अन्तर्वार्ता

प्रचण्ड महत्वाकांक्षी होइन, उच्च आकांक्षी नेता हुन्ः विष्णु पौडेल

‘रोजगारीको खोजीमा विदेश गएका नेपाली पाँच वर्षपछि फर्किन थाल्नेछन्’




विष्णु पौडेल
विष्णु पौडेल
प्रविन कोइराला

एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन निर्माण र पार्टी एकता प्रक्रियामा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निकट रहेर शुरुदेखि नै सक्रिय केही नेतामध्ये एक हुन् एमाले उपमहासचिव विष्णु पौडेल। एकता प्रक्रियालाई अहिलेको अन्तिम चरणसम्म ल्याउन बालकोट र खुमलटारलाई जोड्ने धेरै प्रयासमा पौडेलले सफलता पाएका छन्। यसअघिको ओली सरकारमा सफल अर्थमन्त्री कहलिएका पौडेल यसपटक मन्त्री बन्ने भन्दा पनि सरकार बाहिरै बसेर एकीकृत पार्टीलाई व्यवस्थित गर्ने जिम्मेवारीमा रहने तयारीमा छन्। शुक्रबार थापाथली ब्लुबर्ड मलस्थित नेपालखबर कार्यालय अवलोकनमा आएका विष्णु पौडेलसँग पूर्ण बस्नेत, सीताराम बराल र कृष्ण ढुंगानाले गरेको वार्ता:

वाम सरकारले आर्थिक समृद्धिलाई मुख्य लक्ष बनाएको छ, त्यस सम्बन्धी कुनै तयारी खाका छ कि योजना बनाउँदै काम गर्दै जाने हो?
हामीसँग मुल दृष्टिकोण र योजना छ। हाम्रो दृष्टिकोण र योजना निर्वाचन घोषणापत्रले बोकेको छ। हामी समृद्धिको कुरा गरिरहेका छौं, विकास र सामाजिक न्यायको कुरा गरिरहेका छौं। कस्तो नीति, कस्तो दृष्टिकोण र कस्तो योजनाका आधारमा हामीले समृद्धि हासिल गर्छौँ, विकासका अभियानलाई अगाडि बढाउँछौं र सामाजिक न्यायलाई सुनिश्चित गर्छौँ भन्ने कुराको एउटा खाका हाम्रो घोषणापत्रले दिन्छ। त्यसको आलोकमा योजना निर्माण गरेर अघि बढ्छौं।

मसिनो रुपमा कुनै योजना बनेको छैन?
बिस्तृत रुपमा त जिम्मेवारी पाएपछि योजना बनाउँदै जाने हो। यसभन्दा अगाडि घोषणापत्र लिएर हामी जनताबीच गयौं, यिनीहरु लायक छन् भनेर हामीलाई जनताले जिम्मेवारी दिए। भर्खरै हामीले जिम्मेवारी पाएका छौं। हामी घोषणापत्रको आधारमा योजना निर्माण गर्दै आफ्नो भुमिका निर्वाह गर्दै जान्छौं।

यो सरकारले पाँच वर्षको जनादेश पाएको छ, पाँच वर्षपछिको नेपाल कस्तो हुन्छ भन्ने कुनै परिकल्पना गर्नु भएको छ?
पाँच वर्षपछि मुलतः नेपालबाट रोजगारीको खोजीमा विदेश जाने क्रम रोकिन्छ। र विदेशमा रोजगारीका लागि गएका नेपालीहरु क्रमशः नेपाल फर्किन थाल्नेछन्। विदेशमा भन्दा राम्रो अवसर नेपालमै छन् भन्ने उनीहरुले अनुभुति गर्नेछन् र नेपाल फर्किने क्रम शुरु हुनेछ। पाँच वर्षपछिको नेपालको महत्वपूर्ण सुचक यो हुनेछ। दोश्रो, हाम्रो देश अविकास, गरिबी र पछौटेपनमा रहँदैन, यसले विकास र सामाजिक न्यायको बाटो तय गर्छ। हामी हाम्रै जीवनकालमा समृद्ध हुन्छौं। आम जनताले यस्तो अनुभुती गर्नेगरी भौतिक र सामाजिक–सांस्कृतिक आधार निर्माण गर्छौँ। यसका लागि गर्नुपर्ने जेजस्ता पूर्व कार्यहरु छन्, पूर्वाधारको क्षेत्रमा, सांस्कृतिक–सामाजिक क्षेत्रमा हामी ति कामहरुलाई अगाडि बढाउँछौं।

