Alpha Travel

साकेला, केलाङ, ष्याँदर र डोकेनी लाक एकैठाउँ



किराती नयाँ वर्ष येले संवत् ५०७७ मनाउन हङकङका राई, लिम्बु, याक्खा र सुनुवार पहिलो पटक एकै ठाउँ भेला भएका छन्। बगैंचा रेष्टुरेण्ट एन्ड पार्टी प्यालेसमा हालै भेला भएर उनीहरूले आ–आफ्नो परम्परागत झाँकी प्रदर्शन गर्दै हर्षोल्लासका साथ किरात नयाँ वर्ष मनाए।

कार्यक्रममा मौलिक बाजा र भेषभुषा सहित राईले साकेला शिली, लिम्बुले केलाङ, सुनुवारले ष्याँदर शिली, याक्खाले डोकेनी लाक प्रदर्शन गरेका थिए।

किरात समुदायका जातीय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा सबैले एक आपसमा शुभकामना आदान प्रदान गरे। सो अवसरमा नेपालबाट मगाइएको कन्दमुल तरुल सहितको रात्रीभोज गरिएको थियो।

स्थानीय कलाकारहरुले नेपाली लगायत बिभिन्न भाषामा गाएका गीतमा सहभागीहरु रातभर नाचेका थिए। सङ्गीतकार शान्तमान राईको बाध्य बादनमा उनका छ वर्षीय छोरी मिन्सा राईले ‘रेसम फिरिरी’ गीत गाउँदा सबै जना कुर्सीबाट उठेर फ्लोरमा थपडी मार्दै नाचेको दृष्य दर्शनीय थियो।

बगैंचा लिमिटेडका अध्यक्ष नरेश सुनुवारको अध्यक्षतामा भएको कार्यक्रम टिबि याख्खा र प्रताप राईले संयुक्त रुपमा सन्चालन गरेका थिए।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 13:50:21

प्रतिकृया दिनुहोस

Alpha Travel

Blog

  • मेरो राष्ट्रियता


    नेपालखबर हङकङले हरेक शनिबार साहित्यक रचनालाई स्थान दिन थालेको छ। कथा, निबन्ध, यात्रा संस्मरणसहित आफ्ना रचना हामीलाई पठाउन अनुरोध गर्छौँ। यो शनिबार पढ्नोस् मगेन्द्र राईको कविताः

  • तुहिएको सपना

  • नानुको मलामी म !

Special

NepalKhabar Tweets