Alpha Travel

चेम्बर विवादमा फसेको बेला हङकङ ब्यापार संघ सक्रिय



अधिवेशन लगत्तै हङकङ ब्यापार संघले पहिलो कार्यक्रम सम्पन्न गरेको छ। हङकङस्थित नेपाली महाबाणिज्यदूत कमलप्रसाद भट्टईको प्रमुख आतिथ्यमा कंगन रेष्टुरेन्टमा गरिएको कार्यक्रममा अधिवेशन सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिईएको थियो।

नेपाल चेम्बर अफ कमर्स हङकङको कार्यशैली प्रति औंला ठड्याउँदै आईरहेका मेनपावर व्यपारी प्रकाश पुनको अगुवाईमा २ जनवरीमा हङकङ ब्यापार संघको विधिवत घोषणा गरिएको थियो। यो घोषणासँगै हङकङका नेपाली व्यावसायी दुई चिरामा बिभाजित भएका छन्।

पुनले एक वर्ष अगाडिदेखि नै संस्था जन्माउन दौडधुप गरिरहेका थिए। तर उनले चेम्बर अफ कमर्श आन्तरिक बिवादमा फसेको बेला संस्था घोषणा गरेका थिए। २९ अगस्टमा भएको चेम्बरको चौथौ अधिवेशन विवादास्पद भएको थियो। त्यही क्रममा ब्यापार संघको पहिलो अधिवेशन सम्पन्न गरिएको थियो।

चेम्बरले ७५ प्रतिशत साना ब्यापारीलाई समेट्न नसकेकोले आफ्नो संघ मार्फत सबैलाई गोलबन्द गर्ने दाबी पुनको छ। ‘हङकङमा हुने गरेका ब्यापारिक कार्यक्रमहरुबारे सदस्य संस्थाहरुलाई जानकारी दिने र त्यसमा सहभागी गराउने भूमिका खेल्नु पर्नेमा चेम्बरले त्यता ध्यान नै पुर्याएको देखिएन’, पुनले भने, ‘चेम्बरले ब्यापारीहरुलाई जोड्न सकेन, म अब सबैलाई जोड्न चाहन्छु।’

एनआरएनएका संस्थापक केन्द्रिय कोषाध्यक्ष तथा बेलायती सेनाका भुतपूर्व सैनिक पुनलाई नयाँ संस्था जन्माउन चेम्बरका केहि ब्यापारीहरुले अप्रत्यक्ष सहयोग गरेको बताईन्छ। यद्यपि कार्यक्रममा भने चेम्बरका ति ब्यापारीहरु सहभागी भएका थिएनन्।

नवनिर्वाचित कार्यसमिति
उपाध्यक्षः सुमन थापा र कविता गुरुङ
महासचिवः रामकाजी गुरुङ
सचिवः भेषमणी श्रेष्ठ
कोषाध्यक्षः टीकामाया श्रेष्ठ
सह–कोषाध्यक्षः अर्जुन गुरुङ

सदस्यहरु
किरण गुरुङ
सुरज श्रेष्ठ
टीकादेवी गुरुङ
टंक राना
करुणा प्रधान
नन्द चेसुङ
बिक्रम गुरुङ
ज्ञानेन्द्र थापा

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 11:57:43

प्रतिकृया दिनुहोस

Alpha Travel

Blog

  • मेरो राष्ट्रियता


    नेपालखबर हङकङले हरेक शनिबार साहित्यक रचनालाई स्थान दिन थालेको छ। कथा, निबन्ध, यात्रा संस्मरणसहित आफ्ना रचना हामीलाई पठाउन अनुरोध गर्छौँ। यो शनिबार पढ्नोस् मगेन्द्र राईको कविताः

  • तुहिएको सपना

  • नानुको मलामी म !

Special

NepalKhabar Tweets