भिडियोः प्रविन कोइराला

नेपालको व्यापार घाटा ठूलो छ, त्यसलाई ट्रयाकमा नल्याइ समृद्धि पनि नहोला। व्यापार घाटा कम गर्ने के छ योजना?
पछिल्लो दिनमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुन्छ भन्ने कुराका केहि संकेतहरु आइसकेका छन्। नेपाल आफ्नो खुट्टामा दह्रोसँग उभिन्छ। यो दायाँपनि कोल्टे पर्दैन, बाँयापनि कोल्टे पर्दैन। पारस्परिक लाभ र समानताका आधारमा छिमेकीसँगको सम्बन्धलाई विकास गर्छ। नेपालको हितलाई केन्द्र भागमा राखेर छिमेकी र संसारका सबै मुलुकसँगको सम्बन्धलाई अगाडि बढाउँछौं। अन्तर्राष्ट्रिय सम्बन्धका सवालमा नेपाल यो बाटोबाट अगाडि बढ्दैछ भन्ने संकेत देखिइसकेका छन्।

जहाँसम्म व्यापार घाटाको कुरा छ, रेमिट्यान्समा आधारित भएर हाम्रो अर्थव्यवस्था धान्नु परिरहेको छ, यी चीजहरुमा हामी गुणात्मक ढंगले परिवर्तन गर्छौँ।

छिमेकी देशका केन्द्रबाट नेताहरूलाई तारन्तार आउने फोन कलले उनीहरूको प्रभाव यथावत नै छ भन्ने देखाउँछ, अबको नेपालले छिमेकीसँगको सम्बन्धमा नयाँ यात्रा तय गर्छ भन्ने बलियो आधार के हो?
हामी छिमेकी हौं, छिमेकीसँगको सम्बन्ध मित्रतापूर्ण हुनुपर्छ। एकले अर्कालाई समान हैसियतमा सम्मान गरेपछि सम्बन्ध मित्रतापूर्ण हुन्छ। हामी हाम्रा छिमेकीहरुलाई सम्मान गर्छौँ, उनीहरुका जायज सवाललाई ध्यान दिन्छौं। उनीहरु पनि हामीलाई त्यही ढंगले सम्मान गर्ने र हाम्रा जायज सरोकारलाई सम्बोधन गर्ने ढंगले अगाडि आइरहेका छन्। छिमेकी मुलुकका राष्ट्र प्रमुखहरुले फोन गर्ने, सम्पर्क गर्ने कुरा त स्वभाविक हो। यसलाई अस्वाभाविक मान्नुपर्ने अवस्था छैन।

भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुन्छ भनेर पहिलाका सरकारले पनि भन्दै आएका थिए। यो सरकारले त्यसलाई कसरी व्यवहारमै सावित गर्ला?
हिजोको सरकारले के ग¥यो भनेर समिक्षा गरिरहनु नै पर्दैन, सबैले देखेकै कुरा हो। हिजोको सरकार भनेर यो भन्दा ठिक अगाडिको सरकार भन्न खोजिएको होला। त्यो सरकारले कस्तो सम्बन्ध विस्तार गर्न चाह्यो अथवा सम्बन्धका कस्ता प्रवृत्तिहरु प्रकट भए भनेर पनि सबैले देखिकै कुरा हो। म फेरिपनि दोहो¥याएर भन्छु, हामी हाम्रो हितमा केन्द्रीत हुन्छौं। नेपाल र नेपालीको हितलाई केन्द्र भागमा राखेर छिमेकीसँगको सम्बन्धलाई समानता र पारस्परिक लाभका आधारमा हामी अगाडि बढ्छौं। छिमेकीका जायज सरोकारलाई हामी ध्यान दिन्छौं, हाम्रा सरोकारलाई पनि उनीहरुले ध्यान दिनेछन् भन्ने हाम्रो अपेक्षा रहन्छ।

