Alpha Travel


सागर संसारलाई मौलिकभन्दा ‘कपी’ फाप्यो



सागर संसार राई सांगितिक क्षेत्रमा नौलो नाम हैन। तर उनलाई चलचित्र प्रेमगीतको कभर गीत ‘म यस्तो गीत गाउँछु’ ले रातारात हिट बनायो। त्यसपछि उनलाई नचिन्ने कोहि भएनन्।

६०–७० वटा गीतमा आवाज भरिसकेका सागरको लागि मौलिक भन्दा ‘कपी’ निर्णायक बनेर आयो। प्रेमगीत चलचित्रले उत्कृष्ट कभर गीत गाउनेलाई १ लाख पुरस्कारको घोषणा गरेपछि सागरले पनि त्यसमा भाग लिएका थिए। सयौंलाई पाखा लगाउँदै विजयी बनेर उनले उक्त पुरस्कार मात्र पाएनन् आफ्ना लागि लाखौं दर्शक कमाए।

उनको पहिलो गीत ‘कता कता देखे जस्तो एउटीलाई हेरि रहेँ, जीवनसाथी नभएनि अङ्गालोमा बेरिरहेँ’ ले सोचे जति चर्चा पाएन। तैपनी संगीतकर्ममा उनी निरन्तर लागिरहे। परिश्रमको फल मिठो हुन्छ भनेझैं उनका पछिल्ला गीतहरु पनि धमाधम हिट हुन थाले। ‘तिमीलाई मनको कुरा भन्न सकिन, ओठमा अल्झाई मनको गाँठो खोल्न सकिन’ गीत खुब चर्चित भयो।

तैपनी मान्छेले सागरसंसार को हुन् भन्ने भेऊ पाएनन्। प्रेमगीतको १ लाख जितेपछि हजारौं फ्यान बनाएका लजालु स्वभावका सागर भन्छन्, ‘धेरैले म्यासेज गर्नु हुन्छ, हौसला दिनु हुन्छ, खुसी लाग्छ।’

निरन्तर लागे एक न एक दिन अवश्य सफलता प्राप्त गरिँदोरहेछ भन्ने शिक्षा लिएका सागरले हङकङमा भएको आँधिखोला साँझ चौथो कार्यक्रमबाट अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रस्तुती दिए।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 12:42:59

प्रतिकृया दिनुहोस

Loading...

Alpha Travel

Condolence

Blog

Special

NepalKhabar Tweets