Alpha Travel


एभरेस्ट तेक्वान्दोलाई च्याम्पियनसिप पदक



हङकङको एभरेष्ट तेक्वान्दो एकाडेमीले फेरि च्याम्पियनसिप पदक हासिल गरेको छ। वोङ ताई सिनस्थित चुक येउन स्पोर्ट्स सेन्टरमा भएको ‘पाक ङै कप तेक्वान्दो प्रडक्ट ईन्भाईटेसनल पुम्से प्रतियोगिता’ मा एकाडेमीका ३ खेलाडीले च्याम्पियनसिप पदक थापेका हुन्।

प्रतियोगितामा सहभागी भएका एभरेष्ट तेक्वान्दो एकाडेमीका ४५ खेलाडीमध्ये लेस्ली गुरुङ, शेरल एरोला र अजिजारले च्याम्पियनसिप पदक जितेका हुन्।त्यसैगरि रोजमेरी बुढा, नेसन लिम्बु, रोएधा र श्री सेत्यवोतीले रजत र अन्य दश जनाले काश्य पदक हात पारेका छन्।उक्त टोलिको नेतृत्व एकाडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक मास्टर रबिन नाल्बोले गरेका थिए।

हङकङ तेक्वान्दो पाक ङै एसोसिएसन, हङकङ तेक्वान्दो एसोसिएसन र लिजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्टले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन्। प्रतियोगितामा हङकङका बिभिन्न क्लवहरुका करिब ३ सय खेलाडी सहभागी थिए।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 09:16:38
author photo

मगेन्द्र राई हङकङस्थित नेपालखबर संवाददाता हुन्

@MagendraRai

प्रतिकृया दिनुहोस

Loading...

Alpha Travel

Condolence

Blog

Special

NepalKhabar Tweets