एमाले–माओवादी गठबन्धन र एकता नै यो सरकारको जग हो, एकता प्रक्रिय कहाँ पुग्यो?
यस विषयमा शंकाको सुविधा सबैलाई हुनुपर्छ। जसरी हामीले एकता प्रकृया आरम्भ ग¥यौं र अगाडि बढायौं, निकट विगतका अनुभवहरुले के पुष्टि गरेका छन् भने यो एकता कुनै काँचो धागोमा झुण्डिएको तरबार होइन। यो सुविचारित, व्यवस्थित र योजनावद्ध रुपमा थालिएको प्रकृया हो। यो सफलताका साथ अघि बढेको छ र सफलतामै टुंगिन्छ। निकट विगतका अनुभवहरुले पनि यहि पुष्टि गर्छन्। मानिसहरु एक समय एमाले र माओवादीलाई नदीको दुई किनारा मान्थे। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कहिल्यै मिल्न नसक्ने नेताका रुपमा चित्रित गर्थे। उहाँहरुको सम्बन्ध र दुई पार्टीको सम्बन्धलाई सबभन्दा कटुतापूर्ण र शत्रुतापूर्ण मान्थे।

जतिबेला हामीले सहमति ग¥यौं, त्यस्तो सहमति हुन्छ भनेर कसैलाई अनुमान नै थिएन। तर, दुई पार्टीबीच सहमति भयो। धेरैले यो सहमतिलाई हठात्, जादुमयी र चमत्कारिक भने। त्यो सहमतिका बारेमा टिप्पणी गरे। तर, यो कुनै जादुमयी घटना थिएन, त्यसको लामो पृष्ठभुमी छ। हाम्रा बीचमा जरुर विमतिहरु पनि रहे। हाम्रा सम्बन्धहरु कहिलेकाहिँ कटुतापूर्णपनि बने। कहिलेकाहिँ तिक्त र अप्रिय प्रकृतिका सम्बन्धहरु पनि देखापरे। तर, हामीले जुन एकताको प्रयास गरेका छौं, यो ओभरनाइट विकसित भएको घटना होइन। एकताको लामो शृङ्खला छ।

जतिबेला माओवादी साथीहरु जनयुद्धमा हुनुहुन्थ्यो त्यसबेला हामी शान्तिपूर्ण संसदीय संघर्षमा थियौं। त्यतिबेला पनि हाम्राबीचमा संवाद थियो। अनेकौं चरण र तहमा हाम्रा छलफल र बहसहरु हुने गर्थे। यो एकताको पृष्ठभुमि खोज्दै जाने हो भने त्यहाँसम्म पुगिन्छ। त्यसपछिका कुरा गर्ने हो भने माओवादी शान्ति प्रकृयामा आयो र राजतन्त्र विरुद्ध संयुक्त आन्दोलनमा हामी सहभागी भयौं। त्यसपछिका दिनमा पनि हामी कहिले सरकारमा सँगै बसेका छौं। सम्बन्धहरुमा उतारचढाव जरुर आए तर हामीले एक अर्कालाई बुझ्ने, चिन्ने र रुपान्तरण गर्ने प्रकृयालाई निरन्तरता दिँदै आएका छौं। एमाले र माओवादी केन्द्रका बीचमा पछिल्लोचोटी एकता प्रयासले तिब्रता लियो, यसको पृष्ठभुमिको कुरा गर्ने हो भने जुनदिन केपी ओली नेतृत्वको सरकार ढल्यो त्यसको भोलिपल्टदेखि नै एकताको प्रयास शुरु भएको हो।

