनि भिजिट नेपाल २०२० मा १५ लाख पर्यटक भित्र्याउने भन्ने नै छ। अर्थलाई पनि त्यही तथ्यांक पठाएको हो। तर बजेट भाषणमा फरक भएर आयो। अब हामी पर्यटकलाई आवश्यक पर्ने सेवा सुविधा उपलव्ध गराउने निजी क्षेत्रसँग साझेदार गरेर अघि बढ्छौं। त्यसका लागि सरकारले सकारात्मक भूमिका निर्वाह गर्छ। हाल विभिन्न ट्रभल मार्टहरुमा नेपालले भाग लिदै आएको छ भने चिनिया पर्यटकको संख्या वृद्धि गराउँनका लागि चिनिया बेवसाइट सञ्चालनमा ल्याएका छौं।

तपाइँले नयाँ विमानस्थल थप नगर्ने बताउँदै आउनु भएको थियो बजेट भाषणमा दाङमा वैकल्पिक विमानस्थल निर्माणको घोषणा भयो। यस्तो कसरी हुनपुग्यो?
दाङ एसियाको ठूलो उपत्यका भएकाले गर्दा विमानस्थल निमार्णका लागि अध्ययन गर्ने मात्र भनिएको हो अहिलेलाई।

तस्विर/भिडियाे: प्रविन काेइराला

प्रकाशित १७ जेठ २०७५, बिहिबार | 2018-05-31 16:57:11
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...