blog

हङकङमा त्यस्तो दुर्व्यवहार दोहोरिनु हुन्नँ

हामी फेरि पनि भन्छौं– नेशनल डे समारोहका प्रमुख अतिथिमाथि हङकङमा जुन दुर्व्यवहारको घटना भयो त्यस्तो घटना अब दोहोरिनु हुँदैन। आफ्ना असहमती, असन्तुष्टी र एजेण्डा सही ठाउँमा, सही तरिकाले राख्न सक्यौं भने ढिलो चाँडो परिणाम निस्कन्छ।

रुमानी सम्झनामा एउटा साँझ

निन्द्राले आकुल भएको बेला हामीले भातसँग निन्द्रा खायौं। दिनभरि उफ्रेर थाकेको थकार्इलाई मासुसँग कुपुकुपु निल्यौं। र, धर्फरिँदै ओछ्यानमा गएर आघाएको पेट र निन्द्रालाई पुर्लुक्कै लडायौं।

हङकङमा स्वास्थ्य चेतना जगाउँदै हिंड्ने म नै किन मोटी भएँ?

मलाई आश्चर्य र डर के लागिरहेको छ भने जनचासो बढाउने गतिविधिमा संलग्न हुँदै आएको मेरो आफ्नै तौल पछिल्लो पाँच वर्षमा निकै बढेको छ। २०१३ मा मेरो तौल ५०–५२ किलो थियो, जुन अहिले बढेर ६० हाराहारी पुगेपछि म डराउनु परेन त?

कामुक साँझलाई थिलथिलो ज्यान

हस्याङ फस्याङ गर्दै मधुर मुस्कान मुस्काउँदै ऊ आइपुग्छ र एक्कासी शंकाको भावले गहिरिएर हेर्छ।

हङकङबाट बजैलाई विदाई गर्दा

हतार हतार फोन अनलक गरेर फोटो ग्यालरी खोलें। फोटो भनेर खिचेको त भिडियो पो रेकर्ड भएछ। बजै रुँदै गएको स्पस्ट दृश्य कैद भएछ भिडियोमा। जति पटक हेर्यो त्यति नै पटक मन अमिलो भएर आयो।

तीज र मेरो नेपाली मन

तीज कुनै गाउँ वा टोलको ठूलो चौरमा आयोजना गर्न छाडिसकिएको छ। अहिले त तीज पर्व ठूलठूला पार्टी प्यालेसदेखि रेस्टुरेन्ट र होटलहरूमा आयोजना गरिन्छ।

जब दरबार हत्याकाण्ड र ज्ञानेन्द्र शाहको प्रसंगमा देवकोटा गर्जिए

गिरिजा कोइरालाले कुनै राजदूतावासमा शरण लिएर विश्वको ध्यान केन्द्रीत गरेको भए के हुन्थ्यो? दरबार हत्याकाण्ड लगत्तै कोइरालाले राजिनामा किन नगरेको?

हङकङबाट राष्ट्रसंघ होइन, बेइजिङ जाउँ

घरभित्रको समस्या घरमै नसल्ट्याएर, राष्ट्रसंघ जाने खबरमा हङकङका धेरै नेपाली खुशी देखिएका छन्। तर मैले यसलाई भविष्यमा आउन सक्ने अनिष्टको संकेतका रुपमा लिएको छु।

सहयात्रा

र, तिम्रो मेरो सहयात्राको सार यहि हुनेछ !

हङकङ हाम्रो घर कि डेरा

हङकङ हो। यहाँ धेरै कुरा यहाँ संयोगले हुन्छन्। कुनै पनि बेला तपाईं धनी बन्न पनि सक्नु हुनेछ, वा गरिब बन्न पनि बेर लाग्दैन। त्यसैले धेरै नेपालीको मान्यता कस्तो बन्दै गइरहेको छ भने जे जस्तो भएपनि हङकङमा अब एउटा घर चाहिन्छ।

हेलमेट र गगल्स लगाएर हङकङको निर्माण क्षेत्रमा छिर्दा

निर्माणस्थलवरिपरि विभिन्न स्थानमा ‘सेफ्टी फर्स्ट’ लेखिएको पोस्टर र ब्यानर टाँगिएका थिए। एक सेफ्टी अफिसरले मलाई हेलमेट, गगल्स, पञ्जाजस्ता सुरक्षासम्बन्धी सामग्री लगाउन दिए।

हङकङका नेपालीलाई कसरी बचाउने धुलोबाट लाग्ने यो रोगबाट?