यो एकता प्रक्रियामा तपाईं शुरुदेखि नै संलग्न हुनुहुन्छ, एकतापछि कहाँ कहाँ चुनौती आउन सक्छन् भनेर पनि विश्लेषण गर्नुभएको छ?
हामीले सहमति गर्दा मानिसहरुले यिनीहरुले सहमति त गरे तर यो कार्यान्वयन हुँदैन भन्थे। तर हामीले कार्यान्वयन ग¥यौं। चुनावमा उम्मेदवार तय गर्ने बेला यिनीहरु दुईतिर बाँडिन्छन् पनि भन्थे हामीलाई तर सहमतिका साथ हामीले उम्मेदवार तय ग¥यौं। यिनीहरुले एउटै घोषणापत्र बनाउनै सक्दैनन् पनि भन्थे तर हामीले एउटै घोषणापत्र बनायौं। त्यसपछि चुनावमा व्यापक अन्तर्घात हुन्छ भन्थे तर त्यस्तो भएन। हामी एकतावद्ध भएर निर्वाचनमा गयौं र यसखालको परिणाम लिएर आयौं। अहिले फेरि केहि मान्छेहरु यो एकता हुँदैन भन्दैछन्। यसमा दुईवटा पाटो छन्। एउटा एकता नभइदिए हुन्थ्यो भन्ने अपेक्षाको पाटो छ। यो पाटोमा सोच्ने मान्छेहरु निराश हुनेछन्।

अर्को पाटो, यिनीहरु मिल्नुपर्ने हो तर विगतमा त यिनीहरुले झगडापनि गरेका छन्, यिनीहरुका बीचमा कटुतापनि छ, त्यसैले फेरि झगडा गर्छन् कि, फेरि सम्बन्ध बिग्रिन्छ कि, एकता प्रकृया अवरुद्ध हुन्छ कि भनेर चिन्ता गर्ने दोश्रो पाटो छ। हुनुपर्छ भनेर कामना गर्ने तर हुन्न कि भनेर चिन्ता गर्ने पंक्तिलाई हामी निराश पार्दैनौं। एकता प्रकृया बलियो रुपमा अगाडि बढेको छ र बढ्छ। आजको दिनमा हामी संगठनात्मक रुपले त अलगअलग छौं तर भावनात्मक रुपले एक भइसकेका छौं। हामी आज दुईवटा पार्टीपनि हौं र एउटै पार्टीपनि हौं। हामी एकता घोषणाका निम्ति कुन मिति बढ्ता उपयुक्त होला भन्ने छलफलमा छौं अहिले। २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन छ २२ अप्रिल। त्यो दिन आउँदै छ वैशाख ९ गते। सम्भवतः हामी त्यस दिन नै एकताको घोषणा गर्नपनि सकौंला।

जहाँसम्म प्रतिकुलता र चुनौति छन् कि भन्ने प्रश्न छ, हरेक नयाँ काममा केहि न केहि प्रतिकुलता र चुनौति हुन्छ नै। निर्वाध र निरापद यात्रा त कुनैपनि मानिसले कहिलेपनि हिँड्न पाएको छैन। त्यसैले केहि न केहि समस्याहरु त आउलान् तर हाम्रो एकता प्रकृयालाई अवरुद्ध गर्नसक्ने कुनैपनि समस्या आउने छैन।

