Alpha Travel

जनसम्पर्कको मेलमिलाप दिवस सम्पन्न



नेपाली जनसम्पर्क समिति हङकङले राष्ट्रिय मेलमिलाप दिवस तथा अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। जोर्डनमा आयोजित कार्यक्रममा हङकङस्थित नेपाली महाबाणिज्यदूत कमलप्रसाद भट्टराई प्रमुख अतिथि थिए। मेलमिलाप दिवसमा वक्ताहरूले वीपी कोइरालाको योगदानको चर्चा गरे।

 नवनिर्वाचित अध्यक्ष जगत शाहको अध्यक्षतामा भएको पहिलो सार्वजनिक कार्यक्रममा नेपाली राजनीतिक दलका हङकङस्थित भातृसंस्थाका अध्यक्ष र सामाजिक संस्थाका प्रमुखहरुको उपस्थिति थियो।

कार्यक्रम अवधिबीच पुराना कार्यसमितिलाई बिदाई तथा नव निर्वाचितलाई स्वागत सहित प्रमाणपत्र पनि वितरण गरिएको थियो। थपिएका दुई सदस्य हरि थापा र शैलेद्रसिंह बोगटी लगायत नव निर्वाचितलाई शपथ ग्रहण गराइयो।

बिहान ११ बजे शुरु हुने भनिएको कार्यक्रम २ बजे मात्र शुरु भएको थियो। समितिका नवनिर्वाचित महामन्त्री तथा सिटी यूनिभर्सिटीका लेक्चरर गोविन राना भन्छन्, ‘बोलाएको समयमा नआउने नेपाली संस्कृति नै भैसकेकोछ, तर हामी यसमा सुधार गर्ने पक्षमा लागिरहेका छौं।’

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 16:44:50

प्रतिकृया दिनुहोस

Alpha Travel

Blog

  • मेरो राष्ट्रियता


    नेपालखबर हङकङले हरेक शनिबार साहित्यक रचनालाई स्थान दिन थालेको छ। कथा, निबन्ध, यात्रा संस्मरणसहित आफ्ना रचना हामीलाई पठाउन अनुरोध गर्छौँ। यो शनिबार पढ्नोस् मगेन्द्र राईको कविताः

  • तुहिएको सपना

  • नानुको मलामी म !

Special

NepalKhabar Tweets