Alpha Travel


हङकङमा सम्पत्ति शुद्धीकरणका लागि विशेष कानुन



हङकङस्थित एचएसबिसि मुख्यालय
हङकङस्थित एचएसबिसि मुख्यालय

हङकङ सरकारले सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) तथा आतंकवादी लगानी नियन्त्रणका लागि हालै दुईवटा कानुनी प्रस्ताव तयार पारेको छ। सार्वजनिक बहसका लागि तयार पारिएको यी प्रस्तावले कम्पनी अध्यादेशलाई थप परिष्कार गर्दै सुशासन र पारदर्शिता बढाउन सहयोग पुग्ने बताइएको छ।

सरकारले स्थानीय उद्योगी, व्यवसायीसँग पनि गम्भीर छलफल गरी यो प्रस्तावलाई कार्यान्वयनमा लग्ने जनाएको छ। त्यसपछि यी दुबै कानुनी प्रस्तावलाई हङकङ प्रशासनले अन्तराष्ट्रिय आवश्यकता, अभ्यास र औचित्यको आधारमा लागू गर्नेछ, जसलाई फाइनान्सियल एक्सन टास्क फोर्सले नियमन गर्नेछ। यो टास्क फोर्स अन्तरसरकारी निकाय हो, जसले सम्पत्ति शुद्धीकरण र आतंकवादी लगानीको विशेष निगरानी गर्ने गर्दछ।

सरकारको आर्थिक सेवा तथा कोष ब्यूरोले यो कानुन निर्माणपछि सम्पत्ति शुद्धीकरण र आतंकवादी लगानी नियन्त्रणमा सहयोग पुग्ने जनाएको छ। ‘लगानीको भरपर्दो र विश्वासिलो वातावरण बनाउन पनि यो कानुन आवश्यक छ’, ब्यूरोको भनाइ छ, ‘यसले अन्तर्राष्ट्रिय आर्थिक केन्द्रको रुपमा हङकङको शाख कायम राख्न सघाऊ पुग्नेछ।’

यी दुबै प्रस्तावको छलफल आगामी मार्च ५ मा समाप्त हुनेछ।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 11:50:59

नेपालखबरबाट थप

प्रतिकृया दिनुहोस

Loading...

Alpha Travel

Condolence

Blog

Special

NepalKhabar Tweets