कस्ता कस्ता चुनौति आउन सक्छन् भन्ने आंकलन गर्नुभएको छ?
केहि अगाडि म पनि अल्लि चिन्तित थिएँ। यो एकता प्रकृयामा शुरुदेखि नै कुनै न कुनै रुपले सहभागी हुने एउटा पात्रका नाताले केहि ठाउँमा समस्या आउँछ कि भन्नेमा म चिन्तित थिएँ। कम्युनिस्ट पार्टीमा सैद्धान्तिक, नीतिगत र कार्यक्रमिक प्रश्नले प्रमुखता पाउँछ। हाम्रा बीचका सैद्धान्तिक, नीतिगत र कार्यक्रमिक प्रश्नलाई हामीले कसरी निरुपण गरौंला भन्ने चिन्ता थियो हाम्रा स्कुलिङ फरक रहे, हाम्रा अभ्यास र अनुभव फरक रहे, सैद्धान्तिक र कार्यक्रमिक प्रश्नहरुमा हाम्रा मुल्यमान्यता पनि फरक छन्। त्यसलाई कसरी व्यवस्थापन गरौंला भन्ने चिन्ता थियो। एक निश्चित समयसम्मको बहस, छलफलपछि हामी एउटा साझा निश्कर्षमा पुग्यौं र त्यसलाई सात बुँदे सहमतिका रुपमा सार्वजनिक पनि गरिसकेका छौं। त्यसैले अब हाम्रा बीचमा एकता प्रकृयालाई अवरोध गर्नसक्ने कुनै बिघ्न बाधा आउनेछैन। संगठनात्मक कुरालाई पनि हामीले सहजै अगाडि बढाइरहेका छौं। हिँड्दै जाँदा केहि झिना मसिना कुराहरु त आउलान् तर समग्रतामा हाम्रो एकता प्रयास अगाडि बढ्छ। यो एकता प्रयासलाई रोक्ने कोशीश अहिलेपनि छ, धेरै ठूला कोशीशरु हुँदै आएका छन्। तर ति कोशीशहरु किन भइरहेका छन् र कसले गरिरहेको छ भन्ने चिनेर, बुझेर, जानेर नै त्यसलाई पर्गेल्दै हामी अगाडि बढ्यौं।

ओलीले भद्र सहमति कार्यान्वयन नगर्ने र प्रचण्डको महत्वाकांक्षा बढ्ने अवस्थामा एकतापछि पनि गम्भिर समस्या आउन सक्छ भन्ने लाग्दैन?
तपाईँले दुवै नेताका बारे जे टिप्पणी गर्नुभयो, मेरो सुचनाले त्यसलाई पुष्टि हुने आधार दिँदैन। म कमरेड प्रचण्डलाई महत्वाकांक्षी नेताका रुपमा मान्दिन। म उहाँलाई उच्च अकांक्षी नेताका रुपमा मान्छु। समाज बदल्ने उहाँको उच्च आकांक्षा छ। कतिले त्यसलाई महत्वाकांक्षा भन्छन् म त्यसलाई उच्च आकांक्षा भन्छु। एउटा क्रान्तिकारी नेताले त्यस्तो प्रकारको उच्च आकांक्षा लिनैपर्छ। समाज बदल्ने अविभारा सम्पादन गर्न मैले के भुमिका निर्वाह गर्नुपर्छ भनेर सोच्ने कुरा त स्वभाविक हो। त्यसैले उहाँको आकांक्षालाई महत्वाकांक्षाका रुपमा चित्रण गर्ने होइन। त्यसलाई आकांक्षा, उच्च आकांक्षाका रुपमा चित्रण गर्नुपर्छ। त्यो कुनै व्यक्तिको नीजि आकांक्षा होइन समाज बदल्ने उच्च आकांक्षाका रुपमा चित्रण गर्नुपर्छ।

जहाँसम्म भद्र सहमतिको कुरा छ, भद्र सहमति के थिए ती जेन्टल म्यानहरुका बीचमा सिमित रहने कुराहरु हुन्। यदि त्यो सार्वजनिक बहसको विषय हुन्छ भने त्यो जेन्टलमेन्ट एग्रिमेन्ट भन्ने रहँदै रहँदैन। विगतका दिनमा केपी ओली र प्रचण्डका बीचमा के त्यस्तो जेन्टलमेन्ट एग्रिमेन्ट भएको थियो भन्ने कुरा उहाँहरु दुई जनालाई मात्र थाहा छ। सहमति भयो भएन, उल्लंघन भयो भएन जस्ता विषयहरु भन्दा पर उहाँहरुले आफ्ना सम्बन्धलाई विकसित गरिसक्नुभएको छ। विगतको कुनैपनि सम्झनाले हाम्रो आगामी यात्रालाई अवरोध गर्दैन।