हाल २०१३ को एक तथ्यांक अनुसार ६९ मानिसहरुमा यो रोग देखिएको थियो। यो रोगबाट ग्रसित मानिसहरुमध्ये कति जना नेपाली थिए र कति जना को थिए भन्ने कुरा उल्लेख गरिएको छैन।

हङकङमा गोर्खाली इतिहास ब्युँताउन ‘गोर्खा ट्रेल रेस’

गोर्खालीलाई सय किलोमिटर हिँडाउने ट्रेनिङ कोर्स नै पछि आएर ट्रेल रेस प्रतियोगितामा परिणत गरिएको रहेछ। पछि अक्सफामले गोर्खाली नामलाई ओझेलमा राखी आफ्नै मात्र ब्रान्डिङ गर्न थालेकोले हामीले अहिले यो प्रतियोगिता आयोजना गरेका हौं।

हङकङकी कार्यकारी प्रमुखसँग सेल्फी लिँदाको खुसी

कार्यकारी प्रमुखसँग उनकै निवासमा सेल्फी खिच्न पाउनु गज्जबकै अवसर हो। त्यसैले आइतबार मेरा लागि एउटा दुर्लभ दिन बन्यो।

प्रेमको अगाडि घुँडा नटेक्ने कोही छ?

अविवाहित हुनुहुन्छ भने प्रेम गर्नुस् खुलेर जहाँ शारीरिक वासनाभन्दा बढी आत्मीयता मिसिएको होस्। विवाहित हुनुहुन्छ आफ्नो पार्टनरको भावना र ईच्छाको कदर गर्नुहोस्।

रुकु: एक वियोगान्त प्रेमकथा

बालापन पार गरेर यौवनकाल सुरु भएपछि उनी बिछट्टै राम्री देखिन थालिन। मिलनसार र सुवाशिली शिलस्वभाव भएकी रुकु काम गर्न पनि उत्तिकै जाँगरिली थिइन। र वरपरका परिचितहरु सबैकी प्यारी थिइन्।

इन्द्रावतीको सपनाका लागि हङकङ-हाइकिङ

आमा भैसकेपछि कुनैपनि महिला जस्तोसुकै कठिन संघर्ष गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् जनकपुरकी रिक्सा चालक इन्द्रावती राम।

लोकसेवामा मलाई प्रश्नः बिरामीले आई लभ यु भने के गर्नुहुन्छ?

बकम्फुसे प्रश्न आउने क्रममा अर्को जनस्वास्थ्य हाकिमले सोधे: रजस्वला भएको बेला पुरुष र स्त्रीबीच संसर्ग भएमा गर्भ रहन्छ कि रहँदैन?

हङकङबाटै थालौं गाउँ फर्क अभियान

नयाँ पुस्ताले चाहिं अब हङकङबाट गाउँफर्क अभियान चलाउनु जरुरी छ। फर्केर आफ्नो गाउँकै विकाश गर्नु जरुरी छ। अब त देशमा पनि आर्थिक गतिविधि र बजार बढ्दै गैरहेको छ। बाँझो खेतमा उन्नत बीउबिजन फलाउन सकिन्छ। स्वदैशमै अवसर प्रशस्तै छन्, एउटाले आँटनु मात्र पर्यो। अभियान शुरु गर्नु पर्यो।

पैसा कमाएर हङकङबाट भागिहाल्ने?

हरेक ठाउँमा नेपालीको सभ्य भव्य उपस्थितिको निर्माण गरौं। सकेसम्म आफ्नो छवि राम्रो बनाउने कोशीश गरौं। आफुले प्रयोग गरिसकेको फोहोर नजिकैको फोहोर फ्याँक्ने ढ्वाङमा फालौँ र नेपालीको सफा चिरिच्याट्ट परेको लोभलाग्दो छविको निर्माण गरौं। त्यसपछि स्थानीयले कसो ‘नेपोइ यान हाउ ल्यान्चाई, हाउ ल्याङलोई’ नभन्लान त है!

हङकङमा भाइटीकाः घरमा ओखर फोरें, माला बोकेर अस्पताल गएँ

लक्ष्मी पूजाको दिन यस्तो राम्रो कुरा सुन्न पाउँदा भाइलाई तुरुन्तै भेटिहालुँजस्तो लाग्यो। आफूलाई सम्हाल्दै डाक्टरलाई सोधेँ, ‘के अब मैले चाहेँ भने भाइलाई होम लिभमा लान सक्छु?’