मुख्य नेतृत्व दुई जनाले गर्ने वा अन्य पदहरूमा भएका भागवण्डालाई कसरी बुझ्ने?
यो त स्वभाविक हो। आजसम्म हामी संरचनात्मक हिसाबले एकताबद्ध भइसकेका छैनौं तर कार्यक्रमिक, सैद्धान्तिक र नीतिगत दृष्टिले हामी एक ठाउँमा आइसकेका छौं। त्यस कारणले हामी एक हौं पनि र होइनौं पनि। यतिबेला कुन जिम्मेवारी कसले लिने भन्ने विषयमा स्वभाविक रुपले छलफल हुन्छ। औपचारिक रुपले एकता सम्पन्न गरिसकेपछि हामी व्यक्तिको योग्यतामा आधारित भएर कामको जिम्मेवारी निर्धारण गर्छौँ। त्यसैले एकता प्रकृया भन्दा अगाडि यस्तो हुनु स्वभाविक हो। त्यसलाई भागवण्डाका रुपमा चित्रण गर्नु हुँदैन।

दुईजना अध्यक्षको भागवण्डा त मोटामोटी रुपमा भएको छ। अरु प्रधानमन्त्री र उपप्रधानमन्त्री तहका जो जो नेताहरु छन्, उनीहरूको व्यवस्थापन कसरी हुन्छ?
दुईजना अध्यक्षको व्यवस्थापन गरेर मात्र हुँदैन। पार्टी एकता संयोजन समितिमा रहनुभएको नेताहरुको व्यवस्थापन गरेरमात्र पनि पुग्दैन। दुईवटा पार्टीका अलग अलग केन्द्रीय कमिटीमा रहेका नेताहरुको व्यवस्थापन गरेर मात्रपनि पुग्दैन। व्यवस्थापन त हामीले दुवै पार्टीका सम्पूर्ण सदस्यहरुको गर्नुपर्छ। त्यो हामी गर्छौँ, त्यो ल्याकत हामीसँग छ। वस्तुतः पार्टी एकता संयोजन समितिमा रहेका कुनैपनि नेतामा मेरो व्यवस्थापन के हुन्छ भन्ने कुनै चिन्ता नै छैन। अहिले नेताको व्यवस्थापनको प्रश्न प्रमुख होइन आन्दोलनको व्यवस्थापनको प्रश्न प्रमुख हो। आन्दोलनको एकता प्रमुख हो। यो एकताले जनता र राष्ट्रलाई जे दिनेवाला छ त्यो प्रमुख हो भन्ने अनुभुतीबाट हाम्रा अध्यक्षहरु, पार्टी एकता संयोजन समितिमा रहनुभएका नेताहरु र हामी सबै निर्देशित छौं। त्यसैले व्यवस्थापन हाम्रा लागि कुनै समस्या होइन। व्यवस्थापन भनेको हरेक नेता, हरेक कार्यकर्ताका लागि एउटा उपयुक्त जिम्मेवारीको प्रबन्ध गर्ने कुरा मात्र हो।

देउवाले सरकार छाडेनन् भनेर धेरै प्रश्न उठे, तर नयाँ सरकार आएको एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाएन र सरकारले योजनावद्ध रुपमा काम शुरु गर्न सकेन नि?
यसलाई पूर्णता नै नपाएको त भन्न मिल्दैन। हाम्रो संविधानले अधिकतम २५ जनाको मन्त्रिमण्डल बनाउने भन्छ। अधिकतम २५ जनाको भनेपछि न्युनतम ३ जनाको बनाएपनि पूर्ण हुन्छ। संवैधानिक भाषामा यसलाई अपूर्ण भन्न मिल्दैन। तर मन्त्रिपरिषद बिस्तार भएन भनेर मान्छेहरुले चर्चा गर्छन्, त्यसमा सच्चाइ पनि छ। वाम गठबन्धनसँग सरकार सञ्चालन गर्न र सरकारलाई स्थायित्व गर्नका लागि आवश्यक पर्ने सुविधाजनक बहुमत छ। हामी दुई तिहाई बहुमतको नजिक छौं। तर हामीले के सोचिरहेका छौं भने यतिबेला प्राबिधिक रुपमा बहुमत पु¥याएर सरकार बनाउने र दैनिकी गुजार्ने बेला होइन। यो राष्ट्र निर्माणको बेला हो। हामी एउटा विशिष्ट कालखण्डमा आइपुगेका छौं। यो सरकार असफल भएपनि हाम्रो समृद्धि, विकास र सामाजिक न्यायको अभियान असफल हुनुहुँदैन। त्यो अभियान असफल भए हाम्रो राष्ट्र धेरै ठूलो संकटमा पर्छ।

त्यसैले हामीले सरकारमा धेरैभन्दा धेरै पार्टीलाई सामेल गर्ने सोचिरहेका छौं। हामी त्यो तयारीमा छौं। हामी संघीय समाजवादी फोरमसँग छलफलमा छौं, हामी राजपासँग छलफलमा छौं। उनीहरू पनि सरकारमा सामेल हुन सकारात्मक देखिएका छन्। त्यो छलफललाई टुंग्याएर एकसाथ मन्त्रिपरिषद बिस्तार गरौं भनेर सोच्दा ढिला भएको जस्तो देखिएको हो। तर, यो कुनै बिलम्ब होइन। धेरै उल्झनमा अल्झिनु नपरोस् र विकास निर्माणका अभियानलाई, समृद्धि र सामाजिक न्यायका अभियानहरुलाई तिब्रताका साथ अगाडि बढाउन सकियोस्, त्यस्तो परिस्थिती निर्माण गर्न सकियोस् भन्ने उद्धेश्यका साथ सबैलाई गोलबन्द गरेर फराकिलो समर्थनका साथ सरकार निर्माण गर्ने योजना रहेको हुनाले पनि केहि ढिला भएको हो।

सरकार बनेसँगै आर्थिक समृद्धिका लागि निर्यात बढाउने क्षेत्र यी यी हुन सक्छन् भनेर हुन सक्छन् भनेर निक्र्योल गर्नुभएको छ?
अघिल्लो पटक प्रधानमन्त्री हुँदा हाम्रो अध्यक्ष केपी शर्मा ओलीले अत्यन्त विषम र प्रतिकुल अवस्थामा नेतृत्व सम्हाल्नुभएको हो। हाम्रो आर्थिक बृद्धिदर ०.८८ प्रतिशतको तहमा झरेको थियो। पुँजिगत खर्चको अवस्था त्यस्तै थियो, अरु अरु अवस्थाहरु त्यस्तै संकटपूर्ण थिए। त्यही बेला नाकाबन्दी थियो। ग्याँस प्रयोग गर्न नपाउने, औषधि किन्न नसक्ने अवस्थामा थियौं हामी। दैनिक जीवनका निम्ति नै गम्भीर चुनौतिको अवस्था थियो। त्यस्तो विषम परिस्थितीमा मुलुकको नेतृत्व सम्हालेर पार लगाएका शक्ति हौं हामी। हामीले जिम्मेवारी लिँदा मुलुकको आर्थिक बृद्धिदर एक प्रतिशतभन्दा तल थियो पछि हामी झण्डै आठ प्रतिशतमा पुग्यौं। तर, अहिले त्यस्तो अवस्था छैन। राजनीतिक स्थायित्वको सुनिश्चितता भएको छ। अब नौ नौ महिनामा सरकार बदलिने अस्थिरताको चक्रबाट मुलुकले पार पाउँछ। त्यसले स्वदेश र विदेशका लगानीकर्तामा आशा जगाउँछ, उनीहरुलाई प्रोत्साहित गर्छ।