हङकङमा मलामी जानु नपरोस्

आफु स्वस्थ बन्नका लागि सबै भन्दा पहिले आफुमा स्वास्थ्य सम्बन्धि चेतना हुनुपर्छ। हामी स्वस्थ र सचेत हुँदा अल्पसंख्यकहरुका लागि विशेष योजना ल्याउन हङकङ सरकारलाई पनि घचघच्याउन सकिन्छ।

‘यह तुम्हारी समझ से परे कि बात है’

दिल्ली विमानस्थलमा मेरो पासपोर्टमा ठप्पा लगाइदिने उनै अधिकृतले भने, ‘सरी, मिस्टर पुन, हमे खेद है हम आपको दिल्ली प्रवेश के लिए अनुमति नहिँ दे सकते। हङकङ, मकाउ और चीनसे आनेवाली नेपालीओंको भारतकी कोहि भी विमानस्थलसे निकलना भिजा जरुरी है।’

नयाँ पुस्ताले बिरालो नबाँध्नु, नयाँ खुड्किला चढ्नु

अचम्म भो। कन्स्ट्रक्सन क्षेत्रमा मैले प्रवचन दिएको भोलिपल्ट तीनमध्ये एकजना केटा गयल भयो। त्यसपछि ऊ कहिल्यै काममा फर्किएन। उसका साथीबाट पछि थाहा भो, ऊ त पढ्न नेपाल पो फर्किएछ।

यसरी हङकङको किताबमा ‘बुद्ध नेपालमा जन्मायौं’

इमेलमा किन र के सन्दर्भ सामाग्रीको आधारमा ‘बुद्ध प्राचीन भारतमा जन्मिएका थिए’ भन्ने पर्न गयो भन्ने स्पस्टिकरण सहित तथ्यमाथि ध्यानाकर्षण गराएकोमा धन्यवाद दिइएको छ। र उक्त पाठले पर्न गएको असुविधाप्रति दुःख पनि व्यक्त गरिएको छ। तर सच्याइएको पाठमा ‘बुद्ध लुम्बिनी (हाल नेपाल) मा जन्मिएका हुन्’ भनेर लेखिएको छ।

कमिसन चक्र

हङकङ, मकाउ र यस क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने नेपालीको संख्या प्रशस्तै छ। यस्ता साहित्यिक सिर्जनाहरूलाई स्थान दिँदै जाने उद्देश्यले नेपालखबर हङकङले आज यो लघुकथा प्रकाशित गरेको छ। अब नेपालखबर हङकङमा प्रत्येक शनिबार साहित्यिक सिर्जना प्रकाशित हुने जानकारी गराउँदै आफ्ना निबन्ध, कथा, कविता लगायतका रचना हामीलाई इमेल गरी पठाउन अनुरोध गर्दछौँ- सम्पादक।

नानुको मलामी म !

संसारमा दुखका अनेकौं करण छन् तर एक आमाको कोखबाट उसको अंश खोसिनु जत्तिको पिडादायी दुख सायदै अरु दुख होलान।

आफ्नै लागि नलेखौं श्रद्धान्जलि

गत सातायता हङकङमा चार जना नेपालीको मृत्यु भएको छ। यसमा एकजना नौ वर्षीय बालक र तीन वर्षीया बालिकासहित दुईजना वयष्क नेपालीको असामयिक मृत्यु भएको छ। केही दिन बिराएर श्रद्धाञ्जली लेख्दै आइरहेका हामी नेपालीहरु यी मृत्युका केही घटनाका कारणबारे जानकार छौँ भने केही घटनाबारे अनभिज्ञ छौँ।

हङकङमा दश वर्षपछि भेटिएका नरबहादुरको रामकहानी

नरबहादुरकी बहिनीले दाईसँगको मिलनको भिडियो पठाएर रुँदै कृतज्ञता फर्काएकी छिन्। दश वर्षपछि घर फर्किएका नरबहादुरको पुर्नमिलनले म लगायत उनलाई खोज्न सहयोग गर्ने मित्रहरु र हामी हङकङबासी सबैलाई खुशी बनाएको हुनुपर्छ।

घाटा हुँदापनि नाफामा गएको हङकङ ब्यापार मेला

ब्यापारमा नाफा–घाटा त भैरहन्छ। यसपालिको ब्यापार घाटा अर्कोचोटी कसरी पुर्ने भनेर अहिलेको अनुभवबाट शिक्षा लिने हो। हामीले आयोजक साथीहरुसँग यसलाई निरन्तरता दिने विषयमा छलफल गरिसकेका छौं। हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता दिएको छ।
Alpha Travel

Blog

NepalKhabar Tweets