दोश्रो, स्थिर सरकार बलियो रुपमा प्रस्तुत हुन सक्छ। उल्लेखनीय ढंगले राजश्व वृद्धि गर्न सकिन्छ। हामीकहाँ वैदेशिक लगानीका लागि अनुकुल कानुनहरु छन्। कुनैपनि विदेशी लगानीकर्ता नेपालमा आएर लगानी गरेर हामी घाटामा प¥यौं भनेर पुुर्पुरो समाएर जानुपरेको छैन। १७ हजार मान्छेहरु मरेको सशस्त्र द्वन्द्वको समयमा पनि विदेशीहरुले ज्यानको जोखिम लिनुपर्ने अवस्था थिएन। द्वन्द्वको अवस्थामा पनि विदेशीहरु सुरक्षित थिए भने अब उनीहरुले असुरक्षा महशुस गर्नुपर्दैन। अब हामीसँग कानुनी आधारहरु छँदैछन्, आवश्यक परे त्यसलाई अझ परिष्कृतपनि गर्न सकिन्छ। यसरी विदेशी लगानीको पनि हामीले अनुकुल वातावरण निर्माण गर्छौँ। देशभित्रका श्रोत साधनलाई पनि हामीले त्यसरी नै परिचालित गर्छौँ। देशभित्रैपनि लगानीका लागि अनुकुल आधार निर्माण गर्र्छौँ।

राष्ट्रिय उत्पादनको बृद्धिसँगै आयातमुखी हाम्रो अर्थव्यवस्थामा सुधार हुनेछ। हाम्रो उत्पादनलाई हामी जुनमात्रामा बृद्धि गर्दै जानेछौं त्यही मात्रामा व्यापार घाटाबाट बाहिर आउने, निर्यात प्रवद्र्धन हुने आयात प्रतिस्थापन हुने अवस्था सिर्जना हुनेछ। त्यसका लागि हामीसँग धेरै क्षेत्रहरु छन्। तपाईँ कृषिको कुरा गर्न सक्नुहुन्छ। कृषिलाई हामी आधुनिकिकरण गर्न, व्यवसायिकरण गर्न सक्यौं भने खाद्यान्न, दलहन, तेलहन, माछा, मासुजस्ता चिजहरुमा हामी आत्मनिर्भरमात्र हुने होइन त्यसलाई निर्यात गर्नपनि सक्छौं। हामीसँग बहुमुल्य जडिबुटीहरु छन्, त्यसको व्यवसायिक उत्पादन गर्न सक्छौं। अहिले हामी फलाममा सम्पूर्ण रुपले परनिर्भर छौं, हामीसँग महत्वपूर्ण फलाम खानीहरु भेटिएका छन्। ती फलाम खानीलाई उत्खनन गरेर, प्रशोधन गरेर प्रयोग गर्न थालेपछि हामी आत्मनिर्भर हुन सक्छौं अथवा जुन मात्रामा आयात गर्नुपरेको छ त्यसलाई न्युनिकरण गर्न सक्ने स्थिती सिर्जना हुन्छ। हामीसँग युरेनियमको भण्डार भेटिएको छ, त्यसको सहि ढंगले सदुपयोग गर्दापनि हामीले अर्थतन्त्रमा धेरै सुधार गर्न सक्छौं। जलश्रोतको हामीसँग असिमित सम्भावना छ, जलश्रोत उपयोगका सन्दर्भमा अब हामी बहुउद्धेश्यीय आयोजनाहरुलाई फोकस गर्छौँ– सिंचाइ, विजुली, पर्यटन प्रवद्र्धन र पिउने पानीपनि एकसाथ हुनेगरी। यसरी आफ्नो राष्ट्रिय उत्पादनलाई बृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र निर्यातलाई प्रवद्र्धन गर्ने दिशामा हामी अगाडि बढ्नुपर्छ।

 

प्रकाशित २६ फागुन २०७४, शनिबार | 2018-03-10 07:53:28
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...